
अब आउनुस् आज Medium size को Banana Cake बनाउनतिर लागौ है त-
पहिला सामान ठीकठाक पारौँ-
केक पकाउँने ओभन त हुनैपर्यो। अन्य सामाग्रीहरुमाः
- मैदाको पीठो (२ कप)
- केरा ३ कोसा (केराको सट्टा स्याउ, गाँजर आदि पनि राख्न मिल्छ) उछिलेर स-सानो टुक्रा पार्ने
- बटर १५० ग्राम
- बेकिङ पाउडर (सानो चम्चाले २ चम्चा)
- दुध (१ कप)
- चिनी (१ कप)
- अण्डा (३ वटा) फिट्ने
- नुन (३ चिम्टी)
बनाउँने तरिका
- मैदाको पिठोमा बेकिङ पाउडर र नुन हालेर मोल्ने।
- बटरलाई पगाल्ने अनि त्यसमा चिनी र अण्डा राखेर चम्चाले फिट्ने। त्यसैमा मोलेर राखेको पिठो, केरा र दुध हाल्ने अनि मिक्सचरमा राखेर फिट्ने। अब केक पकाउनको लागि सबैकुरायुक्त घोल तयार भयो।
- अब ओभनमा सो घोललाई खन्याउँने, ओभनलाई बन्द गरेर ग्यासमा बसाल्ने या बिजुलीमा जोड्ने (ग्यास या बिजुली दुबैमा केक पकाउन मिल्ने ओभन पाइन्छ, ग्यासमा पकाउँने हो भने धेरै ठूलो ग्यास नबाल्ने)।
- ३५ मिनेटसम्म पाक्न दिने (बीचमा बिर्को खोलिएमा केक कच्पचिन्छ/राम्रोसँग पाक्दैन)।
- ३५ मिनेट भयो अब केक तयार भयो (यतिञ्जेलमा केकको बासना फैलिसक्छ)।
केराको साधा केक तयार भयो। यसलाई अझ सुन्दर र झिल्के बनाउने भएमा कलरफूल क्रिम, किसमिसलगायतका थुप्रै चीजहरुद्वारा सजाउन सकिन्छ। कसैलाई स्पेसल उपहार दिनको लागि माथीबाट स्टायल स्टायलमा मजाले लेख्न पनि सकिने भो। लौ है साथीहरु केक मन पर्छ र पकाउँने मन भएमा यी माथि भनिएका कुराले पक्कै पनि मद्दत गर्छ।
8 comments:
चित्रमा देखएको केक तपाईले नै बनाएको हो त ?
लौ केक पनि खाइयो । सरी ल, शुभकामना दिनै बिर्सिएछ, खान थाले पछि के सम्झनु ? जन्मदिन पर्ने सबैलाई बधाई है ।
अनि १ वर्ष पुरानो केक, यस्तो वासी त खान्न हौ !
केक त पक्कै मन पर्छ तर यसरी सामान जोडेर, पकाएर खान पर्यो भने चाहि 'मन पर्दैन' भन्नु पर्ला!
अहो ! मैले चैं एक पल्ट ट्राई गर्ने भएँ है कैलाश जी , अनि साँच्चै त्यो चित्रमा भएको केक तपाईँले नै बनाउनु भएको हो त ? उजेलीजी एक्लैले सोधेर नबताउनु भएको हो भने मैले पनि सोधें है - साह्रै सुन्दर बनाउनु भएछ , हो भने । म नेपाल आउँदा कुनै शुभ दिनहरु जुरेछ भने केक बनाउन चैं तपाईँलाई लगाउनु पर्यो ( यदि मैले बनाउन सकिनं भने ।)
तपाईं त हन बडो गजबको बेकरी वा पेस्ट्री मेकर रैछ वा म काठमाडौं आउँदा एक दिन छिर्नै पर्ला जस्तो छ तपाईंको कुटी तिर ।
हा हा हा...एकछिन हास्छु है पहिला। केकको फोटोले मुख मत्ते रसायो होला भनेको त शंका पनि पो पैदा गराएछ यार। अब जवाफ दिनैपर्यो नि। सबैकुराको ताल परेको बेला भएर बनाएको थिए नि आफैले।
अनि आकारजीलाई धन्यवाद छ। अपरिचितहरुको जन्मदिन भएनि बधाई दिनुभएकोमा। अनि त्यो केकमा लेखेको मिति हेर्दा मात्रै १ वर्ष पुरानो हो क्या। मजाले हेर्नुस् न expire date नै लेखेको छैन। त्यसको मतलब जहिलेपनि खाँदा फीट हुन्छ क्या। मेरो कुटीमा छिरेको बेलामा खाइरहनुस् न।
दीलीपजीले भनेझैँ केही पनि नभएको अवस्थामा त मन परेपनि बनाएर खान झन्झट त हुने नै भो। अनि दीपकजी तपाईले चाहि बनाएपछि कस्तो हुन्छ मलाई भन्न नभूल्नु होला है।
अनि बिजे म बेकरी मेकर त हैन। तैपनि मेरो ढंगले बनाउँन पुग्ने खान्की खाने निहुँले कुटीमा छिर्ने हो भने मलाई कुनै आपति हुन्न है।
बिट मारनी स्वरुप धन्यवाद छ सबैलाई।
होइना होउ कैलाश जि के हो,आफन्तको बर्थडे पनि एक्लै सुटुक्क मनाउने? अनि हेर्दै खाउ-खाउ लाग्ने केक बनाएर देखाउने मात्र लौ यो चाहि भएना है
हा,,हा,,,हा,,,,,,
wa kailash jeee.kya khatra articel.
narendra raule
Post a Comment