Monday, February 16, 2009

म त अझै कलिली, कुटी चाहि वर्षदिनको

वर्षदिनभरी कुटीमा कैलाश नामधारीकै हालीमुहाली चलीरह्यो। त्यसैले आजको कैलाश र कुटीको विशेष संवाद चलिरहेछ। यी दुईको संवादप्रति तपाई पनि उत्सुक हुनुहुन्छ कि? हुनुहुन्छ भने अति उत्तम। हुनुहुन्न भने पनि... अति उत्तम। संवाद के के हुँदैछ त्यतै लागौ है त।

कुटीः आज के हो तिमीलाई थाहा छ?
कैलाशः आज? ए, अँ त ठ्याक्कै आजकै दिन। तर पोहोर साल तिम्रो जन्म भएको। त्यसैले आज तिम्रो पहिलो जन्मदिन। (ए पुरापुरी याद रहेछ)

कुटीः त्यसो भा खै त मेरो जन्मदिनको उपहार?
कैलाशः खै उपहार सुपहार त लिने दिने मेरो चलन छँदैछैन। तिमीलाई मनभरिको शुभकामना अनि आगामी दिनको लागि फलेर फुलेर रहनु भन्ने दुई कुरा मात्रै दिनसक्छु अहिले। भोलिदेखि फेरी तिमी र म एउटै भएर उही गफ चुट्नु त छँदैछ नि। अनि वर्षदिनमा तिमीले बनाएका साथीहरुको पनि शुभकामना पक्कै पाउँछौ। (क्या बाठो बाई)

कुटीः म किन जन्मे?
कैलाशः मेरो इच्छा भएर। (ए बा कुरा यस्तो पो परेछ)

कुटीः त्यसो भा म जन्मेपछि के भो त?
कैलाशः ठूलै केही हुन्छ भन्ने ध्येय थिएन। हुँदैन पनि। तर एउटा सुन्दर काम भयो। तिम्रो-हाम्रो एउटा दुनियाँ बन्यो- कैलाशकोकुटी भन्ने। अनि हामी ब्लगिङको दुनियाँमा झुल्कियौ तिमी ब्लग बनेर म ब्लगर बनेर। (गज्जब भएछ। भयो त होला नि अब?)

कुटीः ब्लगर बन्दा र ब्लगिङको दुनियाँ कस्तो लागिराछ?
कैलाशः रमाइलो। गजब। (त्यसो हो भने त राम्रो नि)

कुटीः रमाइलो किन लागिराछ?
कैलाशः नमान्नुपर्ने कारण के छ र? बरु मान्नुपर्ने थुप्रै कारण छन्। अरु ब्लगर मित्रहरुसँग शब्द संवाद गरिन्छ। विचार र अभिव्यक्तिको लेनदेन गरिन्छ। घरीघरी एकअर्काको दिमाग पनि चाटिन्छ। अनि रमाइलो भएन त? (लु लु भयो भयो)

कुटीः ए। त्यसो भा कुटीभित्रभन्दा बाहिर पनि ब्लगरहरुसँग शब्द संवाद गरिन्छ हो?
कैलाशः गरिन्छ। आजकालको दुनियाँमा त्यही शब्द संवाद नै त ठूलो कुरो रहेछ नि। अनि किन नगर्नु। गर्दैमा के बिग्रिन्छ र हैन? (बिगार्ने नै भए त के ठेगान? तै तै बुद्धि त पलाएकै होला नि)

कुटीः कस्ता कस्ता छन् त ब्लगर मित्रहरु?
कैलाशः माहिर छन्। मजाका लाग्छन्। तर महिला ब्लगर मित्र चाहिँ एकदम कम छन् मेरा। (ए। अरुतिर जस्तै यहाँ पनि महिला कम)

