२१औ शताब्दीको आधुनिकता र जटिलतासँग लड्दै गरेको एउटा सुन्दर जीवन। जो आफ्नै शैली र बूतामा बाँच्न जानेको छ। सँधै हसिलो-खुशीलो र उन्मत्त (बिन्दास)शैली बोकेको जीवन- आभाको त्यो रमाइलो अनि लोभलाग्दो जीवन। परिवार भन्नु लोग्नेस्वास्नी छन्। दुबैजना कत्ति मिलेका, आ-आफ्नै कमाइमा रमाएका, यसै भन्थे सबैले। मैले पनि यस्तै सोच्थे। तर गए राती अचानक एकदमै मौन र शान्त देखिई आभा। जस्तैः ठूलो समुन्द्रीक आँधीपछिको शान्त र भयानक मौनता। आभाको बिन्दास शैलीभित्र चेपिदै आएको अदृश्य कथा जो आज एक्कासी मौनताको खोल ओढेर बाहिर चियाइरहेको छ। त्यही मौनताको डिल भत्काउँदै त्यो भित्री कथा उघ्रिन्छ। जहाँ आभाले आफू एउटी आइमाई हुनुको पीडा र दुःखको कथा लुकाएकी थिई। दुःखजीलो पढेर कत्रो हण्डरबाबजुद भेटेको जागिर, जागिरको आडमा उदाएको खुशी, आत्मविश्वास अनि त्यही जागिरको लहरासँगै जेलिएको कैयौ सपना, सबै चकनाचुर भयो एकैपलमा।
अफिसबाट ढिलो घर फर्केको निहूँमा लोग्नेले एकै बाक्यमा भनिदिए 'लोग्ने या जागिर?'। यही छोटो बाक्यले आभाको घाँटी अठ्यायो। शब्दभित्र लुकेको गहन कुराहरु ओकल्दै जाँदा आभा भक्कानिएर आउँछे। त्यसबेला मलाई मनिषा गौचनको 'आइमाई' शीर्षकको कविता झल्झली याद आउँछः
"घरको सङ्घार नाघ्दा
सङ्कटको घण्टी बज्छ मनमा
र, लाग्न खोज्छ त्रासको दैलो
आँगन छोडेपछि
सावधानीको अर्को घण्टी लाग्छ पाइलामा
बाटो लागेपछि हुरी चल्छ शङ्काको
यसो आँखा डुलाएपछि
आफैमाथि घोप्टिएको पिजँडा देख्छे
र, थुचुक्क पर्छे
हरदिन कुनै एउटी आइमाइ"
(साभारः फुलहरुको रङ छैन)
आफ्नो मौनतालाई क्रमश आफैले चिरा पार्दै जान्छे आभा। आफ्नो जीवनको दुबै पाटोलाई राम्ररी सँगाल्छे। एक भागलाई अदृश्य राख्छे, आफैभित्र समेट्छे। अनि अर्को भागलाई पुनः उस्तैगरी उदाङगो पारेर डोर्याउँने संकल्प गर्छे। तब, झनै सुन्दर र हसिलो देखिन्छे- त्यही आभा।
Friday, June 27, 2008
Sunday, June 22, 2008
फुर्सदमा टहलिँदा ...
