नयाँ साल र नयाँ नेपाल २०६५ को मूरीका मुरी, भकारीका भकारी हार्दिक शुभकामना छ । जय होस् नयाँ नेपालमा तपाई-हाम्रो-सबैको ।

नयाँ नेपाल, नयाँ संविधान बन्ने बनाउँने बहानामा हाम्रो मनमा पलाएको उमंग, आशा र अनेकौ योजनाहरु जति पनि छन् । ती सबै आज सुन्दर कोपिला छन् । भोलीको दिनमा स्वच्छ रुपमा फक्रिन र फुल्ने अवसर मिलोस । प्रत्येकको मनमस्तिष्कमा खुशीयालीले बास गर्न सकोस् ।

नयाँ साल र नयाँ नेपालको प्राङगणमा पाइला हाल्दै गरेका हामी सम्पूर्णको दिन शुभ र स्वच्छरुपले आरम्भ होस् । कतिपय समुदायले सेतो रंग पवित्रता र शान्तिको प्रतीक मान्छन् र आत्माको रोजाई ठान्छन् । जे भएपनि अबको दिनमा हिंसा र आतंकको अन्त्य र शान्ति र अमन चयनको वातावरण स्थापित हस् ।

नयाँ नेपालमा प्रशस्तै आशाको किरण देखा परोस् । जसले सबैजनाको लागि सुनौलो विहानी ल्याओस् । राम्रो भन्दा पनि अझ राम्रो विकल्प तथा विचारहरुको ढोका खोलोस् ।

नयाँ साल र नयाँ नेपालमा रंगीन र उमंगभरी जीवन जीउने प्रेरणा सँधैभरि मिलोस् । उमंग र उत्साह ओइलाउन नपाओस् ।
1 comment:
नयाँ बर्ष २०६५ को पावन अबशरमा तपाईं लगायत सम्पूर्ण तपाईंको युनिटलाई हार्दिक हार्दिक मंगलामाय शुभकामना ब्यक्त गर्दछु । बि जे बान्तवा राई
Post a Comment