Sunday, August 24, 2008

What an Idea !

अध्ययन/अनुसन्धानको क्रममा ३ जना व्यक्तिले अपनाएको तरिकाबारे छोटो गफ गरौँ आज। त्यसो भन्दाखेरी Research Method/Methodology बारेमा चाहि होइन नि फेरी। अध्ययन/अनुसन्धानको क्रममा आवश्यक सामग्री संकलन गर्दा बाधा आएपछि गाँठो फुकाउँन अपनाएको Tricky कुरो मात्रै हो। जसले अरुलाई थप Idea फुर्ला कि?

घटना १- एकजना साथी, जो अध्ययनमा रमाउँछन्, लेख रचना लेखीरहन्छन्। ३ वर्ष अगाडि ब्लग खोले उनले। त्यो ब्लग हेर्दा मैले केही बुझिन। अफडेट पनि हुन छाडेको थुप्रै भाको। मैले त केही बुझिन तपाईको ब्लगबारे भनेर मैले मेरो जिज्ञासा राखे। उनले सरल जवाफ दिए 'मैले ब्लगिङको लागि खोलेकै थिइन'। अनि के को लागि त? अध्ययनको लागि काठमाडौको नामी डकुमेन्टेसन सेन्टर/पुस्तकालयमा गएछन्। त्यहाँ अनलाइन सर्भिसमा कम्प्यूटरमा बसेर मजाले पढ्न सकिने। आफूलाई चाहिने जति कुरा कपीमा लेख्न जत्ति पनि सकिने। तर त्यो बाहेक print/photocopy/email केही गर्न नपाइने। आफूलाई चाहिने कुरा कपीमा लेख्दै गएछन्। तर जति पढ्दै गयो आवश्यकीय लेख बढ्न थाल्यो। अब कपीमा लेखेर साध्य नहुने भो। चाहिने भएपछि उनले टिरिक निकाले। साइबर क्याफेमा गएर ब्लग बनाए। अनि डकुमेन्टेसन सेन्टरमा गएर आफूलाई चाहिने जति कुरा कपि गर्दै खुरुखुरु ब्लगमा थन्काएछन्। पछि ब्लगमा भएको कुरालाई भेला पारेर मजाले काम फत्ते पारेछन्। अहो ! What an Idea sir jee।

घटना २- अध्ययन/अनुसन्धान कै लागि त्रिविको पुस्तकालयमा दैनिक पत्रिकामा लेख रचना हेरेर/छानेर फोटोकपी गरेर डाटा संकलन गर्नु थियो अर्को एकजना साथीलाई। त्यहाँको पत्रिका हेर्न/पढ्न त सकिन्छ। तर फोटोकपी गर्न निकै झन्झट अनि पालो पनि नआउँने। अन्य पुस्तकको फोटोकपी गर्नुभन्दा निकै नै झन्झट हुने हुनाले पनि पत्रिकाको पालो त्यहाँ सितिमिति आउँदैन। त्यो साथी १/२ दिन गएर यसो पत्रिका हेरेछन्। अनि फोटोकपि गर्ने मामिलामा हप्तादिन भन्दा बढी कुर्नुपर्ने। अनि उनले दिमाग लगाएर साथमा क्यामेर लिएर गएछन्। अनि पत्रिकामा छापिएको लेख/रचना/समाचारलाई क्यामेरामा कैद गरेर ल्याएछन्। अफिसमा ल्याएर मिलाउँदै प्रिन्ट गरेपछि त काम चलि गो नि। यार Good Idea। यस्तै काममा म पनि २ वर्ष अघि फसेको हुनाले सम्झेर ल्याउँदा ढंग पुर्याइएन छ भन्ने लाग्छ।

घटना ३- म काम गर्ने कार्यलय कोठाभित्र छिर्दा आफूलाई उपयोगी हुने अनुसन्धानमूलक लेख, जर्नलहरु अनलाईन साइटहरुमा सर्च गर्दै थिए- अनुसन्धानकर्ता एकजना दाई। आफ्नो अध्ययनसँग मिल्ने सामाग्री पाएपछि उत्साहित बन्दै थिए। PDF फाइल खोल्नासाथ १ पेज खुल्यो। अरु पेज हेर्नको लागि पैसा माग्यो। त्यसले छुटकारा पायो। अर्को फाइल खोल्नु भो। त्यो चाहि सबै खुल्यो। तर त्यो अनलाईन पढ्नबाहेक अरु केही गर्न नसकिने रहेछ। न प्रिन्ट गर्न मिल्ने, न त Copy गर्न मिल्ने। महत्वपूर्ण लेख छ, जसरी पनि पढ्नुपर्ने हुनाले एकछिन सोचमग्न भए।

