नोटः कलाकार स्वयंले माथिका चित्रहरुमा शिर्षक राखेको भएपनि मैले मेरै अनुरुप यहाँ क्याप्सन राखिदिएको छु। उक्त चित्रकला प्रदर्शनीका कलाकारहरुः अर्जुन खालिङ, किरणकुमार सिगु, धनबहादुर याक्खा, रतनकुमार राई, शान्तकुमार राई, प्रतिमा राई, टेकबीर मुखिया,टीकाबीर राई, टारजंग साङपाङ, पूर्णकुमार राई, सञ्जय बान्तवा, नबेन्द्र लिम्बु, दीपेन्द्र राई, रामकुमार चाम्लिङ, विवेक मुकारुङ, टीकामाया राई, मेखबहादुर लिम्बु, रन्जली राई, नारदमणि हार्तम्छाली, नीरबहादुर याक्खा, सिक्तन राई, बिनिता इजम, लेखबिक्रम राई र हेमसेन जबेगू रहेका छन्।
Wednesday, July 15, 2009
संस्कृति कला प्रदर्शनीका कलाहरु
आज म साथीहरुलाई चित्रकला प्रदर्शनीतर्फ भ्रमणमा लैजादैछु। बबरमहलस्थित कला परिषदका हलका भित्ताभरि किराँत संस्कृतिमा आधारित चित्रहरु झुण्डिएका। जहाँ किराँती सृष्टिकर्ता तथा किराँतीहरुको इष्ट देवता सुम्निमा पारुहाङका अनेक रुप, किराँती रहनसहन, परम्परा, जीवनशैलीलाई चित्रमा उतारिएको देख्न सकिन्थ्यो। असार २५ (जुलाई ९) देखि ३० सम्म उक्त चित्रकला प्रदर्शनी चलेको थियो। २४ जना किराती कलाकारहरुको सक्रियतामा विभिन्न शिर्षकका लगभग ४८ ओटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो। "किरात ललितकला समाज"ले आयोजना गरेको संस्कृति कला प्रदर्शनीमा राखिएका चित्रहरुले किराँतीहरुको संस्कार/चाड, जनजीवन तथा पृष्ठभूमिलाई जीवित राखेको अनुभूति दिन्थ्यो। किराँतीहरुको नियतिलाई समेत चित्रमा उनिएको देखिन्थ्यो। किराँतीको नियति बनेको लाहुरे संस्कृतिलाई कलात्मक ढाँचामा उतारिएको एउटा कला थियो। त्यसतर्फ इशारा गर्दै कलाकार रतनकुमार राईले आगन्तुक (मलगायत अरु)को राय जान्न खोज्नुभोः 'यो कलाको के माने होला तपाईको नजरमा? किन हुपसियो लगाइयो होला? अथवा यो कलालाई हेर्दा के गर्या होला यस्तो भन्ने होला?' साँच्चै नै प्रदर्शनीमा राखिएका चित्रकलामा धेरै कुराहरु समेटिएको थियो। क्यामेरामा कैद गरेरको चित्रहरुमध्येका केही चित्रहरु हेरौ अहिलेलाई।
ऊन कात्दै गरेको किराती महिला। अहिले राडी पाखी बुन्ने, तान बुन्नेलगायतका किरातीहरुका मौलिक सीपहरु लोप हुँदै गइरहेको अवस्था छ।
कलाकारको सृजनशीलताः रुखको टोड्कामा बसको सुम्निमा।
कलाकार रतन कुमार राई आफ्नो चित्रमा उठेको जिज्ञासाप्रति जानकारी दिँदै।
कलाकारको कलाकारिताः किराती ईष्टदेवता सुम्निमा र पारुहाङ।
यो चित्रमा के देखिन्छ? राम्ररी हेर्नुस् है। घ्याम्पोभित्रको किराती संसार बाहिरी संसारबाट बिल्कुलै बेखबर! बिन्दास घ्याम्पो संस्कृति!
जन्मदेखि मरणसम्मको किराती संस्कारमा नभई नहुने जाँड छान्दै किराती महिला। यो भन्दा माथिको चित्रले किराती संस्कारभित्र झाँगिएको राजनीतिक तथा कुटनीतिक तिक्ततालाई मार्मिक रुपमा उधिनेको छ। तर यो चित्रले किराती मौलिक संस्कारको सुन्दर रुप बोकेको छ।
यो चित्रमा खुट्टा तान्ने प्रवृत्तिलाई कलात्मक ढंगमा देखाइएको छ। र यो प्रवृत्ति हरेक ठाउँ, वर्ग, जाती, समुदायमा पाइन्छ।
नोटः कलाकार स्वयंले माथिका चित्रहरुमा शिर्षक राखेको भएपनि मैले मेरै अनुरुप यहाँ क्याप्सन राखिदिएको छु। उक्त चित्रकला प्रदर्शनीका कलाकारहरुः अर्जुन खालिङ, किरणकुमार सिगु, धनबहादुर याक्खा, रतनकुमार राई, शान्तकुमार राई, प्रतिमा राई, टेकबीर मुखिया,टीकाबीर राई, टारजंग साङपाङ, पूर्णकुमार राई, सञ्जय बान्तवा, नबेन्द्र लिम्बु, दीपेन्द्र राई, रामकुमार चाम्लिङ, विवेक मुकारुङ, टीकामाया राई, मेखबहादुर लिम्बु, रन्जली राई, नारदमणि हार्तम्छाली, नीरबहादुर याक्खा, सिक्तन राई, बिनिता इजम, लेखबिक्रम राई र हेमसेन जबेगू रहेका छन्।
नोटः कलाकार स्वयंले माथिका चित्रहरुमा शिर्षक राखेको भएपनि मैले मेरै अनुरुप यहाँ क्याप्सन राखिदिएको छु। उक्त चित्रकला प्रदर्शनीका कलाकारहरुः अर्जुन खालिङ, किरणकुमार सिगु, धनबहादुर याक्खा, रतनकुमार राई, शान्तकुमार राई, प्रतिमा राई, टेकबीर मुखिया,टीकाबीर राई, टारजंग साङपाङ, पूर्णकुमार राई, सञ्जय बान्तवा, नबेन्द्र लिम्बु, दीपेन्द्र राई, रामकुमार चाम्लिङ, विवेक मुकारुङ, टीकामाया राई, मेखबहादुर लिम्बु, रन्जली राई, नारदमणि हार्तम्छाली, नीरबहादुर याक्खा, सिक्तन राई, बिनिता इजम, लेखबिक्रम राई र हेमसेन जबेगू रहेका छन्।
Labels:
भ्रमण- तस्बीर
Sunday, July 05, 2009
कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...
