मेरो मनको बहको लेखन शैली र त्यसपश्चातको कुराले उजेलीजीलाई यत्तिका स्पष्टिकरण दिने अवस्थामा पुर्याउँला भन्ने मैले अनुमानै गरेको थिइन। त्यसमा क्षमा चाहन्छु। त्यही कुरालाई लम्बाउने मन छँदै थिएन। न त मैले उजेलीजीको प्रतिक्रियलाई नै भयंकर ठानेको थिए। उजेलीजीको स्पष्टीकरणमा आएको केही कुराले फेरी मलाई स्पष्टीकरण दिन मन लाग्यो। मलाई मन लागेको कुरा नै मेरो ब्लगमा लेख्दै आएकोमा फेरी पनि उही दोहोर्याउँदैछु। उजेलीजीको कुरामा आएका धेरै कुरा सान्दर्भिक छन्। साहित्य मात्रै हैन जुनसुकै क्षेत्रमा पनि जानीबुझी, त्यस क्षेत्रको मर्म, महत्व, उपयोगिताबारे बुझेर हात हाल्नु जरुरी छ। साहित्य लेखनमा अनेकौ खालका विसंगति र विकृति भित्रिरहेको, गहन र मिहिन ढंगले साहित्य क्षेत्रलाई लिन नसकिरहेको अवस्थामा पक्कै पनि उजेलीजीले उप्काउनु भएको कुरा मननयोग्य छ। जसको पहुँचमा जे छ त्यसबारेमा धेरै जानकार हुनु आश्चर्यजनक कुरा हैन। त्यसको उपयोग कसरी गरिन्छ भन्ने कुरा प्रमुख हो। सम्मानित हुनुपर्ने थुप्रै साहित्यकारहरु बेवास्तामा परेका र जो लायक छैनन् उनीहरु नै माथि देखिएको कुरा सही हो (हुन त साहित्य क्षेत्रमा मात्रै हैन, यो प्रवृत्ति कुन क्षेत्रमा पो छैन र?)। जसमा मेरो दह्रो सहमति छ। त्यत्ति हुँदाहुँदै पनि केही मेरो सन्दर्भबाटै उल्लेख भएका कुराप्रति आफ्नो विचार राख्छु यहाँ (हुन त मैले यसपल्टको पोष्टमा पकाउँने मेलोमेसोलाई तयार पारीसकेको थिए। उजेलीजीको स्पष्टीकरण पढेपश्चात मैले त्यस पोष्टलाई भोलीको लागि re-schedule गरिदिए)।
मैले उजेलीजीको मेरो सप्रष्टीकरण शिर्षकमा लेखिएको स्पष्टीकरण आज मात्रै पढ्न पुगे। पढ्न ढिलो गरेछु। त्यो पढेपछि मेरो मनमा पनि केही कुरा आयो। उजेलीजीको स्पष्टीकरण पढ्न यहाँ जानुहोस्। मुख्य कुरा मैले जे जति जानेको थिए, जति मेरो बूताले भ्यायो त्यत्ति नै लेख्ने काम गरे। नत्र कसलाई रहर हुन्न होला कि राम्रो गरु भन्ने। तैपनि मेरो कविता लेखनको अक्षमताले साहित्य क्षेत्रमा भइरहेको र देखिइरहेको समस्याप्रति उजेलीजीको विचार बाहिर आयो। त्यसमा मेरो अमेल (उजेलीजीकै भाषामा माथिल्लो र तल्लो हरफ मिलाएको) कविता निहुँ भयो। त्यो त राम्रै भयो। कमसेकम त्यसले साहित्यसम्बन्धी थुप्रै अरु कुरा हामीसामु ल्याउने भूमिका निभायो।