ईँटाको चाङ राखेझै ठडिएका काठमाडौका घरहरु, अनि ती घरभित्रका कोठाहरुमा कोचिएर बस्नुपर्नै धेरैको बाध्यता । त्यस्तो उकुसमुकुसबाट एकैछिन फुत्किएर फुर्सदसँग खुला ठाउँमा पुग्दा त गज्जबै हुन्छ। फराकिलो चउर, हरियो र खुल्ला वातावरण, वरिपरि अनेक दृश्य हेर्न पाइने, अहो कत्ति आनन्द हगि! म काठमाडौभित्रकै कुरा गर्दैछु।
शहरको जीवनशैली काम पनि छैन, फुर्सद पनि छैन भनेझै हुन्छ। त्यसैले आज फुर्सदकै गफ गरौ क्यार? साथीहरुसँग घुमघाम गरिसकेपछि भृकुटी मण्डप परिसरमा रहेको चउरमा बस्दै ताल-बेतालको कुरामा गफिँदा कस्तो होला? रमाइलै होला हगि? हामी सबै त्यही चउरतर्फ लागौ अहिलेलाई- चउरको एक छेउमा एउटा कुकुरको आसन हेर्नलाई। कुकुरको अनेक आसन देखेपछि मलाई टुडीखेलको 'योग अभ्यास'को याद आयो। यद्यपि कुकुरको आसनसँग योगालाई दाँजेर योगा जगत तथा योगा गर्नेहरुलाई नकारात्मक ढंगले वा नराम्रो हुने कुनैपनि खालको कुरा गर्न खोजेकी भने पक्कै पनि होइन (कृपया यसलाई कसैले पनि अन्यथा नलिइदिनुहोला)। मात्र एकदिन म पनि योगा अभ्यास गर्न पुगेकी थिए। तर म नियमित र भाँती पुर्याएर योगा गर्दिन। या भनौ म योगा नै गर्दैगर्दिन। तैपनि त्यो एकदिनमा मैले जे देखेँ अनि गरे, कुकुरको चर्तिकला पनि झण्डै उस्तै देखे। फुर्सदमा कुकुरको त्यो क्रियाकलापलाई नियाले। वातावरण, स्थान, केही आसन र मेरो उडन्ते दिमागको तालमेलले गर्दा मलाई त्यसो लागेको हुनसक्छ। केही तस्बीर हेरौ। (तस्बीरको लागि साथी चिरनप्रति अनुग्रही छु।)
यो आसन देखेपछि योग गुरुले भनेको कुरा सम्झे 'शरिरलाई आरामसँग तन्काउनुस्, सम्पूर्ण शरिरलाई स्वतन्त्र ढंगले छाड्नुस् र रिल्याक्स गर्नुस्, निश्चिन्त हुनुस्। मनमा भएका सबै राग, द्वेष त्याग्नुस्'।
त्यस्तैगरी यो आसनले 'तपाईको शरीरको कम्मरमाथीको भागलाई विस्तारै दाहिले मोड्नुस्'।
'र, फेरी देब्रेतर्फ लैजानुस्, यही क्रियालाई केही बेर निरन्तरता दिनुस्'भन्ने दृश्य दिमागमा आयो।
सामान्यतय योगा गरिसकेपछि गुरुवर्गको वाणी सुन्ने पालो हुँदोरहेछ। त्यही अनुरुप योग गुरुको 'शारीरिक अभ्यासपश्चात अन्य कुराबारेमा जानकारी लिनुस्, जसले योग अभ्यासलाई मात्र हैन तपाईको समग्र क्रियाकलाप तथा व्यवहारमा सहयोग दिन्छ। त्यसैले हतार नगर्नुस् केही ज्ञानगुणका कुराहरु सुन्नुस्' भन्ने आग्रहलाई स्वीकार्दै सबैजना गुरुको वाणीतर्फ केन्द्रित हुन्छन्।
यहाँहरुलाई कस्तो लाग्यो त? स्वतन्त्र रुपमा भन्न सक्नुहुन्छ आफ्नो विचार।

Labels:
थोरै उट्पट्याङ
Friday, June 20, 2008
उनकै सम्झनामा
तिमीलाई दिन के नै सक्छु
भलै तिम्रै देनले पाइला टेक्छु
बस यही एक थुंगा फूल
जहाँ तिमी सँधै हाँसीरहेकै देख्छु।
Two years ago: My sweet Grandma and me
उनको अटुट सम्झनामा दुई हरफ कोरु लाग्यो
