Friday, October 24, 2008

कन्फ्यूजनः 'कैलाश'को

आज 'कैलाश' को बारेमा या नि सोझै भनौ न मेरो नामको बारेमा केही गन्थन गर्न मन लाग्यो। हुन त यो शब्द आफैमा चमत्कारी त पक्कै हैन नै। तर यो 'कैलाश' नाम र 'नामधारी' मनुवाको समीकरणले एउटा पुरुष/केटाको विम्बलाई स्वत दिमागमा ल्याइदिने भएकैले आज यहाँ कुरा कोट्याउने बहाना पाए मैले। सामान्य समीकरणको नजिता उल्टो निस्कँदा कहिलेकाही सम्झना आइरहने कुराहरु भएका छन्। अरु मानिसहरुलाई कन्फ्यूजन पनि पैदा गर्न सघाउँछ। आज म त्यही कुरा साथीहरुसँग बाँड्छु। एक न एक दिन यो कुराले मेरो कुटीमा स्थान पाउँछ भन्ने थियो मनमा। आज स्थान ग्रहण गराइदिदैछु।

कामको शिलशिलामा मेरो काम गर्ने ठाउँमा अपरिचित व्यक्तिहरुको फोन आउँदा धेरैले भन्ने गर्छन् 'कैलाश दाई या सर'लाई पाउँ न। फोन उठाउने बहिनी पहिला पहिला खुब हाँस्ने गर्थ्यो। आजकाल चाहिँ बानी परेरै होला अलि कम हाँस्छ। मोबाइल उठाउँदा समेत 'मैले कैलाश राईलाई खोजेको' भन्ने वाक्य सुन्छु, 'भन्नुस् म बोल्दैछु' भन्छु। तैपनि 'हैन मलाई कैलाश राईसँगै कुरा गर्नुछ' भन्ने वाक्य सुन्न पाइरहन्छु। कैलाश भन्ने केटा मान्छेको विम्बलाई बोकेरै मसँग कुराकानी गर्ने सूरमा आएकाहरु मसँग भेटेपछि पनि 'कैलाश' कै खोजीमा हुन्छन्। केही व्यक्तिहरु भने शुरुमा अप्ठ्यारो मानेझैँ देखिन्छन् तर केही समयपछि आफूलाई लागेको कुरा भनीकनै छाड्छन्। अनि एकचोटि फेरी हाँस्ने खुराक जन्मिन्छ। ब्लगर मित्र दीपकजीले पनि हाँस्ने खुराक जन्माउनु भएको कुरा उहाँकै ब्लगमा पढ्न पाएँ मैले। धेरैले किन 'यस्तो कन्फ्यूजिङ' नाम राखेको भन्छन्। कसैले 'आधुनिक भाको हो' भनेर ब्यङ्ग्य पनि गर्छन्। कसैले नाम फेर्ने या उपनाम प्रयोग गर्ने सल्लाह दिन्छन्। केही केहीले मेरो नामलाई स्त्री लिंगी पारेर पनि बोलाउने गर्छन्। जे भएनि यो नामले कही न कही, कुनै न कुनै समय कन्फ्यूजन पैदा गरीरहेकै हुँदोरहेछ। थुप्रै चोटी यस्ता घटनाहरु भएका छन्। हुन त मलाई यी सबै साधारण लाग्छन्। सानैदेखि त्यही नामले अस्तित्वमा आएकोले होला- मेरो नाम केटा मान्छेको हो भन्ने मलाई लाग्दै लाग्दैन। कही कतै अलि बढी नै सनसनी पैदा गरेको बेलाबखतमा म अलिक सचेत भएझैँ हुन्छु। नत्र अरु बेला खासै यादै हुन्न। घरपरिवारमा त प्राय सबैलाई थाहा हुने हुनाले खासै कन्फ्यूजन पैदा भएन। घरबाहिर निस्कन थालेपछि चाही यो नामले मलाई घरीघरी पुरुष बनाइरहेकै हुन्छ। केही अग्रज दाईहरु हुनुहुन्छ जो मलाई आज पनि 'कैलाश भाई' नै भन्छन्।

