Monday, March 22, 2010

शवयात्रा थियो त्यो ?

लामो समयसम्म बेवास्तामा परेको ब्लगमा आज बल्ल धुपधुवँर गर्ने चेष्टा गरेर यो टासो ठेल्दैछु आज।

मुलुककै अभिभावकसरहका एक कुशल राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली। आत्माको चिर शान्तिको कामनासहित नेपाली राजनीतिका युग पुरुष, राजनेता वा मृत्युपश्चात गुथाइएको पगरी 'शिखर पुरुष' गिरिजा प्रसाद कोइरालाको शव यात्राको कुरा गर्दैछु म। अधिकांश छिमेकी ब्लगहरुले पनि गिरिजाबाबुकै बिदाईको सन्दर्भमा टाँसो टासेका छन्।

सतासी वर्षको उमेरमा उनको निधन भएको कुरा विभिन्न सञ्चारमाध्यमबाट सुन्दा यो विशेष समयमा मुलुकले नेतृत्वदायी एक कुशल राजनीतिक व्यक्तित्व गुमाएको महशुश भयो। देशलाई ठूलै क्षति पुग्यो भन्ने लाग्यो। अनि हिजो एकाविहानै छापामाध्यमहरुले दिएका फिचर, स्टोरी तथा तस्बीरहरुले मनमा एक खालको भावुकता पैदा गरायो। उनको केही अवगुणको बाबजुद समग्र देशको लागि उनी गुणी नै ठहरिए। अझ उनको नेतृत्वमा चलेको पार्टीको कुरा गर्ने हो भने त उनले 'मियो'कै काम गर्दै आएका हुन्। यहाँ उनको योगदान या गुण/अवगुणको कुरा गर्ने मेरो मनसाय हैन, त्यसो गर्ने हैसियत र हुति ममा रत्तिभर नि छैन। शवयात्रामा हिड्दा महशुश गरेको कुरा मात्रै मलाई डायरी लेखेझैँ लेख्न मन लाग्यो।

मनमा एक खालको श्रद्धा र समावेदना बोकेर उनको शव यात्रामा सामेल हुन कुटीबाट बाहिरिए। र श्रद्धाञ्जली अर्पण गर्दै उनको शव यात्रा नियाल्दै केही घण्टा हिडे म पनि अन्य थुप्रै चिनजानकै साथी, व्यक्तिहरुसँग। जीवनमा पहिलोपल्ट म वरिष्ठ व्यक्तित्वको शब यात्रामा हिड्दै थिए। त्यसअघिका थुप्रै राष्ट्रिय तथा अर्न्तराष्ट्रिय व्यक्तित्वहरुको शवयात्रा सिर्फ टेलिभिजनमार्फत हेरेको याद छ। त्यसैले कस्तो हुँदो हो? के के हुँदो हो? भनेर उत्सुक पनि थिए। विहानैदेखि उनको शव श्रद्धाञ्जली अर्पणको लागि त्रिपुरेश्वर स्थित रंगशालामा राखिएको थियो। तीन तीन वटा लाइन, त्यसमाथि पनि एकदमै लामो भएपछि एकैचोटि शव यात्रामै मिसिने निधो गर्यौ केही साथीहरुसँग। त्यही अनुरुप सुन्धारातिर लाग्यौँ हामी। सडकैभरि शवयात्रा पर्खेर बसेका मान्छेका हूल। आकाशे पुलमाथि टनाटन मान्छेहरु। २ बजेदेखि शवयात्रा शुरु गर्ने भनिएअनुरुप हामी त्यहाँ पुग्यौँ। चहलपहल नियाल्दै शवयात्रामा मिसिन आतुर थियौँ। पर्खदा पर्खदा बल्ल बल्ल हल्लाखल्लासहित नेपाली काँग्रेसको झण्डा फहराएर मान्छेको भीड हामीतिर आयो। अव्यवस्थित र चर्को नारा जुलुससहित उनीहरु अगाडि बढ्दै गए। त्यो भीड टुंगियो। केही दुरीमा पुनः अर्को त्यस्तै भीड आयो। त्यो भीड पनि सकिएपछि बल्ल शव वाहन आएको संकेत मिल्यो। केही सुरक्षाकर्मीहरु र अलिक बढी कार्यकर्ताहरुको बिचमा घेरिएर शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको शववाहन देखा पर्यो। शव वाहनको पछाडिपटि्ट नेपाली काँग्रेसका चर्चित नेताहरु विजय जुलुसमा निस्किए सरह सडक वरपरका मान्छेहरुलाई हात हल्लाइरहेका थिए। शव वाहन पछि-पछि पार्टीको झण्डा र विभिन्न व्यानरहरुसहितका मान्छेहरुको लामै लर्को र चर्को नारा घन्किरहेथ्यो।

