Sunday, June 22, 2008

फुर्सदमा टहलिँदा ...

ईँटाको चाङ राखेझै ठडिएका काठमाडौका घरहरु, अनि ती घरभित्रका कोठाहरुमा कोचिएर बस्नुपर्नै धेरैको बाध्यता । त्यस्तो उकुसमुकुसबाट एकैछिन फुत्किएर फुर्सदसँग खुला ठाउँमा पुग्दा त गज्जबै हुन्छ। फराकिलो चउर, हरियो र खुल्ला वातावरण, वरिपरि अनेक दृश्य हेर्न पाइने, अहो कत्ति आनन्द हगि! म काठमाडौभित्रकै कुरा गर्दैछु।

शहरको जीवनशैली काम पनि छैन, फुर्सद पनि छैन भनेझै हुन्छ। त्यसैले आज फुर्सदकै गफ गरौ क्यार? साथीहरुसँग घुमघाम गरिसकेपछि भृकुटी मण्डप परिसरमा रहेको चउरमा बस्दै ताल-बेतालको कुरामा गफिँदा कस्तो होला? रमाइलै होला हगि? हामी सबै त्यही चउरतर्फ लागौ अहिलेलाई- चउरको एक छेउमा एउटा कुकुरको आसन हेर्नलाई। कुकुरको अनेक आसन देखेपछि मलाई टुडीखेलको 'योग अभ्यास'को याद आयो। यद्यपि कुकुरको आसनसँग योगालाई दाँजेर योगा जगत तथा योगा गर्नेहरुलाई नकारात्मक ढंगले वा नराम्रो हुने कुनैपनि खालको कुरा गर्न खोजेकी भने पक्कै पनि होइन (कृपया यसलाई कसैले पनि अन्यथा नलिइदिनुहोला)। मात्र एकदिन म पनि योगा अभ्यास गर्न पुगेकी थिए। तर म नियमित र भाँती पुर्याएर योगा गर्दिन। या भनौ म योगा नै गर्दैगर्दिन। तैपनि त्यो एकदिनमा मैले जे देखेँ अनि गरे, कुकुरको चर्तिकला पनि झण्डै उस्तै देखे। फुर्सदमा कुकुरको त्यो क्रियाकलापलाई नियाले। वातावरण, स्थान, केही आसन र मेरो उडन्ते दिमागको तालमेलले गर्दा मलाई त्यसो लागेको हुनसक्छ। केही तस्बीर हेरौ। (तस्बीरको लागि साथी चिरनप्रति अनुग्रही छु।)

यो आसन देखेपछि योग गुरुले भनेको कुरा सम्झे 'शरिरलाई आरामसँग तन्काउनुस्, सम्पूर्ण शरिरलाई स्वतन्त्र ढंगले छाड्नुस् र रिल्याक्स गर्नुस्, निश्चिन्त हुनुस्। मनमा भएका सबै राग, द्वेष त्याग्नुस्'।
त्यस्तैगरी यो आसनले 'तपाईको शरीरको कम्मरमाथीको भागलाई विस्तारै दाहिले मोड्नुस्'।
'र, फेरी देब्रेतर्फ लैजानुस्, यही क्रियालाई केही बेर निरन्तरता दिनुस्'भन्ने दृश्य दिमागमा आयो।
सामान्यतय योगा गरिसकेपछि गुरुवर्गको वाणी सुन्ने पालो हुँदोरहेछ। त्यही अनुरुप योग गुरुको 'शारीरिक अभ्यासपश्चात अन्य कुराबारेमा जानकारी लिनुस्, जसले योग अभ्यासलाई मात्र हैन तपाईको सम‌ग्र क्रियाकलाप तथा व्यवहारमा सहयोग दिन्छ। त्यसैले हतार नगर्नुस् केही ज्ञानगुणका कुराहरु सुन्नुस्' भन्ने आग्रहलाई स्वीकार्दै सबैजना गुरुको वाणीतर्फ केन्द्रित हुन्छन्।

यहाँहरुलाई कस्तो लाग्यो त? स्वतन्त्र रुपमा भन्न सक्नुहुन्छ आफ्नो विचार।

10 comments:

Unknown said...

