Wednesday, December 31, 2008

नयाँ वर्षमा नाम्चि महोत्सव घुमौ है

दक्षिण सिक्किमस्थित नाम्चिमा १६-१८ डिसेम्बरमा भएको सांस्कृतिक तथा पर्यटकीय महोत्सबका केही दृश्यहरुद्वारा नयाँ वर्ष मनाउँने चाँजोपाँजो मिलाइदिनु भएको छ- दाजु रमेश राईले। नयाँ वर्ष २००९ को उपहार भनौ या शुभकामनास्वरुप उहाँले जानकारीसहित तस्बीरहरु कुटी र कुटीका आगन्तुकलाई दिनुभएको छ। हामी पनि उतै लागौँ भन्ने मेरो आग्रह छ। र, कुटीमा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई नयाँ वर्ष २००९ को उपलक्ष्यमा मनभरिको शुभकामना।

सामान्य जानकारी
खासगरी सिक्किममा ३ किसिमका जातीय समुदायहरु बसोबास गर्छन्- नेपाली, भुटिया र लेप्चा। भुटिया र लेप्चाबाहेक अन्य नेपाली मूलका जातजातीहरु (राई, गुरुङ, मगर, बाहुन, क्षेत्रीलगायत)'नेपाली' समूहमा पर्दछन्। त्यहाँको जनसंख्यालाई मोटामोटी ४ वटा समूहमा बाँडिएको छ।
a. अनुसूचित आदिवासी (Schedule Tribe)
b. अनुसूचित जाती (Schedule Caste)
c. अति पिछडिएका वर्ग (Most Backward Class- MBC)
d. अन्य पिछडिएका वर्ग (Other Backward Class- OBC)

माथिको अनुसूचित आदिवासी समूहमा 'भुटिया' र 'लेप्चा' पर्छन् भने अन्य ३ समूहमा 'नेपाली' पर्दछन्। भर्खरै लिम्बु र तामाङ जातीलाई भारतीय संविधानले 'अनुसूचित आदिवासी' (ST)मा समावेश गरेको छ।

अब भ्रमणमा लागौः

सामुहिक पहिचानको प्रतिरक्षा कि प्रभुत्वको खोजी?

नयाँ वर्षमा नेवारी भोजमा सामेल हुने हो कि?


लिम्बु समुदायको रीतिथितिको एक दृश्य।

लेप्चा जातीको सुन्दर घरमा relax गर्ने कि?

राई जातीको घर। राई जातीसँग जोडिएको खानाको परिकार 'वाचिप्पा/वासिम'(जसलाई 'तीते' पनि भनिन्छ)निकै नै प्रख्यात मानिन्छ। यो जाडोमा गज्जबको खान्की पो त हौ।

नेपालमा ल्होसारको रमझम अनि नाम्चि महोत्सबमा पनि चिटिक्कको गुरुङ जातीको घर।

लौ त, सन् २००८ लाई बिदाई अनि नयाँ सालको सम्पूर्ण कुरा थाप्लोमा राख्न तम्तयार पर्दै फेरीपनि सबैलाई शुभकामना। सबैको हरेक पल शुभ रहोस्। सबैको जय होस्।

14 comments:

ThE KiRaT said...

very nice of u to share the information. From this also we can learn to stay together even we are different not just think for one self only as happening in our country right now.
Ani tapai chai wasim katiko piunuhuncha ta?

डीआर न्यौपाने'सूर्य' said...

kailash ji very nice cultural show.. thanks for information..n happy new year..happy bloggingg.

Unknown said...

रमाईला तस्विरहरु बाँड्नुभएकोमा धन्यवाद पनि ।

Unknown said...

नयाँ वर्षको शुभकामना त छँदैछ ।

Yumesh Pulami said...

Excellent! It’s very beautiful.
Happy New Year 2009 may this year brings peace and joy to all of us.

n Kailash Ji!
Thanks for the Ramesh Rai …

Basanta said...

जानकारी र सुन्दर तस्वीरहरुको लागि धन्यबाद!

नयाँ वर्ष २००९ को हार्दिक शुभकामना!!!

Dilip Acharya said...