त्योसँगै के पनि भन्न चाहन्छु भने मसँग जे जति ज्ञान छ त्यो सबैसँग हुनैपर्छ भन्ने जरुरी छैन। उजेलीजी राम्रो कवि हुनुहुँदो रहेछ (त्यो कुरा उहाँ आफैले क्लेम गर्नुभएकै छ, साथमा भर्खरै पोष्ट गर्नुभएको कविताले पनि थप पुष्टी हुन्छ)। जुन कुरा साहित्य क्षेत्रमा मात्रै नभएर अन्य युवा जमातको लागि, हामी ब्लगरहरुको लागि या कुनै निश्चित क्षेत्र नछुटाइकनै भन्दा नेपालीहरुकै लागि राम्रो कुरा हो। तर यहाँ एउटा मननयोग्य लाग्यो मलाई, कसैको आँगनैमा पँधेर छ र तर अरु कसैको लागि त्यही पँधेराको पानी १ किमी टाढा गाग्रोमा बोकेर लग्नु छ भने दुवैले उत्तिकै परिमाणमा पानी चलाउँन सक्छन् र? के दुबैजनाले आ-आफूसँग भएको पानीले उत्तिकै रुपमा नुहाइधुवाई र सरसफाई गर्न सक्लान र? भन्नुको मतलब उजेलीजी आफ्नो रुचि र क्षमताले कविता लेख्नुहुन्छ। घरैमा पँधेरा भएको भाग्यमानी पर्नुभएछ र सारो गाह्रो परेको बेलामा सफा र योग्य बन्नमा त्यसले अवश्य पनि धेरै नै सघाएको छ। त्यसैले पनि हुनसक्छ उजेलीजीले आत्मविश्वासका साथ भन्नुभएको छ- "म साहित्य क्षेत्रलाई धेरै नजिकबाट चिन्ने र जान्ने मान्छे हुँ । यद्यपि म उमेरमा कलिलै छु तर यो कुरा चाहिँ दावीका साथ भन्न सक्छु कि मेरो उमेरमा मभन्दा बढी साहित्यको अध्ययन गर्ने मान्छे कमै होलान् अहिलेको समयमा"। तर फेरी उजेलीजीको आत्मविश्वास देखिनुमा यही मात्रै कारण हो पनि भन्ने खोजेको हैन मैले।
आफ्नो लागि लेख्ने भए किन पर्सनल डायरीमै नलेख्ने भन्ने कुरामा, आफ्नो लागि र अर्काको लागि भन्ने कुरा के ले निर्धारण गर्छ? त्यसको निर्धारण गर्ने को? हो, हामी एकआपसमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अन्तरसम्बन्धमा गाँसिएका छौ। समाजमा बसेपछि सामाजिक हुनैपर्छ। त्यही कुराको ख्याल गर्नु जरुरी छ। बाँकी सब त आफ्नै विचार, कुरा र इच्छाले निर्धारण गर्छ। म ब्लगिङ गर्दैछु। जानीनजानी सिक्दै आइरहेको छु। र मैले बुझेको कुरा पनि के हो भने, ब्लग एउटा खुल्ला डायरी हो जहाँ आफ्नो कुरा मजाले राख्न सक्छु। र त्यसमा जोसुकैले पनि आफ्नो कुरा मन खोलेर राख्न सक्नु हुनेछ। तर मेरो ब्लगमा मैले के लेख्ने के नलेख्ने भन्ने कुरा म आफ्नै विवेकले निर्णय गर्छु। सबै ब्लगरको हकमा यही लागू हुन्छ होला सायद। यदी कुनै बौद्धिक लेख या डकुमेन्ट या कुनै अनुसन्धानमूलक लेख रचना लेखनझैँ आफ्नै मापदण्ड हुने र चरणबद्ध ढंगले सम्पादकहरुले सम्पादन गरेपश्चात मात्रै सार्वजनिक हुने भए यो ब्लग यत्तिका विधि चलनचल्तीमा आउँथ्यो र? अनि सबैको पहुँचमा हुन्थ्यो होला र? मेरो सन्दर्भमा भन्नुपर्दा मैले गरेको ब्लगिङ अरुको लागि पक्कै पनि हैन। जुनसुकै कुरा लेखुँ तर म आफ्नै लागि व्लगिङ गर्छु। र त्यसमा लेखिएको कुरा जुनसुकै विषयमा होस् त्यो मेरो नितान्त व्यक्तिगत विचार नै हुनेछ। त्यसमा प्रतिक्रिया राख्न, सहमति या विमति जनाउँने हक सबैलाई छ। तब न ब्लगिङको उपयोगिताको केही अर्थ रह्यो।
