Sunday, November 30, 2008

थारु सांस्कृतिक संग्रहालय

केही दिन अघि मात्रै वि.सं. २०५८ मा स्थापना भएको चितवनको बछौलीस्थित 'थारु सांस्कृतिक संग्रहालय'को दृश्यावलोकन गर्ने रहर पूरा गरे मैले। थारु समुदायको आफ्नै पहलमा खुलेको यो संग्रहालयमा थारु जातीको रीतिरिजाव, परम्परा, संस्कार, सांस्कृतिक रहनसहन झल्काउने तथा जीविकोपार्जनसम्बन्धी विभिन्न सामाग्री तथा तस्बीरहरु राखिएका छन्। पर्यटकीय दृष्टिकोणले सौराहा निकै प्रख्यात मानिन्छ र धेरैजसो पर्यटकहरुको गन्तव्य पनि रहने गर्छ। सौराहाको आडैमा या नि कि नजिकै रहेको छ, संग्रहालय। सौराहा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि थारु जातिबारे बुझ्न सो संग्रहालयतिर पनि एकनजर पुर्याउँदा 'पशुपतिको जात्रा सिद्राको व्यापार' भनेझैँ हुन्छ। मैले गर्या नि त्यही हो क्यारे। संग्रहालय चहार्दाखेरी कैद गरेको केही दृश्य म यहाँ राख्न चाहन्छु।सामुन्नेबाट हेर्दा- 'थारु सांस्कृतिक संग्रहालय'।

थारु महिला।

थारु पुरुष।

दैनिक कामकाजमा चलाउने सरसामाग्रीहरु।

जुनसुकै कार्यमा प्रयोग गरिने 'रक्सी' पार्ने भाँडो। (मैले जानेअनुसार त माथीको ढकनी नहुनुपर्ने हो।)

पछाडिपट्टि माछा मारीरहेको मजाको पोष्टर र त्यसैको सामुन्ने माछा मार्न प्रयोग गरिने सामाग्रीहरु।

आजकाल यसको प्रयोग कति हुन्छ कुन्नी? सायद संग्रहालय-तस्बीरलगायतमै सीमित छ कि?

टाँगा।

....................। यसको क्याप्सन हाल्ने जिम्मा साथीहरुमा, है त!


आच्या! लन्ठ्याङलुन्ठुङ हल्लिदैमा १० दिन बितिसकेछ। कुटीमा छिरेपछि छिमेकी साथी दीपकजीको खोजखबर पढ्दा साह्रै खुशी लाग्यो। र, तुरुन्तै केही न केही ठेल्दिउ भन्ने मन भयो। केही दिन अघि मात्रै पुगेर फर्केको चितवनको यही तस्बीरलाई कुटीमा छिराएर म सन्चै छु अहिलेलाई भन्दैछु दीपकजी। तपाईको आत्मीयता र प्रार्थनाप्रति म आभारी हुँदै यस्तो भावना र कामना आयुदारी होस् भन्न चाहन्छु।

7 comments:

Unknown said...

साह्रै रमाईलो भ्रमणमा जानु भएको रहेछ र पो यतिका दिन बेपत्ता हुनुभएको रहेछ । मैले यसको बारेमा यहिँ आएपछि सुनेको थिएँ नेपालमा हुन्जेल त थाहै थिएन , नेपाल आउँदा म पनि घुम्न जाउँला भन्ने सोचेको छु । अनि त्यो यौटा तस्विरमा नाम राख्नलाई गाह्रो भएको हो कि हामीलाई त्यो के हो भनेर कत्तिको थाहा रहेछ भनेर जाँच गर्नु भएको हो ? नत्र भने त्यो तस्विरलाई थारुहरुको ढोल ढ्याङ्रो लेखेको भए भै हाल्थ्यो नि ?

Dilip Acharya said...

म पनि केहि दिन यता कुटिमा पस्दे फर्कदैं गर्दै थिएँ, तपाई घर तीर जानु भयो होला भनेर ।

अन्तिम तस्विर चाहि ढ्याङ्रो नै होला, जुन कहिले काहि झाक्रिले पनि प्रयोग गर्छन क्यार ।

Administrator,Bhojpure said...

ढ्याङ्ग्रो नै हो जस्तो छ है......

Yumesh Pulami said...

शब्दले बोलेर ब्यक्त गर्द छ भने -तस्वीर ले आफै ब्यक्त गर्दो रहेछ- त्यसैले त भनिनछ नि ! तस्वीर आफै बोल्छ।

त्यस्तै छ तपाइको यो टासों पनी । राम्रो लाग्यो यो पनी तर कैलाश जी हिजो आज तपाइले अलिक पहिलो को तुलना मा अलिक कम टाइम दिनु भएजस्तो लागेको छ - ब्लोगिंग मा । मिठो खुराक को प्रतीक्षा म सधै पर्खिराहेको हुन्छु म ।

sangamkirati said...

कैजाश जि सारै राम्रो लेख र तस्बिरहरु ल्याउनु भएछ।खुसि लाग्यो आफ्नो रितिपरम्परालाई जोगाईरख्नको लागि यस्तो सग्रलयहरुको उचितब्यबस्थाहरु मिलाउनु पर्ने हो।खुसि लाग्यो आफ्नो नभयनि थारुजातिको हेरेर।कम्सेकम आफ्नो पहिचान त राखेको छ।उनिहरुको,,,,

कैलाश said...

कुटीमा छिर्ने समय दिने र कमेन्ट गर्नुहुने सबैमा धन्यवाद।

क्याप्सन बिनाको तस्बीर चाहि ढ्याङ्ग्रो नै हो। साथै मयुर तथा चराका प्वाख र मादल पनि देखिन्छ। खासगरी यसले थारु जातीको सांस्कृतिक पक्षलाई देखाएको छ। विभिन्न सांस्कृतिक झाँकी, नाचगान, चाडपर्व तथा विशेष अवसरमा यिनीहरुको प्रयोग गरिने गरिन्छ। यसभन्दा बढी चाहि नलेखु होला। किनकी माथि अर्को पोष्ट पनि आइसकेको छ अनि पछिलाई पनि कुराकानी साँचेर राख्नैपर्यो नि हैन र?

Anonymous said...

खोइ यो तपाईंको ब्लग का खुराकहरु अरु अन्य पाठक मित्रहरुले तेती हेरेजस्तो लगेन है प्रचार प्रसारको कमिले हो कि ? सबै ब्लगिङ साथीहरु मात्र छन त कमेन्टर मा त ...................