हामी कुटीको छेउछाउ सम्म पुग्यौँ। असजिलो लाग्दालाग्दै पनि यसो चियाएर हेर्यौँ। चियाउँदाखेरी एकजना आधावैसे देखिने कपाल पालेको लोग्नेमान्छे कालो कपडाको धोती मात्रै बेरेर ब्वाङ ब्वाङ धुवाँ उडाउर हुक्का तान्दै गरेको देखियो। साथीले भन्योः यो ठाउँ त डेन्जर जस्तो छ है, अब फर्किउँ। साँचै नै हुस्सु लागेको याम थियो। कुटीको शिरबाट धुवाँ निस्केको देखिन्थ्यो। बेलाबेलामा मान्छेको खल्याङबल्याङ आवाज झिनो आवाजमा सुनिन्थ्यो। त्यत्तिकैमा हामी जुन बाटो झरेका थियौ त्यही बाटो उकालो चढ्यौँ।
केही महिनाअघि म त्यही गुफा छेउछाउ गए। बाग्मति नदीको किनारलाई माथि उठाएर गुफामा आउने-जाने बाटो बनाउने कार्य भइरहेको थियो त्यसबेला। मोबाइलबाट मैले फोटो खिचे। तर त्यसबेला पनि गुफाभित्र गइएन। अचानक हिजो दुईजना साथीहरुलाई मैले त्यहाँ पुर्याए- मर्निङ वाक र पशुपति दर्शनको बहानामा।
म कुरा गर्दैछु पशुपतिनाथ मन्दिर र कैलाश डाँडाको आडैमा रहेको सातगुफा नामले पुकारिने स-साना गुफाको बारेमा। जुन कैलाश डाँडाबाट मृगस्थली जंगलतर्फ हेर्दा तल बाग्मतितिर जाने खुड्किला बाटो हुँदै झर्नुपर्छ। र अहिले पशुपतिको कलीको मूर्ति भएको बाटोबाट सोझै जान मिल्ने सजिलो बाटो पनि बनाइसकिएको रहेछ (दिशाङ्कन गर्ने खुबी नभएकोले यसरी व्यक्त गर्दैछु। नबुझिएको खण्डमा माफ पाउँ है)। त्यहाँ रहेको सातवटा गुफाहरुमध्ये एकाधमा प्रवेश निषेध रहेछ। जहाँ जहाँ पस्न पाइन्छ ती गुफाहरुमा पसेर, गुफाका बासिन्दासँग गफ गरेर फर्कियौ हामी। हामी बाँचेकै संसारको एउटा अंश थियो त्यहाँ।
गुफाको मुखैमा गएर सूर्यको प्रतिबिम्ब अंकित सानो द्वारलाई समाएर 'भित्र पस्न मिल्छ?' भन्दै म सोध्छु।
साथीहरु अप्ठ्यारो मान्दै अलिक पर उभिएका थिएँ। तैपनि म उनीहरुकै उपस्थितिलाई आड मानेर गुफाभित्र छिर्ने साहस गर्दैछु। बाहिरबाट हेर्दा भित्र अँध्यारोमा एउटा दियो पिलपिल बलेकोबाहेक केही देखिन्नथ्यो। तर मेरो मोबाइलबाट खिचेको यो तस्बीरमा त्यो दियो देखिएन। मान्छे खोकेको आवाज सुनेर मैले अनुमति मागेको थिएँ। 'किन नमिल्नु' बृद्ध आवाजले अनुमति दिएपछि म छाम्छाम् छुम्छुम् गर्दै भित्र छिरे। गुफाभित्र आगन्तुक बस्ने ठाउँ पनि रहेछ। ती बृद्धको संसार त्यही गुफा रहेछ। गुफाभित्र लक्ष्मीको मूर्ति बीचमा छेउछेउमा हनुमान र गणेशको मूर्ति उभिएका थिएँ। त्यही लक्ष्मीको अघि राखिएको पालाको दियो पिलपिलाएको रहेछ। भित्र बस्दै जाँदा सबै कुरा स्पष्ट देखिन थाल्यो। वरपर नियालेर हेर्यौ। साढे पाँच फिटजति अग्लो उक्त गुफाभित्र चकले मन्त्रहरु कोरिएको थियो। कहिलेकाहीँ विदेशीहरुले पनि ध्यान गर्न आउने गरेको जानकारी उक्त गुफामा बस्ने बृद्धले दिए। कोही कोही त सिर्फ गाँजा खानकै लागि भएपनि गुफामा बस्ने गरेको पनि सोही बृद्धबाट थाहा पाइयो। त्यहाँ बस्दाबस्दै तीनजना पुरुष स्वर सुनियो। पहिलो 'यहाँभित्र त मान्छे बोलेको झैँ सुनिन्छ नि', दोस्रो 'चप्पल बाहिरै छ नि त। हामी नि एकपल्ट हेर्ने कि?', तेस्रो, 'भो भो फर्किउँ'। सायद संकोच र असजिलोपन लिएर उनीहरु फर्किए। हामी चाहि गफ गर्दै निकैबेर बस्यौँ।
त्यसपछि अन्य गुफातिर लाग्यौँ। त्यहाँ हरेक गुफाको आ-आफ्नै संरक्षक र हेरचाह गर्ने मान्छे रहेछन्। साथै हरेक गुफामा कुनै न कुनै भगवान्को मूर्ति पनि।
कुनै गुफा सोझै छिर्नपर्ने। कोही चाही ओरालो झरेर छिर्नपर्ने। केही गुफाभित्र ध्यान गर्नको लागि राम्रो व्यवस्था गरिएको थियो। काठ, पराल या खोसेल्टाको पीरा अनि चकटीहरु बस्न मिल्ने दुरीमा राखिएको। हरेक गुफाभित्र बिना आकारका ढुंगाहरुलाई देवता मानेर पूजिएको देखिन्थ्यो।
टाइगर बाबाको अनुमति लिएर गुफाको संरक्षक बन्न पाइने रहेछ। टाइगर बाबा जो एकपल्ट निकै चर्चामा पनि आएका थिएँ। उनी मांसाहारी रहेछन्। छ महिना सिर्फ हावा मात्रै खाएर बाँच्छन् रे अनि छ महिना मासु। त्यसैले पनि उनी टाइगर बाबाको उपनामले चिनिएका होलान्। हाल चाहि टाइगर बाबाको अनुयायीको रुपमा रहेका 'महाराज' सम्बोधनले पुकारिने एकजना आधाबैसे व्यक्ति रहेछन्। लामा कपाल, कालो कपडाको धोती बेरेका, निधारमा कालो टीका लगाएका। उनी मात्रै बस्ने गरेको भन्ने थाहा हुने एउटा बस्ने आसन। आसनसँगैको भित्तामा मान्छेको खोपडी अनि निकै पुराना देखिने त्रिशुल, रुद्राक्षको मालालगायतका चीजहरु थिएँ। आसन अगाडि धप्धपी आगोको राप भएको चुल्हो, जहाँ बडेमानको अगुल्टो झोँसिएको थियो।