केही बेरपछि 'तिमीसँग क्यामेरा छ?' भनेर मलाई सोधे। मसँग थिएन। केहीबेर कोठाबाट हराउनुभो। एकैछिनमा क्यामेरा लिएर कम्प्यूटर अघिल्तिर बसे। अघिदेखि कम्प्यूटरको स्क्रीनमा झोक्राएर रहेको डकुमेन्टको फोटो खिचे उनले। खिचेको कुरा प्रिन्ट भएर आउदा पढ्न सकिन्छ कि सकिन्न भनेर जाँच पनि गरे। कुरो मिल्ने भो। पेजवाइज ख्याच्याक्क ख्याच्याक्क गर्दै क्यामेरामा थन्काएपछि एकैछिनमा प्रिन्ट निकालेर मजाले पढ्न मिल्ने भो। काइदा! ब्लगमा गफ जोत्ने मनसायले मैले पनि एउटा दृश्य कैद गरे।

'हो हो होऽऽ हो हो होऽऽ... What an Idea सर जी' भारतीय टेलिभिजन च्यानलहरुमा प्रसारण हुने यो विज्ञापन धेरैलाई थाहा होला। हो हो होऽऽ को ट्यून गाउँदै ३ जना साना भाईबहिनी उफ्रिदै/नाच्दै What an Idea भन्दै खेल्दै गरेको देखेथे आफन्तहरुकहाँ। अहिले म त्यस्तै भन्दैछु- हो हो होऽऽ हो हो होऽऽ... What an Idea सर जी ।

14 comments:

Aakar said...

मलाई idea चाँहि हैन, हाँस चाँहि उठ्यो ।
केही समय पहिले एउटा कार्टुन हेरेको थिँए, एउटा साइटमा जहाँ युट्युब को भिडियो डाउनलोड गर्ने तरिका भन्दै, स्ट्रिमिङ भइरहेको भिडियोलाई मोबाइल ले खिचिरहेको दृश्य थियो ।

आज झन्, वास्तविकतामा नै कम्प्युटरमा फोटो खिचेको देख्दा म छक्क मात्र परेको हैन, हाँस पनि उठिरहेको छ । तर यो मेरो हाँसोलाई गलत अर्थमा नलिनुहोला भन्ने आग्रह छ ।

कम्प्युटर / ईन्टरनेटमा गर्न नसकिने भन्ने कुरो केही छैन, अनि कम्प्युटरमा हेर्न मिल्ने सम्पुर्ण कुराहरु हामी अत्यन्तै सहज रुपमा निकाल्न सक्छौँ । जस्तो, घटना ३ लाई हेरौँ, यहाँ त कुनै समस्या नै छैन, यति सानो कुरा प्रिन्ट गर्न । मलाई माफ गर्नुहोस्, तर मैले भन्नै पर्ने हुन्छ,अनुसन्धानकर्ता दाइ कम्प्युटरको बारेमा अलि अनभिज्ञ नै पर्नुभएछ !
अब कपि गर्न नमिल्ने अनि प्रिन्ट नहुने केही समस्या थियो होला भन्ने कुरा मलाई लागेन । यदि भएकै भएपनि केही तरिका अपनाएर सजिलै गर्न सकिन्छ, तर यहाँ कमेन्ट मा सम्झाउन केही कठीन नै हुन्छ ।
अब साथीहरु फोटो खिच्ने तरखरमै पुग्नुभएको भए, फोटो खिच्ने यो भन्दा निकै राम्रो तरिका को थियो अनि गुणस्तर पनि निकै राम्रो हुन्थ्यो । ल ! म यो तरिका चाँहि भन्दिहाल्छु :

