(बिशंखुनारायण मन्दिरको डाँडाबाट देखिएको विष्टछापलगायतका अन्य गाउँ)
गत चैत ८ गते होलीको अवसरमा विशंखुनारायण गाविस १, विष्ट छाप नामक गाउँ पुग्दा चारैतिर हरियो बनजंगलयुक्त डाँडाकाँडा देखियो । ती डाँडाकाँडाभन्दा माथि खुल्ला र सफा आकाश देखिन्थ्यो भने वरपर फाँटिलो जग्गाजमिनहरु तथा अर्ध शहरीकरण्का नमूना घरहरु देखिन्थ्यो । वरपर आँखा घुमाएपछि मेरो मनले नाम जुरायो- 'मिनि उपत्यका' । युवा अभियान नामक संस्थाको अगुवाइमा होलीको अवसरमा वर्षेनी मुन क्याम्प लाने गरेको सो गाउँमा यो चोटि लगभग ७० जना जति युवाहरुको एउटा समूह थियो ।
काठमाडौं उपत्यकाको कोलाहल, प्रदुर्षण, होलीको लोला आतंकबाट टाढा भइ, केही नौलो अनुभूतिका साथ एकदिन बिताउने मेरो मनोकांक्षा थियो । त्यही मनोकांक्षाले डोर्याएर साथीहरुसँग म पनि पुगे 'मिनि उपत्यकामा' । त्यहाँ पुग्दा जाँडरक्सी, जुवातास जस्ता कूलत मुक्त विष्ट गाउँलाई नमूना गाउँ बनाउने कसरत चलिरहेको, छ्यालब्याल पानी हुने गोदावरी आसपास भएपनि ३, ४ महिना खानेपानीको लागि दु:ख गर्नैपर्ने बाध्यता रहेछ । लगभग ७५००० लिटरको पानी ट्यांकी निर्माण कार्य चलिरहेको थियो । मुन क्याम्पका सहभागीहरुले त्यसमा केही घण्टा आफ्नो श्रम खर्चेर सहयोग गरे ।
त्यस अलावा २४ घण्टाको अवधिमा एकाध घण्टाको हाइकिङ्ग, विभिन्न खालका खेलकुद र साँझको समयदेखि मुन क्याम्पको मुख्य आकर्षण 'चन्द्रमा दर्शन' शुरु भयो । त्यसको केही समयपछि शुरु भएको नाचगानले आधारात बितिसक्दासम्म निरन्तरता पायो । त्यहाँको वातावरणमा युवा जोश जाँगरसहित साथीहरु रौसिएको देख्दा आफू केही बूढो भइएछ भन्ने महशुश पनि गरायो ।
स्थानीय खानपान, अलग वातावरण, नौलो ठाउँ र परिवेशमा पुग्दा, एकदिनमा थुप्रै कुराको अनुभव लिँदा नरमाएका सायदै थिए होलान् । होलीको विकृति बढिरहेको बेला केही युवा जमातले नयाँ ढंगले सदुपयोग गर्ने परम्पराको एउटा सकारात्मक स्वरुप मान्न सकिन्छ मुन क्याम्पलाई । साँझ तथा रातको समयमा स्थानीय बासिन्दाहरुसँग सहकार्य गरी अलिकति व्यवस्थित ढंगले मनोरञ्जन गर्न सकेमा अझ राम्रो हुन्थ्यो कि ?
남아시아에는 다양한 아름다운 나라
6 days ago
No comments:
Post a Comment