'गुड मर्निङ फूफू। तपाई मेरो बर्थ डेमा आउनु है जसरी पनि' एकदमै टठिलो र तिखो स्वर कानमा पर्यो।
'कहिले?'
'पुसको इलाभेन गते हो नि मेरो बर्थ डे। तपाईले बिर्सिनु भयो कि क्या हो? त्यो दिन भोली हो, स्याटर्डे। पक्का आउनु है। तपाईलाई बाई अरुलाई पनि बोलाउँछु म।'
भदाको फोनले मलाई ब्युझाएन मात्रै। सोचमग्न पार्यो। घडी हेर्दा साढे पाँच बजेको थियो। आजकाल त त्यत्तिबेला सम्म राती नै हुन्छ। त्यहीमाथि जाडोको याम छ। काम नभएसम्म न्यायो सिरक छाडेर उठ्ने जाँगरै चल्दैन। यो केटाले चाहिँ सबैलाई जगाउँन अनि निम्तो दिन भ्याइसकेछ। अचम्म!
ऊ भोलीदेखि ४ वर्ष नाघेर पाँच वर्षमा लाग्दैछ। उसको नाम सक्षम हो। उसैले मोबाइल फोनबाट दिएको निम्तोको कुरा गर्दैछु म। साँच्चै मैले त भदाको जन्मदिन बिर्सिएको रहेछु। यद्यपि हरेक साल उसको जन्मदिनमा हामी सामान्य रुपमा भेला भएर मनाउँदै आएका थियौँ। र ऊ जन्मेको पनि हिजै हो जस्तो लाग्छ सम्झँदाखेरी। तरपनि उ त हेर्दाहेर्दै ठूलो भइसकेछ। आजकालको माहौललाई बुझ्ने भइसकेछ। ए बा !
मेरो बाल्यकाल सम्झँदा मैले ४ या ५ सालको हुँदाखेरी के के गर्थे। कसरी सोच्थे। मलाई एकरत्ति याद छैन। त्यसभन्दा धेरै पछिसम्म पनि मलाई धेरैजसो कुराबारेमा ज्ञान थिएन। साह्रै लद्दु भएर होला। अहिलेका बच्चाहरुमा देखिने Understanding, smartness, cleaverness देख्दा म दंग पर्छु। अनि जमानाअनुसारको हुनैपर्यो नि भन्ने लाग्छ। किनकी उनीहरुको जमाना बढी प्रतिस्पर्धात्मक, रफ्तारको र सृजनात्मक हुन्छ अवश्य पनि हाम्रो भन्दा। त्यसबेला झनै Survival of the Fitest को माहौलमा टिक्नु जो पर्नेछ।
खासगरी यो कुरा यहाँ ठेल्नयोग्य लाग्नुमा एउटा कारण छ। पोहोर साल नै दाजुले भन्नुभएको थियो कि 'अब हाम्रो तर्फबाट यहि सालसम्म मात्रै हो। सक्षम आफैले पहल गर्न सक्ने भएपछि जे सुकै गरोस्'। दाईको आसयमा हामी सबैले सहमति जनाएका थियौँ। र सबैजनाले यो वर्ष वर्थ डे भनेर मनाइने छैन भन्ने बुझाई राखेका थियौँ। त्यसै पनि यो वर्थ डे, एनिभर्सरीलगायतका कुराहरु मान्नेप्रति मेरो जोड रहँदैन। र मानाउँनैपर्ने संस्कृति पनि हो जस्तो लागेको छैन यतिञ्जेलसम्म। तर पुस्तान्तरको क्रममा आफ्ना यथावत् रहेका सोच र व्यवहारमा पनि अन्तर ल्याउँनुपर्ने र अपडेट गर्नैपर्ने अवस्था आइपर्ने रहेछ।
दाईको आसय जे थियो त्यसलाई सक्षमले बुझेरै यो पल्ट आफ्नो बर्थ डे मनाउँन ऊ आफै पहल गर्न थालेछ। सक्षमलाई दाईको आसयको बारेमा थाहा छ/छैन। तर ऊ आफैले पहल गरेर यो पालीको उसको वर्थ डे मनाउनै पर्ने भएको छ। भाउजुसँग कुरा गर्दा अझ बढी कुरा थाहा भयो। आमा बाबा भन्दा अगाडि उठेर आफ्नो स्मरणलाई ताजा पार्नलाई अघिल्लो अघिल्लो वर्षहरुमा मनाएको वर्थ डेको फोटो हेरेछ सक्षमले। त्यसपछि यो पालीको तयारीमा जुटेछ केटो। उसले दुईटा शर्त राखेछः पहिलो आफूले जो जो नाम दिन्छ सबैलाई बोलाउँने। दोस्रो उनीहरुको नम्बर र मोबाइल उपलब्ध गराउने। अनि त भट्टाभट फोन गर्दै वर्थ डे मनाउँने तरखरमा लागेछ सक्षम।
अब सक्षमले कुरा मिलाएरै छाड्यो। अझ भनौ न आफ्नै पहलमा आफ्नो बूताले भ्याएसम्म पहल गरेर आमा बाबालाई आफ्नो वर्थ डे मनाउँनु पर्ने कुरामा सहर्ष खुशी पारे। उनको साथीभाई सबै सक्षमको वर्थ डेमा जाने भनेर फुरुङ्ग। सक्षम आफै असाध्यै खुशी भएर फुर्तिलो बनेको छ। अर्कोतिर पोहोर साल सक्षमको बाबाले निर्क्यौल गरेको धारणा पनि एक हदसम्म पूरा भएकै छ। 'That's the spirit' भनु जस्तो सक्षमको कुरा सुन्दा म केही हर्षित भए। केही सतर्क पनि। यति सानै उमेरमा आफुले भनेको र चिताएको कुरा पुर्याउँनलाई देखाएको जागरुकता र ढिपीलाई लिएर सायद खुशी नै हुनुपर्छ होला अभिभावक वर्गले। त्यसैले मलाई यो प्रसंगमा भन्न मन लाग्यो 'वाह्! Kid आजकाल'।
अन्तमा सक्षमलाई जन्मदिनको धेरै धेरै शुभकामना। उनको चाहना, इच्छा पूरा होऊन्। भविष्य राम्रो होस्।
(माथिको तस्बीरमा अघिल्लो जन्मदिनको अवसरमा केक खाँदै उनै भोलीको Birthday Boy सक्षम)