शुरुमा म काम गर्न थालेको केहि दिन भएको बेला 'कैलाशलाई पाउँ न' भन्ने आवाज आयो फोनमा। फोन रिसिभ गर्नुहुने अग्रज दाई भन्दै हुनुहुन्थ्यो 'यो नामको मान्छे को छ र यहाँ? सायद तपाईले अन्तै गर्नुभयो कि?'। 'मेरो हो कि' उहाँको कुरा सुनेपछि मैले भने। 'तपाई?!' वहाँ एकछिन अलमलिनु भो। तर मैले फोनमा कुरा गरिसकेपछि उहाँले तुरुन्तै भन्नुभयो 'सरी है मैले त तपाई पनि हुनसक्नु हुन्छ भन्ने सोच्नै भ्याइन'। अर्को एउटा कुरा, ३ वर्ष अघि एउटा चिठ्ठी आएको थियो 'Mr. Kailash' भनि सम्बोधन गरेर। मेरा एक पुरुष सहकर्मी छन्- कोमल। त्यही ठाउँबाट 'Ms. Komal' भनी उसलाई पनि चिठ्ठी आएछ। हामीले सानो काम गरेवापतको कम्प्लिमेन्ट्री लेटर थियो त्यो। हाम्रो नामले पैदा भएको सो कन्फ्यूजनले हामीबीचमा खुब हाँसो छाएको थियो उसबेला।

६ वर्ष अघिको कुरो, नम्रता भन्ने कलेजको साथीले मलाई फोन गरेर जसरी नि घर आउनैपर्ने ढिपी गर्यो। मलाई सम्झना छ, महिना दिने जाडो बिदा भएकोले हाम्रो भेटघाट भएको थिएन। भेट भएपछि हामी एकअर्कासँग चाँडै नजिकिएका थियौँ। तर घर चिनेको थिएन, अलि अप्ठ्यारो पनि लाग्यो र म अक्मकाए। तर उ मानेन। 'आऽऽमा नि ! तैले गर्दा ह्याँ के के भो। अब भोलि आइज यहाँ अनि सबै कुरा थाहा पाउलास् नि' लौ के बिगार पो गरे की बा, भन्ने सोचेर म झसंग भए उसको कुराले।
भोलिपल्ट घर पुगे। म पुग्नासाथ सबैजना झुम्मिए मेरै वरिपरि। साथीको ३ जना बहिनीहरु र आमा मलाई हेर्दे मुसुमुसु हासीरा'थे। म त छक्क परे। आमाले चाहि भन्नुभो 'ए तिमी नै हौ कैलाश भन्ने नानी?'। म चाहि अलमलमा परेर आखिर कुरा के रहेछ भन्दै दिमाग दुखाउदै थिए।

एकछिनपछि खाजा खाँदै गर्दा पो कुराको पोको फुक्यो। "Hey Sweety, Im fit & fine, but Im missing u a lot. Love u so much dear. Yr love, Kailash". यही बेहोराको एउटा इमेल ठेलेथे साथीलाई। त्यही इमेल उसको बाबाले पढ्न पुगेछ। संयोग फेरी कस्तो भने, साथीको बिहेको लागि इङगेजमेन्टको मिति तय गरिएको दिन परेछ। त्यो इमेलको व्यहोरा र नामको समीकरणले साथीको ब्वाइफ्रेण्ड हुन पुगेछु म। केही बेर हंगामा मच्चिएछ। सबै छोरीहरुसँग सोधीखोजी भएछ। बाबा भनेपछि डराउँने त्यो साथी आफ्नो सफाईमा खरो नउत्रिएपछि म स-शरिर उपस्थिति हुनुपर्ने शर्त तय भएछ। त्यही अनुरुप म हाजिर हुन पुगेछु। केही समयसम्म उसको घर मेरो ससुराली झैँ भएथ्यो।