१- F11 थिच्नुहोस्, ब्राउजर तलमाथि लाग्छ, अनि कम्प्युटरको स्क्रिन मा पेज मात्र देखिन्छ ।
२- Print Screen Sysrq भन्ने बटन थिच्नुहोस्, (किबोर्डमा राम्रोसँग हेर्नुहोस्), तपाई को पेज कपि हुन्छ ।
३- अनि फोटोसप या माइक्रोसफ्ट कै फोटो इडिटर खोलेर नयाँ फाईल खोलेर Paste गर्नुहोस् ।
४- क्रप भन्ने टुल चलाएर आफूलाई चाहिएको आकार को फोटो बनाउन सकिन्छ ।
५- अनि प्रिन्ट गर्नुहोस् ।

साथै, कम्प्युटरकै स्क्रिन बाट फोटो खिँचे भन्दा धेरैले मजाक उडाउलान् है साथी !

Anonymous said...

same kind of idea, I have been doing for such read only pdfs.

Unknown said...

यस्ता प्रक्रियाहरु थाहा नभएपछि अनेक गर्नुपर्ने हुन्छ आकारजी , एक समयमा म मेरो कम्प्युटरले आफैं खोज्ने ईन्टरनेट चलाउने गर्थें त्यस्तो ईन्टरनेटको त भरोषा नै हुन्न त्यसैले ब्लगको लागी लेख्यो लेख्यो कैलाशजीकै शब्दमा ठेल्नेबेलामा ईन्टरनेट कनेक्सन गायब तब म चैं त्यो लेखेको कुरा सबै डिजिटल क्यामेरामा भरेर ( बाहिरबाट खिचेर हैन है ) काम गर्ने ठाउँमा लान्थेँ र त्याँहाको कम्प्युटरमा राखेर ब्लगमा ठेलिदिन्थें । प्रविधीको कुरा हो आकारजी , सबैलाई सबै कुराको ज्ञान कहाँ हुन्छ र साथीहरुले जे होस बिभिन्न तरकिव अपनाएर नै काम चलाईरहनुभएको रहेछ । कैलाशजीले यो कुरा ब्लगमा उल्लेख गर्नुको फाईदा त्यस्तो बेलामा के गर्न सकिन्छ भन्ने तपाईंको सुझाव हो ।

यस्ता अप्ठ्याराहरु नपन्साई अगाडी तेर्स्यायो भने न हो उपाय निस्किने , म त कैलाशजीलाई धन्यवाद भन्छु है , अलिकति मैले नि सिक्ने मौका पाएँ ।

Anonymous said...

All of you knew different ideas which i was not familiar with. Very informative for me.

Thanks to you all.
sirjana

कैलाश said...

आकारजीलाई धन्यवाद शुरुमै। किनकी यो पोष्ट पढेर जसले जेसुकै भनेपनि तपाईसँग भएको (तपाईको लागि सानो कुरा भएपनि थाहा नहुनेलाई निकै ठूलो हुन्छ) ज्ञान हामीले थाहा पायौँ। त्यसैले दीपकजीको कुरामा म सहमत छु। अनि अर्को कुरा नि आकार जी सबैजना सबैकुरामा कहाँ पोख्त भइन्छ र, अनि सबैलाई कहाँ जानकारी हुन्छ र? भलै त्यो एकदमै माइनर कुरो नै किन नहोस्। जसको उदाहरण सृजनाजीकै कमेन्टलाई मान्न सकिन्छ।

हुन त यो टेक्निकल चीजबीज र टेक्नोलोजीको भरपूर उपयोग गर्न सक्ने/पाउँने या प्रक्रियागत रुपमा पर्याप्त ज्ञान भएकाहरु थुप्रै छन्। तर सामान्यत सबैमा त्यो कुरा लागू हुँदैन। जसमा त्यो कुरा लागू हुन्न, उनीहरुको सन्दर्भमा काम गर्दै लाँदा आपत परेपछि समयानुकूल जे उपाय सजिलोसँग उपलब्ध हुन्छ र दिमागले पनि भेउ पाउँछ त्यही गर्दै बाधा अड्चन फुकाउने न हो। आशा गरौ सबैजना कोरम पुर्याएर (प्रक्रियागत) यस्ता कामहरु गर्न सक्ने बन्नेछौ एकदिन।

तर फेरी फेरी यस्ता ज्ञानगुणका कुरा आकारजीबाट फुत्काउने मौका चाहि म छाड्दिन भन्ने सोच राख्दैछु(यसलाई आकारजीले अन्यथा नलिनु होला, अनि तपाईलाई Burden हुनेगरी पनि गर्दिन नि)।

मनु ठाडा मगर (MANU) said...

