Thursday, August 28, 2008

म बिन्दास डेरावाल

कोठा त मेरो अत्ति नै सेक्रेट थलोमा छ यार। घाम, जुन, हावाजस्ता कुरा देख्न र महशुश गर्न अलिक गाह्रो हुन्छ। तर ढुसी चाही Good partner सरह छ। घरैघरको चेपभित्रभित्रै मसिना गल्ली, त्यही गल्ली पछ्याउँदै जाँदा अलि अग्लोलाई टाउको निहुराउँनुपर्ने बाटो भएरभित्र छिर्दा फरक पर्दैन। चारैतिर घुम्दा कुन चाही कोठा होला भन्ने कुरामा मात्रै अलिकति कन्फ्यूज हुन्छ। आफू त नेपाली साइजको। So Dam Care! कोठाको मालमत्ता दिउँसैपनि बत्ति बालेर घोरिएर हेर्नुपर्ने। दिउँसो त त्यत्ति बसिदैन। त्यसैले No Tension। घरबेटी पनि Not Bad। धेर Idea हुनेले Idea share गर्न चाहीरहन्छन् नि। त्यसलाई Boaring मानेर हुन्न नि Bro.

'राधे राधे राधे... बाबु घर कता पर्‍यो?' - पुर्वको पुछारतिर।
'के गर्छौ?' - पढ्दैछु, एउटा प्राइभेट कार्यलयमा काम पनि गर्छु (भित्री कुरो भन्नुपर्दा त हाम्रो देशको systemजस्तै झुण्डीएको छु, चटक्कै छोड्न पनि नमिल्ने-जति गरेनि माथि उक्लिन पनि नसकिने तालमा)।
'कमाई कति हुन्छ?' - आफुलाई पुग्ने (नपुगेपनि anyhow पुगाउँनैपर्यो)।
'को को बस्ने?' - सिङ्गै म।
'मतलब बिहे भाको छैन!' - भइसक्यो (हुन त म अझै अविवाहित त्यसमाथि पनि कुमारै छु, तर घरबेटीको मनसाय बुझेर कहिलेकाहीँ कुरो थपघट पार्नु परिगो)।
'अनि खै त परिवार?' - उतै छन्।
'कुलत, अम्मल?' - केही पनि छैन (यसो कहिलेकाही शरिरको तापक्रम मिलाउन चढ्काउनु अनि साथीभाईसँगको भेटघाटमा रमाइलो गर्नु के को कुलत र अम्मल नि। कि कसो Company Man?)।

यत्तिका विधि solo अन्तर्वार्तापछि छानिएको म भलाद्मी डेरावालकै सूचिमा परिन र? No doubt।

परिक्षा नजिकिएपछि चाहि हप्तादिन जति कोठामा बसेर पढ्ने हुँदा पाको सुविधा उपभोग नगर्ने कुरै हुन्न। दिउँसै बत्ति बालेर यसो अक्षरमा आँखा लगाए। नयाँ नेपालको विद्यार्थी पो त। साथीहरुसँग Combine study गर्न भेला पनि भइयो।
'राधे राधे राधे... यो महंगीमा दिउँसैभरी बत्ती बालेर साध्य हुन्छ' मनको पीडा पोख्दै भर्याङबाट तल झर्दै मलाई कोट्याउँछन् 'ए कैलाश बाबु, यसको अलग्गै चार्ज लाग्छ नि' राधे आमैको आँखा न हो, खाँटी खानदानी व्यपारी घरानाकी, नयाँ सम्भावनाको ढोका खोलिहाल्छिन् बेलाबेलामा।

यत्रो ठूलो शहरमा जाबो यस्ता स-सानो कुरो। Who Care! Leave it यार। यही सोच्दै म चाहिँ खेपैपिच्छे प्रीति जिन्टाको गालामा देखिने कामूक डिम्पल सम्झिदै, मेरो आफ्नै गालामा पनि ठ्याक्कै त्यस्तैगरी डिम्पल बनाउँदैछु भन्ने चेतन-मनको भ्रमसँगै फिसिक्क-फिसिक्क हासीदिन्छु।