कुटीः ए। अनि महिला ब्लगर मित्र चाहि कसरी कम भए तिम्रा?
कैलाशः अन्य क्षेत्र सरह ब्लगिङमा पनि तुलनात्मक हिसाबले हेर्दा महिला ब्लगर कमै रहेछन्। त्यसैले कम भएका होलान्। तर सबै कुराको योगफल निकाल्दा त जति छन् त्यति पनि ठूलै कुरा हो भन्ने लाग्छ मलाई। (अँ! कुरा त्यसो पनि त होला नि)

कुटीः तिमीलाई कस्तो लाग्यो मेरो कुरा?
कैलाशः वर्षभरि मैले मात्रै कुरा गरिरहे। कुरा गर्नु तिम्रो पनि नैसर्गिक अधिकार हो भन्ने कुरा याद दिलायौ। (हो नि त!)

कुटीः अनि तिमी र म मा के फरक देख्यौ त?
कैलाशः तिमी वर्षदिनको भयौ। म चाहि कलिलै छु। (लौ के कुरा हो यो?!)

कुटीः तिमी म भन्दा कलिलै रे? कस्तो कुरा हो यो? केही बुझेको भए त मरिजाउँ।
कैलाशः उमेरले त तिमीभन्दा कतिऔ गुणा छिप्प्या नि। तिमी वर्षदिनको भयौ। तर यो वर्षदिनमा मैले तिमीमार्फत जे जति कुरा ओकले, हौ त्यो चाहि कलिलै, काँचै छ भन्न खोजेको नि। स्पष्ट भो होला नि अब त? (ए कुरा त त्यसो पो)

कुटीः ए बुझे। ल तिमीलाई नि बधाई, अब हाम्रो संवाद थन्क्याउ है?
कैलाशः हुन्छ। तिमीलाई पनि बधाई छ। (ल ल, गरि खाउँ, गरि खाउँ)

फेरी पालो कैलाशकैः
ब्लगिङको दुनियाँमा मेरो कदम परेको। ख्यालख्यालमै वर्षदिन पुगेछ। यस अन्तरालमा कुटीमा बसेर खालपरि/मनपरि फलाके। किनकी आफ्नै मनको आँगनमा टेकेर कुटीमा त्यस्तै उस्तै लेखिरहे/फलाकिरहे। मैले फलाक्दा फलाक्दै केही छिमेकी साथीहरुसँग एक खालको साइनो बन्यो। चिनारी बन्यो। सञ्जाल बन्यो। शब्द संवादकर्ताको चिनारी। भावना र विचार सम्प्रेषण तथा लेनदेनको सञ्जाल। रमाइलो। छुट्टै अनुभूति र आनन्द छ यसमा।

Never Stop Dreaming का दीपेन्द्रजीको ब्लगमा केही समय पहिले पढेथे- ब्लगिङ गर्नु भनेको आफैले आफैलाई अन्तर्वार्ता लिनु जस्तै हो। मेरो लागि सही लाग्यो। वर्षदिनको अन्तरालमा अधिकांश समय ब्लगिङ गर्ने निहुँ पारेर मैले पनि यही गरे हुँला। तर खासमा म किन ब्लगिङ गर्दैछु भन्ने प्रश्नमा आजसम्म घोत्लिएकै रहेनछु। यसो घोत्लिदा यसको जवाफ एकभन्दा बढी भन्नैपर्दा जति बढाएपनि हुने रहेछ। मन लागेर, ठाउँ पाएर, फुर्सदको समय सदुपयोग गर्न, मन/मष्तिस्कको कुरा/विचार व्यक्त गर्न, लेख्ने कला सिक्न, ब्लगरहरुसँग शब्द संवाद गर्न यस्तै यस्तै खै के के हो के के। लेख्न बस्नु अघि सोतरै पारेर लेखौला भन्ने थियो। लेख्न बसेको त कन्नु पर्ने स्थितिमा पुगेको छु। त्यसैले भन्छु म त अझैपनि साह्रै कलिली (मेरो उमेर त कहाँ पुग्यो नि? समाउने नसक्नै गरी। झूठो प्रचार होला फेरी आफ्नै! वर्षदिनको समयावधि र त्यसभित्र पस्किएको खुराकहरुको प्रसङ्गमा स्वमूल्याङ्कनको भावभंगीमा बोलेको नि)।