यो तस्बीरमा देखिएको गुफाभन्दा केही माथि उक्लेपछि महाराज बस्ने आसन र मैले माथि उल्लेख गरेको सबैचीज देख्न पाइन्छ। साथै ध्यान गर्ने अर्को गुफा पनि। बिहानीपखको समय। हामी पुग्दा ती महाराज पलेटी कसेर केही मन्त्र मनमनै फलाक्दै थिएँ। केहीबेरमै उनले आँखा खोले। अनि पलेटी कसेरै गाँजा तान्न थाले। उनलाई गाँजा तान्न तयार पारीदिने अर्का दुईजना सहयोगी थिए।
महाराजलाई म बेलाबेलामा प्रश्न सोध्थे। महाराज चुपचाप छन्। ती दुईजनामध्ये घरी एकले घरी अर्कोले उत्तर दिन्थे। कुरा लम्ब्याउने मन नभएर होला 'महाराजलाई यस्तो कुरामा चासो नै छैन' भन्थे। घरी उत्तरै दिँदैनथे। तर बीचबीचमा महाराज अनि गाँजाको प्रशंसा गर्न चुक्दैनथे। ती सहयोगीहरुले हामीलाई चिया खाएरै जाने अनुरोध गरे। शुरुमा पसेको गुफाभित्र बृद्धसँग गफिदा जुन खालको निर्धक्कपना या विश्वास थियो त्यो अहिले हराएको थियो हामी तीनैजनामा। तैपनि उनीहरुको अनुरोधलाई स्वीकार्दै हामीले चिया खायौँ अनि त्यहाँबाट बाटो लाग्यौ। फर्किदै गर्दा बाटोमा एउटा साथी आफ्नो संकोच र त्रास व्यक्त गर्दैथियो 'चियामा त्यस्तो केही त हालेर दिएन होला नि? मलाई त कस्तो झुम्म भएर आयो'। अर्का पुरुष साथीले भने 'पहिले कहिले गाँजा चाखेको या त्यसको गन्ध सुँघेको थियो?', 'छैन', 'गाँजाको गन्धले त्यसो भाको हो। चिया त हाम्रै आँखा अगाडी बनाएर देको हैन र?' हामीलाई आश्वास्त पार्दै उनले भने।
५ वर्ष जति अगाडि होला घुम्दै गर्दा पहिलोपल्ट म त्यस गुफाको आसपास पुगेको। त्यहाँ गुफा या भिरको भित्तमा अडिएको मान्छे बस्ने कुटी होलान् भन्ने कल्पना नै थिएन। त्यसैले म आश्चर्यमा परे त्यसबेला। त्यसबेला त्यहाँ देखिएका कुटीहरुभित्र छिर्ने आँट थिएन ममा। न त मसँगै हिडेको साथीको नै थियो। भित्तामा टाँसिएका स-सानो प्वालझैँ देखिने द्वारबाट फुत्त फुत्त मान्छे बाहिर भित्र गरेको देखिन्थ्यो। यहाँ नि हामीजस्तै मान्छे बस्दा रहेछन् भन्ने लाग्यो त्यसबेला। साधारण कल्पना या सोचाईमा त्यहाँ भयंकर लट्टाधारी साधुबाबा- जो रहनसहन या लवाईखवाईमा हामी भन्दा पृथक हुन्छन्,हरु बस्दाहुन् भन्ने थियो। जो नितान्तै शान्त र एक्लो जीवन यापन गर्न अभ्यस्त भएका हुन्छन्। जो त्यतिबेला अनेकओली अनुमान गर्दै एकआपसमा कुराकानी गर्दै टाढैबाट हेरेर फर्कियौँ। तर त्यसपछिको दिनमा पनि कुटीभित्र के रहेछ भन्ने कौतुहलता मनमा छँदैथियो। र बेलाबेलामा ती पहरामा टाँसिएका गुफाहरुको आसपास गएर जिज्ञासु भएर हेर्थे। पहिलोपल्ट गुफाभित्र छिरियो र केही हदसम्म जिज्ञासा मेटियो।
केही महिनाअघि म त्यही गुफा छेउछाउ गए। बाग्मति नदीको किनारलाई माथि उठाएर गुफामा आउने-जाने बाटो बनाउने कार्य भइरहेको थियो त्यसबेला। मोबाइलबाट मैले फोटो खिचे। तर त्यसबेला पनि गुफाभित्र गइएन। अचानक हिजो दुईजना साथीहरुलाई मैले त्यहाँ पुर्याए- मर्निङ वाक र पशुपति दर्शनको बहानामा।म कुरा गर्दैछु पशुपतिनाथ मन्दिर र कैलाश डाँडाको आडैमा रहेको सातगुफा नामले पुकारिने स-साना गुफाको बारेमा। जुन कैलाश डाँडाबाट मृगस्थली जंगलतर्फ हेर्दा तल बाग्मतितिर जाने खुड्किला बाटो हुँदै झर्नुपर्छ। र अहिले पशुपतिको कलीको मूर्ति भएको बाटोबाट सोझै जान मिल्ने सजिलो बाटो पनि बनाइसकिएको रहेछ (दिशाङ्कन गर्ने खुबी नभएकोले यसरी व्यक्त गर्दैछु। नबुझिएको खण्डमा माफ पाउँ है)। त्यहाँ रहेको सातवटा गुफाहरुमध्ये एकाधमा प्रवेश निषेध रहेछ। जहाँ जहाँ पस्न पाइन्छ ती गुफाहरुमा पसेर, गुफाका बासिन्दासँग गफ गरेर फर्कियौ हामी। हामी बाँचेकै संसारको एउटा अंश थियो त्यहाँ।
गुफाको मुखैमा गएर सूर्यको प्रतिबिम्ब अंकित सानो द्वारलाई समाएर 'भित्र पस्न मिल्छ?' भन्दै म सोध्छु।
साथीहरु अप्ठ्यारो मान्दै अलिक पर उभिएका थिएँ। तैपनि म उनीहरुकै उपस्थितिलाई आड मानेर गुफाभित्र छिर्ने साहस गर्दैछु। बाहिरबाट हेर्दा भित्र अँध्यारोमा एउटा दियो पिलपिल बलेकोबाहेक केही देखिन्नथ्यो। तर मेरो मोबाइलबाट खिचेको यो तस्बीरमा त्यो दियो देखिएन। मान्छे खोकेको आवाज सुनेर मैले अनुमति मागेको थिएँ। 