पुस्तक मेलाको आकर्षणको रुपमा चर्चित लेखक र पाठक आमनेसामने भएर कुरा गर्ने र हस्ताक्षर लिन सकिने चलन राम्रो लाग्यो। जसले पाठक र लेखक दुवैलाई नजिकाउने त छँदैछ। आयोजक तथा बिक्री बितरणकर्ताहरुलाई पनि फाइदै फाइदो रहेछ। दिउँसो ३-४ बजे 'सम्झनाका कुइनेटोहरु'का लेखक खगेन्द्र संग्रौला आउने कुरा निकै नै फैलाइएको थियो। म त्यहाँ पुग्दा ५ बजिसकेको हुनाले भेट्ने आशा थिएन। तैपनि त्यहाँ पुग्दा उनी व्यस्त भेटिए। फ्यानहरुले आफ्नो अगाडि हस्ताक्षरको लागि तेर्साएको किताब पल्टाउँदै 'तपाईको शुभनाम के होला' भनी सोध्दै भट्टाभट हस्ताक्षर धस्काउँदै थिए। भलै आफ्नो फ्यानको नाम केही बेरपछि नै पनि याद नहोस्। तर पाठक र लेखक दुवैको नामसहित हस्ताक्षर गरी पाठकहरुको मन फुरुङ्ग पारेको चाहि मन पर्यो यो ज्यानलाई। आखिर म पनि उनको लेखाई र साधारण व्यक्तित्वप्रति झुकाव राख्ने एउटा फ्यानै हुँ।



स्टलहरुमा किताब हेर्दै जाँदा मेरो आँखा एउटा किताबमा पुग्यो। हातमा लिएर नियालेर हेरे। त्यसै त्यसै त्यो किताबमा दिल बस्यो मेरो। भित्र के छ भन्ने थाहा पाउने हुट्हुटी लाग्यो। स्टल मालिकसँग सोधे। 'त्यसको नामै छ- The Secret। खोल्न मिल्दैन यो त'भन्ने जवाफ आयो। दाम पनि अलिक बेसी नै भएकोले म रनभुल्लमा परे । किताब जति हेर्छु उत्ति राम्रो लाग्छ । अनि त्यसको कलात्मक लेआउटले पनि मन तान्यो । त्यो किताब यस्तो देखिन्छ ।


अब त्यस्तो गोप्य कुरा हातमा लिएपछि मनमा कौतुहलता लाग्नु अस्वभाविक होइन सायद। जे होस् मलाई किताबको भित्री अनि बाहिरी दुबै रुप मन पर्यो। त्यसको लागि मेरा एकजना साथीलाई धन्यवाद। धन्यवाद केका लागि? अनि पुस्तक औद्यी मन किन पर्यो त? it's still top secret...
4 comments:
रमाईलो जानकारी र रोचक लेखन शैल!। बरु त्यो औधी मन परेको किताबको secret किन नखोलेको?
हामी त पुस्तक मेलामा पनि जान पाएनौ नत्र यसो वल्टाई पल्टाई बाहिर बाट हेरेर बए पनि चित्त बुझाउँथ्यौ ... के गर्ने ?
आर्को पोष्टमा secret खोल्ने हो?
ye di k ho secret mathi ajhai secret??? plz arko choti blog kholda chai tyo pani herna pau hai?
kya Bat. Nice Job.
Ramro 6
Post a Comment