Thursday, March 19, 2009

चुनावी रमिता

मलाई पायक पर्ने हुनाले पनि विहानभरी मानविकी (रत्नराज्य)-शंकरदेव-पद्मकन्या-त्रिचन्द्र क्याम्पसतिर विहानैदेखि स्ववियू निर्वाचनको चहलपहल हेर्दै घुमियो। क्याम्पस हाता नजिक नजिक भएको हुनाले पनि विद्यार्थीहरुको जमात निकै देखिन्थ्यो। मानविकी क्याम्पसमा हिजै राती निर्वाचन स्थगन गरिएको थियो। अखिल क्रान्तिकारीका उम्मेदवार तथा समर्थकहरु आफ्नो विजय भइसकेको भन्दै अविर धसीरहेका थिए। प्रदर्शनी मार्गस्थित बाल्मिकीबाहेकका अन्य क्याम्पसमा निर्वाचन हुन सकेन। त्यसपछि म शंकरदेव हाता पुगे। त्यहाँ मतदान गर्ने लामो लाइन थियो- महिला र पुरुष गरी छुट्टाइएको। त्यहाँको वातावरण सामान्य थियो। त्यसपछि म लागे पद्मकन्यातिर। निर्वाचनलाई क्याम्पस र निर्वाचन आयोगले निष्पक्ष र धाधलीरहित बनाउँन नसकेको भन्दै अखिल संयुक्त प्यानलले स्ववियू निर्वाचन बहिष्कार गर्दै क्याम्पस प्रशासन र निर्वाचन आयोग तालाबन्दी गरेको थियो। त्यस परिसरमा थुप्रै संख्यामा (महिला तथा पुरुष)सुरक्षाकर्मीहरु खटिएका थिए। सञ्चारकर्मीहरु पनि थुप्रै स‍ंख्यामा देखिन्थे। केहीबेरमा ढुंगामुढा र भागाभागको स्थिति सृजना भयो। मानविकी क्याम्पसबाट नारा जुलुससहित पद्मकन्यातर्फ बढीरहेको पुरुषहरुको जमातलाई सुरक्षाकर्मीले रोकेपछि स्थिति बदलिएको थियो। त्यो जमात अखिल क्रान्तिकारीको समूह थियो। बटुवा तथा दर्शकहरुलाई बाटो रोकिएको भएपनि हातको क्यामरा देखेपछि मलाई भने सुरक्षाकर्मीहरुले रोकेनन्। त्यहाँको स्थिति थप बिग्रिने देखिएपछि केहीबेरमा सुरक्षाकर्मीहरु भ्यानसहित आइपुगे। स्थिति केही साम्य भएपछि म लागे त्रिचन्द्रतिर। त्यहाँको भीड र चलहपहल पनि टाढैबाट देखिन्थ्यो। मतदाताहरुको लामो लाइन, सडकभरि हूलका हूल मान्छे, निकै होहल्ला थियो। केही ठाउँमा चुनावी चहलपहल सौहार्द नै थियो। कुनै ठाउँमा भने रमिता नै थियो। अहिले म त्यो माहौलबाट निस्केर आउँनासाथ ब्लगमा ठेल्न बसे। तिनै माहोलमा मैले कैद गरेका केही तस्बीरहरुः

मानविकी क्याम्पसमा स्ववियू निर्वाचन स्थगन भएपछि आफ्नो विजय भएको भन्दै क्याम्पस मूलद्वारमा अखिल क्रान्तिकारीको झण्डा राखिँदै।

शंकरदेव क्याम्पसका महिला मतदाताहरु लाइनमा बस्दै।

रत्नपार्कको आकाशे पुलमुनीबाट विद्यार्थी र सुरक्षाकर्मीहरुको फोटो खिच्दै सञ्चारकर्मीहरु।

नारा जुलुससँगै ढुंगा हान्नको लागि तयार पारिएका ढुंगा/सिमेन्टका टुक्राहरु।

रत्नपार्कतिरबाट पद्मकन्या कजेलमा खटिएका सुरक्षाकर्मीहरुलाई ढुंगा प्रहार गर्दै युवाहरु।

सुरक्षाकर्मीतर्फ ढुंगा प्रहार गर्दै।

बागबजारमा नारा जुलुस गरिरहेका युवाहरुले ढुंगा प्रहार गर्न थालेपछि सुरक्षित हुँदै सुरक्षाकर्मीहरु।

ढुंगा प्रहारपश्चात सुरक्षाकर्मीहरुको पालो ढुंगा प्रहार गर्नेहरुलाई लखेट्दै।

पद्मकन्या कजेलमा चुनाव निष्पक्ष र धाधलीरहित नभएको भन्दै विरोधमा उत्रिएका अखिल संयुक्त प्यानललगायतका विद्यार्थीहरु।

पद्मकन्या क्याम्पसपरिसरमा खटिएका सुरक्षाकर्मीहरु।

त्रिचन्द्र कजेलमा मतदानको लागि लाइन लागेका विद्यार्थीहरु गगन थापाको आगमनप्रति केन्द्रित हुँदै।

समर्थकहरुद्वारा घेरिएका, चुनावी माहौल नियाल्दै हिडेका गगन थापा।

5 comments:

Unknown said...

la gajabai bhaechha, yo image haru kunai hindi filmko pardaa kami chhainan, ktm ko lahara nai yasto.

Jotare Dhaiba said...

गजबसँग कैद भएछन् है तस्बिर ! म पनि अघि भर्खरै यही रमिता हेरेर आएको, फोटो पनि खिचियो, तर यत्तिको लायक त खोइ मेरो घेरामा पर्न सकेनन् । कति गाईजात्रा विद्यार्थीको हरे !! राजनीति गर्दै नगर्नु, गरेपछि यति लाजमर्नु कतै नहोस् ।

Unknown said...

धाइबाजी के को लाज हुनु नेपालमा तोड्न फोड्न त आजकल बानी परेको छ नेपालीलाई कसैको केहि नतोडी कसैको केही नफोडी खाको गाँस छ नी राम्रो सँग पच्दैन हौ।

Yumesh Pulami said...

चुनावी रौनक नेपाली बिधार्थीहरु मा निकै मज्जाले लागेको रहेछ ... अनि अझ तपाईको ब्लग मार्फत सबै दृश्य राम्ररी हेर्न पाइयो --- मुरी मुरी धन्यवाद है कैलाश जी |
तर तिनीहरुको गतिविधिले खोई राम्रो सन्देश दिन सकेन - जून ठुलो बिडम्बना हो |

Aakar said...

विद्यार्थी को भन्दा पनि दल को चुनाव जस्तो छ, अनि के हुनु शान्तिपुर्ण ! पढेका विद्यार्थी त अलि संयमित हुनुपर्ने हो तर, आखिर उही हो...