Sunday, April 26, 2009

लेख्ने सोच गुल्टिएको कुरा

वर्षदिनको यात्रा तय गरेपछि अर्को वर्ष लाग्नासाथ मेरो ब्लगिङको हाजिरी तुलनात्मक रुपमा कम भयो। यति छोटै समयमा म ओइलाएछु कि क्या हो हँ? कुटीभित्र छिरेपछि र ब्लगिङको बारेमा सोच्दैखेरी पनि आफैसँग यदाकदा प्रश्न गर्ने गर्छु। लेख्ने कुरा यति धेरै छन् जस्तो लाग्छ सम्झेर ल्याउँदा। फेरी लेख्ने बेलामा खै के खै के हुन्छ। यो लेख्छु, त्यो लेख्छु भन्दाभन्दै योजनाको पोको खुस्काइरहन्छु म। छरपष्ट पारिरहन्छु भनेको नि। कहिले जानी जानी। कहिले बाध्यताबस। कहिले अल्छीले। गत सातादेखि ब्लगमा नयाँ टाँसो ठेल्ने सोच दिमागमा बोकेर बस्दाबस्दै आजको सातामा आइपुगे। खुस्किएको योजनाको पोकोलाई बाँध्नुको सट्टा छरिएकै योजनाको पोकोलाई टपक टपक टिपेर राख्दै हाजिर हुँदैछु कुटीमा आज।

अँ! म कुरा गर्दैथिए नि गत सातादेखि कुटीमा ठेल्ने योजनाबारे। नयाँ वर्षको प्रसंगलाई रमाइलोसँग मनाएको कुराकन्थोलाई कुटीमा छिराउँने योजना राखे मैले. नयाँ वर्ष मनाइयो आफ्नै अन्सारले। तर लेख्ने बेलामा योजना अनुरुप लेख्ने मुड नै चलेन मलाई त। अनि बिना इच्छा के लेख्नु भनेर टारे। त्यसपछि अर्को विषयमा लेख्ने सोचको जन्म भयो यो खोपडीमाः मिस मंगोल २००९ को बारेमा। गएको शनिबार (१८ अप्रिल)राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा 'मिस मंगोल २००९' सम्पन्न भयो। कार्यक्रम हेर्न पनि गइयो। रमाइलो पनि भयो। मिस तामाङ, मिस नेवालगायतका नेपालका आदिवासी जनजातिहरुको विशेष जात जातीको अलग अलग प्रतियोगिता हुने गरेकोमा समग्र मंगोल मूलकाहरुका लागि आयोजना भएको उक्त कार्यक्रम पहिलो थियो।

माम खानालाई काम गर्नैपर्ने बाध्यता र नयाँ डेराको घरेलु टिपनटापनले त्यो कुरा लेख्न भ्याइन। त्यसपछि त्यो बारेमा लेख्ने सोचलाई त्यसको दुईदिनपछि अर्को लेख्ने सोचले थिच्यो। त्यो सोच थियोः केही वर्ष अघि भक्तपुर क्यान्सर अस्पतालमा बिताएको महत्वपूर्ण क्षणको संस्मरण लेखेर ठेल्ने। लेख्न शुरु पनि गरे। तर...।

तरले फेरी कुरो पर सर्यो। त्यो लेख्न शुरु गरे। लोडसेडिङको हिसाबकिताबमा दुईफेर गरेर सक्ने योजना बनाए। त्यो लेख्दालेख्दै घाँटी दुख्न थाल्यो ज्यानको। अनि सँगै रुघाखोकी र ज्वरोले च्याप्पै पार्यो। त्यसपछि लेखन कार्य थाँती राखे। गर्मीमा तातोपानी र औषधीको पछि लागे। त्यो संस्मरण अझै पनि आधाकल्चो छ। कुनैदिन पूरा गर्छु अनि ठेल्छु भनेर राखेको छु। अँ अनि नि, मदौरु भएर पुरै ३ दिन थन्किए कोठामा। तेस्रो र चौथो दिनको दिनमा पुराना दुईटा नेपाली फिल्म हेरे इन्सटलमेन्टमा– 'लोभीपापी' र 'अन्याय'। ति दुई पुराना फिल्ममा एकप्रकारको माधुर्यता, सेन्टीमेन्ट भ्यालु भएको महशुश भयो। फिल्म हेरीसकेपछि फिल्मकै बारेमा लेख्छु भन्ने पनि सोच आयो। र म आज त्यही फिल्मको बारेमा लेख्न बसे। तर...। फेरी यो 'तर' बीचमा घुस्रियो। त्यसो हुनासाथ कुरा अर्कै भयो। योजनाको पोका फुट्यो। कस्तो भयो भनेर भन्दा, ई यस्तै भयो, टिप्स मात्रै आयो।

13 comments:

Milan said...