'किन नमिल्नु' बृद्ध आवाजले अनुमति दिएपछि म छाम्छाम् छुम्छुम् गर्दै भित्र छिरे। गुफाभित्र आगन्तुक बस्ने ठाउँ पनि रहेछ। ती बृद्धको संसार त्यही गुफा रहेछ। गुफाभित्र लक्ष्मीको मूर्ति बीचमा छेउछेउमा हनुमान र गणेशको मूर्ति उभिएका थिएँ। त्यही लक्ष्मीको अघि राखिएको पालाको दियो पिलपिलाएको रहेछ। भित्र बस्दै जाँदा सबै कुरा स्पष्ट देखिन थाल्यो। वरपर नियालेर हेर्यौ। साढे पाँच फिटजति अग्लो उक्त गुफाभित्र चकले मन्त्रहरु कोरिएको थियो। कहिलेकाहीँ विदेशीहरुले पनि ध्यान गर्न आउने गरेको जानकारी उक्त गुफामा बस्ने बृद्धले दिए। कोही कोही त सिर्फ गाँजा खानकै लागि भएपनि गुफामा बस्ने गरेको पनि सोही बृद्धबाट थाहा पाइयो। त्यहाँ बस्दाबस्दै तीनजना पुरुष स्वर सुनियो। पहिलो 'यहाँभित्र त मान्छे बोलेको झैँ सुनिन्छ नि', दोस्रो 'चप्पल बाहिरै छ नि त। हामी नि एकपल्ट हेर्ने कि?', तेस्रो, 'भो भो फर्किउँ'। सायद संकोच र असजिलोपन लिएर उनीहरु फर्किए। हामी चाहि गफ गर्दै निकैबेर बस्यौँ। त्यसपछि अन्य गुफातिर लाग्यौँ। त्यहाँ हरेक गुफाको आ-आफ्नै संरक्षक र हेरचाह गर्ने मान्छे रहेछन्। साथै हरेक गुफामा कुनै न कुनै भगवान्को मूर्ति पनि।
कुनै गुफा सोझै छिर्नपर्ने। कोही चाही ओरालो झरेर छिर्नपर्ने। केही गुफाभित्र ध्यान गर्नको लागि राम्रो व्यवस्था गरिएको थियो। काठ, पराल या खोसेल्टाको पीरा अनि चकटीहरु बस्न मिल्ने दुरीमा राखिएको। हरेक गुफाभित्र बिना आकारका ढुंगाहरुलाई देवता मानेर पूजिएको देखिन्थ्यो। टाइगर बाबाको अनुमति लिएर गुफाको संरक्षक बन्न पाइने रहेछ। टाइगर बाबा जो एकपल्ट निकै चर्चामा पनि आएका थिएँ। उनी मांसाहारी रहेछन्। छ महिना सिर्फ हावा मात्रै खाएर बाँच्छन् रे अनि छ महिना मासु। त्यसैले पनि उनी टाइगर बाबाको उपनामले चिनिएका होलान्। हाल चाहि टाइगर बाबाको अनुयायीको रुपमा रहेका 'महाराज' सम्बोधनले पुकारिने एकजना आधाबैसे व्यक्ति रहेछन्। लामा कपाल, कालो कपडाको धोती बेरेका, निधारमा कालो टीका लगाएका। उनी मात्रै बस्ने गरेको भन्ने थाहा हुने एउटा बस्ने आसन। आसनसँगैको भित्तामा मान्छेको खोपडी अनि निकै पुराना देखिने त्रिशुल, रुद्राक्षको मालालगायतका चीजहरु थिएँ। आसन अगाडि धप्धपी आगोको राप भएको चुल्हो, जहाँ बडेमानको अगुल्टो झोँसिएको थियो।
यो तस्बीरमा देखिएको गुफाभन्दा केही माथि उक्लेपछि महाराज बस्ने आसन र मैले माथि उल्लेख गरेको सबैचीज देख्न पाइन्छ। साथै ध्यान गर्ने अर्को गुफा पनि। बिहानीपखको समय। हामी पुग्दा ती महाराज पलेटी कसेर केही मन्त्र मनमनै फलाक्दै थिएँ। केहीबेरमै उनले आँखा खोले। अनि पलेटी कसेरै गाँजा तान्न थाले। उनलाई गाँजा तान्न तयार पारीदिने अर्का दुईजना सहयोगी थिए। महाराजलाई म बेलाबेलामा प्रश्न सोध्थे। महाराज चुपचाप छन्। ती दुईजनामध्ये घरी एकले घरी अर्कोले उत्तर दिन्थे। कुरा लम्ब्याउने मन नभएर होला 'महाराजलाई यस्तो कुरामा चासो नै छैन' भन्थे। घरी उत्तरै दिँदैनथे। तर बीचबीचमा महाराज अनि गाँजाको प्रशंसा गर्न चुक्दैनथे। ती सहयोगीहरुले हामीलाई चिया खाएरै जाने अनुरोध गरे। शुरुमा पसेको गुफाभित्र बृद्धसँग गफिदा जुन खालको निर्धक्कपना या विश्वास थियो त्यो अहिले हराएको थियो हामी तीनैजनामा। तैपनि उनीहरुको अनुरोधलाई स्वीकार्दै हामीले चिया खायौँ अनि त्यहाँबाट बाटो लाग्यौ। फर्किदै गर्दा बाटोमा एउटा साथी आफ्नो संकोच र त्रास व्यक्त गर्दैथियो 'चियामा त्यस्तो केही त हालेर दिएन होला नि? मलाई त कस्तो झुम्म भएर आयो'। अर्का पुरुष साथीले भने 'पहिले कहिले गाँजा चाखेको या त्यसको गन्ध सुँघेको थियो?', 'छैन', 'गाँजाको गन्धले त्यसो भाको हो। चिया त हाम्रै आँखा अगाडी बनाएर देको हैन र?' हामीलाई आश्वास्त पार्दै उनले भने।
५ वर्ष जति अगाडि होला घुम्दै गर्दा पहिलोपल्ट म त्यस गुफाको आसपास पुगेको। त्यहाँ गुफा या भिरको भित्तमा अडिएको मान्छे बस्ने कुटी होलान् भन्ने कल्पना नै थिएन। त्यसैले म आश्चर्यमा परे त्यसबेला। त्यसबेला त्यहाँ देखिएका कुटीहरुभित्र छिर्ने आँट थिएन ममा। न त मसँगै हिडेको साथीको नै थियो। भित्तामा टाँसिएका स-सानो प्वालझैँ देखिने द्वारबाट फुत्त फुत्त मान्छे बाहिर भित्र गरेको देखिन्थ्यो। यहाँ नि हामीजस्तै मान्छे बस्दा रहेछन् भन्ने लाग्यो त्यसबेला। साधारण कल्पना या सोचाईमा त्यहाँ भयंकर लट्टाधारी साधुबाबा- जो रहनसहन या लवाईखवाईमा हामी भन्दा पृथक हुन्छन्,हरु बस्दाहुन् भन्ने थियो। जो नितान्तै शान्त र एक्लो जीवन यापन गर्न अभ्यस्त भएका हुन्छन्। जो त्यतिबेला अनेकओली अनुमान गर्दै एकआपसमा कुराकानी गर्दै टाढैबाट हेरेर फर्कियौँ। तर त्यसपछिको दिनमा पनि कुटीभित्र के रहेछ भन्ने कौतुहलता मनमा छँदैथियो। र बेलाबेलामा ती पहरामा टाँसिएका गुफाहरुको आसपास गएर जिज्ञासु भएर हेर्थे। पहिलोपल्ट गुफाभित्र छिरियो र केही हदसम्म जिज्ञासा मेटियो।
Labels:
संस्मरण
Tuesday, June 23, 2009
i do very small thing
'तपाई पत्रकार हो?'
