Thursday, August 14, 2008

उल्कै भो

उत्तम बहाना -लोडसेडिङको
संगीहरुसँग हल्लाखल्ला
डेटिङ पार्टनर कसलाई बनाउँने?
उडन्ते नै सही
बेलाबखतमा गरिन्छ रमाइलो

ओहो नि !
आफ्नो ह्याँ कत्रो धोको
लौन,
कमरेड प्रचण्डसँगै फुकाउनु छ यो मनको पोको
पाए त जान्थे नि
उनैसँग डेटिङ
long driving
अनि,
कत्ति धुवाँदार गफ होला हगि?
walking with him in the evening

आम्मै नि !
बडो Handsome भइकन म तिरै पो आए
सँधै झैँ थोरै कुम हल्लाए
मुसुक्क मुस्काउँदै -मने
मुठ्ठी पारेको हात उज्याउँदै
अँग्रेजीमै I Love U पो भने

मेरी आम्मै नि !!!
थाहै भएन
कता-कता
मलाई के भो, के भो
pick hour मा पिर्लिक्कै आँखा पो खुल्यो
हत्तेरिका,
जत्ति बिधि उल्कै भो

(एक महिना अघिको कुरो। बत्ती गएको बेलामा यसै साथीहरुसँग जिस्किदै थियौ। कुराकानीको क्रममा अब के गर्ने भन्ने प्रश्न आयो। त्यत्तिकैमा मैले प्रचण्डसँग डेटिङ जान मन छ भने'थे। अनि एक्कैछिन भएपनि कुरा चर्केको थियो। त्यही कुरालाई मैले गए राति लोडसेडिङ भाकै मौका पारेर आफ्नै लागि यो भाँतीको 'ठट्यौलो कविता' बनाए- उसो त गाइजात्रा पनि नजिकिदैछ। आफैले मात्रै पढ्ने गरी तर एकदमै थोरै कविता लेख्दै फाल्दै गर्थे। मेरो ब्लगका पाठक मित्रहरुमा कविहरु पनि थुप्रै हुनुहुन्छ। म बाहेक अरुको लागि के नामको 'चीज' बन्यो कुन्नी, कष्ट गरेरै भएपनि भनीदिनु होला है। धरोधर्म स्वीकार्छु, म कविता लेख्न भेउ पाउदिन। बूता पुग्दैन भनौ न। अनि धाइवा जी तपाईले मलाई बारम्बार 'खै त तपाईको कविता हामीले पढ्न नपाउने?'भन्ने गर्नुहुन्थ्यो। यो पोष्टले तपाईको प्रतिक्षाको के हाल बनायो कुन्नी। सत्ते सत्ते बकीदिनुस् है। )

8 comments:

manu said...

दिदी हैन हौ गजब नै भएर ल्याए छ नि त हो। निन्द्रा मै शही हाम्रो भित्ते रास्ट्रपति उफ् सरि सरि माफ् गर्नु होला हाम्रो कमरेड प्रचन्ड सग डेटिङ त जानु भएछ । हा हा हा जे होस् गाइजात्रे अन्क आउन केहि दिन् अगाडि नै रमाइलो कबिता पड्न पाइयो खुसि लाग्यो,जे होस् तपाइको लेखाइमा साचै दम छ जुन सुकै बिधा मा प्रखर हुनुहुन्छ
well done didi keep it up
यो खास् मा धाइवा जि लाइ मात्र त हैन नि होइन? उहाको सथ साथ हमिलै पनि कबिता पड्ने मौका दिनु भाको मा याहा लाइ धेरै धन्यबाद् ल

lila said...

हा हा हा साह्रै हसाएउ साचै कतिका रोमन्तिक रेछन हाम्रा कमरेद? निन्द्रै मा भए पनि डेतिङ् त गैयेछ सारै रमाइलो भएछ हामिलाइ पड्न पनि रमाइलो भयो निन्द्रा लागेको बेलामा नुन् खुर्सानि को काम् गर्यो फेरि फेरि पनि आसा गरौ।

दीपक जडित said...

तपाईंको पहिलो सार्बजनिक गर्नुभएको ( ब्लगमा ) कविता मलाई चैं मनपर्यो है कैलाश जी , कविता लेख्ने कुरामा म पनि नियमहरु जान्दिनं र नियम हरु मान्दिनं पनि ( ठुलो कवि बन्ने सपनाले लेख्दिनं पनि )। आफुलाई अभिब्यक्त गर्न कसरि सजिलो पर्छ कविता त्यसरी नै लेख्दै जानुपर्छ तब नै आफ्नो पारा ( यस्लाई पहिचान या शैली बुझ्दा भो ) निकाल्न सकिन्छ भन्ने लाग्छ मलाई । तपाईंको लेखाईको आफ्नोपन कवितामा पनि देखिन्छ - लेख्दै जाँदा कविताले पनि आम पाठकहरुमा प्रभाव जमाउन सक्नुहुन्छ भन्ने कुरामा शंका गर्दिंन म चैं र निरन्तरताको शुभकामना पनि छ है ।

दीपक जडित said...
This comment has been removed by a blog administrator.
aAkaR said...

