Sunday, March 09, 2008

मेरी आमा... तिमीमा समर्पण

(निश्चल हाँसो उनको, प्रतिबिम्ब हो मनको)

यो अनौठो संसारमा मेरो अस्तित्व बनाइदिने ममतामयी आमा, (९८ औँ) अन्तर्राष्टि्य नारी दिवस, पूर्ण रुपमा तिमीमा समर्पित गर्दछु । तिम्रो हाँसो, खुशी र सुख मेरो लागि अपुरो-अधुरो सपना हो । त्यसैले पनि तस्बीरमा कैद तिम्रो निश्छल मन्द मुस्कान मेरो लागि प्रेरणाको स्रोत बनेको छ । तिम्रो जीवन, हरपल भयानक लाग्ने डर-त्रासबाट कहिल्यै मुक्त हुन सकेन । तिमीले फेर्ने गरेको प्रत्येक सास पनि तिम्रा लागि नभएर अरुकै लागि हुन्थ्यो । तिमीले आफ्नो लागि कहिल्यै बाँचेनौँ, न त आफ्नो लागि कुनै एक पल नै बितायौँ । तिम्रो त्यो अवस्थाबाट तिमीले मुक्ति नचाहेको पक्कै पनि हैनौँ तर त्यसतर्फ कहिल्यै कदम चाल्ने हिम्मन नै गरेनौँ । तिमी भन्ने गर्थ्यौ 'दु:खै र माथि भुक्तमान' । जतिबेला भन्यौँ त्यत्तिबेला म बुझ्ने अवस्थामा थिइन । आज म बुझ्ने भए, तर तिमी संसारिक मोहबाट मुक्त भइगयौँ ।

हुन त म पनि कहाँ निडर थिएँ र त्यत्तिबेला ? आखिर तिम्रै अंश हुँ । तिम्रो अवस्थाले तिम्रो सोझोपन, सरलता र स्वच्छ भावना झल्काउँथ्यो । पछि थाहा पाए, तिमी र म दुवै जनाभित्र बिद्रोह गर्नको लागि निम्छरोपन पनि त छँदैथियो । तर तिम्रो सहनशीलतालाई छातीमा टेकेर ताण्डव गर्नेहरु अझ निम्छरोपनयुक्त मानव हुन् । तिमीभित्र लादिएको त्यो शासन र दमनले तिमीलाई खाइसकेको थियो । र, तिमीले मेरो वालापन नै कहाँ अनुभूत गर्न पायौँ र ? तर मेरो वालापन भन्दा मैले तिम्रो कष्ट र पीर अनि अति सहनशीलतालाई हरेक सासमा अनुभूत गर्दै हुर्किए । तिम्रो पीडक तिम्रै लोग्ने स-शरीर उभिएको हुँदा मलाई पनि उनीप्रति धेरै घृणा थियो र मनमा भय पनि गडेको थियो । तिमी नै भन्ने गर्थ्यौ मलाई, 'अरुसँग कहिल्यै नराम्रो नहुनु, आफूभन्दा ठूलालाई मुख नलाग्नु, सानोलाई नहेप्नु' । तिमीले यो नियम पालना गरिरह्यौँ जीवनभर । तर खै त, तिमी नै बढि हेपिएकै थियौँ नि ।

तिम्रो पीडालाई मलजल हाल्ने र तिमीमाथि अन्याय गर्ने अर्को नारीको आगमन हुँदा समेत पनि तिमी एकनासे सागरको बहाबझैँ शान्त र सहनशील देखियौँ । जति जति अन्याय हुँदै गयो, त्यत्तित्यत्ति तिम्रा मन, मस्तिष्क र शरिर थकित र लाचार बन्दै गयो । तिम्रो जिवनको अन्तिम घडीसम्म पनि धेरै शान्त र कसैप्रति द्वैष र रीस राग राख्न सकेनौँ । तर तिमी र तिम्रो तिनै सरलताभित्र लुकेको पीडाबाट मैले आफ्नो निम्छरोपनमा सहास हाले, हिम्मत बटुले र आफ्नै बलबुतामा बाँच्ने कोशीसमा छु । आज तिमी मसँग स-शरिर रहेको भए..... तिमी कस्तो हुन्थ्यौँ होला ? जे भएपनि मेरो लागि संसारकै सहनशील र सरल नारी तिमी नै हौँ । तिमीलाई हृदयभरिको समर्पण मेरो ।

5 comments:

Administrator BJ said...

