Sunday, May 11, 2008

परदेशी दाजुसँग Roman मा च्याट

हामी हुर्किदै जाँदैछौँ । पाको हुँदै जाँदैछौँ । र तीब्र गतिमा विज्ञान र टेक्नोलोजीको प्रभुत्व बढ्‍दै गइरहेको छ । नेपालमा पनि यसको प्रभाव निकै नै छ । त्यसको प्रभावबारेमा ठूलै छलफल र कुराकानी गर्न सकिन्छ । अहिलेलाई भने म इन्टरनेटको सुविधामध्येकै एउटा सुविधाको कुरा कोट्‍याउँदैछु । जसले सात समुन्द्र पारी रहेको मान्छेसँग नजिकिएको महशुश गराउनुको साथै शब्द र भावना साट्न सजिलो बनाइदिएको छ ।

वर्षादिन भन्दा धेर भयो परेदेशी दाजु कमाउन खाडी मुलुक गएको। परदेशी दाजु हप्ता या पन्ध्र दिनमा एकचोटि शुक्रबारको दिन पारेर अनलाइन बस्छन्। अनि म पनि समय मिलाएर अनलाईन बस्छु। हाम्रो Roman chat शुरु हुन्छ कुशलमंगलको खोजखबरबाट: 'Sanchai 6ou?'। मनले सम्झेको जति सबैको बारेमा हालखबर सोधीसक्छन्। तर आफूले चाहि आफ्नो बारेमा भन्नै बिर्सन्छन् । सायद परदेशमा एक्लिएको महशुश गर्दागर्दा विस्फोट भएको आत्मीयताको स्वरुप होला । एकोहोरो जवाफ दिँदादिँदा 'tapaiko k 6?' भन्ने प्रश्न गर्नु भन्दा पनि एकैचोटि सबैलाई समेट्‍ने गरी भन्नु ठीक भनेर 'aafno barema chahi kehi navanne?' भन्छु। 'kura sodda soddai maile ta birse6u'भन्ने स्वभाविक उत्तर आउँछ । सन्चोविसन्चोको कुराकानी सकिएपछि कामकाजको कुरा सोध्छु ।

'hami jastole garne kam ta tyahi ta ho ni 'kully'. garmi huna thalyo aba 10sa suru vayo'। गर्मीको प्रसङ्गमा भन्छु 'AC nai AC hu6ni re ni haina ra?'। बाध्यता पोख्छन् परदेशी दाजूः'bahira kam parda k ko AC? maruvumima AC ta hamro jiyan po hu6a ta. Nepalko jasto prakritik hawa kaha paunu ra yaha'। हुन पनि हो नेपालको हावापानी अरु देशमा कहाँ पाउनु । त्यसमाथि खाडी राष्ट्रमा जानेहरुको कुरा सुन्दा त उड्‍दै गरेको चरा गर्मीले प्याट्‍ट प्याट्‍ट भुइँमा खस्छ रे ।

कुरा गर्दागर्दै ऋणको प्रसङ्ग निकाल्छुः 'aba kati rin baki 6a?'। '3 vagma 2 vag. rinko byagle po garnu gareko 6a ta'। डलरको भाउ घटेकोले पनि निकै असर गरेको छ अहिले । परदेशी दाजु पनि त्यसको मर्का पोख्छन्: '$ko vau ghatera jhan saro pareko 6a ni'। आफ्नो भनेको आफ्नै हो भन्ने भित्रैदेखि महशुश गर्दै परदेशमा बसीराखेका दाजु नेपालको आश नगरीकन राम्रो विकल्पको आश गर्दै अगाडि लेख्छन्: 'rin tirisakepa6i ta ma farkihal6u. ani alik ramro thau khojera feri jan6u. nepalma basera ta k garnu ra, afu 1klai lai ta pugdaina tyahako kamaile'।

यत्तिकैमा नेपालको राजनीतिक परिवर्तनप्रति आशा गर्दै सोध्छन् परेदशी दाजु:'aba ta nepalma hamijastako pani din aaula ni'। 'aasha ganra sakin6a' भन्छु म । परदेशी दाजु सिधै दरबारतिर सोझिन्छन्: 'maila dai ko altimatam k hudai6a? aba usko ta miti pugnu parne haina ra?'। म भन्छु: 'pahilo baithak nai baseko 6aina'। सायद उनले आशा गरेका थिएनन् यस्तो कुरा, त्यसैले भन्छन्: 'lau chunab sakiyeko 21 din vayena ra?'।