ब्लगिङको दौरान मैले अनुभव गरेका, मलाई लागेका केही कुराहरु लिएर आज फेरि कनीकुथी फत्‌फताए (आखिर फत्फताएरै वर्षदिन बिताइदिएकै रहेछु)। ब्लगिङ गर्छु नै भनेर मैले सुनियोजित रुपमा शुरुआत गरिन। तैपनि ब्लगर मित्र दीलिपजीले भनेझैँ ब्लगिङको संक्रमणमा ख्यालख्यालैमा फसियो। तर स्वाद लागेको छ। स्वाद लागुञ्जेल र मेरो बूताले धानुञ्जेल ब्लगिङ गर्छु भन्ने सोच छ अहिलेसम्मलाई।

ब्लगिङले कमाएको कुरा के कति छन्? पहिलो कुरा त मनमा जे आयो त्यही, जे देख्यो त्यही, जे भोग्यो त्यसैलाई शब्दमा उतार्ने बानी बसेको छ। अनि अन्य ब्लगर साथीसँगी भेट्टाइदिएको छ। सबैभन्दा मुख्य कुरा ब्लगिङ गर्दा एक प्रकारको सन्तुष्टी मिलेको छ। अनि १०/१२ वर्षपहिलेदेखि भेट नभएको साथी तथा दाजुभाईहरुसँग यही ब्लगिङमार्फत भेट हुन पाए मैले। त्यसले गर्दा मेरो बाल्यकालको स्कूले साथी/दाजुहरुसँग पुन मिलन पनि गराएको छ। अनि के के गुमाए भन्ने चाहिँ लेखाजोखा गरेको छुईन मैले। जरुरी नपरुञ्जेलसम्म लेखाजोखा किन गर्नु बेकारमा। आऽऽ छाड्दिउँ। नजाने गाउँको बाटो... भनेझैँ।

अन्त्यमा, ब्लगिङको यो माहौलमा मलाई साथ दिँदै आइरहनुहुने सम्पूर्ण मित्रहरुलाई हृदयदेखिको आभार व्यक्त गर्छु। किनकी धेरै साथीहरु हुनुहुन्छ। जसले मलाई साथ दिनुभएको छ। मेरो ब्लगिङलाई आफ्नो प्रतिक्रिया, विचारले हौसला बढाइरहनुभएको छ। नामै लिनुपर्दाखेरी कसैको नाम छुट्न जाला भनेर म केही अप्ठ्यारोमा परेको छु। दुम्माली ब्लगका चन्द्र दाई, भोजपुरे ब्लगका बि जे, साहित्य संसारका दीपक, विचार अभिव्यक्तिको साझा चौतारीका दीलिप, आकारपोष्टका आकार, नो ह्वेर गोज टु एभ्रिह्वेरका बसन्त, गफगाफको उजेली, सोचाई, विचार र रहरबाट सृजना गर्ने बेदनाथ, मगरमिगिनकी मनु, क्याफेका धाइवा, चौतारीका संगम किराती, नेभर स्टप ड्रिमिङका दीपेन्द्र, मझेरीका कुमार, गन्थनमन्थनकी सिर्जना, सिकारु, सिलीचुङका विमल, स्वप्निल संसारका नरेन्द्र, लुना, बिगिनिङका द किरात, कुनाकानीका बसन्त, सिर्जनाहरुका प्रदीप, वेलकमका प्रीतम, लगायतका (कोही छुट्न गएमा क्षमा पाउँ है)नाम छुटेका अन्य सबैलाई धन्यवाद। र बेलामौका कुटीमा फोटो उपलब‌ध गराउनुहुने साथी चिरन र रमेशप्रति आभारी छु। कुटीमा छिर्ने तर प्रतिक्रियामार्फत सुईको नदिने मित्रहरुलाई पनि धन्यवाद। एकदमै लास्टमा मार्टिन चौतारीप्रति म विशेष आभारी छु। तपाईहरु सबैको साथ पाइरहुँ आगामी दिनहरुमा पनि।

23 comments:

Anonymous said...

