tag:blogger.com,1999:blog-8921158925380308403.post294323647639473518..comments2023-10-24T01:30:56.914+05:30Comments on कैलाशको कुटी: The Post, for the Confessionकैलाशhttp://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-8921158925380308403.post-85904739856735778142008-09-08T18:55:00.000+05:302008-09-08T18:55:00.000+05:30मैले देखेको यौटा कुरा हामिहरु कोहि पनि "पर्फेक्ट" ...मैले देखेको यौटा कुरा हामिहरु कोहि पनि "पर्फेक्ट" छैनौं ।

अघिल्लो चोटिको तपाइको कविता मलाई पनि अलिकता कता के नमिले के नमिले जस्तो लागेको हो तर त्यसलाई कमेण्ट गरेर 'यस्तै हुनुपर्थ्यो' भन्ने बुता पनि आफुमा नभएकोले पढें र चुप लागें (मतलब कमेण्ट लेखींन)

अहिलेको तपाईको Confession पढेपछि भने केहि लेख्नै पर्यो भनेर लेख्दैछु ।

कुरा नलम्ब्याउ! ल, भोलि हामी मध्य कसैले वा अरु कोहि पाठकले "तपाईको ब्लग 'बल्ग' जस्तै छैन वा "मलाई तपाईको ब्लग लेखन चीत्त बुझेन" भन्ने कमेण्ट गर्यो भने के तपाई बल्ग लेख्नै छाडनु हुन्छ??

परिमार्जन गर्ने तर्फ जोड गरौं 'बन्द' गर्ने तर्फ हैन।

खै उजेली जि तपाई पनि केहि भन्नुस न !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-32628772712393823362008-09-08T10:20:00.000+05:302008-09-08T10:20:00.000+05:30हाहाहाहा । रन्थनिएको ??? त्यत्ति सारो भित्तैमा पुग...हाहाहाहा । रन्थनिएको ??? त्यत्ति सारो भित्तैमा पुग्नेगरी त नपेलौ न है साथी। म झनै चेपिउँला फेरी। उजेलीजी त एउटा निहुँ मात्रै पो हुनुभो त। मलाई लागेका धेरै कुरा सोझै र फेदैदेखि ओंकल्ने मेरो (राम्रो या नराम्रो जे भनेनि)बानी छ, चाहे त्यो कमजोरी होस् या गल्तीको सन्दर्भमा। लेखनमा पनि त्यही आउँछ नै। कविता लेखेपछि म पढ्छु तर Uncomfortable लाग्छ म आफैलाई पहिलेदेखि नै। म आफैलाई थाहा हुन्न त्यो कविता हो कि हैन भन्ने कुरो। केही साथीहरुको चाहना छ मेरो कविता पढ्ने। म त्यो पूरा गर्न सक्दिन भन्ने कुराको संकेत गर्न खोजेको मात्रै हो।

हिजो दिपकजीले मेरो पोष्ट ठेल्नासाथ मलाई आफ्ना मनमा उब्जेको भावना सुनाउनुभयो। त्यसको साथै यहाँ मलाई अझै उत्साहित गर्नु भएकोमा धेरै धन्यवाद। अनि आकारजीले आफ्नोपन र आफ्नो धारणामा अडिग रहने कुरालाई औँल्याउनुभएकोमा पनि धन्यवाद। यो सही कुरा हो।

यो पोष्टले मलाई यस्तो प्रतिक्रिया पनि आउला कि भन्ने आशा थियो- "हैन कैलाशजी तपाईको हरेक पोष्ट पढेपछि कमेन्ट गर्नैपर्ने? नगर्दाखेरी तपाईलाई गाली गरेकै ठहरिने? What nonsense?...." (खैर आउन बाँकी पनि पो हो कि?)। तर मेरो भनाईको अर्थ त्यो पक्कै पनि हैन। पढिएको मध्धे आफूलाई भन्न मन परेमा मात्रै त कमेन्ट लेख्ने गरिन्छन्त। जे भएनि कोरम पुर्याएर साथीहरुसँग कुरा गर्दा या साथीहरुबाट खरो प्रतिक्रिया पाउँदाको मजै बेग्लै छ यार। I just love it.

आगामी दिनमा यो कविता भन्ने कुरो मसँग बस्ला नबस्ला म आफै पनि जान्दिन दिपकजी। अहिले तपाईलाई प्रमिस गर्ने मेरो हैसियत बनाएकै कहाँ छु र? त्यसैले अहिलेलाई माफी चाहन्छु म तपाईसँग। अरु कुरा गर्दै र हेर्दै जाउँ नि।कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-29131644431296353432008-09-08T07:38:00.000+05:302008-09-08T07:38:00.000+05:30कैलाशजी तपाईंलाई यौटा प्रमिस गराउन मन लागेको छ है ...कैलाशजी तपाईंलाई यौटा प्रमिस गराउन मन लागेको छ है मलाई । गर्नै पर्ने भन्ने छैन तर गर्नुहुन्छ यदि भने तपाईंको कुटीमा हरेक पाँच छ वटा पोष्ट मध्ये यौटा पोष्ट कविताको स्वरुपमा राख्नुहोला । कविता बिधाभित्र समेटिने कुनैपनि रचनाहरु मुक्तक , गीत जे भएपनि । तपाईंको पछिल्लो कविता ( तपाईं नभन्नुस् , अरुले नभनुन् म चैं कविता नै भन्छु ) मन खुम्च्याउनु पर्ने खालकै छैन है । उजेलीजीको प्रतिक्रियालाई मैले बुझ्दा लेख लेख्नुभयो भने कविताको दाँजोमा सलल हुन्छ भन्ने हो त्यसलाई कविता भनेर लेख्नै हुन्न भन्ने ( भनिएकै भएपनि ) बुझ्नु आवश्यक छैन ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-66276218485459565182008-09-07T19:49:00.000+05:302008-09-07T19:49:00.000+05:30म त छक्क परेँ नि हौ, कैलाश जी ।उजेलीको एउटै कमेन्ट...म त छक्क परेँ नि हौ, कैलाश जी ।
उजेलीको एउटै कमेन्ट ले यत्तिसारो रन्थनिनु'भो ।

सबै को आ-आफ्नो, धारणा हो अनि विचार हो । तपाई को विचार ठिकै थियो, के त्यसलाई कविता नै भन्न नमिल्ने त पक्कै होइन । उजेलीले होइन भन्ने बित्तकै हैन भन्नु भो, यति सम्म कि अब त कविता लेख्दिन नै जस्तो गर्नु' भो ।

खैर, म आफूलाई लागेको अनि बोल्नुपर्ने केही छ भने मात्र कमेन्ट लेख्नेगर्छु, अनि मलाई सरोकार नलाग्ने पोष्टहरुमा म पढ्छु मात्रै ।

जेहोस्, यस्ता तिता मिठा अनुभवहरु त भै'हाल्छन् , आफ्नो कुरामा अडिग भएरै अघि बढ्दा राम्रो होला जस्तो लाग्छ । हामी पार्टि का नेता जस्तो त होइनौँ नि, केही सिद्धान्त नै नभएको । के कसैले भन्दैमा हाम्रो मनस्थिति परिवर्तन हुन्छ त ???Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com