वास्तविक जीवनका आत्मकथा, कथा, निबन्ध जे सुकै होस्, पढ्न रुचि लाग्छ मलाई। त्यही क्रममा नेपालको माओवादी सशस्त्र जनयुद्धमा होमिएका क्रान्तिकारी योद्धाहरुको संस्मरण फेला पारे। त्यसमध्येबाट जेल ब्रेकको कुरालाई प्राथमिकतामा पारेर सरसर्ती पढे। जेल ब्रेकको कुरामा घुमीफिरी उही सुरुङकै कुरा। पहिलो उमाको पुस्तकमा पढेको कुरा झकबहादुरको पुस्तकमा पनि पढे- 'जेल ब्रेकको मार्ग र सफलता उही सुरुङ'। जेल ब्रेकसम्बन्धी उमा र झकबहादुरको दुई किताबमा समेटिएको अन्तरकथाभित्रको उस्तै खालको गाथाको आडमा उभिएर सुरुङ किन र कसरी बनाए भन्ने बारेमा कुरा गरौ आज। यी दुबै एउटै उद्देश्यका निम्ति गरिएको अभ्यास हुन्। साथै उक्त अभ्यासले हात पारेको सफलताको कथा भएकोले धेरैजसो कुरा मेल खान्छ। त्यसै हुनाले पनि उमा भुजेलको अगुवाईमा २०५७ चैत १७ मा गोरखा जेल ब्रेकको सफलताले झकबहादुरहरुको समूहलाई प्रोत्साहन मिल्यो। झकबहादुरको लेखनी छोटा निबन्ध शैलीका छन्। विषयवस्तुको आधारमा उपशिर्षकहरु छुट्टाइएको छ। उमाको लेखनी शुरुदेखि अन्तिमसम्म एकैचोटी बगेको छ।
गोरखा जेल ब्रेकर उमाको सन्दर्भमा अघिल्लै टाँसोमा जानकारी छँदैछ। त्यसैले सुर्खेत जेल ब्रेक झकबहादुरको बारेमा केही भनौ। 'जेल ब्रेकः सुर्खेत जेलब्रेकको अन्तरकथा'का लेखक झकबहादुर वाइसीएलका केन्द्रीय सचिवालय सदस्य तथा माओवादी तमुवान राज्य समितिका सदस्य हुन्। उनी २०५७ भदौमा गिरफ्तार भइ सुर्खेत जिल्ला कारागारमा बन्दी बनाइए। २०५८ माघ २ मा झकबहादुरसहित ३० जनाको समूह जेल ब्रेक गरी बाहिर निस्केको थियो।
दुश्मनको कब्जामा पुग्नासाथ उम्किने दाउँमा तत्कालिन अवस्था र अनुकूलता हेरी अनेकौ उपायहरु अपनाउँछन् यी क्रान्तिकारी आस्थाका बन्दीहरु। जस्तैः कुनै उपायले जेलबाट अदालत/अस्पताललगायतका लागि बाहिर निस्कँदा पुलिसको घेरा तोड्ने प्रयास गर्नु, जेलभित्रकै भौतिक संरचना (झ्याल)तोड्ने प्रयास गर्नु, डोरीको सहयोगमा पर्खाल नाघ्ने प्रयत्न गर्नु, त्यही खटिएका पुलिसहरुलाई झुक्याउने प्रयत्न गर्नु, खटिएका पुलिसहरुलाई आफ्नो उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न गर्नु। तैपनि जेलबाट बाहिर निस्कने अनुकूलता देखिदैन। जेलभित्र जति पनि आन्दोलन हुन्थे, मागहरु राखिन्थे। अन्तत त्यसको मूल उद्देश्य जेल ब्रेक गर्ने नै रहेको देखिन्छ। त्यस्ता प्रयत्न र कदमहरुबाट जेलभित्रको वातावरणमा केही परिवर्तन आएपनि क्रान्तिकारीहरुको सामुहिक उद्देश्यअनुरुप सफलता मिलेन। किनकी यी उपायहरु अत्यन्तै जोखिमपूर्ण हुँदाहुँदै पनि एकादुई मात्र जेल बाहिर जान सक्ने, बाहिर निस्कने क्रममा प्रतिरोध गर्ने जमातको कमी हुँदा सबै मारिन सक्ने र जेलभित्रका बन्दीहरु पनि त्यही कारणबाट मारिने बढी सम्भावना रह्यो। सुरुङ निर्माणको थालनी गर्नु दुश्मनको अगाडि मृत्युपत्रमा दस्तखत गर्नु सरह हो। तैपनि कि मृत्यु कि रुचिकर जीवन दुईमध्ये एक 'स्वत प्राप्त हुने', र अर्को 'प्राप्त गर्ने' निर्धक्कपनसहित सुरुङ निर्माण गर्छन् उनीहरु। तब न क्रान्तिकारी!