उनीसँगै बिताएका हरेक पल आफैसँग चोरु लाग्यो।
यो कुटी मेरो खुल्ला डायरी हो। जहाँ म मेरो नितान्तै व्यक्तिगत कुराहरु पनि हाल्ने गर्छु। आज मेरो बोजू (हजुरआमा)ले संसारिक मोह त्याग गरेको वर्षदिन पुगेको छ। उनको सम्झनामा लेख्ने शब्द मसँग छैनन्। किनकी म जे महशुश गरिरहेको छु, त्यसलाई शब्दमा उतार्ने क्षमता सायदै म सँग होला। या त भित्री मनको अनुभूतिलाई शब्दले उछिन्नै सक्दैन सायद। उनीसँग बिताएका हरेक पलहरु मेरो मानसपटलमा सदृश्य आइरहेका छन्। उनको निश्छल माया र स्नेहको अनुभूति गहिरो छ मनमा। त्यसैले पनि म उनलाई आत्मादेखि सम्झीरहेकी छु, र बाँचुन्जेल सम्झी नै रहन्छु। मेरो जीवनमा, मनमा स्थान ओगटेको एकदम कम व्यक्तिमध्येको एक मेरी स्वर्गीय बोजूप्रति पूर्ण रुपमा समर्पित छ आजको यो दिन अनि यी तुच्छ शब्द।
Labels:
पारिवारिक प्रसंग
Tuesday, June 17, 2008
GANATANTRIK dedication
गणतन्त्रको स्वागत र खुशीयालीमा काठमाडौको नयाँ सडक (New Road)नेर बनाइएको colourful मण्डला।
ऐतिहासिक नै ऐतिहासिक घटनाक्रमको लस्कर लागेको लाग्यै थियो हाम्रो नेपालमा। गणतन्त्र घोषणा भयो। हामी गणतान्त्रिक मुलुकमा प्रवेश गरेको पनि २ हप्ता नाघीसक्यो। माल्दाई (ज्ञानेन्द्र) कुम्लो कुटुरो कसेर छेउ लागिसके (कत्ति छेउ लागे त्यो आफै मनन गर्नुस है)। थोरै ढिला भएपनि गणतान्त्रिक मुलुक भएकोमा साथी चिरनले कैलाशकोकुटीलाई यो फोटो उपहार दिएका छन्। ठ्याक्कै समयतालिका नमिलेपनि कालखण्ड त बितेको छैन। त्यसैले उनको यो उपहार कुटीमा पाल्नुहुने सम्पूर्ण मित्रहरुमा समर्पित छ। जय होस् सबैको।

शुभकामना
Sunday, June 15, 2008
अचाक्कली मोबाइल संवादको धङधङी
धेरैजसो सार्वजनिक ठाउँहरुमा मोबाइलको खैलाबैलाले उधुम मचाको देख्दा, सुन्दा र भोग्दा मलाई छोटो लेख्ने रहर जाग्यो। त्यसको लागि धेरै टाढा नजाउँ क्यार! जेठ २६ गते राष्ट्रिय सभा गृहमा अनागरिक हेर्ने जमातकै प्रसङ्गलाई लिउँ। हतारमा कार्यक्रम स्थल पुगेर हल भित्र छिरियो। फिल्म हेर्नलाई बीचको कोलममा बस्दा राम्रो हुने साधारण मान्यताअनुसार बीचकै कोलमको पनि बीचको सीटमा साथीहरुसँग लहरै बसियो। संयोग फेरी कस्तो- म बसेको ठीक पछिल्लो सिटबाट गुन्गुनाएको आवाज आइरहेको थियो। त्यत्तीकैमा बीचैमा मोबाइलको तिखो टोन करायो। हलभित्र छिरेपछिको प्रवेशद्वारनेर उभिएर एक युवक मोबाइलमा सोध्दैथिए 'कता हो', 'हल भित्र छु', 'म पनि हल भित्रै छिरिसके','बीचमा छु क्या म', 'केही पनि सुनिन' भन्दै युवक हलबाट पुनः बाहिरिए। ठिटो हल बाहिर जानुअघिसम्म मेरो कानमा प्रष्टै ठोक्किरहेको थियो दुवैजनाको संवाद। फेरी मोबाइल बज्यो। हेलो नभनीकनै 'यहाँ बीचमा हेर्दै आउ न'। फिल्म शुरु भइसकेको थियो। हल अध्यारो भइसकेको थियो।
