Tuesday, January 06, 2009

I Want to Cry

आज निकै दिनपछि घाम लागेकोले न्यानो थियो दिन। तर दिन लुक्यो स्वात्तै। साँझ पर्यो झमक्कै। रात छिप्पीदैछ आफ्नै गतिमा। कठ्‌याङ्ग्रिने पुसको यो जाडो। मोबाइलको ब्याट्री आधा देखेपछि एफएम बजाउँछु। 'चिसो चिसो सिरेटोमा हिउँ पर्ला जस्तो छ' यामअनुसारको गीत बजीरहेको छ। गीत बज्दाबज्दै रोकिन्छ र फोन आको संकेत दिन्छ। स्क्रिनमा हेर्छु Puran calling। 'Hi P.Da how are you?' धेरैदिनपछि दाको फोन आएकोले दंग पर्दै रिसिभ गर्छु। हामी सँगै हुर्केको हुनाले म उसलाई पी. दा. (यसको मतलब हो- पुरन दादा)भन्छु। अझ छोटकरीमा दा मात्रै भनेर बोलाउँछु। उनी मलाई बुनु भन्छन्। नाताले मामाचेला-फुफूचेली दाजुबहिनी। तर एकअर्काको मिल्ने साथीमध्येभित्र पनि पर्छौ हामी।

'I need... can you do a favour?' कामेको स्वरमा उनी केही भन्न खोज्दै थिए। तर भन्न सकीरहेका थिएनन्। म छक्क परे। छक्क मात्रै हैन तीनछक्क परे।
'Hey Da, i think we need to talk. If you can, come here right now' भेटेरै कुरा गर्नु ठीक ठानेर तुरुन्तै आउन भने।
उनी कतिखेर आइपुग्लान् भन्ने पर्खाईमा उनकै बारेमा सोच्न थाले म। पढाईमा अब्बल। आत्मविश्वासी अनि रसिला पाराका उनी। सँधै सबैलाई हसाईरहने उनको त्यो मिजासिलो अनि funny चरित्र। सारोगारोको बेलामा पनि ख्यालठट्टाले सजिसजाउ हुन्छन् उनी। तर सहयोगी र संवेदनशील पनि उत्तिकै छन्। तर उनको संवेदना बाहिर देखिदैन। उनको हस्यौली बानीले छोपेको हुन्छ जहिलेपनि। उनी Handsome अनि stylist पनि छन्। उनलाई साथी मान्नेहरु धेरै छन्। तर उनको भित्री मन बुझ्ने साथी उनी आफैले औँलामा गनेर राखेका छन्। सायद उनी सबैजस्तो बन्छन्। अनि उनीजस्तो कमै मात्र भेटछन् र पनि त्यस्तो भएको होला। आज एक्कासी के आपत आइपरेछ? भन्नेबारेमा सोच्न थाले।

दा आईपुग्नासाथ 'यहाँ बस दा। अनि मलाई भन के भयो' भन्दै हात समातेर छेवैको कुशनमा राख्दै उनको अनुहार नियाले। हसिलो मुहारमा बादल छाएको थियो। लाग्थ्यो आकाश मडारिएर पानी चुहिनै लागेको छ। मनभित्र ठेलम्ठेल उकुसमुकुस लिएर छट्पटिदै थियो उनको त्यो आँखा। चुपचाप आँखाको गेडी घुमाउँदै थिए उनी। उनको आँखाभित्र पानी टल्कीएको प्रष्टै देख्थे म। मैले फेरी सोधे 'Tell me Da, what's the matter?'