गोरखा जेल ब्रेकको सन्दर्भमा जम्मा ८ जना महिला बन्दीमध्ये दुईजना अन्य बन्दी थिए- छुट्ने बेला नजिकिदै गरेका। सुरुङ खन्ने महिलामध्ये एकजनाले ती दुईजना बन्दीलाई प्रौढ शिक्षा पढाउने, सिलाईबुनाई सिकाउँने, एकआपसको जीवनको कथाव्यथा बाँड्ने, परिकार पकाउने, राजनीतिक कुराहरुबारे जानकारी दिनेजस्ता काममा ब्यस्त राखेरै दुबैपक्षलाई हुने खालको तरिका अपनाए। तर सुर्खेतको सन्दर्भमा धेरै बन्दीहरु थिए। आस्थाका बन्दीलाई राजनैतिक/वैचारिक आस्था/शक्तिको बलमा, अन्य खालका बन्दीहरुलाई प्रलोभन वा त्यसबाट पनि नभए डर/धम्की समेत दिएरै पनि सुरुङ निर्माण र त्यसको गोपनियतालाई कायम राखेको पढ्न पाइन्छ।
भौगोलिक बनोट, वरपरको सुरक्षा घेराको अवस्था, प्रशासनको निगरानी र व्यवस्थाबारेमा पूर्ण जानकारीपश्चात सुरुङ निर्माणको ठोस खाका र योजना तय गर्नु प्रारम्भिक चरण हो। त्यसपश्चात सुरुङ खन्नको लागि उपकरण जुटाउनु, सुरुङ खन्दाखेरी निस्केको माटो तह लगाउनु, त्यहाँको वातावरण र अवस्थाअनुरुप चरणबद्ध तरिकाले सुरुङ खन्ने काम नियमित राख्नु र अझ मुश्किलको अवस्था भनेको खनेको सुरुङको सुरक्षा र गोपनीयता कायम राख्नु। पटक पटक भेद खुल्ने स्थिति रहँदारहँदै बच्न सफल हुन्छन् उनीहरु। त्यसबेला उनीहरुसँग भएको कला, कसरत र क्षमताको प्रदर्शन गरेर या लुकाएरै आफ्नो कामलाई जोगाए। सुरुङको गोपनियता कायम राख्नलाई निगरानीमा आउने व्यक्तिसँग प्राय राजनीतिक बहसमा उत्रिने र जनकलाकारहरुले गीत संगीतले भुलाउने गर्थे सुर्खेतका बन्दीहरु। गोर्खाका बन्दी महिलाहरुले पुरुषहरुलाई चुनौति दिएर खेल खेल्ने(भलिबल), जीम गर्ने प्रतिस्पर्धा गर्ने, राजनीतिक कुरामा अल्मल्याउनेजस्ता उपाय अपनाए। खेलको प्रतिस्पर्धामा महिला बन्दीहरुको जितले मनोवैज्ञानिक रुपमा मद्दत पुगेको थाहा हुन्छ।
सुरुङ निर्माण आधा भइसकेपछि बाध्यतावस दुबै जेलमा केही समय सुरुङ खन्ने काम अवरुद्ध भयो। तर अनुकूल परिस्थिति बन्नासाथ पुनः नियमित भयो। सुर्खेतमा धेरै खालका बन्दी एकैठाउँ भएकोले पनि सुरुङबारे बन्दीहरुबाटै कुरा फुत्किने बढी सम्भावना थियो। तर त्यसको निम्ति थुप्रैजना खटे। र सुर्खेतमा सुरुङ निर्माणकै लागि भनेर बाहिरबाट औजार ल्याउने जरुरी परेन। साथै पहिलेदेखि त्यहाँको भूगोलबारे जानकार बन्दीहरु धेरै थिए। गोर्खाको सन्दर्भमा भने बिरामी भएको बहानामा अस्पताल लैजाने माग गरेर बाहिरको भूगोल नियाले।
