Friday, June 20, 2008

उनकै सम्झनामा


तिमीलाई दिन के नै सक्छु
भलै तिम्रै देनले पाइला टेक्छु
बस यही एक थुंगा फूल
जहाँ तिमी सँधै हाँसीरहेकै देख्छु।

Two years ago: My sweet Grandma and me

उनको अटुट सम्झनामा दुई हरफ कोरु लाग्यो
उनीसँगै बिताएका हरेक पल आफैसँग चोरु लाग्यो।

यो कुटी मेरो खुल्ला डायरी हो। जहाँ म मेरो नितान्तै व्यक्तिगत कुराहरु पनि हाल्ने गर्छु। आज मेरो बोजू (हजुरआमा)ले संसारिक मोह त्याग गरेको वर्षदिन पुगेको छ। उनको सम्झनामा लेख्ने शब्द मसँग छैनन्। किनकी म जे महशुश गरिरहेको छु, त्यसलाई शब्दमा उतार्ने क्षमता सायदै म सँग होला। या त भित्री मनको अनुभूतिलाई शब्दले उछिन्नै सक्दैन सायद। उनीसँग बिताएका हरेक पलहरु मेरो मानसपटलमा सदृश्य आइरहेका छन्। उनको निश्छल माया र स्नेहको अनुभूति गहिरो छ मनमा। त्यसैले पनि म उनलाई आत्मादेखि सम्झीरहेकी छु, र बाँचुन्जेल सम्झी नै रहन्छु। मेरो जीवनमा, मनमा स्थान ओगटेको एकदम कम व्यक्तिमध्येको एक मेरी स्वर्गीय बोजूप्रति पूर्ण रुपमा समर्पित छ आजको यो दिन अनि यी तुच्छ शब्द।

5 comments:

Administrator said...

कैलाश जी धेरै नै राम्रो पारीवारिक कर्नर तपाईले पेश गर्नु भयो खुसी लाग्यो धेरैनै मज्जा लाग्छ तपाईको पोस्ट हरु हेर्दा बधाई एबं शुभकामना, हामीले जिन्दगी लिन्छौ हामीले यौबनामा प्रबेश गर्छौ हामीले सबै रूप,रङ र सबै खोसि धनि हुन्छौ यस्को बदलामा शायद हामी हाम्रा पुर्खाहरुको देनलाई कहिले काहीं बिर्सेर बाँचीरहेका हुन्छौ नत्र तपाई जस्तै थुप्रै ब्लगरहरु छन यहाँ च्याउ सरि उम्रेका किन छैनन पुर्खाका कथा ब्यथा? किन छैनन पारीवारिक पाटो, किनकि हामी केवल हम्रो बाहेक अरु केहि सोच्दैनौ, म धेरै लेख्न चाहन्न किनकि तपाईंको जुनै पनि पोस्टहरु केवल अहिलेको यो फेसन नभै धेरै नै सन्देश मुलक छन। मलाई धेरै खुसि लाग्यो आगामि दिनहरुमा पनि यस्तै लेख रचनाको बाढी उर्लियोस तपाईँको मनमा धन्यबाद। एबं मेरा यी कमेन्टले कसैलाई ड्याङ डुङ ढिस गर्‍यो भने I am so sorry

Basanta Maharjan said...

suddenly i came to visit your Kuti today and red previous also. well done and i will visit this blog regularly. thanks

Basanta Gautam said...

आफ्नो पिडा र बोजूको सम्झनालाई बाँडेकोमा धन्यबाद!

बोजूलाई मेरो पनि श्रध्दाञ्जली!

दिलीप आचार्य said...

मृत्यु प्राकृतिक नीयम हो भने भने प्रेम र सम्मान भनेको अजर र अमर हुन्छ ।

तपाईको नितान्त व्यक्तिगत जिवनको कुरा भए पनि यसले आफ्ना मान्यजन प्रतिको सम्मानको शन्देसलाई बोकेको छ । धन्यबाद् ।

दीपक जडित said...

श्रद्धाञ्जली बोजुलाई मेरोपनि । कसिलो गरेर सम्झनामा राख्नुभएको बोजुले संधै तपाईंलाई हेरिरहनु हुन्छ र आशिष दिईरहनु हुन्छ ।

म एकपटक अस्तित्वमा आईसकेको कुरा कहिल्यै हराउंदैन भन्ने कुरामा यसैकारण पनि विश्वास गर्छु कि मान्छेहरु ( आफन्त/साथीभाई , जोसुकै ) लाई हामी सम्झनामा कसेर राख्छौं त अन्य जिब तथा बनस्पतिहरु पनि कतै न कतै कुनै सुत्रमा रहिनै रहेको हुन्छ ।

धन्यवाद ! तस्विर सहित बोजुसंगको खुशीको पल हामीलाई बाँड्नुभएकोमा ।