यसैगरी म अन्य केही साथीहरुको सेरोफेरोमा पनि मैले 'ब्याइफ्रेण्ड'को दर्जा पाएको छु। मेनका भन्ने मेरो मिल्ने साथी छ- यहीको बासिन्दा। म भन्दा उमेरले केही जेठो भए'नि कलेजको दिनहरुमा ऊ हरेक कुरा मेरो सहमति र निर्णयमा नै गर्ने गर्थ्यो। खै किन हो कुन्नी मलाई साथीको साथै अभिभावकझैँ ठान्थ्यो ऊ। पकेट खर्च सकिएमा, कलेजमा जाँच दिने फारम भर्नु परेमा पनि घरमा हैन मसँग कुरा गर्थ्यो। जुनसुकै कुरा पनि मसँग नसोधी गर्दैनथ्यो। संयोग के थियो भने फेरि, त्यत्तिबेला मेरो गेट अप पनि केटाकै जस्तो थियो। बोइज कट हेयर स्टाइल, सर्ट अनि जिन्स र एउटा इस्टकोट। साथमा एक काँधे झोला। उसको घरमा जाँदाखेरी मलाई ज्वाई पो आएछ भनेर जिस्काउँथे आमा र दाईले । गफ गफैमा साथीले भनेको थियो 'म कैलाशको पार्वती हुँ नि त' । त्यहाँदेखि मेरो र मेनकाको कुरा चल्यो कि पार्वती नै भन्छन् घरमा उसलाई। म घरी घरी फोन गर्छु 'ए पार्वती कैलाशको फोन आको छ' भन्दै मेनकालाई बोलाउँछन्। हाम्रो सम्बन्ध आज पनि उस्तै छ- उत्तिकै रोचक अनि रमाइलो। फोनमा कुराकानी गर्दा मेनका मलाई भन्ने गर्छ 'ससुराली नआको धेरै भो, आउने हैन?' । हामीबीचको सम्बन्ध सँधै राम्रै रहीरहन्छ नै। तर मेरो नामको बहानामा हामीबीचको सम्बन्धमा थप एउटा रोचकता या रमाइलोपन थपियो। धेरै लामो के लेख्नु एकैचोटी। 'कैलाश' नाम र म बीचको संयोजनले कम्तीमा हप्ताको एउटा न एउटा गफ त जन्माइरहेकै हुन्छ साथीभाई माझ। यसबारेको अरु प्रसंगहरु थप्दै जानेछु- बिस्तारै बिस्तारै।

महिनादिन अघि जतिको कुरा "कैलाश ! अहो मैले दोस्रो 'पुरुष महिला' भेटे आज", एउटा छलफल कार्यक्रममा वक्ताको रुपमा आउनुभएको उत्तम नेपालीले मेरो नाम थाहा पाएपछि भन्नुभएको थियो। त्यसो त थुप्रै यस्ता नाम हुन्छन्। जो केटा या केटी दुबैकोमा प्रयोग हुन्छ र सामान्य पनि मानिन्छ। यो कैलाश भन्ने शब्द/नाम हाम्रो समाज र मानसिकताले जन्माएको कन्फ्यूजन हो या साँच्चिकै 'पुरुष नाम' नै हो?

14 comments:

sangamkirati said...

हा,,हा,,हा,, कैलाश जी सारै राम्रो कुरा गर्नु भयो हौ,,किन भने म पनि कन्फ्युज नै परेको थिए। पहिला तपाईको ब्लग हेर्दा तर पछि कुरा हुदै जादा चन्द्र जी संग कुरा हुदा पो थाहा भयो यो मेरो बहिनिको ब्लग हो भन्नुहुदा पो म त जिल्ल परे अनि त बिस्वास गर्नै पर्यो आखिर सत्यता
त्यहि रहेछ।तर तपाईको नाम चाहि कन्फ्युजन कै छ है।।।।

Yumesh Pulami said...

कैलाश जी !

(ha-ha)तपाइले सारै राम्रो प्रसंग पो कोट्याउनु भयो त ! मैले त तपाइको बारेमा टिका राम जी मार्फत परिचय पाइसकेको हुनाले त्यस्तो अप्ठेरो चाही भएन तर chat मा कुरा गर्दा चाहि पुरुस मित्र नै जस्तो मात्र लागेको थियो । तर तपाइको प्रोफाइल ले त्यो अलीकती confuse लाइ पनी हटाई दियो ।

के यो अचमको दुनियामा अचम त भैहल्छ नि ? हैं र ! जे होस रामाइलो नै लाग्यो । तपाइको कन्फ्यूजन पनी ।

Prabesh said...

नयाँ वानेश्वरमा एउटा ठूलो घर बन्दै थियो । मेरो कलेज त्यहिँ भएकाले सधैँ आउनेजाने गरिन्थ्यो । एकदिन त्यो घरमा 'उजेली' भनेर लेखेको देखेँ । साह्रै राम्रो लाग्यो । अब यो भवन उजेली भनेर 'हिट' हुन्छ होलाजस्तो लागेको थियो । त्यसको भोलिपल्टै अरू अक्षरहरू पनि थपेर 'सूर्य उजेली भवन' बनाए त्यो घरको नाम । मलाई अझै पनि रिस उठिरा'को छ त्यसो गरेकोमा । अनि मलाई त्यो 'उजेली' नाम साह्रै गज्जब लाग्यो । २-३ जना आफन्तका छोरी जन्मिँदा पनि यो नाम मैले प्रस्ताव गरेँ । पाखे नाम भनेर कसैले राखेनन् । मलाई त्यो नाम काहिँ न काहिँ प्रयोग गर्न मन लागेको थियो । अनि आफ्नो ब्लगिङ नाम 'उजेली' राख्ने विचार गरेँ मैले । मेरो ब्लगको एउटा पोस्टमा समिरजीले 'बहिनिलाई पनि बडादशैँको उपलक्ष्यमा मंगलमय शुभकामना ! तथा शुभ यात्रा ।' भनेर कमेन्ट लेख्नुभएको रहेछ !!