फेरी उही ठाउँमा उही युवक उभियो। 'खोई कता नि?', मोबाइल माथि उठाउँदै 'यता फर्क न'भनेपछि अध्यारोमा मोबाइलको उज्यालोको भरमा कुरा मिल्यो। अब त शान्तसँग हेर्न पाइने भो भनेर ढुक्क भयो। तर त्यो ढुक्कपनले एकैछिन मात्रै बास गर्न सक्यो। नन्स्टप फोनकल्स आको आकै, आको जति सबै उठाको उठाकै, 'बाई' भन्न पाको छैन फेरी 'हेलो'। 'म फिल्म हेर्दै छु क्या अहिले', 'अनागरिक भन्ने नि', 'आदिवासीहरुको फिल्म हो क्या', 'ए तिमीपनि आउँथ्यौ नि है, भन्नै बिर्सेछु नि सरी ल' भन्ने जस्ता वाक्य यो कानमा सुनिन्छ। साथीहरुलाई यताउती फर्केर हेरे। त्यो मोबाइलको संवादले झर्को मानेर निधार र नाक खुम्चाउँदै थिए। फिल्म हेरीरहँदा बीचबीचमा घण्टी बज्यो कि मुन्टो निहुराएझैँ गर्यो। बोल्न शुरु गरिहाल्यो।
मेरो छेवैको साथी घरीघरी मलाई सोध्थिन्- के भन्यो त्यहाँ, यताको हल्लाले कुरै बुझिन। उसलाई बुझाउन थाल्ने हो भने फेरी अर्को हल्ला थपिने भो। नबुझाउने हो भने नबुझी हेरेको फिल्मको के मजा। बुझाउने क्रममा अर्कोपट्टीको छेवैमा बसेको साथीले रिसाउँदै भन्यो- फेरी यहाँ पनि शुरु भयो। लौ खा, अब परेन बित्यास।
हुन त अन्य कतिपय सार्वजनिक स्थलहरुमा झैँ त्यहाँ सूचना दिइएको थिएन (दिइएको ठाउँमा पनि मोबाइलको बिगबिगी त भएकै छ है)- मोबाइल स्वीच अफ गर्ने, न त शान्त हुने सूचना नै दिइएको थियो। फिल्म सकियो। फिल्मको केही केही दृश्य र संवादहरुमात्र दिमागमा रह्यो। तर वरपरको वातावरणलाई ख्यालै नगरी वा बेवास्ता गरेर मोबाइल फोनमा बोल्नेको प्रत्येक संवाद भने मेरो दिमागमा टाँसिएछ।

गन्थन-मन्थन
Monday, June 09, 2008
एक युवाको राष्ट्रिय प्रेममाथि तुषारोः अनागरिक
प्रसङ्ग गत शुक्रबार (६ जुन)देखि चलेको Indigenous film fair 2008 मा देखाइएको एउटा फिल्म 'अनागिरक'को हो। जसको शिर्षक गहकिलो छ। पत्रपत्रिकाहरुमा केही चर्चा पनि चलेको उक्त फिल्म हेर्न केही साथीहरुसँग आइतबारको साँझ हिडियो। गाडीबाट ओर्लनसाथ दर्के अनि छड्के पानीले भिजाएरै छाड्यो। तोकिएको समयभन्दा ढिला 'नेपाली टाइम'मा शुरु भयो। त्यही ग्यापमा भिजेको सिक्सिको पन्छाइयो। पानी पर्दापर्दैको वातावरण भएपनि दर्शक बटुल्न सफल थियो अनागरिक।
फिल्म शुरु हुनु अगावै निर्देशकले 'साधारणतय अनागरिक भन्नासाथ नागरिकताविहिन भन्ने बुझिन्छ, तर यहाँ भावनात्मक पाटोलाई समेटीएको छ'। समग्रमा फिल्म राम्रो बनेको छ। गुरुङ समुदायलाई समेटिएको यो फिल्ममा एउटा लाहुरेको परिवार छ। जुन परिवारले लाहुर जानुलाई आफ्नो मान सम्मान, दक्षता र वीरतासँग गाँसेर भावी सन्ततिपनि त्यही बाटोमा जाओस् भन्ने इच्छा राख्छ। त्यही परिवारको युवा (लाहुरेको जवान छोरा)मातृभूमिप्रति अगाढ प्रेम र आस्था राख्दै स्वदेशमै पढेर केही गर्ने दृढतासाथ राजधानी पस्छ। फिल्ममा मुख्य पात्रको साथै बाजे-बोजुको पात्रको अभिनय निकै नै सशक्त छ।
