Tuesday, June 17, 2008

GANATANTRIK dedication

गणतन्त्रको स्वागत र खुशीयालीमा काठमाडौको नयाँ सडक (New Road)नेर बनाइएको colourful मण्डला।
ऐतिहासिक नै ऐतिहासिक घटनाक्रमको लस्कर लागेको लाग्यै थियो हाम्रो नेपालमा। गणतन्त्र घोषणा भयो। हामी गणतान्त्रिक मुलुकमा प्रवेश गरेको पनि २ हप्ता नाघीसक्यो। माल्दाई (ज्ञानेन्द्र) कुम्लो कुटुरो कसेर छेउ लागिसके (कत्ति छेउ लागे त्यो आफै मनन गर्नुस है)। थोरै ढिला भएपनि गणतान्त्रिक मुलुक भएकोमा साथी चिरनले कैलाशकोकुटीलाई यो फोटो उपहार दिएका छन्। ठ्याक्कै समयतालिका नमिलेपनि कालखण्ड त बितेको छैन। त्यसैले उनको यो उपहार कुटीमा पाल्नुहुने सम्पूर्ण मित्रहरुमा समर्पित छ। जय होस् सबैको।

4 comments:

Unknown said...

अहो ! कति सुन्दर मण्डला । यस्तै सुन्दर अब नेपाल बनोस् भन्ने हाम्रो चाहना चैं चाहनामै सिमित होला जस्तो छ ।

Aakar said...

मण्डला त साह्रो राम्रो छ, अनि गणतन्त्र पनि आइसक्यो, तर खै केही परिवर्तन आ'को जस्तो लाग्दैन, सबै नेताहरु कुर्सी तानातान गरिरहेकाछन् ।

Dilip Acharya said...

साँच्चै सुन्दर मण्डला !!

मैले बुझे अनुसार मण्डला भनेको यौटा धार्मिक चिन्ह हो क्यार । तर यो के हो ??? मण्डलाको बिचमा हसिया-हथौडा!!!... ... वाह! क्या संयोजन छ ... धार्मिक गणतन्त्र! Republican Buddhism!!

वाकी दिपक जी र आकार जि को कुरामा म पनि सहि थाप्छु । नेपाललाई सुन्दर बनाउन समय लाग्छ ... तर कमसे कम कुर्सी तानातान त नगर न हो भातमारा नेताहरु!

Basanta said...

मण्डला हेर्ने मौका दिनुभएकोमा धन्यबाद!