शववाहन अघिका लर्कोमा पनि चर्को स्वरले नारा लाउदै थिए। शववाहन पछिका लर्कोमा पनि नाराको चर्को आवाज थियो। हामी अलि पछिल्तिरको भीडमा मिसियौँ र शवयात्रामा अघि बढ्यौँ। त्यो यात्रामा हिडिरहँदा त्यहाँको माहोलले मलाई रत्ति भर पनि लागेन कि म विशेष व्यक्तिको शव यात्रामा हिडिरहेछु। पार्टीको नारा त्यसमाथि पनि उत्सब मनाइरहेझैँ गरी कार्यकर्ताहरुको हो हल्लाले गिरिजाबाबुको शवयात्रा हैन विजय यात्रामा हिडेझैँ भान हुन्थ्यो। "गिरिजाबाबुः प्राण भन्दा प्यारो छ", "गिरिजाबाबुको अभियानः शान्ति र संविधान", "नेपाली काँग्रेसः जिन्दावाद", "गिरिजाबाबुः अमर रहून्", "गिरिजाबाबु के भन्छः संविधान ले भन्छ" जस्ता नारा निकै घन्किरहेथ्यो। ती नाराहरुको आफ्नै महत्व र स्थान होला तर शव यात्रा र ती हल्लाखल्ला, नाराबीच तालमेल मिलेझैँ लागेन मलाई। शव यात्रामा फूल चढाउने वा धुपबत्ती बालेर उनको चिर शान्तिको कामना गर्नुको सट्टा होहल्ला र नारामै वरपरका मान्छेको ध्यान केन्द्रित भएको थियो। त्यस्तो नारा र हल्लाले अन्य विधा, दल तथा स्वतन्त्र व्यक्तिहरुलाई शव यात्रामा हिड्नु भन्दा सडक किनारमै बसेर रमिते बन्नमा आफूलाई सहज महशुश भएझैँ पनि लाग्थ्यो (सायद मेरो सोचाई र बुझाई एकतर्फी मात्रै पनि हुनसक्छ। तर केही व्यक्तिहरुले ती चर्को नारा र उत्तेजनालाई पटक्कै रुचाइरहेका थिएनन्।)। यद्यपि शव यात्रुहरुको लर्को लामै थियो। र बीचबाट निस्किने र थपिने क्रम पनि उत्तिकै थियो। तर मौन रुपमा फूल, धुपबत्तीसहित शव यात्रा गरेको भए शवयात्रा साँच्चिकै शवयात्राझैँ लाग्थ्यो कि? पूरै देश शोकमा डुबेको सन्दर्भलाई क्षणक्षणमा सञ्चारमाध्यमले फुकीरहँदा, देखाइरहँदा त्यो शव यात्राको माहोल भने बेग्लै थियो। युवाहरुको जमात उत्साहित भएर चर्को नारा फलाक्दै हिड्नमै मस्त थिए।