फिल्म हेर्दाको समयावधिमा जम्मा २ पल्ट दर्शकहरु दिल खोलेर हाँसेका थिए। लाहुर जाने आग्रहलाई नकार्दै पढ्न जाने अठोटसाथ 'तिमीहरु मेरो कुरै बुझ्दैनौ' भन्ने युवाको जवाफमा हजुरआमाले बोलेको संवाद 'तेरीमा झ्याक्ने आफै मत्ते जान्ने'ले पुरै हल हाँसोले गुञ्जियो। श्रीमान् श्रीमतिको सम्बन्धमा समझदारिता, मायाप्रेमलाई झल्काउने एउटा दृश्य समेटीएको छ। जसमा कोठाभित्र छिर्नासाथ श्रीमतितर्फ हेर्दै लाहुरेले 'त्यो कहाँ गएछ'भन्दै झोला खोतल्छ। श्रीमतिले नबुझे झैँ गरी भन्छ- 'के नि त्यो?'। 'त्यही क्या'। श्रीमतिको अन्जानपन र श्रीमान्को रसरंगमयपूर्ण संवादले पनि दर्कशरुमा उत्तिकै हाँसोको लहर ल्याएको थियो।
देशको द्वन्द्वग्रस्त अवस्थाले गाँजेको परिस्थितमा गुमेको स्वतन्त्रता, द्वन्द्वको चपेटामा खोसिएको पारिवारिक सुख, गुरुङ-मगरलगायतका जनजाति समुदायले विदेशी कमाईमा नै जोड दिनुपर्ने समाजको मान्यता, स्वदेशमा दक्षताअनुरुपको रोजगार प्राप्त नहुनुजस्ता परिस्थितिले युवाको आस्थालाई भत्काउनतिर बारम्बार प्रेरित गर्छ र अन्त्यमा हङकङ उड्छ। उड्नुअघिको संवाद निकै नै मार्मिक छ- 'हाम्रा पुर्खाहरुले दुःख गरेर हाम्रो लागि खुला आकाश मात्रै राखिदिएका रहेछन्, एक पाइला टेक्नलाई पनि जमिन बाँकी रहेनछ'।
यो फिल्मले नेपालको पुर्वी र पश्चिमी भेगका गुरुङ समुदायलाई नजिक्याएको छ। पश्चिमी भेगको सांस्कृतिक रहनसहनलाई समेटेर मौलिकताको उजागर पनि गरेको छ। फिल्म मेकिङका सम्पूर्ण पक्षामा आदिवासी जनजातिकै संलग्नता रहनु, जनजाति समुदायकै वरपर कथाबस्तु तयार हुनु, संवादको लवज, ढाँचा उही अनुरुपको हुनुले जनजाति समुदायको सेरोफेरोमा निर्माण भएको भन्ने सार बोकेको छ। त्यसको बाबजूद गुरुङ समुदायमा रहेको सांस्कृतिक तथा मौलक पहिचानलाई प्रस्ट रुपमा अगाडी ल्याउन नसक्नु फिल्मको कमजोर पक्ष रहेको छ। फिल्ममा संलग्न व्यक्तिहरुको प्रथम प्रयासस्वरुप बनाइएको हुँदा अन्य स-साना त्रुटिहरु प्रष्टै छुट्टिन्छ। फिल्म सकेर बाहिर निस्केपछि एक गैर जनजाति साथीको जिज्ञासा मप्रति सोझियो- 'आदिवासी जनजातिको फिल्म महोत्सव अनि फिल्म पनि उही समुदायको प्रतिनिधित्व गर्ने गरी बनाइएको भनिएपनि यसको धेरै कुरा सबैको जस्तो छैन र?' मेरो विचारमा यो जिज्ञासा गलत पनि होइन। तथापि नेपालका आदिवासी जनजाति समुदायहरु फिल्म तथा वृत्तचित्र निर्माणमा पाइला हाल्ने क्रम बढ्दै गइरहेको छ। साथै आदिवासी जनजाति समुदायको तर्फबाट अर्को एउटा फिल्म थपिएको छ। यो सबैको लागि खुशीकै कुरा हो।

Documentry/Film Gossip
Thursday, June 05, 2008
What i supposed to write (खै म के लेखुँ) ?
