Friday, June 27, 2008

सुन्दरता

२१औ शताब्दीको आधुनिकता र जटिलतासँग लड्दै गरेको एउटा सुन्दर जीवन। जो आफ्नै शैली र बूतामा बाँच्न जानेको छ। सँधै हसिलो-खुशीलो र उन्मत्त (बिन्दास)शैली बोकेको जीवन- आभाको त्यो रमाइलो अनि लोभलाग्दो जीवन। परिवार भन्नु लोग्नेस्वास्नी छन्। दुबैजना कत्ति मिलेका, आ-आफ्नै कमाइमा रमाएका, यसै भन्थे सबैले। मैले पनि यस्तै सोच्थे। तर गए राती अचानक एकदमै मौन र शान्त देखिई आभा। जस्तैः ठूलो समुन्द्रीक आँधीपछिको शान्त र भयानक मौनता। आभाको बिन्दास शैलीभित्र चेपिदै आएको अदृश्य कथा जो आज एक्कासी मौनताको खोल ओढेर बाहिर चियाइरहेको छ। त्यही मौनताको डिल भत्काउँदै त्यो भित्री कथा उघ्रिन्छ। जहाँ आभाले आफू एउटी आइमाई हुनुको पीडा र दुःखको कथा लुकाएकी थिई। दुःखजीलो पढेर कत्रो हण्डरबाबजुद भेटेको जागिर, जागिरको आडमा उदाएको खुशी, आत्मविश्वास अनि त्यही जागिरको लहरासँगै जेलिएको कैयौ सपना, सबै चकनाचुर भयो एकैपलमा।

अफिसबाट ढिलो घर फर्केको निहूँमा लोग्नेले एकै बाक्यमा भनिदिए 'लोग्ने या जागिर?'। यही छोटो बाक्यले आभाको घाँटी अठ्यायो। शब्दभित्र लुकेको गहन कुराहरु ओकल्दै जाँदा आभा भक्कानिएर आउँछे। त्यसबेला मलाई मनिषा गौचनको 'आइमाई' शीर्षकको कविता झल्झली याद आउँछः

"घरको सङ्‌घार नाघ्दा
सङ्‌कटको घण्टी बज्छ मनमा
र, लाग्न खोज्छ त्रासको दैलो
आँगन छोडेपछि
सावधानीको अर्को घण्टी लाग्छ पाइलामा
बाटो लागेपछि हुरी चल्छ शङ्काको
यसो आँखा डुलाएपछि
आफैमाथि घोप्टिएको पिजँडा देख्छे
र, थुचुक्क पर्छे
हरदिन कुनै एउटी आइमाइ"
(साभारः फुलहरुको रङ छैन)

आफ्नो मौनतालाई क्रमश आफैले चिरा पार्दै जान्छे आभा। आफ्नो जीवनको दुबै पाटोलाई राम्ररी सँगाल्छे। एक भागलाई अदृश्य राख्छे, आफैभित्र समेट्छे। अनि अर्को भागलाई पुनः उस्तैगरी उदाङगो पारेर डोर्याउँने संकल्प गर्छे। तब, झनै सुन्दर र हसिलो देखिन्छे- त्यही आभा।

12 comments:

berto xxx said...

Having fun reading of your blog.


berto xxx

philippine lotto said...

Such a nice blog. I hope you will create another post like this.

aAkaR said...

केही स्थानमा, साँच्चै यस्तै स्थिति छ ।

दीपक जडित said...

कैलाश जी यो कथा जस्तै कथामा बाहिरबाट हेर्दा सामान्य देखिने तर भित्र जटिल हुने कुरालाई राम्ररी राखिदिनुभएको छ । समयक्रमले हाम्रो वरीपरी भएको यो जटिलतालाई चिर्दै लैजाला ।

तस्विरमा देखिएको कला राम्रो लाग्यो ।

दिलीप आचार्य said...

राम्रो र यथार्थपरक कथा । यो हाम्रो सामन्य समाजमा बस्नेहरुको जिवनको जटिल यथार्थ हो ।

Parshu said...

katha choto ani mithas variye ko 6 satha ma fulharuko rang chaina kabita vitrako kabitale pani ajha sunderta katha lai sunder banayeko6 sathma photo samyajan pani tarif yogya6

manu said...

katha jastai photo ani kabita, dhreai ramro cha sachai yo hamro samaj mai ghateko ghatanalai udrit garna sakeko cha so well done di keep it up..

Basanta Gautam said...