उजेलीजीको सुझाबलाई सकारात्मक सुझाबको रुपमा लिएर आफूमा भएको कमजोरीलाई भित्रैदेखि ओकलीदिए मैले। उजेलीजीले दिनुभएको प्रतिक्रियाको तेन्द्रो समाएर मैले आफूलाई कविता लेख्न नआउने भनी आत्मालोचना गरे। म आफूले नजानेको कुरामा पूर्ण रुपमा स्विकार्दैमा धम्कीपूर्ण शैलीको लेख बन्छ भने त मेरो भन्नु के छ र। उजेलीजीले त्यसरी बुझ्नु उहाँको अधिकार र आफ्नो विश्लेषण हो। त्यो गर्न उहाँलाई छुट छ। तर त्यसमा मेरो आपत्ति छ। मैले आफुमा भएको कमजोरीलाई पुर्ण रुपमा स्वकार्नलाई उजेलीजीको सुझाबलाई एउटा नमूना बनाए। त्यसले धम्कीको रुप लेला भन्ने सोच नै आएन। यद्यपि अहिले पनि म त्यो ठान्दिन। म कसैलाई धम्की दिने को हुँ? र किन धम्की दिनु मैले? यसको कुनै सान्दर्भिकता छ र? मैले धम्की दिनुको औँचित्य के छ? म त छक्क परे। खैर मैले हैन भन्दा भन्दै पनि मेरो लेखनमा धम्कीको गन्ध टाँसिएकै भएमा कृपया मेरो अनुरोध छ- कसैले पनि त्यसलाई धम्कीको रुपमा नलिइदिनुहोला। मैले त धम्कीको 'ध' लाई पनि कहीँ कतै सोचेको, लेखेको र देखेकै छुइन। अरु त आ-आफ्नै विचार हो।
जहाँसम्म मैले कविता लेख्न असमर्थ भएको कुरामा उजेलीजीको प्रतिक्रियाकै हात छ भन्ने ठान्नु सही हैन। मैले सही रुपमा बुझाउँन सकिनछु। अनि त्यसै सन्दर्भमा उजेलीजीले सकारात्मक र नकारात्मक भन्ने जुन खालको जोड घटाउको विश्लेषण राखिदिनुभो। त्यो पनि व्यक्तिकै दृष्टिकोण, क्षमता र रुचिमा भर पर्छ। मानिलिउँ मैले धुरन्धर कविता लेख्ने भए। त्यो नै सकारात्मक ठहरिएला अहिलेलाई। अनि उजेलीजीको लागि मैले परिमार्जनकै बाटो समाए। अब कविता लेख्नलाई मैले शून्यदेखि नै सिक्नुछ र त्यसमा लाग्ने मिहिनेत र समयमा अरु कुनै काम या लेखन शैली, जुन मैले कविता लेखन भन्दा सहज ढंगमा मेसो पाउन सक्छु भन्ने लाग्यो र त्यतैतिर मेरो रुचि छ र त्यही मेरो प्राथमिकतामा पर्यो। सबैको आ-आफ्नै विशेषता र क्षमता हुन्छ र कमजोरी पनि हुन्छ। मेरो थुप्रै कमजोरीमध्ये कविता लेख्न नजान्नु पनि हो र त्यतातिर लाग्नुभन्दा अरुतिरै लाग्दा उपयोगी हुन्छ भन्ने निर्णयमा पुगे। के अब पनि उजेलीजीकै प्रतिक्रियाको डोरो समाइराख्नु जरुरी छ र। अनि मैले आफ्नै रुचि विरुद्ध गएर कविता लेखनलाई नै निरन्तरता दिई नै राख्नु पर्छ? मेरो लागि सकारात्मक कुरा कुन भयो त? मैले भन्न खोजेको कुरा यति मात्रै हो कि, जोसुकैको पनि जुनसुकै कुरामा आ-आफ्नो विचार हुनसक्छ। तर यहाँ जुन प्रतिक्रियालाई समाएर मच्चियौ, त्यसले मेरो लेखनलाई नकारात्मक हैन सकारात्मक नै बाटो दिएको मेरो ठम्याई छ। त्यसैले यसबारेमा आ-आफ्ना विचार र प्रतिक्रिया दिने जतिपनि साथीहरु हुनुहुन्छ। सबैलाई धन्यवाद दिँदै आभार प्रकट गर्छु म।
कस्ले जित्छ ?