गोर्खा जेल ब्रेकको सन्दर्भमा उमाको अगुवाईमा कामको बाँडफाँड भएको र त्यसलाई कार्यान्वय गरेको कुरा प्रष्ट रुपमा पढ्न पाइन्छ। बन्दी गृहभित्रबाट सम्भव नदेखिदा तरकारी बारीबाट सुरुङ खने। जनही जिम्मेवारी तोकिन्छ। तर कति फिट तलसम्म खन्ने, कत्रो आकारमा खन्दै तेर्सो लैजाने भन्ने बारेमा ज्ञान नहुँदा केही अप्ठ्यारो परेको पनि उल्लेख छ। घरपरिवारका बुबालगायतकाहरुका अनुभव या कुरा सुनेको भरमा सुरुङ खन्दै लगे उनीहरुले। प्रतिकूल अवस्था आउनासाथ शतर्क हुनलाई कोड भाषा बनाए। सेनाको निगरानी हुने ठाउँमा सेन्ट्री दिने एकजना सीपमूलक काम गर्दै, भित्रपट्टीको बन्दी साथीहरुलाई अलमलाउने एकजना दिनहुँ विविध विषय या उपाय निकाल्दै, सुरुङ खनिदै गरेको र त्यस वरपरको अवस्थाको निगरानी गर्ने एकजना तरकारी र बारीको हेरचाह गर्दै, सुरुङ खन्ने एकजना, खनिएको माटो तह लगाउने एकजना। पछि एकजना थपिएपछि सेनाको निगरानीमा दुईजना खटे। भित्रको महिला बन्दीहरुलाई भुल्याउने काममा भने के विषयले भुल्याउने भन्ने पिरलो पनि परेको बुझिन्छ। तर पछि भुल्याउने व्यक्ति परिवर्तन गरेर र दिनदिनैको अनुभवकै आधारमा त्यो काम फत्ते गरिएको देखिन्छ।
तरकारी अड्याउने बासको टुक्राद्वारा सुरुङ खन्ने कामको शुरुआत गरे उनीहरुले। त्यसपछि तरकारी, फूल रोप्ने/गोड्ने, ढल सफा गर्नेलगायतका नाममा सामाग्रीको माग गर्दै सुरुङ निर्माणमा चाहिने सामग्री/औजार बटुल्न थाले। बाहिरी रुपमा हेर्दा अत्यन्तै स-साना मानिने कुराहरुप्रति पनि निकै सजग रहँदै उनीहरु आफ्नो काममा तल्लीन रहे। तत्कालीन अवस्था हेरी बीच-बीचमा समस्या सृजना गर्दै र माग राख्दै आन्दोलन गर्दै प्रशासनलाई अल्मल्याए। हुन त त्यसैले अवरोध पनि खडा गर्थ्यो बेला बेलामा। त्यसबाहेक त्यहाँ खटेका सेनाहरुसँग चलाखीपूर्वक जानकारी थुत्दै, सहयोग लिदै अघि बढे। जसरी हुन्छ सुरुङबाट बाहिर ननिस्कुञ्जेलसम्म सुरुङबारेमा अरुको ध्यान नपुग्ने वातावरण सृजना गरिरहे।
त्यस्ता कुराहरु स्पष्टसँग उल्लेख गरिएको भएपनि सुरुङ खन्दाखेरी त्यहाँभित्र कसरी उज्यालो पारिन्थ्यो, श्वास लिन पर्याप्त अक्सिजन हुन्थ्यो हुन्नथ्यो भन्नेबारेमा केही पनि उल्लेख गरिएको छैन। सुरुङको आकार १ जना मात्रै अट्ने र कतै कतै घिस्रिएर मात्रै छिरिने पनि भनिएको छ। सानो आकारभित्र रहेर सुरुङ खनीरहनु र खन्दा निस्केको ढुंगा माटोलाई तह लगाउनु चानचुने कुरा पक्कै हैन, त्यसमाथि एकजना (कमला)कै अथक र निरन्तर काम थियो सुरुङभित्र पसेर खन्ने भन्ने कुरा पुस्तकमा पढिन्छ। यस्ता चुनौतीपूर्ण कठिनाईलाई सहजरुपमा कसरी पार गर्न सके होलान्? अनि यत्तिका काम जेलभित्रै गरिरहँदासम्म थाहा नपाउने हाम्रा सुरक्षाकर्मी/प्रशासनको व्यवस्था र निगरानी कस्तो थियो होला?