ओहो कैलाश जि नमस्ते, मक बिगत ४ बर्ष देखी बिदेशमा छु त्यो पनि गल्फमा, मैले एस्तो ब्लग हरु हेर्ने गरेको भर्खरैमात्र हो। मैले कम्प्युटर स्टार्ट गरेपछी म नेपालजापान डट काम बाट सुरुहुन्छ, मेरो पहिलो पटक उमेशजी को मेरो संसार ब्लग खोतलेको थिए आज सम्म खोतलिरहेको छु, र एसैमा कमेन्टर साथी मार्फत अस्तिमात्र यो तपाईंको कुटीको ठेगाना पत्ता लगाए निकै राम्रो होइन कि बेसी राम्रो लगेको छ तर अझ सम्म सबै खुराक चाट्न भ्याइएको छैन,बेला बखत चाटिनैरहेको छु खुबै स्वादिलो लागेको छ, अजह आज त तपाईंको कुटिकै जन्मोत्सब परेको रहेछ, निरन्तर पस्किदै जानु यो खुराक, मिठा मसिना पिरो अमिलो साचिनै यो अझ मनमोहक बन्दै र पाक्दै जाउन भन्ने शुभकामना दिने म पाल्पाली तारा

Anonymous said...

how to pest my foto.........??

Unknown said...

Happy anniversary kailash. Go ahead and hope we will get read more your creative as well romantic KHURAK .

Thanks with regards,
Pradip

Aakar said...

बधाई छ !

Unknown said...

मैले त म मात्रै आफ्नै ब्लगसंग बुदबुदाउँछु भन्ठानेको त तपाईको त झन क्या मज्जाले दोहोरो वार्तालाप नै चल्दो रहेछ ! ।

जे होस बर्ष दिनमा तपाईको कुटी साजसज्जा र खुराक दुबैका दृष्टीले चम्कदैँ गएको छ ।

अनी मानिस चिनिने बिचारले नै हो, त्यसैले ब्लगको जन्मदिन भनेको एक हिसाबले ब्लगरकै जन्मदिन पनि हो । त्यसैले Happy B'day to you and your blog!!

Prabesh said...

धेरै बधाई छ !!!!!!

Jotare Dhaiba said...

एक वर्षे प्रभावकारी यात्रा पार गरेकोमा बधाई एवम् आगामी पलको लागि शुभ कामना !
कुटी र कैलाशबीचको स्वयम्‌वार्ता निकै जमेको छ है, खासमा कुनै दुई पक्ष नै पलेँटी कसेर जुहारी खेले जस्तो ।
कुटीको हाउभाउ समय (र यससँगै फराकिँदै गएको तपाईँको दृष्टिकोण)सँगै परिपक्व र निखारयुक्त पाएको छु । अनि संवादमा उठेको महिला ब्लगरको सङ्ख्या बढाउन केही तदारूकता अपनाउनु पर्‍यो है सबैले ।

Yumesh Pulami said...

जन्म दिन मनाइदिने कैलाश जी को नया तरीका खूब गजब को लाग्यो ....कस्तो संबाद शैलीमा . यही हो नि त सिर्जनात्मक हुनु भनेको पनी - सधै बस्तु एकै हुन्छ तर त्यसलाई हेर्ने नजर र प्रयोग गर्ने तरिका फरक हुन्छ ...|

