Wednesday, May 21, 2008

आक्कुई... मेरो कुटीको मेहेनती आलु

एउटा साँच्चीकै कथा लेख्न मन लाग्यो आलुको। लेखौ है त।
काठमाडौको महंगीमा एउटा कोठा काफी छ ज्यानलाई। चुल्होचौका-ओछ्यान-टिभी हर्ने-पढ्ने-पाहूना बस्नेलगायतका all in one झक्कासको कुटी- अलिक अँध्यारो, अलिक साँगुरो, अलिक सेपिलो पाराको। गाँठे हो ! एउटै कोठामा सबै कुरा हुँदा पनि गज्जबै पो त। कुनै कुनै बेला गज्जब नहोला। खैर त्यो त अर्कै कुरा हो।

एउटा किराँतीको बच्चा भएकोले अस्तीको दिन जेठ ६ गते यानि किराँतीहरुको चाड उभौली पर्वको दिन काम गर्न गइन। छुट्टी नै थियो नि त। त्यसको सट्टा साकेला पर्व मनाउन जाने सोच थियो। तर घरमा पाहुनाको आगमनले गइएन। अनि त खानपानको बन्दोबस्त गरे। खानपान भयो। गफगाफ पनि भयो। पाहुना पन्छाइयो। अनि आफ्नो कुटीको कुनाकाँप्चा मजाले सफा गर्ने जोश आयो। लौ न त भनेर शुरु गरे। मैले राखेको सामान मात्रै कुटीमा होला भनेको त फोहोरमैला पनि थुप्रै रहेछ। टिभीको दराज भएको ठाउँबाट दराज सारे। अनि यसो निहुरिए, हातको कुचोसँगै। कलिलो लहरै लहरा पो छ ए गाँठे। हैन क्या हो? म त दंग परे। कुटी अलिक अँध्यारो भनेको थिए नि माथी नै। त्यसैले बत्ती बाले। लहरालाई पछ्याउँदै लाँदा त चाउरी परेको आलु पो फेला पर्यो। हातमा उचाले अनि मजाले हेरे ओल्टाइ पल्टाइकन। सायद मुसाले भोजन गर्न त्यहाँ पुर्याएको थियो कि? विचरा त्यो सिमेन्टीको चिसो सेपिलो भुईमा कत्रो मेहेनतले रहराएछ त्यो आलु। हावा र सेपकै भरमा टुसाएर निकै लामोगरी हिडेछ। त्यो आलुको मेहेनत देख्दा म त दंग परे। ठीक ठाउँमा परेको भए उसको मेहेनत खेर जाने थिएन- उसको लागि पनि हामी खन्चुवा मनुवाको लागि पनि।

केही वर्ष अघि पढेको सिसिपसको कहानी याद आयो मलाई। पहाडको फेदबाट ढुंगा ठेल्दै चुचुरोमा पुर्यायो। ढुंगा गुडुल्केर तलै झरीजाने। तैपनि उसले त्यो काम दोहोर्याउन छाडेन। भएभरको बल गर्दै त्यही काममा तल्लीन रह्यो। त्यही कारणले त सिसिपसको कथा बन्यो। त्यो कथाको अगाडि यो कथा सानै सही तर पनि भरपुर मेहेनत गरेर त्यत्रो लहरायो। मेरै कुटीमा आफ्नो उत्पादन शक्तिलाई खर्च गरीरह्यो। अब के त? त्यत्तिकै फ्याकीदिनु मनले मानेन। अनि त आलुको मेहेनतको थौरैभएपनि कदर गर्दै त्यो कुटीको कुरा यो कुटीमा छिराइदिए। साथीहरु, तपाईहरुपनि हेर्नुस है त्यो मेहेनती आलुको अनुहार। के थाहा, कतै तपाईहरुको दिमागमा पनि कुनै कुराको याद आइ पो हाल्ला कि?


11 comments:

Anonymous said...

गज्जब पो भएछ नि त हौ !

Unknown said...

The snap is the proof....it is really a story .... worth writing...

Basanta said...

Nice post! It is very interesting and depicts your daily life so vividly.

Your free flowing writing is always worth reading.

Keep on doing the good work.

Basanta said...

By the way, what does this आक्कुई mean?

Basanta said...
This comment has been removed by the author.
कैलाश said...

बसन्त जी 'आक्कुई'को मतलब 'आब्बुई' या त 'आहा'भनेजस्तै हो । शब्दकोष पल्टाउँदा दुःख होला । यो पूर्वेली जनजीब्रोमा झुण्डिने ठेट शब्द हो । एकनासे गफगाफको बेला केही चाख लाग्दो वा स्वादको कुरा भयो भने मेरो मुखबाट पनि फुत्किहाल्छ । त्यसैले यहाँ पर्न गयो ।

Anyway, thank you for encouraging words.

साहित्यसंगम said...

मैले त शिर्षक नहेरी पेज अप डाउन गर्दै थिए डर पो लाग्यो हाम्रो साथीले कतै आलु बम त बनाउनु भएन भनेर ? जोकिङ है धेरै राम्रो छ किनकी कुनै कथा बस्तु लेख्दा अरु भन्दा फरक लेख्नु भनेको जेनिअस् भन्नु पर्छ ।

बधाई हो बधाई!

मनु ठाडा मगर (MANU) said...

ye didi yo ta gajjabai bhayecha ni ta ho?? ma ta k ho k ho photo here ani aakkui bhaneko nai po yehi ho ki bhanthaneko ta tala mathi garera pade lastma po aaloo ko photo po rahechha bhanne thaha paye.

Anonymous said...

oh! ho kailash ji
YEk dham jhakas cha ni ho.Yasti interesting article ko saath photo(aalu) pani bhayo bhanne padna pani ramilo lagdo raicha.
Keep on doing . ok
bye.

Arati said...

Nice presentation on 'AAlu"
आलु को सन्दर्भमा आमाले भन्ने कुरा याद आउँछ । पहिले पहिले 'आ ले' भनिन्थ्यो रे । पछी मिठो लाग्न थालेर माया गरेर "आलु " भएको रे । कती को सत्यता छ त्यो चाँही नसोध्नु होला ...

मुग्लाने said...

त्यो आलुको टुसा देख्द केको आकुइ हुनु र हो खाएर हेर्नुनी । म नहुँदा मेरो फेमेलिमा आलुको टुसा पकाएर खाएछ । अनी पुरा फेमेलीलाई नयाँ स्वाद आकुइ पाएछ । तपाईंहरु पनि स्वाद्को आकुइ लिने हो कि ? । किन फोटो हेरेर आकुइ भन्नु । स्वाद पनि चाखेर आकुइ भन्नुस् है । ल त वाइ । "हेरेर आकुइ के आकुइ चखेर आकुइ पो त आकुइ" ।