Friday, October 17, 2008

राष्ट्रिय नाचघर उद्‌घाटन समारोहका केही दृश्य

दशैको एताउति लन्ठा, रमाइलो खै के के पो भन्नु हौ,को कारणले कुटीमा दीपक जलाउनै सकिन। असोज १८ गते राष्ट्रिय नाचघरको उद्‌घाटन समारोहको केही झलक लिएर म बाँचेकै छु भन्ने पार्नलाई कुटीलाई लटरपटर गरेर लिपपोत गर्दैछु अहिलेलाई।
राष्ट्रिय नाचघरको सामुन्ने टाँगिएको विज्ञापन।

कार्यक्रम शुरु गर्नु अघिको चहलपहल।

अध्यक्ष प्रचण्डद्वारा कार्यक्रममा स्वागत मन्तव्य दिँदै।

बरिष्ठ कलाकार हरिहर शर्माको योगदानको कदर गर्दै अध्यक्ष प्रचण्ड र झलनाथ खनाल।

कलाकारहरु गीत गाउँदै।



तस्बीरः कुटीको साथी 'चिरन मानन्धर'

8 comments:

Yumesh Pulami said...

राष्ट्रिय नाचघर उद्‌घाटन समारोहका केही दृश्य का दृश्यहरु हामीलाई पनी शेयर गर्नु भएको मा धेरै धेरै धन्यवाद । अनि तपाईले भनु भा'छ नि ! -"केही झलक लिएर म बाँचेकै छु भन्ने पार्नलाई ....." त्यसो होइन नि मित्र जी -सिर्जना र कला भएकाहरु उ यसरी नै तपाईजस्तै भएर ..... जिवत्वो को संकेत दिहाल्छन नि ,हैन र ?

अनि तपाई जस्तो प्रगतिशील सर्जक त झन ....



ल ठीक छ .....दशैं त राम्ररी नै मनाउनु भएजस्तो छ हैन र ?

sangamkirati said...

कार्यक्रम त राम्राई भएछ।जस्तो लाग्यो तपाईको फोटो हेर्दा खेरीत तर यो छनि नेपालको परम्परा भन्नु य के हो, कुनै पनि कामको सुरुवात गर्दा किना नेताहरुलाई नै अगाडै सार्नुपर्ने नकि त्यो नेताहरुलाई संगित भनेको के हो?थाह नै हुदैना,जुन कामको सुरुवात गर्नुछ सम्बन्धित क्षेत्रको अगुवाहरुलाई किन बोलाइदैना होला?कि त्यो क्षेत्रको अगवाईहरु नै नभएरपो होकि?

Unknown said...

पहिले त तपाईँलाइ स्वागतम कैलाशजी ,

राष्ट्रिय नाचघरका रमाईला तस्विरहरु लिएर आउनुभएछ । रमाईलो लाग्यो ।

अनि संगमजीले नेताहरुलाई नै अगाडी किन सार्नुपर्ने होला ? भनेको कुरामा चैं मलाई दुई कारणहरु भएजस्तो लाग्या छ । यौटा त प्रतक्ष्य अप्रतक्ष्य चाप्लुसी होस् भन्ने अर्को नेताहरुलाई यहाँ के हुन्छ भन्ने अवगत होस् र यस्तो कुरामा सरकारको तर्फबाट सहयोग चाहिन्छ भन्ने थाहा होस् भन्ने हिसाबले । खैर मैले प्याच्च जे भनेपनि पछिल्लो कारणले नेतालाई ल्याईएको होस् भन्ने कुरामा बढि भरपरेको छु है । अनि मलाई चैं प्रचण्डको त्यो तस्विर देख्दा अप्ठ्यारो लाग्यो । भुमिगत जीवनकालबाट भर्खरै निस्किएको अनि संघर्षकालमा छौं है भन्ने देखाउने प्रकारको ब्याक्तित्व भएको मुड्की उठाईरहेको त्यो तस्विर नाचघरको उद्घाटनको ब्यानरमा देख्दा त तँलाई अहिले एक्कै मुड्की हानेर ढलाईदिन्छु है भने जस्तो पो लाग्यो मलाई त । अलि सौम्य र शालीन तस्विर पो राख्नुपर्ने , कि कसो हो ?

Prabesh said...

मान्छेको चरित्र भित्र जस्तो छ बाहिर पनि त्यहि रूपमा देखिन्छ नि हैन दीपक दाइ ?? अनि नाचघरको उदघाटन समारोह मैले पनि टिभीमा हेरेको थिएँ, साह्रै अल्छीलाग्दो कार्यक्रम गरे हौ !!

कैलाश said...

यो तस्बीर हेरेर साथीहरुले मनमा लागेको कुरा सेयर गर्नुभाकोमा धन्यवाद। दीपकजीले भनेको कुरामा मेरो पनि सहमति छ (अनि स्वागतको लागि आभारी छु)। उजेलीजीले भनेझैँ कार्यक्रम त अव्यवस्थित नै थियो।

Anonymous said...

Thanks for sharing the photographs. Regarding presence of political leaders in a programme like this, I would say, it's mainly to provide exposure. otherwise, no media (electronic or print media) would cover such event. So, two purposes are solved at the same time: first, a broader media coverage (probably, on the first page if PM inaugurates the event) and secondly, as Deepakji said, to let leaders know about the status of this greatly overlooked area & need of government's assistance. However, the buttering aspect may not be ruled out.

Anonymous said...

मेरो नाम् खगेन्द्र हो र् मेरो घर् इलम् को अ्चोक् वाड न्० ४ हाल् दोहा कतर् को वखरा मा छु

Anonymous said...

Hi How R U