हौ दिदी तिरिक त राम्रो छ है। सबै जना सबै चिज मा पोख्त भैयो भने त फेरी गज्जब नै हुन्छ नि त सबै को काम् एकै ले गर्न पनि हुन्न नि । भर् अभर् भन्ने कुरा देखा जयेगा । बिसेस् गरि तपाइ लाइ अलि बढि धन्यबाद् यो प्रसङ्ग न उठेको भय् यो नया नौलो कुरा पनि आउन्न थिओ। मैले पनि त्यो f11 वाला idea फिल्म को हिरो हिरोइन को फोटो मन परेमा मात्र pause गरी एसो अड्काएर f11 नै नदाबी direct print screen गरी
paint वा photoshop मा कम गर्ने गर्थे तर आज फेरी रेफ्रेस् नै भयो तसर्थ सबै साथीहरु लाई धन्यवाद अलि बदी चै कैलाश दि लाई

Aakar said...

पक्कै पनि हामी कोही पनि आफैँमा पूर्ण हुँदैनौँ, तर पनि कता-कता केही साथीलाई मेरो कुराले मुड अफ गरेको या त्यस्तै केही भयो होला भन्ने अनुमान, साथीहरुको कमेन्ट हेरेर गरेको छु । मेरो कसैलाई होच्याउने या गिज्याउने मनसाय थिएन, तर पनि कसैलाई नराम्रो लागेको भए, म माफी माग्न चाहन्छु ।

यसलाई अन्यथा नलिनुहोला !

Aakar said...
This comment has been removed by the author.
Aakar said...

Just Passing Information

Sometimes you might be in real hurry that you may not have time to wait until your computer shuts down.. In that case what do you do??
switch off power button??
or unplugg power cable??

No ... thats not a good idea.. cuz it may damage any file or your hard disk..

So here's one best trick to turn off your computer without any damage

- Press CTRL+ALT+DEL key to open taskmanager.
- There you'll find Shut Down option.. Go to "Shut Down"
- Hold CTRL Key and click "Turn Off"

Your computer will turn off very fast as if you are turning off a light..


------------------
some websites may have disabled "Right click" or "Selecting the text" to avoid visitors to save images or copy any other materials from the website.. but you can disable it and its very simple..

If you are using IE 6
Click "Tools"->"Internet Options"
Click the "Security" tab
Click "Custom Level"
Scroll down to the "Scripting" section
Set "Active Scripting" to "disable"

कैलाश said...

So Sweet of U AaKar Bro. Once again thank you for sharing more information. And i have to say, to be vary frank- no need to say sorry yaar. It's also a kind of learning process for everyone.

मेरो यो पोष्टले उप्काएको कुरामा प्रक्रियागत तरिका बताएर, आ-आफ्ना समस्या र भोगेको कुरा बाँडेर उपयोगी बनाइदिनु हुने सबैलाई धन्यवाद। अनि आकारजी यत्तिकैले मात्रै झारो टार्ने मेसो गरेको त हैन? मेरो इरादा बदलिएको छैन है। just jocking yaar. Thanking U All.

Prabesh said...

मलाई त ब्लगको पोष्टभन्दा तलको गफगाफचैँ रमाइलो लाग्यो । What an guffgaaf sir jee!!

Aakar said...

तिमीलाई चाँहि जहाँ पनि गफ-गाफ भन्नै पर्ने ? :)

Basant Giri said...

This post reminded me my old days and mornings in Central Library at Kirtipur. There used to be huge line for the photocopy. I think the situation is still same. You can't take out many documents they have in the library so you have to wait for copying. The ideas you have shared are really useful. But even few years back, digital camera and computers were not common. We had to either wait at least whole day or had to write on our notebooks.

Technologies are our good friends. They are making our life easier.

भवबहादुर थामी said...

Very bright ideas and interesting discussions.. Thank you Kailashji for such an interesting blog!