अहिले काठमाडौमा जता हेरेपनि फोहोरैफोहोरको डंगुर छ। निकै दिन भइसक्यो उठाउने कुरा चलेको। तर अझै ज्यूँका त्यू छ फोहोर। दिनदिनै त्यही फोहोर सुङ्दै-हेर्दै हिड्दाहिड्दा मलाई हरियोपरियो, मनमोहक दृश्य हेर्न मन लाग्यो। रमणीय स्थानमा आनन्दसँग केही बेर भएपनि बस्न मन लाग्यो। तर भनेजस्तो कहाँ हुन्छ र हैन? त्यसैले पहिले घुमिएका केही ठाउँहरु र त्यहाँका मनोरम प्रकृतिसँग रमाउँदै खिचेको तस्बीरहरुबाटै चित्त बुझाउने उपाय गरे। अनि कुटीमा ठेलीदिए केही तस्बीरहरुलाई। लेख्न पनि खासै मन लागेको छैन। त्यसैले 'टिरिक' लगाएको नि।

पर्यटकीय स्थल 'बन्दीपुर'को डाँडोबाट तलतिर नियाल्दाको दृश्य।

दोलखाको चरिकोट पुग्ने बेलाको 'चर्नावती' खोलामाथीको पुलमा बसेर छङ्छङ् बगेको सफा पानी हेर्दाको आनन्द, आह...।

ललितपुरको विशंखुनारायण मन्दिर छेउको सल्लाघारीको डाँडोमा सल्लाको सिर्रसिर् हावामा आरामले सुतेर आकाशतिर हेर्दाको क्षण।

ललितपुरको लुभु हुँदै उकालो उक्लेर लखतरान भा'बेला लाकुरीभञ्याङको डाँडामा सुस्ताउँदै Mount Everest हेर्दाको रमाइलो क्षण।

धुलीखेलबाट दोलालघाट जाने क्रममा बाटोमा कफीसँगै रमाउँदा पारीपटि देखिएको पाँचखालको भूभाग।
अब धेरै नहेरौ है? नत्र धेर खाँए चिनी पनि तीतो हुन्छ भनेझैँ होला फेरी। के विचार भो त अब? जाने हैन त तपाईहरु पनि आन्तरिक पर्यटनको मजा लिन?
3 comments:
साँच्चै दामी 'टिरिक' लाउनु भा' भन्या । सुन्दर त त्यसै छँदैछ नि हाम्रो देश - तस्विर पस्किनुभएकोमा धन्यवाद ! घुमुम्ला कुनैदिन त्यता पनि ।
दिदी तपाईंको टिरिक चै साचै सुप अप छ है ।अनि अरु त खोइ क भनौ र है। एक छिन भएनी मन मा शान्ति मिल्यो क्यारे। ऐले नै का तेती टाढा अन्तरिक भ्रमनमा निस्कनु र है यो बर्खे पानि झरि अनि हिलो को बेला । ठिकै छ कुनै दिन् पुगुला तर ऐले चाइ धन्यबाद् ल घुमाउनु लानु भाको मा
Hi, I found your blog simply good. Very nice job. You are really a nature lover! I have not visited Bhojpur yet, but I hope I will be able to visit there one day. Last time I went up to Chintang, 5 hours walk from Hile. East Nepal is really beautiful and people of that area are lovers of the nature!
Post a Comment