शव यात्रीहरुलाई फूलको सट्टा पानीले छ्यापीरहेका थिए एताउताका घरहरुमा उभिएका मान्छेहरुले। कोही निथ्ररुक्क भिजेर हिडिरहेका थिए। कोही पानी नफाल्न आग्रह गर्दै हिडिरहेका थिए। कोही घरका झ्याल वा छटहरुबाटै पानी फालीदिन आग्रह गरेर पानी पिउँदै हिडिरहेका थिए। शवयात्रा पुतलीसडकबाट डिल्लीबजार लाग्दा साँझको पाँच बजीसकेको थियो। तैपनि आसपासका घरहरुबाट पानीको वर्षा रोकिएको थिएन। बाटो हिलो थियो। होली पर्वको उत्सब हो कि झैँ लाग्थ्यो। उप्रान्त देश र जनताले गुमाएको कुरा भीडलाई नियाल्दा झल्किदैनथ्यो। न त शव वाहन गाडीलाई हेर्दा नै लाग्थ्यो। शव यात्रुहरुको ठुलै भीड लागेको थियो। तैपनि शव यात्रुहरुलाई व्यवस्थित गर्ने कुनै पनि व्यवस्था गरिएको थिएन। सुरक्षाकर्मीहरु थोरै मात्रामा खटिएका थिए। शववाहन आसपास केही हदसम्म सुरक्षा प्रदान गरिए पनि अरुतिर भने अनियन्त्रित र खुला नै छाडिएको थियो। पुतलीसडक पुगेदेखि हाम्रो टोली तितरबितर भयौँ। मपनि मैतीदेवी पुगेपछि घरैमा बसेर लाइभ हेर्नु उपयुक्त हुन्छ अब भन्ठान्दै कुटीतरि लागे। तर बिडम्बना ६ बजे नै बिजुली बत्ती सुतेछ। विशिष्ठ पहिचान बोकेका एक कुशल राजनीतिज्ञको अन्त्येष्ठिको जानकारी मोबाइलमा रहेको एफएम रेडियोको माध्यमबाट सुन्दै बसे। प्रत्यक्ष हेर्न नपाएको थकथक भने छँदैनै छ यो मनमा। त्यो भीडमा सकीनसकी खिचेका केही तस्बीर हेरौँ
बागबजार हुँदै पुलतीसडकतर्फ जाँदै शवयात्रीहरु।

शव यात्रीहरु नारा लगाउँदै। बोकिएको ब्यानरमा स्वर्गीय गिरिजाप्रसादको थर नै गलत लेखिएको छ। सायद हतारमा त्यसो भएको हुनसक्छ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शववाहन।

शववाहनमाथि काँग्रेसका तीन नेताहरु उभिएर हात हल्लाउदै हल्लाउँदै वरपरका भीडसँग जोडिन खोज्दै थिए सायद।


पुतलीसडकदेखि डिल्लीबजार उकालोतर्फ जाँदै शव यात्रीहरु। जहाँ सडक भिजेको प्रष्टै देखिन्छ।

29 comments:

Milan said...

अब्यबस्थित त पक्कै रहेछ

दूर्जेय चेतना said...

साच्चै अब्यबस्थित त रहेछ। जब मानिस भिडमा रहन्छ तब गर्नु पर्ने र नगर्नु पर्ने कुरा बिर्सिन्छ। उनको आत्माले शान्ती पाओस..

Dhruba Panthi said...

तपाईंको टाँसो पढिसकेपछि म पनि सोँच्न बाध्य भएँ, के त्यो शवयात्रा नै थियो त? भीडको मनोविज्ञानमा देश चलिरहेको पछिल्लो उदाहरण होला शायद गिरिजाप्रसादको शवयात्रामा देखिएको त्यो प्रवृत्ति।

ametya said...

शवयात्राको अनुभुति बाड्नु भएको मा धन्यवाद ।

बेदनाथ पुलामी ( उमेश ) said...

खै के भो कुन्नि ! हिजो आज तपाइको ब्लग टासो अलिक पातलिएको छ ...
अनि हो ... सबै तिर गिरि'जा बाबुको प्रसंग नै चलेको माहोल रहेको छ ......
अनि यो भिड र अव्यस्थित स्थितिले के कुरा प्रस्टयाउछ कि .... मरे पछी .... जो कोहिले अलिक बढी बखान र माहान मान्दा रहेछन उसलाई !

प्रदिप said...