'हैन।'
'अनि यत्तिका फोटो केका लागि खिच्नुभएको?'
'मन परेर।'
झोलाभित्रबाट क्यामेरा निकालेर आफूलाई मन परेको ठाउँ, दृश्य या कार्यक्रममा फोटो कैद गर्दाखेरी छेउछाउका अपरिचित या सामान्य हाइ हेलो चल्ने मान्छेहरुले सोध्ने र मैले दिने उत्तर यही हुन्छ प्राय। यसो सोचेर ल्याउँदा म आफैले आफैलाई सोध्ने गरेकै रहेनछु कि वास्तवमा म केको लागि फोटो खिच्छु? र ती फोटोहरुलाई के गर्छु? कुनै योजना बिना नै म फोटो खिच्छु। हुन त मसँग त्यत्तिका विधि राम्रा र लायकका फोटा पनि हुन्नन्। कामचलाउँकै हालीमुहाली हुन्छ।
फोटो खिचेको त देखिन्छ। यिनीहरुलाई के गर्नुहुन्छ तपाई? सहकर्मीहरुले पनि यदाकदा सोध्ने गर्छन् मलाई।
भेरी सिम्पल। फोटो खिचेपछि सेभ वा डिलिट/कट गर्छु। मेरो सोझो जवाफ यस्तो हुन्छ।
हुन पनि हो नि। खिचेकामध्येमा केही मन परेकाहरुलाई सँगालेर राख्छु। भन्नाको मतलब सेभ गरेर राख्छु। बाँकीलाई पनि केही त अवश्य गर्छु- डिलिट या कट। त्यसबाहेक त के गर्छु भन्नेबारेमा म आफैलाई शुरुमै कहाँ थाहा हुनु र?
ब्लग छ, फेसबुक छ, अनि के को पीर नि जाबो फोटो तह लगाउनलाई कि कसो? मेरो समर्थन खोज्दै अर्का सहकर्मीले कुरा लम्ब्याउँने चेष्टा गर्छन्। भन्नैपर्ने केही छ भन्ने लाग्दैन। प्रतिउत्तरमा मुस्काउँछु मात्रै।
यो ब्लग, फेसबुक भन्ने कुराहरुले मजाले मानिसको 'टाइम किल' गरीरा'छ नि, थाहा छ के? इट्स नट अ प्रोडक्टिभ काइन्ड अफ वर्क। अर्को साथीले आफ्नो विचार यसरी पोख्छ।
वास्तवमा मनन गरेर हेर्दा यो कुरा साँचो हो यार! अर्कोले सहमति जनाउँछ।
देशमा कत्रो कत्रो उथलपुथल भइरा'छ। कस्ता कस्ता घटनाहरु भइरा'छन्। राजनीतिक माहौल क्या तात्तिएको तात्तिएकै छ। सेलाउँनै नपाएर रन्केको रन्केकै छ। दुनियाँदारीहरुले ठूल्ठूला गफ हाँकेर, छाँटेर देश खाईसकेको बेला छ। त्यसबारेमा चाहिँ कुटीमा केही हुन्न। देश खान नसकेपनि आफ्नो दुनो सोझ्याउनमा तम्सेका छन्। तात्तातो बहसका कुरालाई समातेर आफुपनि तातिएका छन्। आन्दोलित भएका छन्। तर म के गर्दैछु? म चाहिँ ब्लगमा अन्ठासन्ठा लेख्दै अल्मलिएर बसेको छु। झिनामसिना, रौँसरी कुराहरुमा दिमाग खेलाएर बसेको छु। यस्तै यस्तै सेन्स बोकेका कुराहरु सुन्न पाउँनु मेरो अहोभाग्य हो। किनकी यी सबै ब्लगिङको कमाल हो नि त। ब्लगिङको अर्को कमाल पनि छ। कहिलेकाही साथीहरु कुरैकुरामा मलाई गिज्याएर यस्सै जिस्काउँने गर्छन् (खै! प्रोत्साहन दिएका हुन् कि के गरेका हुन् त्यो चाहि खुट्याउनै बाँकी छ)- जे पायो त्यही बोल्ने अनि गर्ने हैन। खासगरी कैलाश पनि भएको बेला। के था कुनबेला कैलाशको कुटीमा छिरिएला कुनै शिर्षकमा खुराकको शोभा बढाउँदै! (हाँसो गुञ्जिन्छ एकपल्ट)।
राजनीतिमा मात्रै चासो राख्नेहरुको लागि मेरो कुटीको खुराक काम लाग्दैन। उनीहरुको नजरमा 'टाइम खेर जाने'कै कोटीमा पर्न सक्छ। राजनीति फोहोरी खेल हो भन्ने कुरा सुन्दा सुन्दा कान बुढो हुन लाग्यो। फोहोरी पनि कस्ले बनाएको रहेछ र? हामी या नि कि यही देशका नागरिक/नेताहरुले त रहेछ भन्ने कुरा बुझ्दैछु अहिले। तात्तातो बहस बनेका घटनाहरु प्रायजसो सबै राजनीतिक दाउँपेचकै देन न हुन्। हुन त त्यसप्रति आँखा चिम्लेर कसरी बस्न सक्नु र खै! बाबुराम भट्टराई अर्थमन्त्री हुँदाताका उनी प्रमुख अतिथि बनेको स्ववियू निर्वाचनसम्बन्धी एउटा कार्यक्रममा ब्लगर मित्र बसन्त बलामीजीसँग अचानक भेट भयो। उनले भनेका थिए- तपाईलाई यस्तो कार्यक्रममा पनि चाख होला भन्ने लाग्दैन। तपाई यहाँ भेटिनु मेरो लागि अचम्म झैँ लाग्यो। तपाईको ब्लग हेर्दा राजनीतिक कुरा कहीँ हुन्न। साविकझैँ मुस्काएर मैले भने- अब चाहिँ के लाग्यो त? उनले पनि मुस्काउँदै भने- यतिमै त के थाहा हुनु र? आगामी दिनमा कसो थाहा नहोला। हो, मेरो ब्लगमा राजनीतिक कुराहरुको थातथलो एकदमै कमजोर भएकोले पनि मलाई स-सानो कुरामा अल्झिएर बसेको भन्ने केही साथीहरुको मूल्याङ्कन हो। अनि अर्को चाहि ब्लगिङ गरेर बेकारमा समय खेर फालेको भन्ने बुझाई पनि हो। यस्तै एउटा प्रसंगः
'ब्लगिङ कस्तो चल्दैछ?'