अनुशासनको डोरो मोटामोटी रुपले टाँगेर सुनाउँछु म।
कोठामा खाना पकाउँन मनाही। - केही छैन, ग्यास-मट्टितेल केहीपनि नपाइएको बेलामा रेडीमेड खान्की र होटेलहरुको भीडमा लन्ठा किन बेसाउँनु छ र? फेरी पकाइतुल्याइमा मलाई जाँगर छैन। ठीकै गर्यौ राधे आमै।

रातको ९ बजेपछि घरको मुख्य ढोका नखुल्ने। - कोही बात छैन, बेलामौकामा आफनै कोठामा बस्नु नपर्दा बेग्लै मज्जा नि। यही बहानामा कहिलेकाही Chance मा Dance गर्न पनि मिल्ने भो।

सकभर धेर मान्छे नल्याउँने ल्याइहालेमा पनि नराख्ने। - अनिकाल र महंगीमा बेसै छ (तर मान्छे बसेको घर हो भने त मान्छे नै आउछन् नि हैन र?)।

पानी फारो गरी चलाउने। - काठमाडौमा धेर त जाडोकै मौसम रहन्छ, अरुबेला धीत मर्नेगरी धाराको प्वाल हेर्दाहेर्दै कहाँ फूर्सद हुनु र पानी धेर चलाउनु।

धेर हल्लाखल्ला गर्न मनाही। - त्यो रहर चाहिँ सडकमै पूरा गरिँदै आइएको छ प्रायजसो। त्यसमा Over Time गर्नको लागि किन कोठा प्रयोग गर्नुपर्यो र हैन?

घरभाँडा अघिल्लै महिना हात लाउनुपर्ने। - नाथे हातको मैलो। खल्तीमा पैसा पर्नासाथ बुरुक बुरुक उफ्रिन थाल्छ। आफ्नो खल्ती मत्ते खिइन्छ। बरु जे जे खिइनु छ राधे आमैकै भागमा परोस्।

डेरावालहरुको लागि एउटै मात्र पाइखाना प्रयोग गर्नुपर्ने। - राम्रै हो त्यसैको बाहानामा घरमा बस्ने सबैको नालीबेली बुझिन्छ। राधे आमैको भरभराउँदी छोरीको बाहेक। खैर त्यो पनि मौका जुरीहाल्छ कुनै दिन।

'हाम्रा चेलीबेटी, छोरीचेली छन्। उरन्ठेउला देखिन्छौ बाबु कुनै पनि कुराको गुनासो गर्ने ठाउँ नदिनु है मलाई।' (यहाँनेर आएर म नौजवान डेरावालले पालना गर्नुपर्ने अनुशासनको डोरोलाई गाँठो पारिन् राधे आमैले) - अहो बडो मजाको गाँठो पर्यो क्यार। त्यसो त म पनि कूल घरानाकै ठिटो पो त हौ। तरिकाबद्ध काम गरौला नि। यो गणतान्त्रिक नेपालमा पनि छोरीको लागि आमालाई दुःख दिनु Old Fashion हो नि। हातहातैमा मोबाइल भाको काम लगाउँला नि।

बेलामौकामा बाहेक राधे आमैको अनुशासनको पालना गर्थे। सबै ठीकठाकै चल्दै थियो। घरबेटी परिवर्तन भयो। अर्कैको पोल्टामा सत्ता गएझैँ। के फरक पर्छ र? तर हैन रहेछ। अघिल्लो कालको विपक्षी दलका मन्त्रीले नियुक्त गरेको कर्मचारीको जस्तै हाल भो।

यत्तिका घरैघर छन् यहाँ। सबै आफ्नै हुन्। वर्षदिन पुग्दानपुग्दै ३ पल्ट त घर सरेको छु बल्ल। ४ औँ पटक पुर्याउन के को आइतबार! बस्नेलाई माटो-जानेलाई बाटोको कमी हुन्छ र। खाट्टी कुरोः

म बिन्दास डेरावाल,
एक किलो मासु ल्याउँछु छेलबेल दशै
कुम्लो कुटुरो बाँध्छु व्यवस्थित बसाइँ
Be Always Bindass!!!