एक वचन पनि बोल्दै नबोली भक्कानिएर रुन थाले उनी। बिना कुनै प्रश्न, बिना कुनै संवाद उनी एक्कासी मेरो काँधमा अडिएर रोइरहेको देखेर म के गरुँ भन्ने नै मैले सोच्न सकिन। केही सोधुँ भने पनि उनको रुवाई देख्दा बोलाउने मन भएन। उनको आँसुको रापले मेरो मनलाई छोइसकेको थियो। उनको त्यो आँसुको तातोपनाले मेरो कुमलाई स्पर्श गर्न थाल्यो। भएनि उनकै हालमा छाडिदिए केहीबेर। मनमा धेरै पीडा र बेदनाहरुको चाङ लागेको बेला र त्यसलाई धोको फुकाएर बाहिर ल्याउने मौका नपाएर लाचार हुँदा म पनि यसरी नै धित मर्ने गरी रुन्छु। कहिले एक्लै रुन्छु। कहिले पी दाकै आडमा बसेर रुने गर्थे। फरक यति हो उनी म रोएको बेला मसँगै रुदैनथिए। म उनीसँगै आँसु खसाउन थालीसकेछु। आत्मीय सम्बन्धको संवेदनशील पक्ष यही हो सायद भन्दै म उनले नदेख्ने गरी आँसु पुछ्छु। एकपल्ट उनलाई नियाल्छु। अझै उनी रोईरहेकै छन्। म पनि उनलाई रोक्न चाहन्न। बरु म आफैले आफैलाई उनीसँगै रुनबाट रोकीरहेको छु। दा काँधमा टाउको राखेर रुदैछन्। म विगतको घटना सम्झन थाले।

केही वर्ष अघि मात्रै म भर्याङबाट लडेपछि म रोएको थिए। त्यसबेला दाले सम्झाउँदा सम्झाउँदै भनेका थिए 'Im going to buy a special & big bowl for you'। मैले किन भनेर सोधेपछि 'रुमालको क्षमताभन्दा बाहिर गइसक्यो अब त big bowl मै तिम्रो आँसु थाप्नुपर्ला' भनेपछि म तुरुन्तै हाँसेको थिए। तर आज पक्कै पनि स्थिति त्यस्तो छैन भन्ने मेरो ठम्याई हो। मेरो आमाले संसार छाड्नुभएपछि लत्ता छाडेरै दाकै आडमा निकै रोएको थिए म। त्यो दिन म कसरी बिर्सन सक्छु र। जसरी आज दा मेरो आडैमा निर्धक्क रुदैछन्। किन किन आज मलाई त्यो बेला म रोएको र आज दा रोएको उस्तै उस्तै हो झैँ भा'छ। मनमनै त्यस्तो केही नहोस् भन्ने पनि सोच्दैछु।

'कस्लाई के भो दा' सोच्दासोच्दै मुखबाट फुत्किगो।
'आमा' झसङ्ग भएर टाउको उठाउदै दाले भन्नुभो। म तर्सिए कतै केही घटना त भएन भन्ने सोचेर।
'आमा... के त? बोल न दा' कुरा के हो भनेर जान्ने हतारमा म उसलाई झक्झकाउँछु।

'She is in hospital' घाँटीमा स्वर अड्काअड्काईकन यति भन्छ।
'What?', 'oh god! यस्तो भइसक्यो मलाई अहिले थाहा हुँदैछ!' भन्दै म दुबै हत्केलाले नाक मुख छोप्दै जुरुक्क उठ्छु। आँखा चिम्लेर लामो सास फेर्छु। दा बताउँन थाल्छन्।
'एक्कासी हिजो बेलुकी आमाले टाउको भारी भयो भन्दैहुनुहुन्थ्यो। तैपनि लोडसेडिङको तालमेल मिलाउँदै राती १ बजेसम्म काम गरेर सुतेको मलाई थाहा छ। तर उहाँको विहान भएन। पुरै बेहोशीको अवस्थामा अस्पताल पुर्याउँदा डाक्टरले घोषणा भन्यो- Case of Brain haemorrhage।' छेवैको पानीको ग्लास रित्त्याउदै दा एकछिन चुप लागे।