'नट् ब्याड।'
'ब्लगिङबाट केही उपति पनि छ कि?'
'तपाईले भन्या जस्तो उपति त केही छैन र हुन्न पनि।' घुमाउरो प्रश्न भएनि सोझै उत्तर दिन्छु म।
'त्यसो भा किन गर्ने त? त्यत्ति समय खर्चेर अन्यत्रै वैकल्पिक बाटाहरु समाए भो नि हैन?'
'हो नि, जत्ति पनि हुन्छ किन नहुनु र?'
(केही महिनापछि पुनः भेट हुन्छ कुनै एउटा कार्यक्रममा)
आजकाल के गर्दै नि? उपति हुने कामतिर पनि छिरियो कि यथावतै हो नि?
मुसुमुसु मुस्काएर मुस्कानमात्रै दिइरहन्छु। जवाफस्वरुप। कुरा बुझीहाल्छन् उनले। अनि सोच्दोहुन् मनमनै 'फोकटीया कामकाजमा के मन अडिएको होला? कामका मान्छे रैनछन्'।
ब्लगमा लेख्दालेख्दै फेसबुकमा एक मित्रले सोधेका छन्- 'हाई! के गर्दै नि? '
'यही सोच्दैछु कि खासमा म के गर्दैछु?' ब्लगमा लेख्दै गरेको कुराको धङ्धङी पोख्छु म।
'हाहाहाहा...' कुराको मतलब बुझेरै ति मित्रको हाँसो छुटेको त पक्कै पनि हैन भन्ने लाग्छ मलाई।
'हैन, खुस्कियो कि क्याहो!' मेरो ठम्याई साँचो रहेछ।
'मिलेर कसौला नि...'
'ए! हैन रहेछ।'
'हाहाहाहा...' हास्ने पालो मेरो।
पहिलो कुरा त उपति गर्नलाई ब्लगिङ गरेकै हैन मैले। न त उपति गरुँला भनेरै फोटो खिच्ने गर्छु म। मन लाग्छ अनि यसै गरिदिन्छु। कतिपय कुराहरुको प्रत्यक्ष लाभ देखिन्नन्। तर त्यसको महत्व बुझ्ने हो भने कतै न कतै, कुनै न कुनै किसिमको लाभ अवश्य हुन्छ। ब्लगरहरुले ब्लगिङ गरेर ढ्याक्कै मापन गर्ने गरी उपति नगर्लान् भनेर भन्न सकिन्न। तर म जस्ताहरुको हकमा यो धेरै हदसम्म लागू हुन सक्दैन। जहाँ, जे गरेपनि त्यसको ठुलै प्रतिफल र आकार प्रकार अनि आयस्रोत हुनैपर्ने नत्र गरेको कामको महत्व नहुने या महत्व नदिइनु आजकालको बजारीकरण र परिवर्तिन रहनसहनको प्रभाव पनि हो। बिकाउँ चिजको आफ्नै महत्व छ। तर त्यो बाध्यताभित्रै पनि हामी मनुवाको मन, रुचि, चाहना-भावना र संवेदनाहरु पनि त जिवितै छन् नि। ती जिवित पक्षहरु विभिन्न तरिकाले अभिव्यक्त गरिएलान्/होलान्। मेरो हकमा भन्नुपर्दाखेरी त्यही अभिव्यक्तिकै एउटा स्वरुप हो मेरो ब्लगिङ या फोटोग्राफी। मेरो रुचि र दिनचर्याका कुरा, मन मस्तिष्क र अवलोकनका कुरा अभिव्यक्त गर्ने एउटा सजिलो र सरल शैली अनि माध्यम हो ब्लगिङ।
खासमा म झिनामसिना कुराहरु नै गर्ने गर्छु। त्यस्तै स-साना कुराहरु नै लेख्ने गर्छु। देशमा बढिया-बढिया उथुलपुथुल भइराखेकै छ, एकपछि अर्को गर्दै। कहिलेकाहीँ त तँछाडमछाड नै पर्छ। सामान्य नागरिकको दिनचर्यामा, जीवनमा त्यसको प्रभाव पर्दैन भनेर कसरी भन्नु! तिनको सामुन्ने तिलझैँ लाग्ने कुराहरुप्रति म चासो राख्छु। किनकी म एक आम अनि साधारण मान्छे हुँ। अनि ति कुराहरु मेरो जीवन, भोगाईहरुसँग साह्रै नै घुलमेल भएर बसेका छन्। राजनीतिक उथुलपुथुलको भयंकर सञ्जाल हेर्ने मेरो दृष्टि अलिक कमजोर छ। सबै कुरा सबैको रुचिको विषय पक्कै हुँदैनन्।
यहाँ माथिकै प्रसंगलाई गाँस्छु पुनः
केही महिनापछि फेरी कुनै चोकमा झम्का भेट हुन्छ- 'आजकाल के गर्दै?' उनको आशय अरु नै हुन पनि सक्थ्यो। तर मैले त्यसलाई अघिल्लो भेटको कुराकानीसँग जोड्न चाहे।
'खासमा i do very small thing'। 'यसलाई अलिक कडा शब्दमा भन्नुपर्दाखेरी 'im doing nothing' भन्न नि सकिने हुन आउँछ- अवस्थाअनुसार।'
'मतलब उही ब्लगिङ?' फिस्स हाँसो छाड्दै।
'हो, ब्लगिङ।'
Happy Blogging!