13 comments:

दीपक जडित said...

गजब नक्सा उतार्नु भयो डेरावालको । खाँटी कुरा तपाईंको लेखाई साह्रै मन पर्छ । बिन्दास लेख्नुहुन्छ तर लेखाईको आँतर अलि चटक्क पार्नुभए भनौं न छेउ कुना अलि मिलाउनु भए चैं थाँग्रामा लहरो लहरोमा काँक्रा हुन्थ्यो है ( लेखेको भएन भनेको चैं पट्टक्कै हैन है फेरी ) ।

कैलाश said...

धन्यवाद दीपकजी। यस्तो फकाइ फकाइ सुझाब दिने मान्छे पाउनु त मेरो लागि गज्जबै हो। म अलिक अल्छी छु, One Take मै OK गर्ने बानी छ। । काँचो कचिलो बबुरो अनि मेहेनत कम गर्ने बानीले छेउकुना केलाउँने ढंगै नपुगेको हो। अब एक्कैचोटी त कहाँ सुध्रिएला र? नानीदेखि बसेको बानी। कोशीस जारी राख्नेछु। Thank you for your valuable encouring words.

दिलीप आचार्य said...

समस्यालाई 'मजाक' बनाउने तपाईको शैली बेजोड छ। त्यस मानेमा तपाई पक्कै 'बिन्दास' हुनुहुन्छ ।

Majheri said...

Dear Kailash jee,

A very nice narration!! Very much expressive!

Reminded me of my dera-jeewan as well.

Kumar

उजेली said...

साह्रै मज्जाको लेख्नुभएछ हौ कैलाश जी ! मैले पनि मेरा डेरामा बस्दाका दिनहरू झल्झली सम्झिएँ तपाईको लेख पढ्दा !

Netra P. Paudyal 'Krishna' said...

Thanks for the nice article. I enjoyed it. All the best and keep it up. But do not disturb your studies and work,,,!

आकार said...

ओहो ! कैलाश जी ।
मज्जा आयो नि, यो पढ्दा त । अनि अर्को कुरा यो पनि लाग्यो कि, कतै तपाई पाटन वा वसन्तपुर तिर त बस्नुहुन्न ???
जेहोस्, अहिलेलाई यत्तिले काम पुर्यायो मलाई चाँहि, ल ल, लेख्दैजानुस् है त !

keshuvko said...

राम्रो रमाइलो

कैलाश said...

केही नलेखौ भनेको त सबैले जाती मानेको अनि मान पराइदेकोमा धन्यवाद दिन मन परो । त्यसैले सबैलाई धन्यवाद ।

manu said...

हैन हाउ कैलाश दिदी कैले कैलेको मन को पोको पो फुकै दिनु भो? लौन मलै त झन्नै मिस् गरेछु यार् दिदि येस्तो रमाइलो कथा हल्नु भको रैछ जन्नै नहेरेको रिछौ नि त सारै पिर परो नि हाउ मेरो नि येस्तै समस्याले हैरन् परेको छ सछै मलै त बल्खु को पुल् मुनि पो डेरा सरु सरु लगेको छ भन्या न त कसैको कच् कच् न त कसैको टेन्सन् । anyways लेखन् सैलि सारै बेजोड छ यार् दिदि keep it up

Basanta Gautam said...

साह्रै रमाइलो लाग्यो पढ्न! पिडालाई यसरी हाँसोले छोपछाप पारेर पस्किनु गाह्रो कुरो हो, तपाईँले सजिलै पस्किनुभएको छ।

Parshu said...

kailash g lekhan saili gajabko cha yasalai ajha aagadi badaudai laijanu hola katha ramro cha.j hosa padad ramailo chahi vayo nai.tapaiko lekhan ma pani nikharata aaudai jawosa.

Kobit "Durga" said...

Kailash ji, really perfect yours thinking and feeling, you make me smiling ehehehehehe really touching

Durga