6 days ago
9 comments:
कैलाशजी यसपाला चैं पछिल्तिर नफर्कि कुरा गरुँ झैं लाग्यो - पानी पँधेरो नजिक हुने र टाढा हुनेको कुरा जसरी उठाउनुभयो - केहि हदसम्म त्यसमा मेरो पनि नियति लुकेको पाएं । पँधेरो टाढा भएपछि तिर्खा त कलिलो नर्कट काटेरै भए नि मेट्नै पर्छ नि । यसलाई कवितामै भन्न आयो , जे पर्ला एक चोक्टो सुन्नुस् है त -
उमेर अहिले ढल्किए पनि मैले नि जवानी जिएरै आएँ
कर्कलाकोकै पातकै भए पनि एक घुट्की पानी पिएरै आएँ ।
तिर्खा मेटिएको नभए पनि पानी चैं पिएकै हो भन्ने कुरा क्या ।
यो कर्कलाको संग 'कै'
किन टाँसिएछ खै ?
मिला'र पढ्नुहोला है ।
मैले तपाईँलाई व्यक्तिगत आक्षेप लगाउन खोजेको होइन कैलाशजी । कुनै वाक्यहरू त्यस्ता हुन गएकोमा क्षमाप्रार्थी छु । ब्लगमा मनमा लागेका कुरा लेख्न पाइन्छ भन्ने कुरा मैळे आकारजीको कमेन्टपश्चात् स्वीकारिसकेको हुनाले यो कुरालाई अब अघि नबढाऊँ होला ।
तपाईँले गर्नुभएको पँधेरोको विश्लेषण एकदमै सही र सटिक छ । मेरो आँगनमा पँधेरो भएकैले मैले पानीको सदुपयोग गर्न जानेको हुँ । मैले लेखिसकेको कुरा हो 'मानिस जन्मदा जुन परिवेशमा जन्मन्छ त्यसले उसको भावी चरित्रलाई पनि धेरै असर पार्छ नै !' म रूचि भएर साहित्य क्षेत्रमा लागेको होइन तर साहित्य क्षेत्रलाई पारिवारिक पृष्ठभूमिबाट हेर्दै, बुझ्दै अनि बल्ल इच्छा पलाएर लागेको मान्छे हुँ । त्यसपछाडि मैले धेरै कविताहरू लेखेँ । तर म ठूला मान्छेको कविता धेरै अध्ययन गर्थेँ । त्यहि भएर मेरा कविता कहिल्यै पनि मलाई मन पर्दैनथे । त्यसमा अझ सृजनशीलता थप्न पाए कस्तो हुन्थ्यो होला जस्तो लागिरहन्थ्यो मलाई । मैले भन्न यो खोजेको हो कि कैलाशजी, अध्ययनबिना कुनै क्षेत्रमा लागियो भने हामीले त्यो क्षेत्रलाई न्याय दिन सक्दैनौँ । तपाईँलाई साहित्य क्षेत्रमा विशेषगरि कविता लेखनमा रूचि छ भने बिभिन्न माध्यमहरूबाट कविताहरू खोजेर पढ्नुहोस् । अनि आफैँ आफ्ना कविताको पनि स्तर उकासिँदै जान्छ । जन्मिँदै त को पो साह्रै जान्ने हुन्छ र !!!!!