सुर्खेत जेल ब्रेकको सन्दर्भमा बाहिरबाट भन्दा भित्रैबाट सुरुङ खन्ने अनुकूलताअनुरुप २ बन्दी (मिर्गीका रोगी)कै कोठाबाट सुरुङ खनियो। उनीहरुको रोगको कारणले त्यहाँ धेरै खोजतलास नगरिने हुनाले त्यो कोठा छनौटमा पारियो। ८ फिटको खाडल खनेपछि सुरुङलाई तेर्सो दिशामा लगियो। अक्सिजनको कमीले गर्दा धेरैबेर सुरुङभित्र बस्न नसिकने हुँदा पालैपालो गरि सुरुङभित्र पस्दै खने। सुरुङमा काम गर्नलाई उज्यालो पार्नको लागि भित्रै बिजुलीको बल्ब जडान गरिएको र एकैचोटि दुईजना सम्म पस्न मिल्ने सुरुङ बनाइएको थियो। खनेर निकालिएको माटोलाई चामलको बोरामा हाल्दै सिलिङमा बाँधेर राख्ने, भित्रै हलमा राख्ने (जसले गर्दा ओछ्यानको भुई २ इञ्च माथि उठेको उल्लेख छ), ढुंगा चाहि मिलेसम्म बाहिरै चौरमा राख्ने वा सुरुङभित्रै मिलाएर राख्ने। यही क्रमलाई निरन्तरता दिँदादिँदै सफलता हात पर्यो। सुरुङको अन्तिम बिन्दु (जेल बाहिरको भूगोलमा पाइला राख्ने बिन्दु)लाई जेल ब्रेक गरेर निस्किदा निस्किदै खनिएको थियो। र अन्तिममा उनीहरु जेल तोडेर भाग्न सफल भए। सुर्खेत जेल ब्रेकमा साथ दिने महिला बन्दीहरु अलग्गै कम्पाउण्डमा राखिने हुनाले बाहिर निस्कन सकेनन्। गोर्खा जेल ब्रेकमा पनि पुरुष बन्दीहरु निस्कने अनुकूलता मिलेन।
Showing posts with label पढि टोपल्दा. Show all posts
Showing posts with label पढि टोपल्दा. Show all posts
Tuesday, February 10, 2009
Friday, February 06, 2009
गोरखा जेल ब्रेकको संस्मरण पढेपछि
१२८ पृष्ठको एउटा किताब पढिसके हिजै राती। पढ्न शुरु गरेको त लगभग हप्तादिन भयो। ब्लगमा के चाहि ठेल्ने होला भन्ने सोचले पनि पिरोलिरहेको थियो। यसो विचार गर्दा यसैलाई ठेल्ने निधो गरे मैले।
'बन्द पर्खालदेखि खुला आकाशसम्म' नामक उक्त किताब २०५७ चैत १७ गतेका दिन गोर्खा जेल ब्रेक गर्ने ६ जना क्रान्तिकारी महिलामध्येकी नेतृत्व प्रदान गर्ने उमा भुजेल (क. शिलु)द्वारा लेखिएको हो। २०६३ मा पहिलोपल्ट प्रकाशन भएको उक्त पुस्तकमा समेटिएको अधिकांश कुरा धेरैको लागि नयाँ कुरा नहुन सक्छ। क्रान्तिकारी खेमाका या त्यसप्रति चासो राख्नेहरुसँग त यसबारेमा अझ शिरपुच्छारसम्मको नालीबेली थाहा होला। हुन त जेलब्रेक गरेको समयदेखि नै यसबारेमा विभिन्न ढंगले चर्चा परिचर्चा हुँदै आइरहेको विषय हो। हुन पनि माओवादी सशस्त्र जनयुद्धको दौरानमा क्रान्तिकारी युवा महिलाहरुले देखाएको साहस र प्राप्त गरेको सफलता नेपालको सन्दर्भमा मात्रै नभएर विश्वक्रान्तिकै इतिहासमा उदाहरणीय काम भएको र विशेष महत्व बोकेको पुस्तकको मन्तव्यमै (क. प्रचण्डद्वारा)उल्लेख गरिएको छ।
