Sunday, April 12, 2009

नयाँ सालको शुभकामना नयाँ डेराबाट!

नयाँ वर्षको
उपलक्ष्यमा मेरो
शुभकामना!

कामना यही
मन सँधै रमोस्
उमंग होस‍्!

२०६५ को बिदाई र नयाँ साल २०६६ को समयचक्रलाई अब थाप्लोमा थुपार्दैछौ हामीहरु। सम्पूर्ण साथीहरुलाई नयाँ वर्षको हार्दिक शुभकामना। कुटीमा धुपध्वाँर गर्न डेरा पाइएको कुरालाई नै लिएर म आए। डेरा बसाई र सराईको कुरा सम्झेर ल्याउँदा, औँला भाँचेर ल्याउँदा २०६१ यता छैठौपल्ट नयाँ डेरामा प्रवेश गरिएछ। संयोग नै होला धेरैचोटि नयाँ वर्षकै आसपासमा हुने गरेको पनि रहेछ। नयाँ डेराबाट नयाँ सालको शुभकामना सबैलाई। डेरा खोजी गर्ने काम सकिएकोमा यी हाइकुरुपी टुक्रा छाड्दैछु।

यसपाली नि
म नयाँ डेरावाल
थुप्रै सवाल!

कुम्लो कसियो
मालमत्ता सारियो
डेरा फेरियो!

यो नयाँ साल
अनि नयाँ नेपाल
नयाँ बहाल!

18 comments:

प्रबिण थापा said...

कैलाश जि डेरा पाउनु भएछ बधाई है पहिला त। हाइकु पनि राम्रो छ। नयाँ बर्षको शुभकामना तपाईं लगायत यस परिवार प्रती अनी यो बर्ष भने डेरा सर्ने, खोज्ने टन्टा नपरोस तपाईंलाई यही कामना गर्छु।

Unknown said...

नयाँ वर्षको शुभकामना कैलाशजी तपाईंलाई पनि ।

Dilip Acharya said...

तपाईलाइ त बधाई र शुभकामना दुबै दिनु पर्‍यो त !
नयाँ साल सुखमय र मंगलमय रहोस !!

डीआर न्यौपाने'सूर्य' said...

नयाँ बर्षको शुभकामना तपाइलाई पनि कैलाश जी ।

Yumesh Pulami said...

स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

डेरा प्राप्तिको लागी पनी बधाई छ | ( किन की ktm मा त डेरा पाउन निकै गाह्रो छनी! ) की कसो ?

Basanta said...

नयाँ वर्षको शुभकामना कैलाशजी!

Anonymous said...

A very happy and prosperous new year 2066 to you and all the visitors of this blog!

Unknown said...

kailash naya barsako shuv-kamana haiku sailiko kabita nikai ramro cha.

milan said...

congraz for new room and new year..

Unknown said...

nawa barshako subhakaamana, ebam
nayaa Dera, sanga ajha nayaa nayaa Tukraa haru jodiyosa yo blogamaa

Subhakaamana!!!

बिमल गिरी said...

कैलाश जी तपाईंलाई पनि नयाँ बर्ष २०६६ को
शुभ कामना छ है नयाँ कोठामा नव जोस नव उमङ्ग
का साथ नयाँ पन मन भरी उन्दै नयाँ बर्ष बितोस शुभ कामना।

Prabesh said...

नयाँ डेरामा नयाँ वर्ष !!! कति रमाईलो !! मलाई पनि बसेको ठाउँ फेरिरन मन लाग्छ !! नयाँ नयाँ ठाऊँ झन् झन् रमाईलो !!

friendlyniraj said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना

वसन्त बलामी said...

अबदेखि डेरा सर्नु नपरोस् । एउटा स्थायी बसोबास नै पाउनुहोस् नव वर्षको यहि शुभकामना ।

abc said...

"अबदेखि डेरा सर्नु नपरोस् । एउटा स्थायी बसोबास नै पाउनुहोस् नव वर्षको यहि शुभकामना"
balamee bhai ko jastai mero pani yahi subhakamana cha..Kailas jee lai po sajilo cha...kunai din aruko ghar nai afno bhanna pani saknu huncha...hamlai po tension...bau le arko dera khoj panee aayena bhanera kachkach garirachan...je hos, kailas jee, naya barsa tapailai fapeko jasto cha...baru paanee po aaucha ki aaudain? ;)

Arjun Dungmen said...

कैलाश जी लाई ढिलै भएतापनी नव-बर्षको शुभकामना ! डेराको लागि धेरै दु:ख खेप्नु परेछ, तैपनी; नयाँ सालमा नयाँ डेरामा बस्न त आनन्दै होला नी हैन त कैलाश जी !?

दूर्जेय चेतना said...

कैलाशजीलाई नव-बर्षको शुभकामना
पटके डेरा
रमाउदा हामी
बानी बिग्रीयो

स्थायी डेरा
बन्दकी जीवन
मायाको बोली

nepali said...

कैलाश जी, नया घरबेटी कसता छन नि...? छुच्चा भये त फेरी टेंशन हुन्छ नि...