यो कवितासँग सम्बन्धितबाहेक अन्यक्षेत्रको बारेमा मैले गरेको टिप्पणी शायद गलत पनि हुनसक्छ । म त्यसका लागि माफी माग्छु । आपसी छलफल र समझदारीबाटै नयाँ विचारको जन्म हुन्छ भन्ने कुरामा म विश्वास राख्छु । यदि मैळे व्यक्तिगत रूपमा तपाईँलाई कुनै ठेस पुर्याएको छु भने म हृदयदेखि नै माफी माग्छु कैलाशजी । हाम्रो सम्बन्ध सधैँ यसरी नै सुमधुर रहोस् ।
मलाई चाँहि दिक्क लाग्यो, दुबैजनाको ब्लगमा एउटै कुराहरु दोहोरिरहेको छ । के साँच्चै आमने-सामने भएर कुस्ति नखेलेसम्म यो झगडा नटुङ्गिने भो को क्या हो ???
दीपकजीले जे जसरी भएनि पानी खाकै हो भन्नेमा मलाई रत्तिभर शंका छैन।
लौ आकार जी बोर नमान्नुस न त्यसरी। जाबो अलिकति कुरासँगै व्यक्तिगत रुपमा केही वादविवाद हुँदैमा कुस्ती खेलिन्छ र। अनि अब पनि यसलाई झगडा नै भन्ने? फेरी म त साह्रै शान्ति र अहिंसाप्रेमी हुँ। (कुस्ती त कुनै पनि हालतमा खेलिन्न ही। अब तपाईलाई बोर लाग्छ एउटा अर्को बोरिङ जोक हैः रेस्लिङको प्रवृत्ति जहाँसुकै र जोसुकैमा लागू हुन्न नि। कि तपाईलाई रेफ्ररी बनेर हात बजार्नु छ हौ। anyway तपाईको फ्री फ्रयाङ्क आदत तपाईको कमेन्टमा पाउँछु म- यो चाहि मेरो मनको अनुभूति हो है फेरी।)
हाम्रो विवाद अनावश्यक कुराले उठाएको हैन। र जुन कुराले उठाएपनि त्यसलाई एकआपसको कुराकानी र विचारको आदानप्रदानमार्फत सल्टाउँनु सेफ ल्याण्डिङ हो नि हैन उजेलीजी? मनको कुरा मनमै गुम्साएर राख्दा त्यसले थप दुर्घटना पनि निम्त्याउन सक्छ। जुन कसैको लागि राम्रो हुँदै हुन्न। विवाद उत्पन्न भइसकेपछि त्यसमा आफ्नो विचार र स्पष्टिकरण दिएर गल्ती भएको खण्डमा माफी माग्दा समझदारिता कामय हुन्छ नि।
रह्यो हाम्रो विवादमा त्यो त सेफ ल्याण्डिङ भइसकेको छ नि। अनि उजेलीजी हाम्रो सम्बन्ध काँचो कचिलै थियो। अब लक्का जावन बन्दैछ। यसलाई पाको बनाउनेतिर लाग्ने हो कि? के छ विचार? फेरी पासै लाग्ने भो भनेर नतर्सिनु है। सँगै हिड्दा एकआपसमा खुट्टा ठोक्किन पुग्छ। त्यो सामान्य कुरा हो। ठोक्किएपछि एकआपसको मनमा पैदा हुने आत्मीयता र विचार मुख्य कुरा हो। कुरो मिलेमा घाउँ भन्ने कुरा निको हुनलाई के को आइतबार नि। त्यसो हुँदा त एकअर्कालाई बुझ्ने मौका पनि पाइन्छ। र समझदारिता पनि कायम रहन्छ। कि कसो हो?