२०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्धको घोषणा गरेकै समयदेखि भूमिगत भइ पार्टीमा सक्रिय रहेकी उमाले आफू गिरफ्तारीमा परेदेखि जेलजीवनबाट मुक्त हुँदासम्मको घटना र अवस्थालाई क्रमैसँग शब्दमा उनेकी छिन्। २०५६ कार्तिक १३ गतेका दिन उनी गिरफ्तारीमा परिन्। त्यसपछि उनीद्वारा आवश्यक जानकारी र सूचना फुत्काउँने हत्कण्डा अपनाउदै कहिले कहाँ कहिले कोद्वारा सोधपुछ तथा शारिरीक र मानसिक यातनाको क्रम शुरु हुन्छ। २०५६ पुस २२ र २५ मा अदालतमा पेश गरिन्छ। विभिन्न आक्रमणमा संलग्न रहेको पुष्टि गर्न र स्वीकार्न लगाउन त्यसो गरिएको थियो। उनीमाथि लगाइएको अभियोग सही भएपनि ठाडै अस्वीकार गर्दै उनी बचिन्। र माघ १८ मा तारिखमा धाउने गरी अदालतले छाड्यो। तर त्यही दिन उनलाई पुनः गिरफ्तार गरियो। र माघ २५ मा उनलाई जेल चलान गरियो। त्यसपश्चात गोर्खा जेलभित्रको दिनचर्या शुरु हुन्छ।
जेलबाट बाहिर निस्केर सशरिर क्रान्तिमा सहभागिता जनाउँने भित्री चाहनाले पटक पटक जेल बाहिर निस्किने उपाय अपनाउँछन् उनी लगायत ५ जना क्रान्तिकारी महिला बन्दीहरु। ती उपायहरु सफल नभइसकेपछि सामूहिक छलफल, विचार विमर्शपश्चात सुरुङ निर्माण गर्ने निष्कर्षमा पुग्छन्- उमा भुजेल, कमला नहर्की, सञ्जु अर्याल, मीना मरहठ्ठा र रीता विक। सुरुङ निर्माणको मध्यतिर अर्का क्रान्तिकारी महिला थपिन्छिन्- एञ्जिला विक। त्यसपश्चात उनीसहित ६ जनाको संयुक्त प्रयास र साहसले अन्तत उनीहरु आफ्नो उद्देश्यमा सफल हुन्छन्। र क्रान्तिको यात्रामा ऐतिहासिक रुपमा सह्रानीय कदम चालेर सफलताको श्रेय लिने हैसियत कायम गर्छन्। क्रान्तिकारी महिलाका पक्षमा एउटा महत्वपूर्ण इतिहास रच्न सफल हुन्छन्।
जेल र जेलभित्रको विभत्स अवस्था, अमानविय र कुटिल व्यवहारको बारेमा विभिन्न पत्रपत्रिकाहरुमा पढ्न पाइने जानकारी, विभिन्न दस्तावेज र प्रतिवेदनहरु र जेलजीवन काटेर बाहिर आएका केही व्यक्तिहरुको भनाई, भोगाई र संस्मरणात्मक लेखाईकै भरमा मैले जेलजीवनलाई बुझेको हुँ। खोजतलास नगरीकन सहजै उपलब्ध हुने धेरैजसो सामग्रीहरुमार्फत जेलजीवन र जेलको अवस्था पढ्दा धेरै नै कहाली लाग्थ्यो मलाई। खासगरीकन जनयुद्धको सेरोफेरोको सन्दर्भमा क्रूरता र अमानवीयताको चरम चुली नाघेको पाउँथे। जुनसुकै अभियोगमा जेल पसेपनि स्वत शारिरीक र मानसिक यातनाको भागीदार भएकै सुनिन्थ्यो। पढिन्थ्यो। जीतमान बस्नेतको 'अँध्यारा २५८ दिनहरु' नामक पुस्तकमा उनलाई दिइएको बर्बर यातना पढ्दा आङै सिरिङ्ग भएर कैयौ दिन म तनाबमा परेको थिए (हुन त उनी जनयुद्धका सशस्त्र क्रान्तिकारी थिएनन्। र यी दुबै फरक अवस्थाका र फरक ठाउँका जेल बसाईका संस्मरण हुन्। जेल जीवनको कुराको सन्दर्भमा मात्रै दुबैलाई सम्झेको हुँ)।
यो संस्मरणमा अमानवीय व्यवहार र जेलभित्रको असजिला पक्षाहरुको चित्रण भेटिन्छ। तर अन्य बन्दीहरु भन्दा धेरै हिसाबले फरक, अनुभवी र चनाखोपनकै कारणले हुनसक्छ आफ्नो अनुकूल वातावरण निर्माण गरेका कुरा, एकआपसबीचको एकताको कुरा, आपसी तालमेलको कुरा, वैचारिक क्षमताका आधारमा धेरै कुराहरुमा अनूकलता ल्याइएको कुरा बढीमात्रामा यस संस्मरणमा भैटिनु स्वभाविकै देखिन्छ। उद्देश्य प्राप्तिको लागि अरुका लागि झिनामसिना लाग्ने कुराहरुमा पनि