ब्लगिङ
Friday, June 19, 2009
पलपलको हिसाब
हाम्रो नेपालको संविधान निर्माण कार्य कहिले रफ्तारमा हिडेझैँ हुने, कहिले टक्क अडिएर झोक्राएझैँ हुने, कहिले कुन दलको स्वार्थ र योजनाको मारमा पर्ने, कहिले कुन दलको अडान र उडानको चेपुवामा चेपिने क्रम निकै नै चल्यो। अझै पनि त्यस्तो क्रम नचल्ला भन्न मुस्किलै हुन्छ। देशकै मूल कानून/संविधान बनाउने काम हो सजिलो त कहाँ होला र? त्यही माथि हाम्रोजस्तो हरेक कुरामा विविधताले गाँजिएको मुलुकमा। संविधान निर्माणको लागि तोकिएको समयावधिभित्र संविधान निर्माण होला या नहोला भन्ने आशंका धेरैजसोको मनमा खेलेको छ अहिले। संविधानसभाको संवैधानिक समिति (१), बिषयगत समिति (१०) र प्रक्रियागत समिति(३)गरी १४ वटा समितिहरुलगायतका थुप्रै अन्य कार्यक्षेत्रहरुमा (धेरथोर) काम चलिरहेकै छ। संविधान निर्माणमा जुटेका विविधतायुक्त पृष्ठभूमिका सभासद्हरुलाई संविधान बनाउने समय पलपल घटीरहेको कुरातर्फ दबाब दिने थुप्रै संयन्त्रहरु पनि उत्तिकै सक्रिय देखिन्छन्। अहिलेको प्रमुख काममध्ये समितिहरुले आ-आफ्नो मस्यौदा/अवधारणापत्र संविधानसभामा पेश गर्नु रहेको छ।
संविधानसभाको १० वटा विषयगत समितिमध्ये दुईओटा समितिले प्रारम्भिक मस्यौदाको प्रतिवेदन बुझाइसकेको छ। ती दुई समितिमा राष्ट्रिय हितको संरक्षण समिति र अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको हक, अधिकार संरक्षण समिति रहेका छन्। संविधान सभासद् र सचिवालयअन्तर्गतका व्यक्तिहरु त छँदैछन्। त्यसको अलावा विभिन्न विषयगत विज्ञ, आमजनताको सुझाव/प्रश्नावली, सामाजिक-राजनैतिक-धार्मिक-समुदायगत संघसंस्था/समूहहरुको राय-सल्लाह-सुझाब र सहभागिताको आधार टेक्दै यी दुबै समितिको मस्यौदा/अवधारणापत्र तयार भएको छ। यो कुरा मस्यौदापत्रमा नै उल्लेख भएको छ। राष्ट्रिय हितको संरक्षण समितिमा समितिका सभापति अमिक शेरचन तथा अल्पसंख्यक तथा सीमान्तीकृत समितिमा समितिका सभापति लालबाबु पण्डितलगायत ४३/४३ जनाको सदस्य समूह रहेका छन्।
चर्चाको विषय
१६ फागुन २०६५ बाट शुरु भएको १ महिने जनमत संकलनको कामको लागि ५७५ सभासद्हरुलाई ४० वटा टोलीमा विभाजन गरी प्रश्नावलीमार्फत जिल्ला-जिल्ला/गाउँ-गाउँमा गएर जनताको राय/सुझाब संकलनको कुरा निकै चर्चाको विषय बनेको थियो। प्रश्नावलीको सन्दर्भमा आम जनताको त के कुरा स्वयं विज्ञहरुलाई नै पनि प्रश्नावली भर्नलाई निकै घोरिनु/घोत्लिनुपर्ने र धेरै समय लाग्नेबारे चर्चापरिचर्चा नचलेको हैन। जसोतसो प्रश्नावली संकलन भइसकेपछि प्रश्नावलीको व्यवस्थापन र विश्लेषणको बारेमा पुनः चर्चा चल्यो। तथ्याङ्क विभागसँग तालमेल हुन नसक्दा सभासद्हरु स्वयंले प्रश्नावलीलाई जाँच गर्नुपर्ने भयो। तथ्याङ्क विभागको अनुसार ३७ करोडको लागतमा करिब ९ महिनाको अवधि लाग्ने अनुमान भएपछि उक्त कुरामा सहमति हुन सकेन। त्यसको विकल्पमा सचिवालयको सहयोगमा सभासद्हरुले नै प्रश्नावलीको जाँच गरेका थिए। यद्यपि कतिपय प्रश्नावलीहरु सभासद्का फुर्सदिला नातेदारहरुले समेत जाँच गरेको कुरा पनि चर्चामा नआएको भने हैन। थोरै आश्चर्यको कुरा गरौँ। तथ्याङ्क विभागले तोकेको समयावधिको तुलनामा सभासद्हरु आफैले प्रश्नावलीको अध्ययन तथा विश्लेषण गरेको समयमा आकाश पातालको फरक देखिन्छ। यसको उदाहरणमा मस्यौदापत्र पेश गर्ने माथिको दुई समितिहरुको बारेमा केही कुरा गरौँ। कसरी र कति समयसम्म काम गरेर मस्यौदापत्र तयार भयो भन्ने बारेमा मस्यौदापत्रमा प्रष्टसँग उल्लेख भएको छ। त्यसैतिर लागौँ अब।
पलपलको हिसाब
४० वटा स्थलगत भ्रमण टोलीमार्फत ४८,९८५ जना जनताबाट प्राप्त १६,८१,८५८ वटा सुझावहरु राष्ट्रिय हितको संरक्षण समितिको भागमा परेको थियो। जसलाई समितिले गहिरो अध्यन र छानबिन गरी बिबरण समेत प्रतिवेदनमा समावेश गरेको छ। त्यसको साथै यस समितिले १७ दिनमा १७८ घण्टा खटेर ५६,४८५ प्रश्नावलीको अध्ययन तथा विश्लेषण गरेको उल्लेख छ- प्रतिवेदनमा। यस समितिले २०६५ पुस १ देखि काम शुरु गरेर २०६६ जेठ ८ गतेका दिन प्रारम्भिक मस्यौदा पेश गरेको हो। यस हिसाबले ५ महिना ७ दिनभित्र यो समितिले आफ्नो प्रारम्भिक चरणको काम सकेको छ।
अल्पसंख्यक तथा सीमान्तीकृत समितिले पनि आफ्नो कार्यसम्पन्न गरेको पलपलको हिसाब निकालेको छ। प्रारम्भिक मस्यौदा निर्माणको लागि समिति तथा उपसमितिहरुबीच ३२ पटकमा १९२ घण्टा बैठक बसेको र जनताबाट प्राप्त राय/सुझाबको अध्ययन एवं विश्लेषणको लागि १६ पटकमा १६० घण्टा बैठक बसेको थियो। यसरी हेर्दा तथ्याङ्क विभागको अनुमानलाई सभासद्हरुले गतिलैगरी चुनौति दिएका छन्। लगभग तीन हप्ता नपुग्दैखेरी प्रश्नावलीको अध्ययन/विश्लेषण गरीसकेर मस्यौदा समेत पेश गरे यी दुई समितिले। अर अन्य समितिहरुको भने मस्यौदा पेश हुन बाँकी छ। जसको कारणले प्राम्भिक चरणको मस्यौदा पेश गर्न संविधानसभाले तोकेको म्याद लम्बिएको लम्बिएकै छ। मस्यौदा तयार पार्ने काम एकातिर, सरकार गठन, भागबण्डा र जम्बो मन्त्रीमण्डल गठन गर्ने, संसदीय चुनावलगायतका कामकाज एकातिर। समय बितेको कहाँ पत्तो र हाम्रा सभासद्हरुलाई। यस्तै यस्तै कामको चटारो। पलपलको हिसाब त कस्लाई नहोला र?

