Friday, September 05, 2008

कोशीको बाढी र मेरो मनको बह

सुन्दर जगत थियो, क्षणभरमै जलमग्न देखियो
शान्त रहेको कोशीको अथाह शक्ति खुबै उर्लियो
अनगिन्ती जीवन-जगत भयंकर संकटमा आत्तियो
र पनि विनाशको गतिमा त्यो कोशी अघ्घोरै कुर्लियो ।

भएभरको सबै सोहोर्दै निमिट्यान्न पार्दै गयो
हुँदाहुँदा कोशीले आफ्नो बाटो अन्तै खन्यो
बाटो खन्दै सबै पुर्दै लगातार अघि बढ्यो
कोशीलाई के था त्यहाँ कैयौँको चिहान बन्यो ।

सुनिन्छ कोशी दुख्दा कर्णालीले पनि निकै गम्यो
साँच्चै नै कोशीको असीमित पीडाले धेरैलाई छोयो
भन्छन् सेती भेरी अनि महाकाली पनि पीरले जम्यो
फेरीपनि पीडितको भागमा मकै पर्ला कि मात्र खोयो ।

सन्धी सम्झौताबारे सबैलाई दुधका-दुध पानीका-पानी होस्
हुन पनि बर्षौदेखि नेपालले सहनै सम्म सह्यो
उप्रान्त आफ्नै घरको टेको भाँच्ने काम कसैगरी नहोस्
त्यसमा सबैले खबरदारी गरुन् मेरो भन्नु बस यत्ति रह्यो ।






(कोशीको बाढी पीडितहरुका सन्दर्भमा गाँसेको छु यो टुक्रा।) नेपाल पाक्षिकमा छापिएका यी तस्बीरहरु http://www.ekantipur.com/ बाट साभार गरेको हो।

3 comments:

Bednath Pulami (Umesh) said...

Hi and hello! Friends, very nice blog and you have good upgrade at timely your news of Nepal. So quit .

उजेली said...

कैलाश जी, के गर्नु मनमा लागेको कुरा भन्न मन लागिहाल्छ, नरिसाउनु है ! कविताभन्दा तपाईँका लेख नै राम्रो लाग्यो मलाई त । कविता चैँ धेरै ठाउँमा नै नमिलेको जस्तो लाग्यो । मात्रा नमिलेकाले पढ्न गाह्रो छ अनि लयमा पनि नेपाली भाषाको मिठास पाइनँ मैले । कविता भनेको कस्तो हुनुपर्छ भने तपाईँले व्यक्त गरेका प्रत्येक शब्द ओझपुर्ण हुन् अनि कुनै कुरालाई सीधै भन्दा त्यो कविता बन्दैन । एउटा कुरा भन्छु ल । देशमा राजा हुँदा 'यो राजा छिट्टै मरे पनि हुन्थ्यो नि !' भनो भने पुलिसले समातेर मार्छ । यहि कुरालाई व्यक्त गर्नका लागि सच्चा कविले प्रयोग गर्ने भाषा यस्तो हुन्छ "हाम्रा पराक्रमी, वीर र साह्रै सुरा राजकुमार चाँडो भन्दा चाँडो राजगद्दीमा आसिन भएको देख्न पाइयोस् !' वास्तवमा कुरा एउटै हो नि ! तर कविले त्यसो भन्दा शायद राजाले सुनेक भए पनि मख्ख पर्थे होला । राजा नमरी त राजकुमार गद्दीमा बस्दैन नि ! त्यहि भएर कैलाशजी अलिकति मेहनत गरेर अनि अलि तार्किक भएर लेख्ने पो हो कि कविता ? माथिको र तलको लाइन मिलाउँदैमा कविता बन्छ भन्ने भ्रम फाल्नुपर्छ हामीले । साहित्यक्षेत्रमा सबैभन्दा बढी लेखिने र सबैभन्दा कम पढिने सृजना नै कविता हो । यसको कारण भनेको मानिसले कवितालाई चिन्न नसक्नु हो । वास्तवमा कविता भनेको सबैभन्दा सुन्दर कृति हो । थोरै शब्दमा पनि संसार अटाउन सकिन्छ । त्यसैले रहरले भन्दा पनि कविताको मर्म बुझेर यसको स्तर उकास्न पो लाग्ने हो कि ? कविता रहरले भन्दा पनि सच्चा कविता लेख्नसक्ने मान्छेलाई नै छाड्दिने हो कि कविता लेख्नलाई ?

Parshu said...

kailash kabita lekhan saili mero bichar ma thik cha aru sudar gardai janu hola.1dina pakkai ramro kabita srijana hune cha.