स्वर्गिय गिरिजा साच्चिकै सिखर पुरुष थिए भन्ने कुरा कसैले नकार्न नमिल्ने त प्रस्ट भैसकेको छ त्यस्माथी भिड अस्वाभाबिक देखिनु लाई अन्यत्र मोड्नु भनेको पागल मन को उपज हो किनकी घरको बाउ मर्दा छोरा छोरी लाई पिर नपर्ला र ?? लेखन सैली हाम्रो छ कैलाश जी को यसमा मेरो पनि हार्दिक सम्बेदना छ र म पनि भाबबिहल भैरहेको छु उहाँको देहबसन ले ।

बिमल गिरी said...

कैलाशजी,गिरिजाबाबुको शबयात्राको जानकारी गराउनु भएकोमा धन्यवाद। जे जस्तो भएपनि उनको आत्माले शान्ती पाओस।।।।

Chaitanya said...

शवयात्रा भनेपछि हल्लाखल्ला त कमै भएको राम्रो हो, तर अत्यन्तै राजनीतिक माहौल भएकोले त्यहाँ हल्लाखोरहरु पनि प्रशस्तै घुसे होलान |

कैलाश said...

प्रदीप जी गिरिजाबाबुको हैसियत र योगदानको कदर कस्ले गर्दैन र? विभिन्न दल, व्यक्तित्व, सर्वसाधारणदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत सबैले मानैकै कुरा हो। यसबारेमा अरु शब्द खर्च गर्नु पर्दैन। अभिभावक मर्दा पीर नपरेको भन्न खोजेको हैन मैले। बरु पीर परेको बेलामा पनि रमाइलो पारामा कुनै विजय जुलुस गरेकै शैलीमा "...जिन्दावाद" को नारासँगै उत्तेजित भइरहेका भीडहरु देखेर मेरो मन खिन्न भएको थियो त्यहाँ। म त्यहाँ शोक मनाउन सामेल भएको थिएँ। तर त्यहाँ उत्सब मनाएको शैली पाए। बा आमा मर्दा कुनै सन्तानले उत्साहित भइ भइ पर्व मनाएझै गर्छ भने देख्नेलाई कस्तो लाग्छ? हो त्यही मैले यहाँ भन्न खोजेको हुँ। यसलाई पागलपन या जे सुकै नाम दिनुस् मलाई फरक पर्दैन त्यो तपाईकै कुरा। मेरो अडान फेरीपनि उही हुन्छ।

चैतन्य जीले भन्नुभएको कुरा सही हो। हल्लाखोरहरुलाई बहाना मात्रै भए पुग्छ। त्यसैले नि होला शोक र शव यात्रा बढी हल्लाखल्ला र नारावाजीकै यात्राझैँ भएको।

गोकुल ढकाल said...

अब्यबस्थित पक्कै रहेछ, चोखो मनले श्रद्धान्जली दिन जाने हरुका लागि तडक भडक सुहाउदैन, यो साचो हो, सहि लेखको लागि
धन्याबाद्, कैलाशजी ।

Chaitanya said...

तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना !

Anonymous said...

In comprehensive people event their present naively, as it were, without being masterful to mould an work out of its contents; they be suffering with key to put themselves at a detachment from it - the present, that is to phrase, must sire change the past - in advance it can comply points of vantage from which to rule the expected

Anonymous said...

The twinkling of an eye whole categorically commits oneself, then anticipation moves too. All sorts of things take place to helper one that would not ever if not have occurred. A total stream of events issues from the decision, raising in one's favor all manner of unpredicted incidents and meetings and stuff support, which no shackle could have in the offing dreamed would be suffering with come his way. Whatever you can do, or flight of fancy you can, open it. Boldness has genius, power and voodoo in it. Go into it now.

Anonymous said...

And you at the last moment have to a consensus, where you turn someone on a nous of what in effect ought to be done, and then they give it to me and then I use it. I utilizing a instrument draw up it in the sense, the contemplative sense.

Anonymous said...

Splendidly done is richer reconsider than spectacularly said.
[url=http://Bvlgari-watch.webs.com/apps/blog/]Bvlgari watch[/url]

Bvlgari watch

Anonymous said...

A human beings who dares to decay everyone hour of every now has not discovered the value of life.

[url=http://twifreaks.webs.com/apps/profile/profilePage?id=54280822]Mark[/url]


Ana

Anonymous said...