आभाको लोग्ने 'पढेलेखेको' होला पक्का पनि। नेपाली लोग्नेमान्छे नपढी बिग्रिन्नन्:) जो भएपनि मान्छेचाहिँ त्यो 'पत्रु'नै हो।

पिडादायक तर सामयिक विषयवस्तु पस्केकोमा धन्यबाद! मैले चिनेका कति लोग्नेमान्छेहरु (सबै शिक्षित!) यो कथाको आभाको लोग्नेजस्तै छन्। नेपाल आधुनिकतातिर गईरहेको हो कि मध्ययुगतिरै
फर्किरहेको हो छुट्याउन गाह्रो हुन्छ ती मान्छेहरुलाई देख्दा।

तर यी हरफहरुको अर्थ भने बुझिँन मैले।
"----आफ्नो जीवनको दुबै पाटोलाई राम्ररी सँगाल्छे। एक भागलाई अदृश्य राख्छे, आफैभित्र समेट्छे। अनि अर्को भागलाई पुनः उस्तैगरी उदाङगो पारेर डोर्याउँने संकल्प गर्छे।---"
आभाको बाँकी जिन्दगीको बाटोलाई एकदम अमूर्त र अस्पष्ट पारिदिएजस्तो लाग्यो यसले। मेरो काँचो दिमागले नठम्याएको पनि हुनसक्छ, माफ पाउँ।

टाँसो भित्रका तस्बीर र कविता दुबै साह्रै सुन्दर छन्।

यहाँको ब्लग साह्रै सुन्दर र रचनात्मक छ। साइडबारमा राखिएको सूत्रबाट यहाँको मिठो स्वरमा सुन्दर गीत पनि सुन्न पाईयो, धेरै-धेरै धन्यबाद छ।

कैलाश said...

प्राय नियमित रुपमा मेरो कुटीको पोष्ट पढेर आफ्नो अमूल्य सुझाव तथा विचारहरु सम्प्रेषण गरिरहनुहुने सम्पूर्ण साथीहरुलाई विशेष धन्यवाद।

सायद मेरो लेखन शैलीको कमजोरी पनि होला बसन्त जीले प्रष्ट बुझ्न नसक्नुमा। कथाजस्तै कथा सानो आकारमा छ। तर यसको विषयवस्तु गहन र ठूलो आकारको भएकोले सीमित शब्दमा प्रष्ट राख्न सकिन मैले। आभाको जीवनशैली र क्रियाकलाप जहिलेपनि 'free & fresh spirit'को रुपमा देखिन्छ। जसको आडमा सबैले आभाको जीवनलाई चिन्ता/समस्याविहिन र आनन्दमय मात्र देख्छन्।

त्यो आनन्द र फ्रि स्प्रीटले भरिपुर्ण आभाको जीवनको एउटा उदाङ्गो पाटो र त्यो उदाङ्गो पाटोभित्र लुकेको पीडा र चुनौतीलाई अर्को पाटोको रुपमा राखेकी हुँ। आधुनिकतामा भिजेको सभ्य र शिक्षित समाजभित्र लुकेको त्यो पीडा भोग्दाभोग्दै पनि त्यसबाट आफूलाई निकै टाढा भएझैँ देखाउँन सक्छे। पीडालाई आफैभित्र समेटेर रमाउन र खुशी हुन सक्छे। जसले अरुलाई प्रेरणा दिन्छ। बाँच्नुको महत्व बुझ्न सघाउँछ। आभाको त्यही गुणलाई मैले सुन्दरताको उपमा दिएकी हुँ।

वर्तमानमा भरपुर रमाएकी आभाको बाँकी जीवनको कुरा, केही हदसम्म साँचो हो बसन्तजीको कुरा। उसको आगामी जीवन कस्तो हुने भन्ने कुरा निश्चिन्त स्वभाव र ढुक्कपनभित्र घरीघरी उब्जाइने वा उब्जिने उथलपुथल साम्य पार्ने 'कडी'मा भर पर्छ। जुन कडीलाई अडीग राख्न आभा एक्लैले कति समय धान्न सक्छे? आभाको सामर्थ्यलाई हाम्रो सामाजिक-पारिवारिक दायराले कति हदसम्म काखी च्याप्छ? त्यही दायरामा हुर्किएको लोग्नेले कसरी साथ दिन्छ? त्यसमा भर पर्छ। अरु तपाईहरु नै थपथाप पार्नुस्।

kaalpatra said...

afni vogai ta hoina kailash. j vaya pani katha, kabita ra photo ko tribani sari ramro 6.

Anonymous said...
This comment has been removed by a blog administrator.
उजेली said...

Hi, I liked your blog.
Please visit my newly built blog
www.guffgaaf.blogspot.com

Waiting for your comments and suggestions...........