अरे यार मलाई एउटा कुरा याद आयो। के गरुँ? भनिहाल्छु है। के चबाएर राख्नु र मुखमा आको कुरा। तर स्मरण होस् यो हाम्रो सन्दर्भमा लेख्दा मनमा क्लिक भएपनि हामीमा लागू गर्नलाई भनेको कुरा हैन। हाम्रो जातिलाई "ख्याल ख्यालमा डेढ इन्च" भन्ने गरिन्छ। यसको मूल सार बताउँछू है।
अघिल्लो दिन कुनै दुईजना गाउँलेबीच घम्साघम्सी आकारजीकै शब्दमा कुस्ती पर्छन्। रीसारीसमा कुटाकुट मात्रै हैन खुकुरी प्रहार पनि गर्न पुग्छन्। खुकुरी शरिरको डेढ इन्च भित्र भाँसिन्छ। भोलीपल्ट गाउँका बूढापाका, साथीभाई सबै भेला हुन्छन्। केही बेर रिसाएपनि कुराकानी गर्दै जाँदा दुबैजनाले आ-आफ्ना गल्ती स्वीकार्दै माफी माग्छन्। रीतअनुरुप एकले अर्कालाई शिर उभाउँनी स्वरुप रक्सीको उपहार दिँदै ढोग्छन्। उत्ति नै खेरदेखि रीस राग सबै कुरा त्यागेर मजाले मिलेर बस्छन्। अनि एकले अर्कालाई धाप मार्दै भन्छन्- हत्तेरीका ख्याल ख्यालमै डेढ इन्च पो गएछ हगि फलाना, होत्त'नि फलाना। अनि औषधीमूलो र हेरचाहको मामिलामा आफ्नै परिवारको सदस्यझैँ रेखदेख गर्छन्। मनैदेखि एकअर्कालाई स्वीकार्छन्। त्यसले सम्बन्धलाई नयाँ रुप दिन्छ। मैले मेरै आँखाले देखेको छु यस्तै घटना गाउँमा।
एउटो कुरो सोध्नु छ। यो पोष्टमा लिंक राख्ने कसरी हो। मैले मेरो कुरोसँगै उजेलीजीको स्पष्टीकरणलाई पनि लिङकमा राख्न ट्राइ गरेको पारा ल्याइन। लौन! कसैले पार गराइदिनुपरो ।
Hmmmm, byarthai maa time waar paar,
तपाईहरुको 'दोहरी' अब सक्कीयो होला भन्ने आश गर्छु ...हा हा हा ।
मलाई त पढ्दा पढ्दै कसले कुन पोष्टमा के भनेको थीयो र कुन कुराको प्रतिक्रिया स्वरुप के लेखीएको हो भन्ने पनि 'कन्फ्यूज' भएर बूझ्नै गाह्रो भैसक्यो ।
फेरि यो दोहरिमा 'लिड भोकल' वालाहरुको दमदार आवाजको अगाडि 'कोरस' फिक्का हुने भएकोले टिप्पणी पनि गरीएन ।
अँ त पोष्टमा लिंक राख्ने तरीकाको बारेम मेरो ईमेलमा नत्थि गरीएको फाईल हेर्नु होला ।
ओ यार ब्लग भित्र यती धरै गन्थन म कती ढिलो ......?
मलाई त अझै पनि केही थाहा रहनेछ पर्खनुस् अझै कैलाशजी को लेख हरु धरै नै हेर्नुछ
मैले त मगरमिगिन को ब्लग बल्ल अस्ती हरेको यार
कैलाशजी राम्रो गर्नुभएको रहेछ।
Post a Comment