बोल्ने शब्दै नपाएर रित्तो मन र दिमाग लिएर दाको कुरा थप सुन्ने मनसाय बोकेर बसेको छु म। एकदमै चुपचाप। शान्त।
'Now she is completely senseless, in fact she is in coma' बन्द भएको नाक खोल्ने चेष्टासँगै एकपट्टीको नाकबाट सुइय्या सास तानेपछि दाले भने।

'I'm so sorry Da. It's really unwanted but...' बोल्दाबोल्दै म विचैमा रोकिए। उनको हातमाथि मेरो हात राखे। मनमनै सोचे। उफ्! सुन्नेलाई यत्तिका सास्ती छ भने भोग्नेलाई के होला भन्ने सोच्दाखेरी नै मेरो शरीरको तापक्रम बिथोलिन्छ। मथिङ्गल रन्थनिन्छ। अनि दा किन नरुनु त? आमाको चेत फर्किन्छ फर्किन्न? कहिले फर्किन्छ? या के हुन्छ कसैलाई थाहा छैन। हरे!

'Bunu, What do you feel, when im crying in front of you?' मेरो आँखामा आफ्नो आँखा जुधाउँदै दाले मसँग सोधे। उनको सोधाईको आशय के हो भन्ने भेउ नपाइकनै मैले भने- 'कस्तो कस्तो लाग्यो। भित्रैदेखि दुःख लाग्यो। सँधै हाँस्ने र हसाउँने मान्छे मेरो अगाडी रुँदा कस्तो लाग्ला तिमी आफै कुरा बुझ्छौ नि?' दाको आँखामा मेरो उत्तरको प्रतिक्रिया छल्किने अनुमानसँगै आँखामा हेरे। शान्त तर थाकेको आँखा देखे। 'तर मलाई कता कता थोरै सन्तोष पनि लाग्यो दा।' मैले यति भन्न नपाउँदैमा उनले सोधीहाले- 'केको सन्तोष?',
'मलाई पहिलेझैँ आफ्नै ठानेर मसँग खुलेकोमा। नत्र सबैको सामु यसरी रुन कहाँ सकिन्छ र? मेरो विश्वास हो दा, आत्मियताको घेराभित्र मात्रै आँसुका बर्षात् निर्धक्कसँग उर्लन सक्छ। नत्र त आँसु रोक्दा रोक्दै आँखाको चेपचेपबाट रसाउँदा मात्रै पनि आफैलाई अप्ठ्यारो लाग्छ' मेरो अनुभव र भोगाईलाई मैले ओकले यसबेला।

'Yes Bunu, you are right. You are absolutely right' मेरो नाकको डिललाई चोरी औँलाले च्वास्स छुदै भन्छन् 'Now im feeling good'। साँच्चै दा केही फ्रेस भएझैँ देखिए।
'Da, Do you need something? tea, coffee?' उनको फ्रेस मूडलाई सघाउ पुर्याउन सोध्छु।
'No Thanks Sweety, but i need to talk more' मलाई बस्ने संकेत गर्दै भन्छन् उनी।
'लोग्नेमान्छे भएर रुनु हुन्न भन्ने गीत थाहा छ हैन तिम्लाई?', फेरी रुवाईकै कुरा। तर केही ठट्टाको पारामा दाले सोधे मलाई। 'किन थाहा नहुनु?' मैले नि सहज रुपमा भने- 'तर नि दा, त्यसको भिजुअल हेर्दा त त्यस्तो लाग्दैन हगि?'। प्रतिउत्तरमा फिसिक्क मुस्कुराए मात्र दा।
'No women no cry भन्ने नि?' फेरीपनि उही आशयको प्रश्न आएपछि दाले केही कुरा भन्न खोजेको बुझ्न गाह्रो भएन मलाई। मैले सुनेको छु भन्ने संकेतमा इशारा गरे। 'Do you think it is true?', 'No' मैले तत्काल भने। मेरो एक शब्द सुनेपछि दा लगातार बोल्न थाले।