कैलाश कन नङ कैलाश कन काम छं मगपारन हुनसक्छ हनानीन आ अङ्का लागि नचिन्न पनि सक्नुहुन्छ म पनि त्यती चिन्न भन्दा पनि मेरो साथी सँगम सुबाश को मध्यम देखी चिन्थे अनी तपाईंको यो नयाँ जुनछ नयाँ अप्डेट साह्रै राम्रो लाग्यो हामीलाई हाम्रो आमाहरुले जिन्दगी दिनुहुन्छ त्यस्को बद्लामा हामीले केही दिन सक्दैनौ केबल आँशु बाहेक र जती सत्यतालाई पस्किनुभयो मलाई धेरै नै खुशी लाग्यो हुन सक्छ यो दुनियाँमा आमा बाहेक अरु प्यारो र हामी ले पूजानिय केही हुन्न तपाईं को लेख्ले मलाई धेरै गहिराइ मा डुबायो तपाईं यो मर्मस्पर्शी संस्मरण को लागि धेरै धेरै धन्यवाद!*** बाल जीत राइ दुम्माली ब्लग परिवार

कैलाश said...

बालजीत जी धेरै धेरै धन्यवाद मेरो डायरी पढेर मर्मस्पर्शी प्रतिक्रिया दिनुभएकोमा । जिवनका भोगाईहरुलाई शब्दमा उनेर माला बनाउँदै जाने नितान्तै व्यक्तिगत सोचको उपज हो मेरो डायरी । त्यसमा तपाई र तपाईजस्ता अन्य साथीहरुको प्रतिक्रियाले मलाई निकै नै उत्साह जगाउँछ । आशा गर्छु मेरो डायरीमा समेटिएका कुरामा भविष्यमा पनि तपाईबाट राम्रा नराम्रा पक्षमा कमेन्ट आउँनेछ । अनि गाउँका अन्य साथीहरु, जो मलाई चिन्छन्, उनीहरुलाई सम्झना छ भन्ने सुनाउँने कष्ट पनि गरिदिनु होला नि ।

Administrator,Dummali said...

मलाई धेरै खुशी लाग्यो, तपाईं को ब्लग मैले हेरे, तर यता ब्लग गर्नु पर्ने भएको ले केही कमेन्ट लेख्न असम्भव भए जुन तपाईं को शब्द भित्र धेरै कुरा हरु लुकेको छ, ।हाम्रो फुफु लाई आज प्रत्यक्क्ष देखे जस्तो
भन् भयो, उहा को पर्थिक शरीर नभए पनि हाम्रो लागि उहा सधैं हामी सँग हुनुहुन्छ,

धन्यवाद

Administrator,Dummali said...

मलाई धेरै खुशी लाग्यो, तपाईं को ब्लग मैले हेरे, तर यता ब्लग update गर्नु पर्ने भएको ले केही कमेन्ट लेख्न असम्भव भए जुन तपाईं को शब्द भित्र धेरै कुरा हरु लुकेको छ, ।हाम्रो फुफु लाई आज प्रत्यक्क्ष देखे जस्तो
भन् भयो, उहा को पर्थिक शरीर नभए पनि हाम्रो लागि उहा सधैं हामी सँग हुनुहुन्छ,

धन्यवाद

Kobit "Durga" said...

नमस्ते कैलाश जि,
तपाईंको ब्लग पढि सके पछी एउटा कमेन्ट छोडि जान मन लाग्यो, साह्रैनै राम्रो ।।।।।। छ, तपाईंको वास्तविक हो या परिकल्पना, लेख रचना सबै राम्रो छ जो कसैलाई एक दिन्को खुराक आबस्से पाउनु हुनुहुनेछ। भोजपुरे ब्लग सँग आबद्ध भएको ले नै मैले पनि पढ्ने मौका पाए । यस म हाम्रो साथी जे बि जि लाई हार्दिक धन्यवाद अनी भोजपुरे ब्लग लाई सुरक्षा र सम्मयोजन गर्नु हुने सम्पूर्ण साथीहरुलाई हार्दिकता छ। अनी कैलाश जि तपाईंलाई एउटा प्रश्न नरिसाइ उत्तर दिनु होल। तपाईंको हर लाइन पढ्दै गए लगभग २ देखी ३ दिन लाग्यो होला, लाइन एउटा पनि छोडिन। अनी तपाईंको कुटी भित्र के पाए त्यही मेरो प्रश्न हो । तपाईंको कुटी एकदमै शान्ता र सरल छ जो सबै मान्छे ले आश गरेको हुन्छ, तर मान्छेले हर आरोह अबरोह लाई छिचोलेको हुन्छ, अनी सबैले यसलाई साब्दिक रुप दिएर पस्किने जमर्को गर्छ, र गर्छौ पनि । यती सरल र शान्ता जिन्दगी जो कोही ज्युन सक्दैन जो तपाईंको कुटि भित्र पाए। अनी सम्झे के कैलाश साच्चिकै यस्तै सरल र शान्ता छ त ? मतलब तपाईंको कुनै पनि सब्द म तनाब आबेग रिस इर्श्य आश आक्रोश पिडा बेदना इन्कार प्रतिकार स्विकार थकाई पर्खाइ छैन, छ तर हर वाक्य पुरा नहुँदै हास्नु पर्ने यो तपाईंको कला हो कि वास्तत पनि यही सोध्न चाहन्छु ? अन्तह, साह्रै राम्रो छ आझै गती प्रगती को आश गर्दछु ।

दुर्गा
ईराक
बघ्दाद