Wednesday, July 15, 2009

संस्कृति कला प्रदर्शनीका कलाहरु

आज म साथीहरुलाई चित्रकला प्रदर्शनीतर्फ भ्रमणमा लैजादैछु। बबरमहलस्थित कला परिषदका हलका भित्ताभरि किराँत संस्कृतिमा आधारित चित्रहरु झुण्डिएका। जहाँ किराँती सृष्टिकर्ता तथा किराँतीहरुको इष्ट देवता सुम्निमा पारुहाङका अनेक रुप, किराँती रहनसहन, परम्परा, जीवनशैलीलाई चित्रमा उतारिएको देख्न सकिन्थ्यो। असार २५ (जुलाई ९) देखि ३० सम्म उक्त चित्रकला प्रदर्शनी चलेको थियो। २४ जना किराती कलाकारहरुको सक्रियतामा विभिन्न शिर्षकका लगभग ४८ ओटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो। "किरात ललितकला समाज"ले आयोजना गरेको संस्कृति कला प्रदर्शनीमा राखिएका चित्रहरुले किराँतीहरुको संस्कार/चाड, जनजीवन तथा पृष्ठभूमिलाई जीवित राखेको अनुभूति दिन्थ्यो। किराँतीहरुको नियतिलाई समेत चित्रमा उनिएको देखिन्थ्यो। किराँतीको नियति बनेको लाहुरे संस्कृतिलाई कलात्मक ढाँचामा उतारिएको एउटा कला थियो। त्यसतर्फ इशारा गर्दै कलाकार रतनकुमार राईले आगन्तुक (मलगायत अरु)को राय जान्न खोज्नुभोः 'यो कलाको के माने होला तपाईको नजरमा? किन हुपसियो लगाइयो होला? अथवा यो कलालाई हेर्दा के गर्या होला यस्तो भन्ने होला?' साँच्चै नै प्रदर्शनीमा राखिएका चित्रकलामा धेरै कुराहरु समेटिएको थियो। क्यामेरामा कैद गरेरको चित्रहरुमध्येका केही चित्रहरु हेरौ अहिलेलाई।

ऊन कात्दै गरेको किराती महिला। अहिले राडी पाखी बुन्ने, तान बुन्नेलगायतका किरातीहरुका मौलिक सीपहरु लोप हुँदै गइरहेको अवस्था छ।

कलाकारको सृजनशीलताः रुखको टोड्कामा बसको सुम्निमा।

कलाकार रतन कुमार राई आफ्नो चित्रमा उठेको जिज्ञासाप्रति जानकारी दिँदै।

कलाकारको कलाकारिताः किराती ईष्टदेवता सुम्निमा र पारुहाङ।

यो चित्रमा के देखिन्छ? राम्ररी हेर्नुस् है। घ्याम्पोभित्रको किराती संसार बाहिरी संसारबाट बिल्कुलै बेखबर! बिन्दास घ्याम्पो संस्कृति!

जन्मदेखि मरणसम्मको किराती संस्कारमा नभई नहुने जाँड छान्दै किराती महिला। यो भन्दा माथिको चित्रले किराती संस्कारभित्र झाँगिएको राजनीतिक तथा कुटनीतिक तिक्ततालाई मार्मिक रुपमा उधिनेको छ। तर यो चित्रले किराती मौलिक संस्कारको सुन्दर रुप बोकेको छ।

यो चित्रमा खुट्टा तान्ने प्रवृत्तिलाई कलात्मक ढंगमा देखाइएको छ। र यो प्रवृत्ति हरेक ठाउँ, वर्ग, जाती, समुदायमा पाइन्छ।

नोटः कलाकार स्वयंले माथिका चित्रहरुमा शिर्षक राखेको भएपनि मैले मेरै अनुरुप यहाँ क्याप्सन राखिदिएको छु। उक्त चित्रकला प्रदर्शनीका कलाकारहरुः अर्जुन खालिङ, किरणकुमार सिगु, धनबहादुर याक्खा, रतनकुमार राई, शान्तकुमार राई, प्रतिमा राई, टेकबीर मुखिया,टीकाबीर राई, टारजंग साङपाङ, पूर्णकुमार राई, सञ्जय बान्तवा, नबेन्द्र लिम्बु, दीपेन्द्र राई, रामकुमार चाम्लिङ, विवेक मुकारुङ, टीकामाया राई, मेखबहादुर लिम्बु, रन्जली राई, नारदमणि हार्तम्छाली, नीरबहादुर याक्खा, सिक्तन राई, बिनिता इजम, लेखबिक्रम राई र हेमसेन जबेगू रहेका छन्।

10 comments:

sangamkirati said...

सर्वप्रथम त धन्यबाद कलाकार ज्युहरुलाई जस्ले आफ्नो धर्म र परम्परालाई जगेर्न गर्नु भएको छ।अनि धन्यबाद कैलाश जि। तपाईले पनि वहा सम्म गैइ सम्पुर्ण प्रदर्सनिको तस्बिरहरु सहित जानाकारी दिलाउनु भएकोमा,फेरि पनि ह्र्दयदेखि नै धन्यबाद किराति कलाकार ज्युहरुमा!!!!!!!!!!

Unknown said...

राम्रो प्रस्तुती । कलाकारिताको बिषयमा तपाईंको कलम गजबले दगुरेका छन ।

Unknown said...

राम्रो प्रस्तुती । कलाकारिताको बिषयमा तपाईंको कलम गजबले दगुरेका छन ।

Bed Nath Pulami said...

यो पोस्ट राखेर तपाइले चित्रकारहरुलाई केही न्याय दिन खोज्नु भए जस्तो लाग्यो - जून सराहनीय छ | धन्यबाद ! कैलाश जी !

Unknown said...

धेरै नै राम्रो जुन हाम्रो सांस्कृती बोकेका तस्बिरहरु, धन्यबाद बहिनी।

कैलाश said...

ओहो बीजे दाई हैन यत्तिका दिन कता हराउनुभाथ्यो हौ? खबर नै छैन। जति धेरै सम्पर्कका माध्यम त्यत्ति नै हामी सम्पर्कविहिन पो हुँदैछौ त हौ हैन र?

बिमल गिरी said...

अतिनै राम्रो प्रस्तुती।
आफ्नो धर्म र सस्कृतिलाई जिबन्त दिनुभएकोमा
कलाकारहरुलाई र कैलाश जी लाई मुरिमुरी धन्यवाद।
बिमल गिरी

Unknown said...

यति राम्रा किराँती संस्कृती सम्बन्धी चित्रहरु बाँड्नु भएकोमा धन्यबाद !
रा्म्रो प्रस्तुती।

Dilip Acharya said...

यो खुट्टा तानेको चित्र चाही दामी लाग्यो !

Unknown said...

khoj mula kirati sakri ko bare ma padnpayeko ma kailash derai3 thanks.and kalakar ju haru ju harulai pani muri muri dhanyabad