'बाथरुममा गएर धारा खुल्ला पारेर बाबा रुनुभयो आज आमालाई हस्पीटलमा छाडेर फर्केपछि। जब म सबैको अगाडी रोए विहान 'don't cry like a girl' भन्नुभयो। आन्टीले पनि भन्नुभयो 'Yes son, you are a brave man, don't cry like silly girl'। मेरो साथीले पनि त्यसै भन्यो। हस्पिटलमा नर्सले पनि भन्यो- 'हेर त छोरा भएर यसरी रुने हो?' उनको मनोभावलाई नबुझ्नेहरुप्रतिको आक्रोश उनको मुहारमा देखियो- 'जब जब मलाई भित्रैदेखि पीडा हुन्छ। त्यो पीडा शान्त पार्न रुन पुग्दो रहेछु। त्यो मेरो चाहना हैन आन्तरिक संवेदनाको प्रष्फूटन हो। म जीवित हुनुको एउटा संकेत हो। म मानव हुनुको एउटा प्रक्रिया हो। तर जहिले पनि मैले एउटै कुराको प्रतिक्रिया पाउँछु। so disgusting, so irritating' शरीरमा लागेको लूतो जत्तिकै इलर्जी भयो दालाई भन्ने उनको कुराबाट अनुमान लगाए मैले।

'Why in Bathroom?' what baba answered me? can you guess bunu?' तिमी विश्वासै गर्दिनौ सायद भन्ने हिसाबले मलाई हेर्दै फेरी भने दाले- 'Baba told me that: 'I'm the head of the family, As well as I'm a Man'. Besides that, What he said, listen 'सबैको मनोबल कमजोर हुन नदिन पनि मैले रुनु हुन्न' बाबाको कुराप्रति पटक्कै चित्त नबुझेको आशय व्यक्त गर्दै थिए दा 'I fell, it's not true'।

बाबाभन्दा अघि हजुरमा Head of the Family हुनुहुन्थ्यो। उहाँ रोएको दा र मैले नै देखेका हौ। फेरी लुकीछिपी रोए पनि खुलेआम रोएपनि रुने मान्छे त उही हो। देख्ने मान्छे भए नि नभएनि। कसैले थाहा पाए नि नपाएनि। लोग्ने मान्छे रुदैनन् रे या त रुनु हुन्न रे भन्ने त मैले नि सुनेको हो। तर 'रे'को कुराभित्र यस्तो विधि पीडा गुम्सेर आउनेछ भन्ने सोच्न भ्याएको थिइन मैले। त्यो पीडाले दाको मनमा थुप्रै प्रश्न उब्जायो- 'के बाबाले बाथरुममा रोएको चाहि रुवाई नै हैन या त्यो चाहिँ लोग्नेमान्छेको रुवाई होला त?' खै के भन्नु र मैले? यो समाजको प्रवृत्ति बोलेको हो भन्ने कुरा दालाई पनि महशुश भएकै हो। त्यसैले त होला दा आफैसँग, मसँग, अनि यो समाजसँग गन्गनिन थाले-

'के हामी जस्तोको संवेदना, भावना, पीडा र दुखाइले आँसुको रुप धारण गर्न सक्दैन र? आखिर केटाहरु रुनलाई किन यत्रो सास्ती? आखिर म पनि त मान्छे नै हुँ। केटामान्छे हुँदैमा मन भक्कानिएर आको बेला रुन नि नपाउनु? कै मैले केटा मान्छे भएर रुनु अपराध हो र? कसैले खुलेआम भट्टीमा रक्सी खाएर मातेर हल्लाखल्ला गर्दा 'आफ्नै सम्पत्ति खाको' भन्नु हुने, कसैले स्वास्नी कुटेर 'मेरो पारिवारिक मामिला' भन्दा हुने, सडक पेटीमा उभिएर खुलेआम पिसाब फेर्नु हुने, तर यस्तो संवेदनशील र जटिल स्थितिको सामना गर्दा एकैछिन रुन पनि नपाउने? गतिछाडा हुन छुट दिने तर संवेदनशील भएर संवेदनशीलताको प्रदर्शन गर्न नदिने यो कस्तो समाज हो? बडो असंवेदनशील अनि सोचनिय कुरा लाग्छ मलाई यसरी सोचेर ल्याउँदा। डाँको छाडेर रुने ठेक्का चाहि सबै केटी मान्छेकै भागमा राख्ने कुन चाहि विद्वान होलान्? अनि के र कुन आधारमा यस्तो भनियो? सानोछँदा त्यही आमाको काखमा थोरै रुदा मात्रै पनि फकाउँनेको ओइरो लाग्थ्यो सायद। तर आज त्यही आमा, जसले मेरो हरेक रुवाईलाई हाँसोमा बदल्दैमा जीवन बिताउनुभो, उनको खातिर मैले रुन पनि नपाउँने?