गाईजात्रा मनाउनुभा'को जस्तो छ!

कैलाश said...

मनु र दीपकजीलाई धन्यवाद कनीकुथी शब्द जोडेर बनाएको मेरो एक टुक्रा कवितालाई मन पराएर हौसला दिनुभएकोमा। मनु बहिनीले भनेझैँ प्रखर त पक्कै छुइन। त्यसमा विवाद नगरौ।

अनि लीलाजीको कमेन्ट पढेर म आफै धेरै हाँसे। मलाई हसाउनुभाकोमा धन्यवाद तपाईलाई चाहिँ। अनि आकारजीले भनेको पनि सही हो। मनाउँन त गाईजात्रै मनाएको हो। तर मैले गाईजात्रा मनाउँने आडमा धक मानीमानी यो कविता सार्वजनिक गरेको हो है खास कुरो चाहिँ। Anyway thankyou to all of you.

धाइबा said...

पहिले त धेरैधेरै माफीको टोकन तपाईँसामु तेर्स्याउँछु, अत्यन्त ढिलाइको लागि । एउटा सानोतिनो परीक्षामा म व्यस्त हुनुपरेको त तपाईँलाई पनि जानकारी छँदै थियो । तर जिन्दगीमा एउटा मात्र परीक्षा मात्र कहाँ हुँदा रहेछन् र ? एउटा परीक्षा सकिए पनि अर्को तुरुन्त हाजिर भइदिने नियतिको चक्कर ! म पनि यसबीचमा त्यही उल्झनमा परेँ । तपाईँलाई वृत्तान्त बताउनै पर्दैन, मेरो ब्लगको पुरानो रूपरङबाटै अनुमान लगाउन सक्नुहुन्छ, फुर्सदले मलाई कति माइल परै बल्ढ्याङ खुवाएछ भनेर ।
यति पछि साथीहरूको ब्लग हेर्दा कसरी तिनमा फैलिएर अपडेट हुने भनेर पहिले त म आत्तिएँ । तिनकै मेलोमा आफ्नो ब्लगको पिउसे चोला देखेर मलाई त लाजै पो लाग्यो । निकै अन्तरालमा आँखा फैलिन पाएकोले सबैतिर एकै मेहेरोमा गुदी लिन नसके पनि विशेष गरेर यो 'थोरै उटपट्याङ' को उटपट्याङ रौँचिरा गरूँ भनेर तर्खर गरेको । यस उटपट्याङ पातोमा तपाईँ आफैँले ठट्यौलो कविता, गाईजात्रा नजिकिँदै गरेको, धरोधर्म स्वीकार्छु, सत्ते-सत्ते बकिदिनुस है आदि प्रसङ्ग उठाएर मेरो स्वतन्त्र टिप्पणीको लागि गतिलो सुरक्षाघेरा पो बनाइदिनुभो हौ ! म पक्का साँचो-साँचो भन्छु, इजलासमा साँचोको सिवाय केही पनि भन्दिनँ भनेर किरिया खाएझैँ ।
भनूँ है त ?
तपाईँको कविताले मेरो प्रतीक्षाको हाललाई तत्कालका लागि रोमाञ्चक खिलखिलाहट पस्किए पनि आगामी कवितात्मक प्रस्तुतिमा अझै खुबै आस गरेको छु है । अर्थात् गम्भीरताको सवालमा क्या ! रमाइलो लाग्यो प्यारोदीकै छनक दिने कविता । गाईजात्राको मेलोमेसोमा निक्खर गाईजात्रे कविता पढ्ने सुयोग जुराइदिनुभएकोमा आभार । अरू पनि चाहियो ।

Luna said...

तपाईं त सार्है रमाइलो हुनुहुदो रहेछ !
हो त नि , देश को प्रधान मन्त्री सँग अझ त्यो पनि माबोबादी को नेता सँग डेटिङ जान पाए त जाने नि ! होइन र ? त्यस पछी उन्का कुरा हरु सुन्न पाइन्थियो - आफ्नो कुरा पनि भन्न् पाइन्थियो ।
त्यती मात्रै फेरी त्यो मोरो बुढो क म् को ह्याण्ड्सम छ र भन्या ! म त जु ङ् गा देखेरै भुतु क्कै हुन्छु भन्या ! हा! हा! हा! हा! मेरो पनि यो जोक हो है !
हे! हे! हे! हे! जोक गर्न पनि नपाउने भन्या ! ( ज्या मैले बढी त लेखिन ! )