
फेरी उही ठाउँमा उही युवक उभियो। 'खोई कता नि?', मोबाइल माथि उठाउँदै 'यता फर्क न'भनेपछि अध्यारोमा मोबाइलको उज्यालोको भरमा कुरा मिल्यो। अब त शान्तसँग हेर्न पाइने भो भनेर ढुक्क भयो। तर त्यो ढुक्कपनले एकैछिन मात्रै बास गर्न सक्यो। नन्स्टप फोनकल्स आको आकै, आको जति सबै उठाको उठाकै, 'बाई' भन्न पाको छैन फेरी 'हेलो'। 'म फिल्म हेर्दै छु क्या अहिले', 'अनागरिक भन्ने नि', 'आदिवासीहरुको फिल्म हो क्या', 'ए तिमीपनि आउँथ्यौ नि है, भन्नै बिर्सेछु नि सरी ल' भन्ने जस्ता वाक्य यो कानमा सुनिन्छ। साथीहरुलाई यताउती फर्केर हेरे। त्यो मोबाइलको संवादले झर्को मानेर निधार र नाक खुम्चाउँदै थिए। फिल्म हेरीरहँदा बीचबीचमा घण्टी बज्यो कि मुन्टो निहुराएझैँ गर्यो। बोल्न शुरु गरिहाल्यो।
मेरो छेवैको साथी घरीघरी मलाई सोध्थिन्- के भन्यो त्यहाँ, यताको हल्लाले कुरै बुझिन। उसलाई बुझाउन थाल्ने हो भने फेरी अर्को हल्ला थपिने भो। नबुझाउने हो भने नबुझी हेरेको फिल्मको के मजा। बुझाउने क्रममा अर्कोपट्टीको छेवैमा बसेको साथीले रिसाउँदै भन्यो- फेरी यहाँ पनि शुरु भयो। लौ खा, अब परेन बित्यास।
हुन त अन्य कतिपय सार्वजनिक स्थलहरुमा झैँ त्यहाँ सूचना दिइएको थिएन (दिइएको ठाउँमा पनि मोबाइलको बिगबिगी त भएकै छ है)- मोबाइल स्वीच अफ गर्ने, न त शान्त हुने सूचना नै दिइएको थियो। फिल्म सकियो। फिल्मको केही केही दृश्य र संवादहरुमात्र दिमागमा रह्यो। तर वरपरको वातावरणलाई ख्यालै नगरी वा बेवास्ता गरेर मोबाइल फोनमा बोल्नेको प्रत्येक संवाद भने मेरो दिमागमा टाँसिएछ।
2 comments:
त्यसो त, सार्बजनिक भेला स्थलमा त सूचना नटाँसे पानि आफ्नो मोमाईललाई 'सुप्त अबस्था' या ने silent mode वा vibration mode मा राख्नु पर्ने हो सबैले, तर के गर्ने उल्टै polyphonic र mp3 ringtone घन्काएर सबैलाई देखाउनु पर्छ ।
त्यसै त हामी नेपाली त्यसमा पनि गणतन्त्र आ'को बेलाँ .... अब कसले कसलाई के भन्ने ?
आफ्नो कृयाकलापले अरुलाई बाधा पुग्छ कि भन्ने सोच आउन नसकेपछि यस्तै हो ।
Post a Comment