कैलासजस्तै उजेली नामले पनि झुक्किनुभएछ साथीहरू । तपाईँको चैँ पहिल्यैदेखि नै यस्तै रहेछ मेरो चाहिँ आफ्नै रहरले अहिलेदेखि !!

Anonymous said...

Interesting! I must admit that I was too, confused earlier by your name. I feel like having a name that is a boy/girl name can sometimes be advantageous. for example: If you go for a job interview, the employer always has a surprised expression on his face. It gives you more time to prove yourself, probably to show your skills. Other times, people realize that a specific name could be of a boy or a girl. Therefore, they proceed with an open mind, expecting anything. These are the people I like best. It's good to feel at ease to be yourself always, and show others who you are, name and all, with no inhibitions.
Having said this, I agree that receiving calls like what you have mentioned, being always ready to prove something which you normally don't feel like, may be irritating. what can we say, except, that's the way it is!

Dilip Acharya said...

भन्छन नी, आफ्नो नाम कसैलौ पनि आफैं छानेर राख्‍न पाउँदैनन् (केहि 'टाईटल' धारि र अपवादलाई छाडेर)।

मलाई लाग्छ माथि दिपेन्द्र जी ले भन्नु भएजस्तै यो नाम अली 'पौरुषीय' लागे पनि 'लाभदायक' नै होला।

यस्तै प्रसंगमा: केहि बर्ष अघि मेरो घरमा एक जोडि भाडामा बस्थे।

भगवति र हरि ... मतलव पतिको नाम 'भगवति' र पत्निको नाम 'हरि'। त्यो बेलाको कन्फुजन पनि गजब थियो ।

पछि यौटै घरमा लोग्ने स्वा्स्नीको नाम नै यस्तो भएकोले मान्छेहरु साह्रै झुक्कीएकाले उनिहरुले हरि नाम लाई परिवर्तन गरि 'हरि माया' राखैका थिए ।
रमाईलो र रोचक प्रसंग ।

Unknown said...

कैलाश नामधारी महिला मित्र पहिले नभेटेर होला तपाईंको ब्लगमा पस्दाका शुरुशुरुका दिनमा मैले कैलाशलाई केटा ठानेको थिएं तर थाहा पाएपछि कैलाश नाम पुरुष नाम हो भन्ने भ्रम मेरो दिमागबाट बाहिरिइसकेको छ ।

कैलाश said...

प्रतिक्रिया दिनुहुने शिर-पुछारसम्मको साथीहरुलाई हृदयदेखि धन्यवाद। नाम कन्फ्यूजिङ भएनि म चाही त्यस्तो छुईन नी संगमजी हा हा हा। नाम त छँदैछ। लेखाई र बोलाइको क्रममा शुद्ध नेपाली (थिई, खाई जस्ता शब्द म कमै प्रयोग गर्छु या गर्दै गर्दिन भन्दा नि हुन्छ)प्रयोग नगर्दा धेरैलाई मेरो बारेमा कन्फ्यूजन थप्न सघाएको होला सायद। तर दीपेन्द्रजी र दीलिपजीले भनेको कुरा पनि सही हो, कहिले फाइदै हुन्छ कहिले चाही झ्याउँ हुन्छ। तर पनि समग्रमा रमाइलै लाग्छ। अनि उजेलीजीको त्यो कमेन्ट मैले पढेथे। उजेली शब्द मलाई चाहि पहिल्यै देखि मन परेको हो। उजेली भन्ने एउटा फिल्म पनि हेरेथे केही वर्ष अगाडी त्यो फिल्म हेरेपछि त झनै मन पर्छ यो शब्द।

Anonymous said...

फ्र्यांक्ली भन्नु पर्दा, म पनि पहिलो पटक चैं रनभुल्लमा पर्याथ्याँ। तपाईंको वास्तविक नाम चैं थाहा भएन भनेर लेख्या जस्तो लाग्छ। जे होस् पहिले विश्वास गर्न गहारो पर्या थ्यो, अहिले चैं बानी पर्दैछ। सुमन, पुजन, अतीत, दुर्गा आदि नामहरुका साथमा कैलाश पनि थपियो।

Aakar said...