कुकुर मैले आफैंले पालेको थिएं एकताका घरमा (नेपालमा) । साह्रै अल्छे थियो मेरो कुकुर मैले नाम भने टाईगर दिएको थिएं उसलाई । कुनैबेला मलाई कुकुरसंग खेल्न मनलाग्यो या कतै जाँदा कुकुर पनि साथै गईदिओस भन्ने लाग्यो र बोलायो भने उ पट्टक्कै नसुनेर सुत्थ्यो तर त्यस्तै अल्छि गरेर सुतेको बेलामा पनि उसलाई कतै जानुपर्यो भने उठेर एक पटक अगाडीको खुट्टा तन्काएर जिउ पछाडी तन्काउंथ्यो र फेरी पछाडीको खुट्टा तन्काएर जिउ अगाडी पर्ने गरेर तन्किन्थ्यो र त्यसपछि फुर्तीका साथ आफ्नो बाटो तताउंथ्यो । मलाई हामीले खेल खेल्न लाग्दा एकछिन उफ्रेर जिउ तताएझैं गरेको हो कि उसले पनि जस्तो लाग्थ्यो । वास्तवमै हामी मान्छेहरु साह्रै अल्छि हुनाले स्वस्थ्य रहनको लागी सामान्य शारिरिक ब्याययम गर्न पनि गुरुको आवश्यकता पर्छ , योगा नै गर्न त झन परकै कुरा भयो तर तर अन्य प्राणीहरुले भने हरेकले नियमित शारिरिक ब्याययम गर्ने गर्छन जस्तो लाग्छ मलाई । तपाईंलाई पनि त्यस्तै लागेछ क्यार ।

मनु ठाडा मगर (MANU) said...

oh ho didi yoga ko class ta nikai linu bhayeko thio ki k ho kunai din? but j hos lekha dherai ramro cha keep it up dude.

Unknown said...

अहो ! कुटी सजाईएको कला सुन्दर लाग्यो ।

Basanta said...

Funny! You have great sense of humor.

कुटीको नयाँ सजावट दा---मी छ। अब त कुटी हैन, दरबार जस्तै देखिएको छ:)

Unknown said...

timi ta regular yoga gardaina raichhu baru kukur le regular yaoga garcha jasto 6. so it look quite healthy, handsome, graceful.
if u wnat 2 be beautiful daily yoga garnu parayo ni. ki kasho ho ?

कैलाश said...

kaalpatra jee, कुकुरले दिनहू योगा गर्छ कि गर्दैन त्यही कुकुर जानोस्‌। तर राम्रो र सुघ्घरी नै थियो कुकुर। स्वास्थ्यको कुरोमा ख्याल गर्दै योगा गर्नु ठीक हो। beautiful हुनलाई मात्रै योगा गर्ने न जाँगर छ, न चाहना नै छ मेरो। त्यसैले त्यो काम मबाट हुन गाह्रो छ है।

anyway im greatful to your comment. thank you kaapatra ji.

Aakar said...

कुटिको नयाँ साज-सज्जा अत्यन्त मनमोहक छ , अनि कुकुर का विभिन्न आसनहरु, योगालाई नै चुनौति दिने ! :)

Anonymous said...

वास्तवमा कुकुरले योगा गरेको जस्तो मैले देखिन्, हुन सक्छ, मान्छेको आ - आफ्नो हेराइ र बुझाई फरक हुन्छ नै ।
खासमा कुकुरले आफ्नो शरीर चिल्लाएको अथवामा प्राय कुकुरहरु यसरी नै आफ्नो शरीरमा चिलाएको ठाँउलाई शान्ता पर्न यस्तै गर्दछन ।

अन्तमा कुटी लाई दसैं लागेको रहेछ,लिप पोत गरिएको रहेछ, निक्कै मनमोहक (सुन्दर) कुटी रहेछ,

Dilip Acharya said...

मैले बुझे अनुशार 'योग'('योगा'योगको पश्‍चिमिकरण गरिएको शब्द हो मलाई मन पर्दैन)कुकुरले गर्दैन । अर्कोकुरा योग र व्यायाम पनि फरक फरक कुरा हुन, त्यसैले कुकुरले व्यायाम सम्म गर्न सक्ला तर योग होईन ।

बाँकी 'कुटी' त पूनर्निर्माण गरेर दामि "भवन" बनाउनु भएछ , बधाई छ ।

Kobit "Durga" said...

Really instrasting chit chat ... really funny and fresh thanks kailash
Durga