दक्षिण सिक्किमस्थित नाम्चिमा १६-१८ डिसेम्बरमा भएको सांस्कृतिक तथा पर्यटकीय महोत्सबका केही दृश्यहरुद्वारा नयाँ वर्ष मनाउँने चाँजोपाँजो मिलाइदिनु भएको छ- दाजु रमेश राईले। नयाँ वर्ष २००९ को उपहार भनौ या शुभकामनास्वरुप उहाँले जानकारीसहित तस्बीरहरु कुटी र कुटीका आगन्तुकलाई दिनुभएको छ। हामी पनि उतै लागौँ भन्ने मेरो आग्रह छ। र, कुटीमा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई नयाँ वर्ष २००९ को उपलक्ष्यमा मनभरिको शुभकामना।
सामान्य जानकारी खासगरी सिक्किममा ३ किसिमका जातीय समुदायहरु बसोबास गर्छन्- नेपाली, भुटिया र लेप्चा। भुटिया र लेप्चाबाहेक अन्य नेपाली मूलका जातजातीहरु (राई, गुरुङ, मगर, बाहुन, क्षेत्रीलगायत)'नेपाली' समूहमा पर्दछन्। त्यहाँको जनसंख्यालाई मोटामोटी ४ वटा समूहमा बाँडिएको छ।
a. अनुसूचित आदिवासी (Schedule Tribe)
b. अनुसूचित जाती (Schedule Caste)
c. अति पिछडिएका वर्ग (Most Backward Class- MBC)
d. अन्य पिछडिएका वर्ग (Other Backward Class- OBC)
माथिको अनुसूचित आदिवासी समूहमा 'भुटिया' र 'लेप्चा' पर्छन् भने अन्य ३ समूहमा 'नेपाली' पर्दछन्। भर्खरै लिम्बु र तामाङ जातीलाई भारतीय संविधानले 'अनुसूचित आदिवासी' (ST)मा समावेश गरेको छ।
अब भ्रमणमा लागौः

सामुहिक पहिचानको प्रतिरक्षा कि प्रभुत्वको खोजी?

नयाँ वर्षमा नेवारी भोजमा सामेल हुने हो कि?

लिम्बु समुदायको रीतिथितिको एक दृश्य।

लेप्चा जातीको सुन्दर घरमा relax गर्ने कि?

राई जातीको घर। राई जातीसँग जोडिएको खानाको परिकार 'वाचिप्पा/वासिम'(जसलाई 'तीते' पनि भनिन्छ)निकै नै प्रख्यात मानिन्छ। यो जाडोमा गज्जबको खान्की पो त हौ।

नेपालमा ल्होसारको रमझम अनि नाम्चि महोत्सबमा पनि चिटिक्कको गुरुङ जातीको घर।
लौ त, सन् २००८ लाई बिदाई अनि नयाँ सालको सम्पूर्ण कुरा थाप्लोमा राख्न तम्तयार पर्दै फेरीपनि सबैलाई शुभकामना। सबैको हरेक पल शुभ रहोस्। सबैको जय होस्।