जब की मेरो सामुन्ने बसेर दिदीबहिनीहरु छाती पिटी पिटी मनको पीडा पोख्छन्। चिच्याई चिच्याईकन आमासँगको हरेक कुरालाई फलाक्छन्। मनको पीडा चोक्टा चोक्टा पारेर सबैको सामु बाहिर फाल्छन्। म भने चुपचाप उनीहरुको अगाडी मूर्ति बनेर उभिनुपर्ने- मानौ कि ममा कुनै भावना र संवेदना नै छैन। छ भने पनि मैले मेरो भावना र संवेदनालाई थाँती राखेर अनावश्यक कुराको आड लिदै आफैलाई भित्रभित्रै तड्पिनुपर्ने? आफूलाई तड्पाउनुको पनि हद हुन्छ। मेरो आमा मेरो लागि सबैकुरा हो। म किन नरुनु? मेरो रुवाईले के फरक पर्थ्यो र त्यहाँ? आखिर सबै रोईरहेकै थिए। सिर्फ म केटा मान्छे भएकैले रुनु नहुने कस्तो मानसिकता हो यो बुनु?' बाफरे! दाको मनमा कत्रो उकुसमुकुस? लगातार उनी बोलीरहेकै छन् अझैपनि। त्यो पनि पूरै नेपालीमा। कुनै अंग्रेजी शब्द नमिसाइकन। मलाई उनको व्यक्त पीडा लगातार होस् भन्ने लागिरहेछ। त्यसैले चुपचाप सुनिरहेछु।

'यो समाज हामी आफैले निर्माण गरेको हो भन्ने मान्ने हो भने किन कसैसँग लुकीलुकी रुनु? आफुमा भएको सही भावना, कसैप्रतिको आदर र संवेदनाको प्रष्फूटनमा किन कञ्जुस्याई गर्ने? रुनु र हाँस्नु मानव संवेदनाकै दुई पाटो हुन्। म कसैको सामु अट्टहाँस हाँसो हाँस्न सक्छु भने रुनु पनि सक्छु। यदि त्यसो गरिन भने लोग्नेमान्छे भएर कठोर बन्नुपर्ने या महान् बन्नुपर्ने चौघेराभित्रै जकडिएर रहन्छु सायद। मलाई महान् बन्नु छैन। न कठोर नै बन्नु छ। साधारण जीवन बाँच्नु छ मलाई। पीडाले छट्पटिएर रुन नपाएर कुनै मादक पदार्थको सहारा लिनु छैन मलाई। कुलतमा फस्नु छैन मलाई। मनमा गुम्सिएको पीडा र दुखाईलाई भडासको रुपमा बाहिर ल्याउनु भन्दा म खुलेरै रुन तयार छु। किनकी म बाबाजस्तै बाथरुममा गएर एक्लै रुन चाहन्न। म कुनै आत्मिय र मन मिल्ने साथी या मान्छेको अगाडी बसेर रुन चाहन्छु। आफ्नो कुरा खुलेर बाँड्न चाहन्छु। त्यसैले म भन्छु बुनु, स्वास्नीमान्छे होस् या लोग्नेमान्छे, मानव संवेदनाका लागि छाडिने जो सुकैको डाकोको आवाज निकै प्रिय लाग्नुपर्छ यो समाजलाई, मलाई अनि मजस्ता सबै सबैलाई। जो सुकैको आँसुको मूल्य जोसुकैले बुझ्नुपर्छ।' त्यत्ति भन्दाभन्दै मेरो मोबाइलको घण्टी बज्छ। स्क्रीनमा उही पहिलेकै नाम देखिन्छ- 'Puran Calling...'। दाले आफ्नो मोबाइल Switched off गरेका छन्। त्यसैले घरबाट फोन आयो।

