२ चैत्र, २०७१
सरकारले सवारी चालकहरु १० कक्षा उत्तिर्ण हुनुपर्ने नियम ल्याएपछि १० कक्षा उत्तिर्ण नगरी टेम्पो समातेर दक्ष बनेका टेम्पो चालक महिला आत्तिएका छन्
बाह्रवर्ष अघि धनगढीबाट काठमाडौँ आएकी सपना विक पनि पाँच वर्षदेखि यो पेशामा छिन् । सपनाको दिनचर्या रीमाको दिनचर्यासँग मेल खान्छ । त्यसअघि काठमाडौंस्थित स्थापित एक गैरसरकारी संस्थामा कार्यालय सहायकको रुपमा दुई वर्ष काम गरिन् । तुलनात्मक रुपमा यी दुबै कामबीच रहेको भिन्नतालाई उनले मजैले नियालीसकेकी छिन् । त्यो हो, स्वतन्त्रपूर्वक काम गर्न पाउने अवस्था । कार्यालयमा हाकिम(हरु)को मातहतमा उनीहरुकै अह्रनखटनमा पूर्व शर्त बमोजिम र त्यसभन्दा बढ्दा भैपरिआउने काम गर्नुपर्ने हुन्थ्यो । कामकाजको क्षेत्रको सीमा कमै हुने र पैसा पनि कमै हुने गथ्र्यो । टेम्पो चालक भएपछि उनको महिनावारी तलब चोखै बच्छ । यात्रुहरुको चाप भएको बेला साहुलाई बुझाउनुपर्ने निश्चित रकमको अलावा पनि दैनिक दुई चार सय कमाउन सक्छिन् । यो पेशामा पैसा कमाउनुको साथै आफूखुशी काम गर्न पाउनु उनलाई सबैभन्दा मन पर्ने कुरा हो । अझ घरबाहिर व्यस्त हुन थालेपछि घरेलु कामकाजमा समेत श्रीमान्ले मद्दत गर्न थाले । श्रीमान् जत्तिकै आफूपनि घरखर्च टार्न सक्षम भएकैले श्रीमान्ले पनि घरेलु काममा सघाउन थालेको उनको ठम्याई छ ।
रीमा र सपना, यी दुवैजनालाई टेम्पोमै सीमित रहनु छैन । आफ्नो सीप बढाउनु छ । माइक्रो बस गुडाउनु छ । सकेसम्म सरकारी, गैर सरकारी एवं नीजि क्षेत्रका चारपांग्रे हाँक्नु छ । काठमाडौँको सडकमा हरबखत हुने ट्राफिक जाम कम गर्न साना सवारी साधनको सट्टा मझौला एवं ठूला भित्रयाउने हल्ला पनि बेलाबखतमा चल्दै आएको छ । त्यसरी सट्टाभर्ना गर्ने हो भने तीनपांग्रे टेम्पो नै सबैभन्दा पहिले विस्थापित हुनपुग्छ । यसबारेमा सचेत भएकैले पनि उनीहरु चारपांग्रेतिर चाँडो पोख्त हुन आतुर छन् ।
टेम्पो चालक एवं व्यवसायी बनेर कैयौँ महिलाहरुले स्वाभिमानका साथ आफ्नो जीवन र परिवार थेगेका छन्देशका विभिन्न भूभाग र फरक फरक पृष्ठभूमिका बहुसंख्यक महिलाहरुलाई यातायात व्यवसायसँग साक्षात्कार गराउने एक प्रभावकारी माध्यम बन्यो सफा टेम्पो । टेम्पो चालक एवं व्यवसायी बनेर कैयौँ महिलाहरुले स्वाभिमानका साथ आफ्नो जीवन र परिवार थेगेका छन् । रीमा र सपनाले तिनै बहुसंख्यक महिलाहरुको प्रतिनिधित्व गर्छन् । माथिको संक्षिप्त कथा तिनको संघर्ष, संकल्प र सपनाको सानो अंश हो ।
सडक, सवारी र दक्षताको बलबूतामा बाँचीरहेका महिलाहरुको भविष्य तथा सपना धरापमा परेको छ अहिले । गत मंसीर २५ मा मन्त्रीपरिषदले सवारी दुर्घटना बढ्नबाट रोकथाम गर्ने उपायको रुपमा सार्वजनिक सवारी चालकको हकमा नयाँ सवारीचालक अनुमतिपत्र नियमावली २०७१ पारित गर्यो । जसअनुसार व्यवसायिक चालकको न्यूनतम शैक्षिक योग्यता १० कक्षा उतीर्ण हुनुपर्ने, उमेर २३ देखि ५९ वर्ष हुनु अनिवार्य छ । यो नियम सबैको हकमा लागू हुने हो भने रीमा र सपना र उनीहरुजस्ता सैयौँ महिला एवं पुरुषहरु आफ्नो पेशा र (स्व)रोजगारबाट विस्थापित हुनेछन् । रोजगारी धान्नकै लागि महिलाहरुले पुनः पढ्नुपर्ने बाध्यता आइपर्छ । विभिन्न व्यवहारिक, आर्थिक एवं पारिवारिक कारण अधिकांश महिलाहरु उक्त बाध्यता धान्न सक्ने अवस्थामा पनि छैनन् ।