म आफैसँग बोल्छु "दिन गन्दा त कहाँ नहुनु र दाजै तर निर्वाचन आयोगले घोषणा गरेको दिनदेखि पो २१ दिन हुनुपर्‍यो त । जितेर आएकाहरुबीच छलफल र सहकार्य हुनुपर्‍यो नि । कहाँ त्यत्ति सजिलो छ र ।" राजनीति विषय टुङ्‍ग्याउने हिसाबले म जवाफ दिन्छु: 'Nepali time vanne 6a ni vanai, tyastai ho kiya yo pani, aba jethko bichma pahile baithak bas6an hola'।

यस्तै यस्तै अनुभूति, बाध्यता र आशाको कुराकानी पछि रिफ्रेसमेन्टको कुराकानी गर्छन् परदेशी दाजु: 'sunko vau ghatdai rahe6a aba mero B-he hun6a jasto 6a'। मेरो हाँसो छुट्‍छ। हास्ने समय लिन र थाहा दिन टाइप गर्छु: 'hahahaha....', 'Sunko vausanga tapaiko B-heko k sambandha haou'। फेरी टाइप गरेर ठेल्छु: 'malai ta 1 chimti sindur vaye pug6a van6a geet po yaad aayo'। फटाफट टाइप गर्छन् उताबाट दाजु: 'tyo ta geet matrai ho. realma ta kaha tyasto hun6a ra gathe', 'ali ali ta sun kinnai paryo ni ta'। अझै जिस्काउँदै भन्छु: 'khai kati man6ele tyatikai B-he garekai 6an ta'।

परदेशी दाजुको जवाफ आउँछ: 'kura alik beglai 6a kiya. behuli arkai jaatko hun6a jasto 6, ani sun-chadi pani alik ruchaune', 'tyasaile ma fase ki kiya ho? hahahaha...'। कुराको बिट मार्दै म भन्छु: 'la dajai ekdam thik 6 hai- samabesi khalko hunu par6a. teeth tikhardai garoula hai'। परदेशी दाजु पनि सहमतिमा कुरा सकाउँछन्:'la la, aba b4 gardai6u'।

भेट्दै गर्ने वाचाका साथ अफलाइन हुन्छौ हामी । जय इन्टरनेट ।

5 comments:

Admin Dummali said...

ट्याप रिकर्ड जस्तै शब्दहरु रेकर्ड गर्न सफल
,फुल का थुङगा हरु झै शब्दहरु उन्न राख्न सफल् । ब्लगर को बौद्दिक्ता झलकाउछ । मलाई खुशी लाग्यो ।
धन्यवाद

Anonymous said...

रोमन मा च्याट गरिन्छ अनि सुख दु:ख का कुरा गरिन्छ, इन्टरनेटको जय भन्नै पर्छ । तर कुरा रोमनमा गर्दा अलि खल्लो अनुभव हुन्छ । अत: म रोमन मा नभै नेपाली मा नै च्याट गर्ने सल्लाह दिन्छु । अहिले सबैभन्दा सजिलो तरिका भनेको रोमनाइज्ड नेपाली युनिकोड कम्प्युटरमा इन्सटल गर्नुपर्छ । यो चलाउन पनि धेरै सजिलो पनि छ । साथै अनलाईन कन्भर्ट गर्ने साइटहरु पनि प्रशस्त छन् । यस-सम्बन्धमा बाहीर बस्ने ले पनि सोच्ने कि ???

Admin Dummali said...

अकार जी
सर्ब प्रथम त हजुर लाई धेरै धेरै धन्यवाद, तर पनि तपाईं को सुझाब लाई मध्य नजर राखेर्, मा केही भन्न चाहन्छु, किन कि हामी लगभाग १ घण्टा जत्ती मात्र ईन्टरनेट प्रयोग गर्न सफल हुन्छौ, त्यो समय हामी ले सम्पुर्ण हाम्रा जानकारी हरु लाई ब्यक्ता गर्नु पर्छ, तपाईं को भनाई पनि ठिकै हो तर समय को अभब का कारण त्यो हुन सकेको छैन , आशा छ त्यो सपना पनि पुरा हुनेछ , धान्यबाद

Anonymous said...

Hi everyone


The new kid on the block is http://www.BuySellDirect.net is a Free and improved ebay to sell your products and services and make a second income on the Internet.


http://www.BuySellDirect.net is the best place to sell your products absolutely free on the internet.

Anonymous said...

cool ways to lace van shoes new zealand replica juicy couture and luis vittion bags