'Oh. It's 9:30. Now i have to go sweety. Thanks dear' आफ्नो मोबाइल अन गर्दै भन्छन्।
'Oh Da, pls don't thank me as a stranger'
'Okey bunu, but i really... want... to say 'Thank you'' आत्मीयता र सद्‌भावस्वरुप फेरी एकपल्ट धन्यवाद दिन्छन् उनी।
'You are welcome'।
'Only when i want to cry?'।
'Oh no! You are always, all the moment welcome my dear Da' दा ढोका बाहिर निस्के।
'It's really really worthy place for me. And i'm going to miss you and your room a lot' एक्कैछिन रोकेर 'Specially the moment, when i feel loneliness, and I want to cry' म ढोका लगाउने तरखरमा थिए अचानक फर्केर मेरो टाउकोमा सुम्सुमाउँदै मुस्काए दा।
'आमाको बारेमा खबर गर्दैगर्नु है' म ढोका बन्द गर्छु। बिजुली बत्ती आउन आधा घण्टा मात्र बाँकी छ। पुन मोबाइलको एफएम बजाउँछु। गीतले भन्दैछ-
"याद आउने छ त्यो दिन, याद आउने छ समय
कुनै दिन हामी टाढियौ भने, बहाना बन्ने छ
सम्झी त्यो दिनलाई, मन बुझाउनलाई"।

14 comments:

Dilip Acharya said...

..... .....निशब्द ..... .....!!

बेदनाथ पुलामी ( उमेश ) said...

राम्रो धेरै राम्रो लेख र तपाईको दा'को ममीको शु-स्वास्थ को कामना गर्दछु !

कैलाश जी म तपाइसँग सहमत छू - एक, मज्जाले धित मरूनजेल रुएपछि आत्मिक आनन्द प्राप्त हुन्छ अनि भारी मन प्रफुलित र हल्का हुन्छ । त्यसैले म भन्छु जो कोहिलाई रुनु छ भने सुक सुक मात्र नगर धित मरूनजेल मज्जाले रोऊ !

दुई , लोग्ने मान्छे भएर रुनु हुन्न भन्ने काहा लेख्या छ'र , किन लोग्ने मान्छेको आत्मा र मन हुदैन र !

तिन, हिजो आज तपाई निकै मज्जाले सरल तरिकाले कुनै पनि घटनालाई वर्णन गर्न खपिस हुदै गएको पाए ! बरु कुनै किताब नै लेख्ने बिचारमा हुनु हुन - भए बेस हुने'थ्यो ! लघु कथा , कथाहरुको संगालो वा त्यस्तो केही ......... जती वेला म तपाईको लेखहरु पढ़छु , म ठान्दछु कुनै असल र नामी लेखक ले लेखेको भन्दा कमी केही पनी छैन । वा तपाइले त्यस्तो कुनै किताब लेखी सक्नु'भा छ, की ? ल ठीक छ तपाई आफ्नो लेखाईलाइ बढ़वा दिदै जानू होला यही मेरो शुभ -कामना छ ।

Basanta Gautam said...

दा'को आमाको अवश्थाले दु:खी गरायो। उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

ThE KiRaT said...

Best wishes for Da's mom recovery. May the divine god be with all of us always.

manu said...