तपाइले आफु कलिलै भनेर कुटी लाइ त टार्नु'भो ...तर म पत्याउने वाला छुइन ... यतिको लेख्न माहिर , प्रसंगसगै भिज्न सक्ने ले ...त्यसो भन्न सुहाए नि ! (हुन त आफैले म पाको भन्न त मिलेन नि ...ए त्यसो पो हो ! )अरुलाई कस्तो लाग्छ कुनि तर मलाई त तपाइले लेखेको कुरा निकै गहकिलो लाग्छ र रमाइलो पनी - नढाटी भन्नु पर्दा

. कुटी र कुटिमा रहनु हुने हर्ता कर्ता दुबै पक्का भैसक्नु भएको छ .....लेखाइमा (उमर हैन है ) यो छोटो समयमा भए पनि , अनि यतीका शुभचिन्तकहरु मित्रहरु पाउनु भएकोछ ....

.....यहाँ र यहाको कुटिलाई ....पहिलो वर्ष पारगर्नु भएकोमा ......जन्म दिन को ...हार्दिक मंगलमय शुभकामना ....

.....कुटी र यहाको सफलता र प्रगति हुदै जाओस ..........

पहिलो केक को टुक्रा - कैलाश जी लाइ
दोश्रो - कुटीलाइ . ..
..अनि बाकी .....हामी सबैलाई ...
..यानी ...कुटीमा बेलाबखत चियाउन पाल्नुहुने ...मित्रहरुलाई ...हैन र कैलाश जी ?

Ha ...ha..Happy.... Happy Birthday to "कैलाशको कुटी"
its ok.....सबैले क्यापिङ्ग ....(जोड़दार रुपमा ...कुनै कसूर नै नराखी )
Ok.... Once more .... Happy .......Happy.... Birthday .....to.... "कैलाशको कुटी" ...
THANKS.

Unknown said...

कैलाशजी , तपाईंको वर्षिको कुटीलाई मेरो पनि धेरै धेरै बधाई छ - त्यति नै तपाईंलाई पनि कुटी स्याहार्नुभएकोमा ।

Anonymous said...

I have always enjoyed reading your posts. you can be justifiably proud of what you have achieved. Happy anniversary to your blog and wishing you many more interesting (n fulfilling) blogging years!

Basanta said...

ब्लग एक वर्ष पुगेकोमा ब्लग र कैलाशजीलाई हार्दिक बधाई! अगाडिको यात्रामा पनि सफलताको लागि धेरै-धेरै शुभकामना!

NKM said...

Badhai chha!

85 total posts in one year, that is quite nice!

---

Blogger Dai

Arati said...

Congrats!
happy b'day to ur blog.

Krishna said...

बधाइ छ जन्म दिनको

डि आर न्यौपाने "सूर्य" said...

कैलाश जी लाई मेरो पनि बधाई ल । साथै कुटीलाई पनि।

Unknown said...

H,, A,,,,P,,,P,,,Y
B,,,I,,,R,,T,,,H,,D,,A,,Y,,
KUTI

कैलाश said...

Thank you for all and welcome to u Tara Palpali as well.

Admin said...

बडो गज्जब लाग्यो, नयाँ शैली ! कुटी लाई जन्मदिनको शुभकामना ।

Dambar lungkhim said...