नाम्चि महोत्सव त तपाईले टाँस्नु भएको फोटोबाटै घुमियो !

Happy New Year!

मनु ठाडा मगर (MANU) said...

lau didi hamro pani Shubhakamana sabailai ani ramesh dai ra Tapai dubai janalai thankyou. Tara naya kura chai ni didi yo sikkim maa chhetri utthan samaj pani raichh hai kasto achamma hamro Nepal maa dhanuk utthan samaj ani aru aru indengerd group ko janajatiko utthan samaaj tara tyaha chai ulto hai?

कैलाश said...

Thanking you guys from Ramesh Dai and my side.

किरात जी वासिम पिउनु या खानु त सारै मन पर्छ। तर यो सम्पन्न शहरको अभावले भनेको बेला भनेको ठाउँमा खान कहाँ पाउनु र? and im really really missing WASIM. and one of my friend (AJU) also die for it.

Dear Manu ji, नेपालको सन्दर्भसँग दाँज्दा त उल्टै जस्तो लाग्छ। त्यसको गुह्य कुरा के हो भनेर यसबारेमा विस्तृत जानकारी पढ्न या थाहा पाउन रमेश दाईको लेखको प्रतिक्षा गर्नैपर्यो। हुनसक्छ चाँडै तपाई हामीले पढ्न पनि सक्नेछौ।

ENJOY!

Anonymous said...

Thanks for sharing the pictures and the info.
I wish you a very happy and prosperous new year 2009! May coming year showers on you, all that you ever wished for!

बिमल गिरी said...

Happy New Year 2009 and thankas for sharing the pitures.

sangamkirati said...

ला हौ म त अन्तिम पो परेछु हे,हे,तर अन्तिम नै भए पनि केहि छैन सारै राम्रो ठाउको कुरा पो गर्नु भयो। कैलाश जि,अनि तपाईको सुभकामना सैलि पनि राम्रो लाग्यो।अनि किरात जि ले भने जस्तै वासिमको कुरा उठ्दा चहि अहिले पनि सिक्किम मा नै भएको भान भयो मलाई पनि।किन भने ५,६ साल अगाडि साथिहरु संग म पनि सिक्किमको गान्टोक तिर घुम्न गएको थिए।पौष माघ महिनाको जाडोमा ता-तातो म,म, र थुक्पाको स्वाद आ,,हा,,र त्याहाको बासिन्दाहरुको बोल्ने सैलिहरु अति नै राम्रो लाग्यो।म पनि तपाईको ब्लग मार्फत नै सबै मित्रहरुलाई भन्न चाहन्छु।जाउ है एक पटक गान्टोक बजार,,,,,,,,

Collection from world said...

नाम्चीको सन्दर्भमा लेख्नु भएको यो लेख धेरै राम्रो छ, सिक्किम भनेको भारत भित्र हराएको नेपाल हो, किनकि त्यहाँ सम्पुर्ण नेपाली दाजुभाईहरु यदी हामी त्यहाँ पुग्यौ भने हाम्रो आदर सत्कार राम्रो तरिकाले गर्नुहुन्छ। मलाई सिक्किमको नुनिलो दुध् सरिको चिया, शुरुमा अचम्मित भएको थिएँ, किनकि टन्न दुध हालिन्छ तर चिनि प्रयोग गरिन्न, अनि म म त कलेज पढ्ने छात्र हरुले टन्न बेचेको बस स्टेसन मा मजा लाग्छ,एउटा रमाईलो अनि कति मेहनती छात्रहरु, अरु त के भन्ने म सिक्किम को ३ वटा जिल्ला घुमे तर गान्तोक पुग्न सकिन, आगमि दिनहरुमा जाने कोशिस मा छु, र सिक्किमे नेपली दाजुभाई तथा दिदीबहिनि सदा सुखी रहुन र परिश्रमी पनि भन्दै यहि नयाँ बर्ष२००९ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
एबं कैलाश जी ले पनि यो अलि काठमाण्डु भन्दा टाढाको बिषयलाई समाबेस गर्नु भएकोमा धन्याबाद।

Anonymous said...

Thanks for the information regarding the event and the pictures too. The event seems to have been a hit with all Nepalese as well as others too.

Happy New Year 2009 to you too.