होशियार बन्दै विभिन्न स्वभावको आडमा सामुन्ने उभिएको व्यक्तिको आँखै अगाडी आफ्नो भित्री उद्देश्यमा लगातार लम्कीरहन्छन् उनीहरु। कहिले अवला नारीको रुपमा, कहिले क्रान्तिकारीको रुपमा, कहिले मायालु दिदीबहिनीको रुपमा आफूलाई ढाल्दै सँगैको व्यक्तिलाई समेत आफ्नो गुदी कुरा फुत्काउँनबाट जोगिन्छन् उनीहरु। जेलमा पर्याप्त स्रोत साधनको अभाव हुनु नयाँ कुरा हैन। तर तरिका पुर्याएर ती स्रोत साधनप्रति पहुँच राख्न सक्नु र भरपूर उपयोग गर्ने क्षमता हुँदा, वैचारिक र शारिरिक शक्ति कम हुन नदिइकन सही संयोजन गर्दा उनीहरुले जेल ब्रेक गर्न सकेको प्रष्ट छ।
शुरुमै उमाले स्वीकारेकी छिन्- "जीवनमा लेखन क्षेत्रमा कहिल्यै हात नहालेको मेरो लागि यो पुस्तक लेख्नु सुरुङ खन्दाजत्तिकै अप्ठ्यारो महसुस भयो। लामो समय बितिसकेकाले जेल बसाई र जेल तोड्ने क्रममा भएगिरएका सम्पूर्ण विषयवस्तुलाई जस्ताको तस्तै सजीव रुपमा प्रस्तुत गर्न त अवश्य सकिएको छैन। जेल ब्रेकका सहयोद्धा क. कमला नहर्कीलगायतका कमरेडहरुसँग सल्लाह गर्न पाएको भए विषायहरु अलि व्यवस्थित हुने थिए होला"। त्यसैको धरातलमा उभिएर एउटा साधारण पाठकको हैसियतले उनको लेखनीलाई पढ्दा मैले भन्नैपर्ने कुरा खासै छैन। नेपालका क्रान्तिकारी महिलाका यस कदमबारे पढेपछि क्रान्तिकारीका जेलजीवनबारेको एक अंशको बारेमा थोरबहुत जानकारी मिल्यो। र, आत्मबल, निडरताकासाथ हिम्मत नहारीकन दृढतापूर्वक आफ्नो काममा लागि पर्नु नै सफलतातिर उन्मुख हुनु हो भन्ने लाग्यो। जीवनमा जति दुःख कष्टहरुसँग जुध्यो, जति पीडा र व्यथासँग साक्षात्कार भयो, जति धेरै जडिलतासँग घूलमेल भयो त्यत्ति नै मात्रामा क्रमिक रुपमा आत्मविश्वास र निडरता पलाउँदै जाँदो रहेछ र जीवनको हरेक आपतविपतमा पनि डर कम हुन्छ भन्ने लाग्थ्यो मलाई। यो संस्मरण पढेपछि यो कुराप्रति थप विश्वास पलायो। क्रान्तिकारीता र उद्देश्यतर्फ उन्मुख हुँदाको यो कदम साँच्चिनै मलाई मननयोग्य लाग्यो।

Labels:
पढि टोपल्दा
Wednesday, July 16, 2008
नीर्जिव ढुंगाहरुमा लुकेका किराती कथाहरु

सो संग्रहमा किराँतीहरुको पूर्खाको इतिहासलाई दन्त्यकथाको रुपमा पुस्तौपुस्ता हस्तान्तरण गर्ने 'चिनो'को रुपमा रहँदै आएका ती ढुंगाहरुको तस्बीरसहितको १५ वटा कथाहरु छन्। जसमा १४ वटा ढुंगाहरु माथी भनिएका विभिन्न जिल्लाहरुमा छरिएर रहेका छन् भने एउटा ढुंगा सर्वसाधारणको लागि अदृश्य तर बराहक्षेत्र नजिकैको त्रिवेणीः अरुण, तमोर र दूधकोशीको सङ्गमस्थल,मा रहेको भन्ने विश्वास रहेको छ। त्यस ढुंगाको सहायताले किराँती मुन्धुम जान्ने नाक्छोङ (बिजुवा), जो चाहि विशेषागरी चावामाङ (खोलादेउ)जान्दछ, हरुले खोला तर्ने गरेको भन्ने जनविश्वास रहेको भन्ने पढ्दा मेरो बाल्यकालमा एकजना गोठाला दाइले सुनाउनुभएको कथाको याद आयो। जुन कथामा मुन्धुम जान्ने बिजुवाले अरुण नदीलाई एउटा सिन्कोमाथि चढेर तरेका थिए रे भन्थे। कत्तिको साँचो हो कुन्नी?