There are really touchy words didi. झन्नै मै पनि पो रोइ गएछु, जो भए पनि सिघ्र स्वास्थ्य लाभको कामना

दीपक जडित said...

पूरन दाइको आमालाई शिघ्र स्वास्थ्य लाभको कामना । रुने सवालमा चैं रुने अवस्थामा पुग्दा डाँको छाडेर रोएकै बेश भन्छु म पनि । रुँदै नरुनु अर्थात रुनै अवस्थानै नआउनु त अर्कै कुरा भै गयो ।

सिकारु said...

तपाइको लेखाइलाई खै कुन सब्दले बयान गरु । मनै रुवाउने खालको। अनि भन्नेकुरा त सबै साथिहरुले भनि सक्नुभएको छ ।त्यसैमा मेरो पनि सहमत साथै आमाको शिघ्र स्वास्थलाभको कामना गछु।

कैलाश said...
This comment has been removed by the author.
कैलाश said...

लेख्दालेख्दै थाहै नपाईकन यति लामो भएछ यो पालीको 'कथाजस्तै कथा'। पढ्दाचाहि झिँजो लाग्यो होला सायद। तैपनि साथीहरुले पढेर प्रतिक्रिया दिनुभो। अनि जम्मै ब्लगर मित्रहरुलाई जोडदार धन्यवाद नभनीकन त के बस्नु हि?

अनि मुख्य कुरा त सबैको ध्यान बिरामीको अवस्थाप्रति गम्भीर बनेकोमा झनै आभार व्यक्त गर्छु म। हुन त यहाँ मेरो प्रमुख आशय बिरामीको अवस्था चित्रण गर्छु भन्ने थिएन। तर यथार्थ र संवेदनशील कुरोले मन छोएपछि त्यसबाट अछुतो रहन अलिक नसकिदो रहेछ। साथीहरुको अभिव्यक्तीले पनि मैले यस्तै बुझे।

मेरो गन्थन यति लामो अनि दिलिपजीको प्रतिक्रिया एकशब्द। यसबारेमा मलाई मेरो एकजना साथीले भन्दैथियो- दुई ध्रुब क्या मिलेको।

अनि बेदनाथ जी म त्यस्तो लेख्ने मान्छे त हैन। लेख्न मन पराउने चाहि हुँ। त्यो पनि कुन श्रेणीको भनेर तोक्न सक्दिन म। लेख्दा पनि यस्तै किचकिच, गन्थनमन्थनहरु चाहि बेसी हुँदा रहेछन्। तर तपाईहरुको उत्प्रेरणाले भरिभराउ साथले केही त भएरै छाड्ला कि त भन्ने आश पलायो है।

अनी मनुजी, सिकारुजी "तिमीलाई रुवाउने मेरो धोको हैन" तर रुने परिस्थिति नै आएमा बेदनाथजी, दिपकजीसँगै सहमत जनाउँदै भन्छु बेफिक्री रुनुस् है। जे गरे नि मजैले गर्ने नि हैन एकबारको जुनीमा?

फेरी पनि तपाईहरु सम्पुर्णलाई धन्यवाद छ मेरो कथाजस्तै कथासँगै मेरो साथ आइदिनुभएकोमा।

Kobit "Durga" said...