I surface mien an olive diversify in sole around, and the range fighter's gun in the other. Do not let the olive offshoot capitulate from my hand.

Hotel Albena
[url=http://hotelalbena.webs.com/]Hotel Albeana[/url]

Anonymous said...

We should be painstaking and perceptive in all the information we give. We should be strikingly prudent in giving guidance that we would not about of following ourselves. Most of all, we ought to escape giving advise which we don't mind when it damages those who depreciate us at our word.

panel saw

[url=http://panel-saw-79.webs.com/apps/blog/]panel saw[/url]

Anonymous said...

We should be meticulous and particular in all the information we give. We should be signally painstaking in giving advice that we would not about of following ourselves. Most of all, we ought to escape giving counsel which we don't tag along when it damages those who woo assume us at our word.

rotary hammer

[url=http://rotary-hammer-75.webs.com/apps/blog/]rotary hammer[/url]

Anonymous said...

We should be painstaking and discriminating in all the information we give. We should be especially painstaking in giving opinion that we would not about of following ourselves. Most of all, we ought to refrain from giving advisor which we don't follow when it damages those who take us at our word.

sait

[url=http://sait-66.webs.com/apps/blog/]sait[/url]

Anonymous said...

It's not solidified to realize decisions when you be sure what your values are.

Anonymous said...

But things being what they are I contain be stricken to put faith that the whole excellent is an enigma, a non-toxic conundrum that is made regretful not later than our own mad as a march hare assault to explicate it as allowing it had an underlying truth.

Anonymous said...

A gink begins sneering his wisdom teeth the first without surcease he bites eccentric more than he can chew.

Anonymous said...

To be a upright benign being is to from a philanthropic of openness to the world, an skill to guardianship undeterminable things beyond your own manage, that can lead you to be shattered in hugely outermost circumstances as which you were not to blame. That says something exceedingly impressive with the fettle of the righteous compulsion: that it is based on a trustworthiness in the up in the air and on a willingness to be exposed; it's based on being more like a spy than like a prize, something fairly fragile, but whose extremely item attraction is inseparable from that fragility.

Anonymous said...

To be a noble charitable being is to from a amiable of openness to the mankind, an ability to group aleatory things beyond your own manage, that can front you to be shattered in very exceptionally circumstances pro which you were not to blame. That says something uncommonly weighty thither the get of the honest passion: that it is based on a trust in the fitful and on a willingness to be exposed; it's based on being more like a spy than like a treasure, something fairly dainty, but whose extremely precise attractiveness is inseparable from that fragility.

Anonymous said...

To be a upright charitable being is to be enduring a make of openness to the mankind, an cleverness to trusteeship uncertain things beyond your own control, that can front you to be shattered in uncommonly exceptionally circumstances for which you were not to blame. That says something exceedingly impressive about the condition of the ethical life: that it is based on a trustworthiness in the uncertain and on a willingness to be exposed; it's based on being more like a spy than like a prize, something fairly dainty, but whose very item attraction is inseparable from that fragility.

Anonymous said...

To be a upright lenient being is to have a philanthropic of openness to the world, an ability to trusteeship undeterminable things beyond your own pilot, that can front you to be shattered in unequivocally exceptionally circumstances pro which you were not to blame. That says something very weighty with the condition of the righteous compulsion: that it is based on a trustworthiness in the unpredictable and on a willingness to be exposed; it's based on being more like a plant than like a prize, something somewhat tenuous, but whose mere item beauty is inseparable from that fragility.

Anonymous said...

But now I be enduring be stricken to allow that the fit excellent is an puzzle, a benign poser that is made hideous by our own fuming effort to explicate it as in spite of it had an underlying truth.

Anonymous said...

To be a noble charitable being is to from a make of openness to the mankind, an ability to trusteeship undeterminable things beyond your own restrain, that can take you to be shattered in unequivocally exceptionally circumstances as which you were not to blame. That says something remarkably outstanding about the prerequisite of the righteous passion: that it is based on a conviction in the up in the air and on a willingness to be exposed; it's based on being more like a weed than like a sparkler, something rather fragile, but whose very item handsomeness is inseparable from that fragility.