Friday, May 30, 2008

'Happy Ganatantra' को एसएमएस

गणतन्त्र घोषणा हुनु अघिल्लो दिन, राजतन्त्रको सुर्य अस्तसँगैको गणतन्त्रिक अभिवादन।
Basanta, Asmina and Me at Baneshwor.

अस्तीको दिनको गणतन्त्र उत्सवको ह्याङओभरले राती २ बजेतिर सुतिएको हुनाले हिजो बिहान अबेरसम्म ओछ्यानमा मस्त निद्रामै थिए। मोबाइलको घण्टी बजेको बज्यै भएपछि आँखा नउघारीकनै चुर्मुरीदै मोबाइल ताने टेबलबाट। 'लौ देशमा यत्रो गणतन्त्र भन्ने चीज ल्याएर यत्तिका बेरसम्म सुत्ने?' भन्ने आवाज आयो। कुराकानी सकिएपछि मोबाइलमा हेरेको त राती नै देखि आएको एसएमएसको लाइन थियो। त्यसमाथी सबका सब त्यही गणतन्त्रको शुभकामना अनि बधाई लेखिएको। कुनै साधारण रुपमा लेखिएको। कुनैमा साहित्य मिसिएको। कुनै भने कलात्मक ढाँचामा सजीसजाउ गरेर ठेलिएको एसएमएसहरु। सबै पढ्दै लगे। तर कसैलाई फर्काउने मूड बनाइन।

त्यसमध्ये अन्तिममा ओपन गरेको एसएमएस रमाइलो लाग्यो मलाई। केटा साथीको थियो त्यो एसएमएस। लेखिएको थियो "हाई डियर! प्लीज नरिसाउनु है कसैगरी पनि, धेरै पहिलेदेखि तिमीलाई एउटा कुरा भन्नु थियो, लाखौ पल्ट कोशीस गरे तर असफल भए, भन्ने हिम्मत नै जुटाउन सकिन मैले, अनि बेला पनि घर्केको छैन भन्ने पनि लाग्थ्यो, अब त अति भो, किनकी आज पनि भनिन भने जिन‌्दगीमा कहिल्यै पनि भन्न सक्दिन होला... फेरी अहिले त गणतन्त्र पनि आइसकेको छ।"

बाँकी भाग अर्को पल्टको एसएमएसमा थियो "धेरै मान्छेहरुले गणतन्त्र र संविधानसभाको चुनावसँगै आफ्नो ठुल्ठूला धोको पूरा गरेका छन्। जस्तै गगनले बिहे गरे। प्रकाश सार्वजनिक भए। देशमा गणतन्त्रले हिम्मत दिएको छ अनि मौका पनि। त्यसैले आज जे होला-होला म तिमीलाई भनेरै छाड्छु, I Love, I really and deeply Love............... गणतन्त्र, अनि Happy Ganatantra to you."

यस्तो लाग्दैनः कसैको एकोहोरो मायामा उकुसमुकुस हुँदाहुँदा साहस बटुलेर प्रस्ताव पो राख्दै छ कि क्या हो आफ्नो sweetheart लाई!!!!!!!! Anyway, Happy Ganatantra to all the People, who love/really love and want the ganatantra.

5 comments:

Dilip Acharya said...

खोई म त बाहिर भएकोले एस एम एस त पठाउन सकिन तर ढिलै भए पनि Happy Ganatantra!!

Basanta said...

Happy Ganatantra!!

Nice posting. Seems Ganatantra has emboldened all.

It must have been very exciting to be living in Nepal at that moment and these days as a whole. so sad, I couldn't be there at such a great moment!
Thank you for your post, we can get some 'feeling' of theat moment.

Basanta said...

By the way 'kailsh'jee, lets exchange the links. My blog is

http://gautambasanta.blogspot.com/

Anonymous said...

haina, eti ramro lekhne manchhe ko blog aahile samma maile na bhete ko?

Gajab ramro chha!!!


thanks!
dai

कैलाश said...

पहिलो कुरा, ब्लगको कुरो पढेर प्रतिक्रिया दिने सबै मित्रहरुलाई होलसेलमा गणतन्त्रको विशेष बधाई । दोस्रो कुरा, मेरो लेखाईलाई मन पराइदिनुभएकोमा फेरीपनि होलसेलमै धन्यवाद । तेस्रो कुरा, बसन्त जी सञ्जाल बनाउने काम त असाध्यै राम्रो नि साथी । दिल खुश भो । तपाई उताको अनुभूति साट्नुस म यताको । कुरो मिल्ला नि हैन ? अन्तिम कुरो, ब्लगर दाई र कुटीको भेटेर पहिलो भेटमै लभ पर्या हो कि के हो ? खैर सबैलाई फेरी पनि गणतान्त्रिक बधाई अनि धन्यवाद है मनैदेखिको ।