खै म के लेखुँ ?
लौन ! दिमागमा थुप्रै कुरा छरपष्ट भएकोले हो वा दिमाग नै शुन्य भएकोले हो म असमञ्जस्यमा परे। यत्तिका दिन भइसक्यो, अब त मेरो कुटीमा केही न केही त लेख्नैपर्छ भनेर यसो घोरिए । मनुवाको प्राण धान्नलाई यसो काम गर्नैपर्नै। काम गर्दा यसो नून त खाईहालिन्छ। मतलब साहूको नून खाएपछि के हुन्छ ? यसो झोक्राउँने बाध्यता त परिहाल्छ नै। कुनैपनि लेख्न मन लाग्ने कुरा पो भेटिन। आ ... खै म के लेखुँ ? भन्दै नाक खुम्चाउँदै थिए। एक्कासी 'ल यो पनि मेरो कुटीको खुराकै हो नि' भन्ने लाग्यो।
त्यस्तो अवस्थामा कहिलेकाही केही साथीहरुले भन्ने गरेको 'खै म के भनु', 'जी मे क्या बोलु', 'what i supposed to say'भन्ने कुराले दिमागमा क्लिक गर्यो। अनि त के चाहियो र। एकचोटीलाई यही सही। जे पर्ला पर्ला नी। ए ... अब मलाई नि यही कुरामा ब्लगिङ गर्दा आउने कमेन्टको प्रसङ्गको सानो अनुभव लेख्न मन परिनिस्क्यो है। मनचिन्ते मान्छे, मनले चिताको लेखीहाल्छु है म। केही साथीहरु मलाई भन्थे 'तिम्रो ब्लग पढे'। केही कमेन्ट देउ न त भन्दा भन्थे 'खै म के भनूँ ?' तर आजकाल केही साथीहरुले कमेन्ट लेखीदिनुहुन्छ अनि स्वाद लाग्छ।
कमेन्टको कुरामा एकजना साथी छन् मैले भेटेको। जसले मेरो ब्लगमा हालेको कुरा हैन, त्यो कुरा पढेर अरुले गरेको कमेन्ट मात्रै पढ्न रुचाउँदो रहेछ। कहिलेकाहीँ पढीहालेमा पनि १ हरफ धेरै पढेको खण्डमा १ अनुच्छेद। ब्लगको कुरामा 'कमेन्ट आउन थालेछ नि' भन्छ। अनि मेरो लेखनको बारेमा नि भन्ने पश्नमा उ पनि भन्छ 'खै म के भनुँ ?'। सकारात्मक तथा नकारात्मक कमेन्ट पाउँदा लेख्ने मान्छेलाई प्रोत्साहन तथा आफ्नो शैली, क्षमता, खुबीबारे जानकार त भइन्छ नै। तर कमेन्ट गर्दा पनि त उत्तिकै खुबी र मन चाहिन्छ। अनि फेरी कमेन्ट मात्रै पढ्न रुचाउँने व्यक्ति पनि छन् भन्ने थाहा पाएपछि त कमेन्टको महत्व अझ बढी नै पो हुँदो रहेछ। यसबारेमा अरु 'खै म के भनु र?' अन्य कमेन्टटेटर साथीहरुको जिम्मामा छाडीदिन्छु है। पालो तपाईहरुको पनि, अब हेरौ 'खै तपाईहरु के भन्नुहुन्छ?।

जे-पायो-त्यई
Subscribe to:
Posts (Atom)