नमस्कार है कैलाश जि,
आफ्नो त घुम्ने बानी छ जाडो होस् या गर्मी यत्रै सित्ती, लिनु दिनु पो के छ र ? यही सोच्दै साहित्य घर पुगे यच के नेपाल, २१ सेन्चुरी को मस्त ठिटा ठिटी हरुको के छ भनेर तन्नेरी डट कम पनि निस्किए खसै तम झम रम झम छैन रहेछ, उही पुरनो उस्तै पहिल जस्तै, अनी हान्निए भोजपुर तिरै आक्नै ठाम गाम तिर, ट्यम्के को टाउको देखिन हुस्सु ले ढाकेर होल, पिखुव लाई पाठले छोपेछ, नाघी हरु नङै बिचरा आच्छु पुष को जाडो !! आ कत्ती जाडो पसे भोजपुरे ब्लगस भित्र, म घुमन्ते को पारा जहिलाई एउटै हो, न स्वागत न बिदाइ, हाइ एन्ड बाइ, साथी हरु पुष को दिन भए पनि मङसिर्को दाई म झै ब्यस्त हुनुहुदो रहेछ, नयाँ नौलो केही छ कि भनेर चारै तिर चियाए क्लक क्लिक, केही भेटे हेरे, साथी हरुलाई मन मनै धन्यवाद दिए, लिनु दिनु त केही छैन माथिनै भनी सकेको छु म बिन्दास घुमन्ते हा हा हा !! अनी स्क्रोल गर्दै लागे ओरालो, ओ ! कैलाश कुटी ! आ एत्ता पनि पसी जाम भनेर एसो के क्लिक मात्रा के गरे लौ रुवा बासी पो ? म त अक्क न बक्क एक छिन ढोका मै उभिए, सोधु त के सोधु, पारीबेस दु:खद को छ, बस बुझे पिडा गहिरै छ, आफ्नो पनि बानी गजबको छ, आसु देख्नै हुँदैन अरु सँग सँगइ रोइ जान्छु, रुने हरुले नै सोध्छ मलाई " त चै किन रोएको ?" अनी तेती बेला पर्छ मलाई फसाद हुँदैन उत्तर, आसु त झरी गो पुछे दौर को फेर ले, खाट्टी कुर के र'छ नियाले, पुरै बातावरण हेरी सके पछी पो थाहा भो पुरन दा को मम्मी बिरामी भएर होस्पितल म हुनुहुदो रहेछ, सर्ब प्रथम, पुरन दा को मम्मी को सु स्वास्थ्य लाभ होस्, गेट वेल सून, लेखाइ र सैली अती राम्रो छ कैलाश जि, तपाईं हरु दु:ख बाडेर रुदै हुनुहुन्थ्यो भने म तपाईं हरु को दु:ख देखेर रुए, बिन्दास घुमन्ते न परे म लौ त कैलाश जि हावास्त बिदा है, आउछु नि कहिले कही -----
दुर्गा
बध्दाद

B.J. Dummali said...

maanchhe samaya ra paristhitiko daashi, sadhai dashi bannu, hamro baadhyataa,ke garnu haami kewala pray garna sakchhau, tara .....!
yastai chha duniyaa, jaanera pani anjaan bannu parchha, kailash bahini jun lekhaai maa purai dam chha, euta tyo ghadiko pardaa sarsarti ghumchha jo jo kasaile outpost garna nasakeko ra hridayamaa gumiraheko... ma dherai nai maa dubna puge bahini ko yo lekhaai bhitra, yasarinai lekhaai haru gahiriyosa, jun ki mutumaa chhuna pugosa.

Pritam said...

you have written so nicely and full of emotions and feelings.
it's so tragic moment for your da
I wish everything will be fine.

उजेली said...

के भन्नु र खै !! मलाई त केहि पनि भन्नै आएन !! दिलिप दाइजस्तै ..........निशब्द.......

अविनाशी said...

त्यो क्षणनै बडो भावविह्वल रहेछ त्यसमाथी तपाईंको लेखाई ।मान्नै पर्छ । एउटा घटनाको सेरोफेरोमा रहेर अलिकता भावुकता अलिकता रोमान्चकता अलिकता दर्शन अलिकता सामाजिकता ।कस्तो राम्रो मोजाईक पो बनाउनु भएछ ।मेरो तर्फबाट पनि स्वाश्थ्यलाभको कामना आमालाइ । र पुरन दा....बग्ने आशुँलाइ नरोक्नुहोला।बादल फारेपछि घाम लागेजस्तै आशुँ बगेपछि मन पनि त हल्का हुन्छ ।