सुन्दर मिथिला कलामा महिला)केहि महिना अघि पहिलोपल्ट छोटो समयको लागि जनकपुर पुग्दा त्यहाका भित्ताहरुमा मिथिला कलाको रुप देखे। ती कलामा भरिएका रंग, तीनको सुन्दरता र सरलता, जो सुकैले बुझ्न सकिने आकृतिहरुले मन तान्यो। प्रायजसोको घरका भित्तामा त्यस्ता चित्रहरु भरेमा घर खाली नहुने पुरानो जनविश्वास रहेछ। चित्रहरुमा मिथिला संस्कृति, जनजीबन, महिलाका दिनचर्या, पशुपन्छी, जनावर आदिलाई उतारिएको देख्न सकिन्छ।
जनकपुरमा प्रसिद्ध जानकी मन्दिरको साथै राम मन्दिर, जनक मन्दिर रहेका छन्। लक्ष्मण मन्दिर भने जानकी मन्दिर प्रांगणमै रहेको छ। मुगल शैलीमा बनाईएका यी मन्दिरहरु आकर्षक छन्। मिथिला नगरीमा मन्दिरका साथै मस्जितहरु पनि थुप्रै रहेका छन्।
२०४७ जेठ ९ मा गिरिजा प्रा. कोइरालाद्वारा सिलान्यास भै २०५५ कार्तिक २३ मा मनमोहन अधिकारीद्वारा अनावरण भएको यो पार्कमा २०४६ फागुन ९ गतेका दिन सहादत प्राप्त गरेका जानकीदेवी, सोनावातिदेवी, मुनेश्वरिदेवी (भू.पु. सांसद शिवधारी यादवको परिवार), रामनारायण यादव र उदयशंकर मण्डल (कक्षा ९का बिद्यार्थी) को शालिक रहेको छ। त्यस्तैगरी २०२९ असोज १ गते नया शिक्षा योजना २०२८ को बिरुद्धको आन्दोलनमा कामेश्वर मण्डल र कुशेश्वर यादवको सहादत भएको थियो।
घ्यु नराखेसम्म खानथाल्नु नहुने (अर्थात् अपुरो भोजन लिनु हुन्न भन्ने मान्यता हो) र अन्तिममा दहि खाएपछि बल्ल मिथिला भोजन समाप्त हुने संस्कृति रहेछ। आफुलाई त क्या भोक लागेको थियो। भात, दाल र तरुवा राख्नासाथ १ गास त खाई नै हाले। संगैको साथीले भनेपछि सबै परिकार नआउन्जेल अरुहरुले झै पर्खेर बसे। मिथिला भोजनमा जम्मा ६५ परिकार हुन्छ रे। त्यहाँ भने दाल, भात, आलु-पर्बल-भान्टाको बेग्लाबेग्लै तरुवा, तरकारी, २ थरिको अचार, घ्यु, माछा, दहि गरि १२ परिकार खाने अवसर जुर्यो। भोजन पुरा भएपछि त खाने सूरमा नै बितेछ।
सधैभरी जलैजलमा महादेवको लिंग रहने हुनाले जलेश्वर भनिएको होला भन्ने सामान्य अड्कल लाग्ने गर्छ यो मन्दिरको बारेमा सुन्दा। किम्बदन्तीअनुसार सत्ययुगको अन्त्य र त्रेतायुगको सुरुमा सीता स्वयम्बरको लागि राखिएको धनुले भगवान शंकरले त्रिपुर दग्ध गरे। त्यहिँ त्रिपुर दग्धबाट खसेको ज्वाला राबा नदीमा खसी भित्रभित्रै जलेश्वरमा पुग्यो र ज्वालेश्वर महादेवको उत्पति भयो। ज्वालाबाट जाला, जल हुदै अन्त्यमा जलेश्वर हुन पुग्यो। बि.स. १८६९ मा गिर्वाणयुद्ध विक्रम शाहको पालामा मन्दिरको नियमित पूजापाठ संचालनको लागि ताम्रपत्र प्रदान भयो। बि.स. १९९६ मा तत्कालिन बडाहाकिम जनरल रामशमशेर जबाराले गुफमाथी पुन: मन्दिर निर्माण गराए। जलेश्वर महादेवको लिंग रहेको ठाउँको पानी महिनामा २ पल्ट फाल्ने गरिन्छ। पानी फाल्ने काम महिनाको पहिलो सोमबार प्रकौली ब्यारेकको नेपाली सेनाले गर्छ भने महिनाको अन्तिम सोमबार सशस्त्र प्रहरीको टोलीले गर्छ।




6 comments:
दिदी तपाइहरुको भ्रमण टोलीमा हामीलाई पनि शशव्द सामेल गराउनु भएकोमा धन्यवाद।
मिथिलाको जानकारी सहित तस्विरहरु बाँडेर हामीलाई पनि मिथिला घुमाउनुभएकोमा कैलाशजीलाई धन्यवाद ! तस्विर कला र क्वालिटीले लोभ्याए ।
कैलाश जी ... निकै राम्रो जानकारी सहित जनकपुरको ऐतिहासिक ठाउहरु डुलाउनु भएकोमा धन्यबाद !
निकै राम्रो लाग्यो !
जानकारीमूलक तस्बिर कला !
चित्रमा चित्र हेर्न पाउँदा थारु बस्तीमा घरको भित्तामा कला बनाएको आफ्नै जन्मथलोतिरको दृश्य सम्झिएँ । मिथिला भोजनबारे पनि नयाँ कुरा जान्न पाइयो ।
जनकपुर नगरीको भ्रमण गराउनुभएकोमा हार्दिक धन्यबाद!
Post a Comment