"आकार"
सायद पहिले-पहिले सबैलाई यो नाम ले कन्फ्युजन पारेको थियो तर अहिले सायदै कसैलाई कन्फ्युजन होला ।

तर पनि मलाई आकार भनेर चिन्नले मलाई मेरो नाम ले चिन्दैन अनि मेरो नाम ले मलाई चिन्नेले आकारलाई चिन्दैन, यो पनि भयंकर मज्जा को कुरा हो, कि कहिलेकाँहि मेरै अगाडि साथीहरु मेरो कुरा गरिरहेका हुन्छन्, तर उनीहरुलाई उनीहरुको कुराको पात्र म नै हुँ, भन्ने कुरा थाहा हुँदैन ।

उदेक को कुरा भनिहालौँ, यही ब्लगिङ सुरु गरेपछि म "आकार" नाम ले जमेँ, एक पटक फिनल्यान्ड बाट एक नेपाली केटा ले मलाई केटि ठानेर बिहे को प्रस्ताव पनि राखेको थियो, सायद यो कुरा C-Box को अर्काईभ मा सुरक्षित होला ।

कैलाश said...

कुमारजीले मेलमा 'यदि तपाईको बास्तविक नाम अर्कै भए क्षमा पाउँ' भनेर लेख्नुभएथ्यो। त्यसले नै स्पष्ट थियो तपाई रनभुल्लमा पर्नुभएछ भनेर। अनि आकारजीको कुरा पनि गज्जबकै रहेछ। तर आकार नाम मलाई खुब मन पर्यो।

Kobit "Durga" said...

Kailash ji, Nice event, really instrasting. Namis like, Ihave to same as problem ehehe but not as you ehe why you make yours name Goddese ? ehehe

Durga

Anonymous said...

नमस्ते कैलाश बहिनी भनु कि दिजु भनु म(१९७८) है अब तपाईं आँफै पत्ता लगाउनु म भाई कि दाई नाम त मेरो केटी कै जस्तइ छ तर मगरको छोरो बहादुर जोडीएर केटा जनाएको छ। कन्फुजन नहुन है तपाईं, तर तपाईंको नाम र फोटो ले त मलाई मात्र होइन सबैलाई झुक्यायो नि र झुक्किरहन्छन जो कोही नयाँ पाठकहरु। म तपाईंको कुटी भर्खर मात्र चियाउन पुगेको हुँ,भनौ म नयाँ बटुवा तपाईंको कुटिको लागि, सरसरी हेरेमात्र खुराखहरु र पारीकारहरु त धेरैनै देखिन्छन, एस्लाई म बिस्तारइ चाट्दै जानेनै छु, समयको फुर्सद सगै। तर यहाँनिर तपाईंको अपुरो र अधुरो परिचय जस्तइ लाग्यो है, एसो सर्सरी हेर्दा यो निकै मिठो र गाउँघरे भाषामा लिखित र तपाईंको लेख्य कला र सैली साच्ची साहरै नै मुलाएम र सुलुलु बग्ने खाल्को यो लेख्हरु तपाईंको आफ्नै अनुभुती सम्झना सस्मरण जस्तइ लागेको भएपनी भित्रको मुख्य गुदिहरु र चाख्नै छु,फेरी यहाँ अर्को तर जोड्नु पर्ने भयो, यो लेख हरु कसरी update भाईरहेकोछ ? र म एक बोदो दिमाखको पाठ्कले home page छुयाउन अली गाहारो भयो के अनी तपाईंको लागि मात्रि छुट्तै प्रतिकृया को box पनि भेट्न सकिन तेसैले एस्मै यो मेरो गुनासो प्रस्तुत गरे, तेसैले मैले गल्ति गरिरहेको छु कि भनेर डराइरहेको पनि छुl
- पाल्पाली मगर तारा यु ए इ बाट

Anonymous said...

माफ गर्नु होला धेरै टाइपहरु मिस्टेक पनि भएछन। अनी यो फोटो राख्ने फ्रेम पनि भेटाउन सकिन त मैले।

anjana said...

कैलाशजी सुरुमा त म पनि छक्कै परे त झुक्के पनि ।त फेरी यस्सो फोतो हेरे, अज्जै कन्फ्युज् भए । तेस् पछी बिस्तारै लेख्हरु पध्धै जादा पो छर्लङ भयो त ।जे होस् इन्त्रेस्तिङ् र मज्जा लग्यो ।