यस संग्रहमा आकाशबाट झरेको ढुंगा, भालु ढुंगा, तान बुन्ने ढुंगा, बिजुवानी ढुंगा, जन्ती ढुंगा, खमाही ढुंगा, मृतात्मा ढुंगा, सुगूर ढुंगा, अजिङ्गरे ढुंगा, बूढबूढी ढुंगा, आरान ढुंगा, टोपी ढुंगा, डण्डीबियो ढुंगा, गुलेली ढुंगाहरुसँग जोडिएका रमाइला कथाहरु छन्। जे होस् यो किताब पढ्दाखेरी मलाई अल्छी लागेन। नत्र अन्य कतिपय किताब पढ्दा खास गरी कोर्सको किताब पढ्दा त एक अनुच्छेद पढ्न नपाउँदै आँखा तिरमिरतिरमिर भइ निद्रा पो लाग्न थाल्छ।
पढ्दा मज्जा आको कुराको केही भाग भएपनि छोटोमा राख्छु है म। नत्र नाम मात्रै सुनेझै लाग्छ पढ्नेमान्छेलाई।
नाम्धा लुङ -आकाशबाट झरेको ढुंगा- उहिले किराँती राज्य हुँदा किराँतीहरु आफ्ना भाषा, संस्कृति, रहनसहन, धर्मलाई बेवास्ता गर्दै मात्तिए/पात्तिएछन्। पारुहाङ (मैले कतै पढेअनुसार जसलाई शिवजीको किराँती रुप पनि भन्ने गरिन्छ क्यार)ले भेष बदलेर उनीहरुलाई शिक्षा दिँदा पनि पत्याएनन्। अनेक गरी सम्झाउदा पनि किराँतीहरु सुध्रेनन् अनि जोगीको रुप धारण गरेर शिक्षा बाँड्न थाले। त्यसो गर्दा पनि टेर पुच्छर नलाएपछि चमत्कार गरेमा टेर्लान् भनेर पारुहाङले ढुंगा झारेछन्। त्यो ढुंगा भोजपुरको अन्नपर्ण गाविस-2 मा रहेको छ।
घोल्टोङ लुङ -भालु ढुङगा- सुम्निमाका ४ छोरोहरु बाघ, भालु, बाँदर र मान्छे मिलेर शिकार खेल्न गए। एकअर्काबीच खाजा खाने निहुँमा झगडा परेपछि सुम्निमाले जसोतसो सुल्झाउँछ। तर आफू स्वतन्त्र हुने सूरमा उनीहरु एकअर्काको ज्यान लिन पनि पछि पर्दैनन्। बाघले आफु स्वतन्त्र घुम्नकै लागि आमालाई मारिदिन्छ अनि आमाको लाशलाई भालुले खाइदिन्छ। त्यसपछि भालु ढुंगाको ओढारमा गएर बस्छ। मान्छे केही संयम र बुद्धिमानी भएकोले घरजमतिर लाग्छ। भालुले ओढार गरेर बसेको त्यो ढुंगा इलाम नगरपालिकाको पश्चिमी भेगमा रहेको छ।
डाक्खाम लुङ -तान बुन्ने ढुंगा- किराँती किम्बदन्तीका पौराणिक दिदीबहिनी तयामा र खियामाका एउटा भाइ सानैछँदा टुहुरा हुन्छन्। विभन्न कष्ट गर्दै बाँचीरहेका हुन्छन्। भोजनको खोजीमा गएको बेला भाई बेहोशी हुन्छ। त्यही बेहोशीलाई मरेको ठानी दिदीबहिनी भाईको वियोगमा पर्छन्। अनि दुईजना आ-Aफ्नै सूर गर्नतिर लाग्छन्। छुट्टिने बेलामा