हो नि.. मेरो नि हरेक पटक यस्तो हुन्छ... एउटा लेख्न खोजो..बिचैमा छोड़ी दियो ... अर्को लेख्न खोजो..फेरी बिचैमा छोड़ी दियो... अनि फेरी अर्को लेख्न खोजो...

तर छोड़डा छोड्दै यहाँ त सारै राम्रो लेख तयार भएछ ...

B.J. Dummali said...

malaai ta alchhi laagyo bhane kehi ni lekhdina, yasaree alchhi laagda pain lekhne baani raamro.

Sujan Sharma said...

हैन , कैलाश जी - अल्छि लागेको कुरा भन्नु हुन्छ अनि कसरी यतिका चाख्लाग्दा कुराहरु जागर चलाएर नै पोस्ट गर्नुहुन्छ ? यो त जागर को कुरो'भो नि होईन र !!

Dummali Dai said...

पोस्ट त गज्जब कै लाग्यो ।

Basanta Gautam said...

रमाईलो लाग्यो कूरोकन्थो! यस्तै हो सबैको।

नेपालमा माओवादीले 'मिस नेपाल' हुन दिएनन् भन्थे, तपाईँको कुरा सुन्दा अरु 'मिस---' चाहिँ भईरहेका छन् जस्तो छ। कुरो के रहेछ:)

manu said...

lau didi yo chai ho bhanya kaile k kaile k mero ni testai hunchha bhanya. a hai sachai yo miss chhanne prakriyaa bare chai asti dekhi kasto kasto lagi rahechha bhanya miss nepal chai huna nadine ani miss tamang miss newa miss teen ani miss tourism ani bla blaa blaaa k ho k ho yesto? kunai huna dine kunai huna nadine aakhiri kuro eutai honi hoina ra?

कैलाश said...

बसन्तजीको अनुमान ठिकै हो। मिस नेपालबाहेकका अरु अरु Miss ...... त बेला बेलामा भइराखेकै छ। खै यसको विरोध भएको सुन्न पाइएको छैन अहिलेसम्म।

बरु एउटा रोचक कुरा बाँड्न मन लाग्यो। महिना दिन जति अघि होला Miss Tamangको बारेमा पत्रिकामा छापिएको एउटा समाचारको कुराको सार राखौ है त। Miss Tamangको कार्यक्रम अन्तिम चरणमा पुगेपछि छनोट प्रक्रिया भइरहेको थियो। त्यसै बेला छनोट प्रक्रिया सही नभएको कुराप्रति खुलेर आवाज उठाउँदै स्टेजमा उभिएकै एक प्रतिस्पर्धीले आफूले लगाएको स्याण्डलले जजलाई हानेकी थिइन्।

अन्य साथीहरुको प्रतिक्रियाले मलाई मात्रै त्यस्तो नहुने रहेछ भन्ने पनि लाग्यो। धन्यवाद कुरा बाँडेको र मेरो कुराकन्थो पढेकोमा।

बिमल गिरी said...

कैलाश जी,
नराम्ररी मधौरो हुनुभएछ। ज्वरोले च्यापेछ।
ज्यानलाई बढी धपेढी भएजस्तोछ। कामको लागि
मामलाई भन्दा पनि ज्यानलाई बढी ध्यान दिनेकी।
जे भएपनी ठेल्न चै नछाड्नु होलाहै। टासोमा।
शुश्वास्थ्यको लागि शुभकामना।

दीपक जडित said...

ए बाबा ठाकुरे ! स्याण्डल फुकालेर हिर्काउनेलाई चैं तुरुन्तै मिस तातो रगत तामाङको उपाधि दिहाल्नु पर्ने नि ।

तपाईंको गफ (मुल ब्लग)को पारा नै गजब क्या कैलाशजी । भेट भएरै कुरा सुने जस्तो लाग्ने ।

कैलाश said...

हा हा हा। आईया नि! दीपकजीको उपाधिको शिर्षकले हसायो मलाई 'मिस तातो रगत तामाङ'। on the spot यो सुझाब दिन पाको भए क्या गज्जब हुन्थ्यो हगि दीपकजी?

आत्मीयता र सुस्वास्थ्यको कामनाको लागि बिमलजीलाई धन्यवाद।

Nijgadh said...

malai ta ramro lagyo hai
plzzz adversize my blog

वसन्त बलामी said...

म सँग पनि लेख्नको लागि विषयका ताँती लागेका छन् । लेख्न बस्यो पूरा नहुने । मलाइ मात्रै यस्तो हुन्छ की जस्तो लागेको थियो । तपाइँको पनि त्यस्तै रहेछ । म पनि ढुक्क भएँ अब चाहीँ । हतारिनेछैन अब त ब्लगिङ गर्न ।

wordflows said...

phile phile ta ma pani kina lekhne ra. hya lekhera k garne ra bhanera sabai tetikai chodi dinthye tara hijo aaja lekhnuparthyo jasto lagchha. aadhuro sahi aapuro sahi khe ta racheko chhu jasto lagchha.tesaile malai aaba lekhna maan parchha.