समसामयिक कुरा
Wednesday, June 03, 2009
लिङ्कुपिटाङ... इकु इकु...
केही समय अघि ब्लगर मित्र दीपकजीले "कैलाश जी यो लिङ्कुपिटाङ भनेको के हो?" भनेर सोध्नुभएको थियो। उहाँले सोधेको बखतमा मलाई एउटा अपरिचित ब्लगर मित्रको लिङ्कुपिटाङ नामक ब्लगको याद आएको थियो। उहाँले कहाँ सुन्नुभयो कुन्नी? "मैले सुनेअनुसार त्यो भनेको भोक लाग्यो भनेको रे हो?" भनेर मलाई सुनाउनुभयो। तर मलाई त त्यो शब्दको अर्थ त्यही हो भन्नेमा एकरत्ति पनि हेक्का नै थिएन। न त त्यो शब्द मैले त्यसअघि कतै सुनेको थिएँ।
गत शनिबार साथीहरुको विशेष इच्छाको कारण 'इकु the jungle man' हेर्न सिनेमा हलतिर लाग्यौँ। त्यहाँ पुग्दा ठेलामठेल भीड थियो टिकट काट्ने काउन्टरदेखि बाहिरैसम्म। इकुको टिकट माग्दा 'छैन' भन्ने जवाफ पाएपछि धेरैले अरु नै फिल्मको टिकट लिने या फर्किने बाहेक उपाय थिएन। एउटै भवनमा थुप्रै फिल्म एकैपल्ट चलाएको हुनाले पनि चाहनेहरुले अर्को फिल्म हेर्ने विकल्प तै तै थियो। अरु पनि नेपाली फिल्म त्यही हलमा चलिरहेको थियो। इकु हेर्न नपाएकोमा अर्को नेपाली फिल्मलाई नै विकल्पमा रोज्यौ हामीले। तर आश्चर्य! नेपाली फिल्मको स्तर तथा बजार खस्केको कुरा यत्रतत्र चलेको बेलामा "नेपाली कुनैपनि छैन" भन्ने जवाफ पाउँदा त्यस दिन ठिक उल्टो भयो। कुनैपनि नेपाली फिल्मको टिकट र सीट छैन! आब्बुई!! "हिन्दी त आज नहेरौ क्यारा" भन्ने मेरो अनुरोधमा सबै साथीहरुले सहमति जनाए। त्यसपछि फिल्म हेर्ने बजेटले एउटा रेष्टुरेष्टमा गएर टन्न मःमः खाएर अघाएर आ-आफ्नो कुटीतिर लाग्यौँ।
हल पुगेर त्यसै फर्किनु पर्दा एक हिसाबले झ्याउँ लाग्दैथियो सबैलाई। तैपनि नेपाली फिल्म हेर्न पनि यत्तिका दर्शक हलमा आउँदा रहेछन् भन्ने लागेर हामी दंग थियौँ। नौलो स्वाद र प्रस्तुती लिएर आएको हुनाले नै इकु हेर्न धेरै दर्शकहरु हलसम्म पुगेका छन् सायद। हुन त शनिबार त्यसमाथि पनि बिहानीको शो भएकोले हुनसक्ला त्यत्तिका बिधि भीडभाड।
इकुको पोष्टर हेर्दै विद्यार्थीहरु
नेपाली फिल्म हेर्नेहरुको भीडमा, इकुको टिकट नपाएकाहरुको भीडमा उभिएर गफिरहँदा एउटा स्कूलको नेमप्लेट बोकेको ३ वटा गाडीबाट हुलका हूल विद्यार्थीहरु स्कूल पोशाकमै उत्रिएर हलतिरै आए। तब टिकट नपाउनुको कारण थाहा भयो। नत्र त टिकट काउन्टरमा बस्नेलाई बोल्ने फुर्सद कहाँ र! अनि लाइन लागेरै त्यत्रो सोधीरहने जाँगर पनि हामीमा कहाँ र! अनुशासित भइ लाइनमा बसेरै ती विद्यार्थीहरु खुरुखुरु फिल्म हलभित्र छिर्न थाले।
इकु हेर्न लाइनमा बसेर हलभित्र छिर्दै विद्यार्थीहरु।
जंगली मान्छे-इकु प्रमुख पात्र भएपनि बालक अपहरणको कथाबस्तुलाई समेटिएको र ह्युमरस प्रस्तुती भएको चर्चा बजारमा फैलिएकोले पनि होला बच्चाहरुलाई हलसम्म पुर्याउने संयोजन खुद स्कूलले नै गरेको। संयोगबस साँझ कन्तिपुर टेलिभिजनबाट प्रसारण हुने 'पवनकली' शो आउने समयमा टेलिभिजन खोल्न पुगेछु म। त्यस शोमा उही इकु-सुलेमान शंकर फिल्मी पात्रकै रुपमा पाहुना बनेर पवनकलीको कुटीमा झुल्किए- इकु इकु भन्दै । यताउती हेर्दै पवनकालीको घरको भित्तामा झुन्डिएको मकैको घोगातर्फ इशारा गर्दै भोक लगेको जनाउदै भन्छ- लिङ्कुपिटाङ लिङ्कुपिटाङ। तब मलाई दिपकजी र उहाको प्रश्नको याद आयो। त्यो त नेपाली टार्जन इकुको भाषा पो रहेछ। जो नेपाली टेलिचलचित्रमार्फत् ठुलो फिल्मको जगतमा प्रबेश गरेको छ अहिले।

गन्थन-मन्थन,
संस्मरण
Subscribe to:
Posts (Atom)