भाइ नाममा १,१ वटा फूल रोपेर हेरचाहको लागि कहिलेकाहीँ आउने र फूल ओइलाएको भए अशुभ मान्ने वचनका साथ छुट्टिन्छन्। तयामा फूल हेर्न आउँदा खियामाको फूल ओइलाएको देखी खोजी गर्दा मरेको हड्डीकुड्डी भेट्छिन्। त्यही हड्डीकुड्डीलाई बाँसको ढुङ्ग्राभित्र खरानी पानीमा डुबाइ तयामा तान बुन्न थाल्छिन्। तानमा खियामा आकृति बनाउँदै मुन्धुम गाउँदै जाँदा आकृतिको बनावट पूरा हुनासाथ खियामा पुनर्जिवीत हुन्छिन्। खोटाङको मालाथुम्की डाँडामा तयामा तान बुनेको केही चीजबीजहरु भेटिने र त्यही चुचुरोमा रहेको ढुंगामा तान बुनेको कुरो पढ्न पाइन्छ।
भः लुङ -सुँगुर ढुंगा- उहिले खोटाङ र सोलुतिर मात्रै साङपाङहरु थिए रे। एकदिन साङपाङ राईहरुको सुँगुर गाउँबाट भाग्यो। गाउँलेहरु सुँगुरको पछिपछि लागे। भाग्दै जाँदा फली ढुंगामा पुगेपछि सुँगुर गायव। सुँगुर नलिइ नफर्कने जिद्धीमा उनीहरु असफल भए अनि त्यतै बसे। सो ढुंगा भोजपुरको साम्पाङ गाविस- ४ मा रहेको छ।
धियाङपुछाप लुङ -अजिङ्गरे ढुंगा- भोजपुर र खोटाङको सीमानामा रहेको भुते दहमा एउटा ठूलो अजिङ्गार थियो। त्यो दह आसपास जो गएपनि खाइदिने। गाउँमा आतंक मच्चिएपछि तन्त्रमन्त्रद्वारा एउटा लामाले ७ दिन ७ सात लगाएर अजिङ्गरको एउटा आँखा फुटाए। त्यसपछि अजिङगर भोजपुरको इर्खुवा खोला हुँदै भाग्दै अरुण नदी हुँदै सङ्खुवासभाको पिलुवा किनारमा बस्यो। त्यहाँ पनि आतंक मच्चाएपछि छेन्दिमुख र बीरमुख नाम गरेका दुईजना व्यक्तिले ७ दिन ७ सात धामी बसेर अरुण नदीमा ठूलो बाढी बगाए। अजिङ्गर घाम ताप्न बाहिर निस्केको बेला पारी छेन्दिमुखले मुन्दुमद्वारा बज्र खसाए। बज्र लागेपछि अजि्ङगर मर्यो र ७ दिन सातै रात अरुण नदीमा रगतको खोलो बग्यो। अजिङ्गरे ढुंगा सङ्खुवासभाको पिलुवा भन्ने ठाउँको अरुण नदीको किनारमा रहेको छ। यो पुस्तकको आवरण तस्वीरको रुपमा सोही अजिङ्गरे ढुंगालाई राखिएको छ।
अन्य ढुंगाहरुको बारेमा पनि यस्तै यस्तै रोचक प्रसङ्गहरु रहेका छन्। जसले गर्दा मलाई किराँति लोककथाहरुबारेमा बुझ्न रमाइलो 'मुड' दियो। त्यसैले पढ्ने बानी राम्रो हो तर पढ्न नसक्नु मेरो कमजोरी हो भन्ने पनि सोरै आना ठीक मान्छु।
Labels:
पढि टोपल्दा
Subscribe to:
Posts (Atom)