मैले पनि यसो घरदेखी पश्चिम तिरको यात्रा गर्ने कसुर गरे । त्यतिक्कैमा प्रकृतिक सौन्दर्यताले सुसज्जित भोजपुर भन्ने ठाउमा पुगेछु । अझै त्यहा रमाइलो द्रिश्य भनेको सुन्दर पखामा अडिएको एउटा सुन्दर कुटी रहेछ । मैले निक्कै टाढा बाट हेर निक्कै राम्रो द्रिस्य्लाग्यो । त्यहा केही मानिस बाहिर भित्र गरिरहेका थिए । म जुन ठाउमा नयाँ थिए । कहाँ र कसरी जाने त्यो रमणिय द्रिश्यलाई नजिकबाट हेन्र्नको लागी भनी एकछिन त सोची रहे । जे परे उही टर्छ भन्दै म लुखुर लुखुर त्यतै तिर लागे । त्यहा रमैला क्रयक्रमहरु प्रस्तुत भई रहेका थिए । अनी म पनि नजानिन्दो ररिकाले बिस्तै त्यहा गये बर्थडे पो मनाइन्दै रहेछ । तर त्यहा मान्छेएको जस्तो लागेन म अचम्ममा परे अलिक चन्चले श्वभावको पारीयो मैले एकजनालाई सोधी हाले । होइन बर्थ्डे भन्नु हुन्छ कोइ कहाँ हुनुहुनुछ मान्छे भनेर सोधे ! एकजना बहिनिले भनिन होइन दाई मान्छेको बर्थ्डे होइन । मेरो ब्लगको जन्म दिन हो भनी ! फेरी मैले भने होइन मैले त कुर बुझिननी भन्दा उनिले भनिन : मेरो ब्लगले धेरै पाठकअहरुको माया र मामाताका साथ एक बर्षा पुरा गर्‍यो र अर्को बर्ष सुरु भएकोमा हर्क बडाइ गरेको भनिन । म त लाटो मोरो तीन छक्कै परे । अनी मैले पनि भन्नै पर्‍यो शुभकामना ! अझै फल्दै फुल्दै जावोस तिम्रो ब्लग अनी पाठकहरुको माया र ममता पाइ रहनु भन्ने शुभकामनाका साथ ओझेल परे !

Anonymous said...

Happy Birthday. Hope for better days ahead for you and your blog too.

Cheers.

Unknown said...

Off topic Note:
अस्ति राती देखी ब्लगरमा ब्लग चलाउनेहरुको "Followers" हरु स्वात्तै घटेका छन। बास्तबमा गुगलले केहि 'सुधार' गर्ने क्रममा “Public” Followers हरु “Anonymous” मा परिवर्तन भएकाले सो समस्या उत्पन्न भएको हो । यसको निराकरणको लागि सबैले एक चोटी आफ्नो Dashboard मा जानुहोस। त्यसपछि Reading List भन्दा मुनी MANAGE मा थिचि "Manage Blogs I'm Following" मा गई दाँया पट्टीको सबै "Anonymous" लाई "Public" मा परिवर्तन गर्नुहोस । बस । गुगल आफैले यो गर्ने छैन त्यसैले सबैले manually आफैं गर्नु पर्ने छ । अर्थात Followers हरुले नै गर्नु पर्छ (Follow भएको ब्लगरले गरेर हुँदैन) ।

Anonymous said...

ढीलै भए नि मेरो तर्फबाट जन्म दिनको शुभकामना

Anonymous said...

लौन हौ ! आज हाम्रो कैलाशको कुटीमा जन्म भएको जन्म दिनको शुभकामना दिन पनि ठ्याक्कै ११ दिन ढिलो भई सक्यो । यो कुटीको "जन्म दिन" को २ दिन पछाडि म पनि पारी भोजपुरबाट फर्कदै थिए, टुप्लुक्क कुटी नजिकै आईपुगेछु । धमा-धम शुभकामना आदान-प्रदान भईरहेको रहेछ । फेरी शाह्रै लजालु बानीको मान्छे परे म । यसो दुई चार बचन बोलीहालुँ पनि, अर्को दिन देखी के छ हौ नेता जिउ? भनी बोलाउन थालछन ! यसो मलाई पनि दुई बचन सहित शुभकामना दिन त मन थियो तर दिनु के ? हातमा केही थिएन ! उतातिर घामले डाँडो कट्तै समय पनि भाग्दै थियो मैले समाउनलाई पछी-पछी मरि-मरी दगुर्दै थिए । त्यसैले ति कैलाशले शुभ-जन्म दिनको अवसरमा कन्दै, फत्फतिदै कुटी भित्रको खुशीहरु बाटिरहेको सम्झेर फर्केर आई-आई मैले पनि यो शुभकामनाको पोको छाडेको छु । कैलाश र कुटीलाई फिफ्टी-फिफ्टी है तर !