शैक्षिक योग्यताकै कारण दक्ष र अनुभवी हुँदाहुँदै पनि रोजगारबाट वञ्चित हुनेहरुको सूचि निकै लामो हुनेछ । कम उमेरकाहरु दोहोरो मापदण्डका कारण पाखा पारिइनेछन् । अब आउने पुस्ता, जो १० कक्षा उतीर्ण हुन्छन्, अन्यत्रै आकर्षित भइरहेका वा हुने थुप्रै पक्षहरु छन् । कतिपय चालकहरु आफै पनि आफ्ना सन्तानलाई आफूजस्तै चालकमा सीमित राख्न नपरोस् भन्नाकै खातिर पनि दिनरात खटिइरहेका छन् । यस्तो स्थितिमा दक्ष चालकहरुको भीडमा ‘व्यवसायिक चालक’ स्वतः दुर्लभ हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय समिति सदस्य तथा केन्द्रिय महिला विभागका पूर्वाध्यक्ष बिमला थापा मगरको ठम्याई छ ।
‘ड्राइभर ठिक हुन्नन्’ वा ‘गाडी लाइन राम्रो हुन्न’ भन्ने मानसिकतालाई महिलाहरुको व्यापक उपस्थिति, इमान्दारि र अनुशासित छविले बदल्न समेत सहयोग पुग्नेछचालकहरुको रोजीरोटीको माध्यम टुटेलगत्तै उनीहरुको घरपरिवार विचल्लीमा पर्नेछन् । त्यसले अनेक प्रतिक्रिया र तत्कालिन एवं दीर्घकालिन असरहरु जन्माउँनेछ । यसबारे राज्य एवं सरकारले नसोची, विकल्पहरुको खोजी बिना नै नियम लागू गराउनु र १० कक्षा पासको प्रमाणपत्र वा योग्यताले अनुशासित र दुर्घटना कम हुने तर्क हास्यास्पद लाग्छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, बाग्मति अञ्चल समिति अध्यक्ष नवराज घिमिरेका अनुसार तुलनात्मक रुपमा महिला टेम्पो चालकहरुले व्यवसायी र यात्रुको नजरमा ‘सुरक्षित चालक’को छवि निर्माण गरेका छन् ।‘ड्राइभर ठिक हुन्नन्’ वा ‘गाडी लाइन राम्रो हुन्न’ भन्ने मानसिकतालाई महिलाहरुको व्यापक उपस्थिति, इमान्दारि र अनुशासित छविले बदल्न समेत सहयोग पुग्नेछ । दुर्घटना कम गर्ने नाममा सीपयुक्त दक्ष जनशक्तिलाई बेरोजगार बनाउनुको सट्टा सुरक्षित र अनुशासित तवरले सवारी चलाउन अनिवार्य सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण एवं तालिम र मूल्यांकन एवं अनुगमन प्रभावकारी हुनसक्ला ।
यो पेशालाई रीमाले झैँ वैदेशिक रोजगारको विकल्प मान्ने, सपनाजस्ता अधिक समय र श्रमवापत न्यून तलबमा खुम्चिनुको विकल्प ठान्ने विविध पृष्ठभूमिका महिलाहरुको लागि राज्यको यो नियम बाधक बनेको छ । अवसर, पहुँच, योग्यता र वातावरणलगायतका अनेकौँ पक्षका कारण पेशागत रुपान्तरण वा परिवर्तनको हकमा पनि तुलनात्मक रुपमा महिलाहरु निश्चित घेराभित्र सीमित हुन पुग्छन् । किनकी यो पेशामा स्थापित भएका अधिक महिलाहरुको योग्यता नै अनुभव र दक्षता हो । स्टेरिंग चलाउने नै उनीहरुको सीप हो ।
(चालकहरुको नाम परिवर्तन गरिएको छ)
(साभार: http://np.recordnepal.com/wire/104)